विश्व

जम्मू–कश्मीरमा एक हप्तामा तीन मुठभेड

२०७६ माघ १२ आइतबार, २६ जनवरीको दिन ठूलो विष्फोट गराउने योजना रहेको बताइएको छ । ... बाँकी अंश»

स्वदेश तथा विदेशमा सामुहिक यात्रामा ननिस्कन चीनको निर्देशन

२०७६ माघ ११ शनिबार, बेइजिङ। स्वदेश तथा विदेशमा सामुहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन्। चिनियाँ समाचार संस्था सीसीटीभीले जनाएअनुसार सरकारले आगामी सोमबार देखि लागु हुनेगरी स्वदेश तथा विदेश यात्रामा निस्कन रोक लगाउने तयारी गरेको छ। ... बाँकी अंश»

लिवियाली तेल उत्पादनमा ७५ प्रतिशतले कमी

२०७६ माघ ११ शनिबार, त्रिपोली। लिवियामा जारी द्वन्द्वको प्रभावका कारण पछिल्लो साता तेल उत्पादन तेब्बर घटेको राष्ट्रिय पेट्रोलियम पदार्थ उत्पादक कम्पनीले शनिबार बताएको छ। लिवियाली तेल खानी क्षेत्रमा विद्रोहीले गत जनवरी १८ देखि उत्पादनका गतिविधिलाई अवरूद्ध गरेपछि एक हप्ता एता ७५ प्रतिशत तेल उत्पादन घटेको छ। ... बाँकी अंश»

भारत र ब्रजिलबीच १५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

२०७६ माघ ११ शनिबार, नयाँ दिल्ली। भारत र ब्रजिलले साइबर सुरक्षा, जीवविज्ञान तथा स्वास्थ्य र औषधिलगायतका विभिन्न क्षेत्रलाई समेट्ने गरी १५ बुँदे सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्रजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोबीच भएको द्विपक्षीय वार्तापछि ती दुई मुलुकले साइबरसुरक्षा, जीवविज्ञान र स्वास्थ्य र औषधिलगायतका क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको हो। ... बाँकी अंश»

छानबिनपछि गृहयुद्धमा वेपत्ता नागरिकलाई प्रमाणपत्र दिइने : श्रीलङ्का

२०७६ माघ ११ शनिबार, कोलम्बो। मुलुकको गृहयुद्धमा जीवन गुमाएका हजारौं व्यक्तिको मृत्यु प्रमाणपत्र प्रमाणिकरणपछि मात्र दिइने राष्ट्रपति गोताबाय राजापाक्षले बताए। उनले यसै हप्ता युद्धमा वेपत्ता सबै जनाको मृत्यु भएको बताएका थिए। ... बाँकी अंश»

कोरोना भाइरसको त्रास चीनबाहिर पनि फैलिंदै

२०७६ माघ ११ शनिबार, काठमाडौं। यतिखेर चीन कोरोना भाइरसको सङ्क्रमण थप बढ्न जाला कि भन्ने त्रासमा देखिन्छ । शनिबारसम्म प्राप्त भएको समाचारअनुसार यो सङ्क्रमणको प्रकोप चीनका कम्तीमा १८ शहरमा निकै गम्भीररुपमा देखापरिरहेको छ । ... बाँकी अंश»

तापक्रम माईनस ५ हुँदा टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

२०७६ माघ ११ शनिबार, अङकारा। टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सय भन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् । ... बाँकी अंश»

बङ्गलादेशमा अपाङ्गतासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन शुरु

२०७६ माघ ११ शनिबार, राजशाही (बङ्गलादेश)। अपाङ्गता र उनीहरुको क्षमता विकासका लागि विश्वमा भइरहेको अभ्यास तथा चुनौतीका विषयमा छलफल गर्न ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलन बङ्गलादेशको राजशाहीमा शुरु भएको छ ।  ... बाँकी अंश»

मक्का शरीफमा उमराह गर्न आउनेलाई छेकेन चिसोले

२०७६ माघ ११ शनिबार, साउदी अरेविया। केही दिन यता देखि बढेको अत्यधिक चिसोका बाबजुद मुस्लिमहरुको पवित्र शहर मक्कामा रातीको समयमा उमराह गर्न आउनेहरुको घुइँचो देखिएको छ। मक्का मदिनामा यता केही दिन देखि साँझको समयमा चलेको चिसो हावाका कारण बिहान र साँझदेखि नै अत्याधिक चिसो बढेको छ। तर यसका बाबजुद साउदी अरबको विभिन्न ठाँउबाट उमराह गर्न मक्का आउनेहरुमा कमी देखिएको छैन। ... बाँकी अंश»

राष्ट्रपति बोल्सोनारो भारतमा

२०७६ माघ ११ शनिबार, नयाँ दिल्ली। ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारो राजकीय भ्रमणका लागि शुक्रबार भारत आइपुगेका छन्। भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुगेका बोल्सोनारोले भारतको चार दिने भ्रमण गरेका हुन्। उनको मुख्य कार्यक्रम भने जनवरी २६ तारिखमा हुने भएको छ। भारतको गणतन्त्र दिवस परेडमा उनले प्रमुख अतिथिका रूपमा सहभागीता जनाएका छन्। ... बाँकी अंश»

अमेरिकी सेनालाई फिर्ता गर्न माग गर्दै इराकमा प्रदर्शन

२०७६ माघ ११ शनिबार, बग्दाद। अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा शुक्रबार हजारौंले प्रदर्शन गरेका छन्। सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा शुक्रबार नयाँ विषयमा प्रदर्शन भएको हो। ... बाँकी अंश»

तीन पाङ्ग्रे सवारी साधन विस्थापीत गर्दै पञ्जाब सरकार

२०७६ माघ १० शुक्रबार, अमृतसर, भारत। वायु प्रदूषण न्यून गर्ने उद्देश्यले भारतको पञ्जाब राज्यमा १५ वर्षभन्दा पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गरिने भएको छ। राज्य सरकारको वातावरण तथा जलवायू विभागको प्रस्तावमा नयाँ विद्युतीय वा सिएनजी सञ्चालित तीन पाङ्ग्रे सवारी साधनलाई अनुमति दिइने छ। ... बाँकी अंश»

ट्रम्प शासनमा बेरोजगारको संख्या २ लाखले बढ्यो

२०७६ माघ १० शुक्रबार, यहीबीच, अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ। तथ्याँक विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजूक अवस्थामा रहेको देखिएको छ। तर अमेरिकी श्रम बजारमा गत डिसेम्बरमा अमेरिकी कम्पनीहरुले १ लाख ४५ हजार नयाँ रोजगार सिर्जना गरेका छन्। ... बाँकी अंश»

४८ वर्ष माथिका मानिस कोरोना भाइरसको निसानामा

२०७६ माघ १० शुक्रबार, यस भाइरसबाट मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ। यो सङ्क्रमणको संख्यामा करिब पाँच हजार ९०० जनालाई उपचारार्थ भर्ना गरिएको थियो। यी मध्ये १७७ व्यक्तिको अवस्था गम्भीर रहेको जनाइएको छ। ... बाँकी अंश»

ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गरिएको जानकारी

२०७६ माघ १० शुक्रबार, ब्रसेल्स। युरोपियन आयोग र युरोपियन काउन्सिलका अध्यक्षहरु अर्थात ब्रसेल्सका दुई शीर्ष अधिकारीहरुले युरोपिन युनियनबाट बेलायतको बहिर्गमन हुने सम्बन्धी ब्रेक्जिट सम्झौतामा शुक्रबार हस्ताक्षर गरेका छन्। उर्सुला भोन डर लेन र चाल्स मिचेलले हस्ताक्षर गरेको सो औपचारिक दस्ताबेज अनुमोदनका लागि अब जनवरी २९ मा बस्ने युरोपेली संसदमा पठाइने भएको छ। ... बाँकी अंश»

कोरोना भाइरसले कम्तीमा २५ को मृत्यु, ८३० संक्रमितमध्ये १७७ नाजूक 

२०७६ माघ १० शुक्रबार, चिनियाँ अधिकारीले शुक्रबार बिहान दिएको जानकारी अनुसार कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ । ... बाँकी अंश»

यसकारण भारतले जम्मू–कश्मीरमा तेस्रो पक्षको जरुरी नभएको बतायो

२०७६ माघ १० शुक्रबार, कश्मीरमा कुनै तेस्रो पक्षले हात हाल्ने जरुरी नभएको बताए । यो भारत र पाकिस्तानको मामला भएको पनि उनले स्पष्ट पारे ।  ... बाँकी अंश»

मेक्सिको सिमानामा २६ हजार सेना तैनाथ, '२०२० काराभान' मा आबद्ध पक्राउ

२०७६ माघ ९ बिहिबार, आइएनएमले करिब १,३०० व्यक्तिलाई टाबास्को र अरु ८०० जना चियापास क्षेत्रमा पक्राउ गरिएको जनाएको छ। बुधबार, मेक्सिकोका दुई दक्षिणी राज्यहरूबाट सरकारी हवाई जहाज र बसहरू मार्फत ४६० जना होन्डुरसका नागरिकलाई उनीहरुकै देश फिर्ता पठाइएको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ। ... बाँकी अंश»

महासचिव गुटेर्रेसद्वारा चिनियाँ नयाँ वर्षको शुभकामना

२०७६ माघ ९ बिहिबार, संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बुधबार चिनियाँ नववर्षको शुभकामना दिएका छन्। उनले चीन र चिनियाँ जनतालाई संयुक्त राष्ट्र संघलाई सहयोग पुर्‍याएकोमा धन्यवादसमेत दिएका छन्। एक भिडियो सन्देशमा गुटर्रेसले आफ्नो बधाई सन्देशको शुरुवातमा चिनियाँ भाषामा ‘चुन जी कुई ले’ (नयाँ वर्षको शुभकामना) भनेका छन्। सन् २०२० मा संयुक्त राष्ट्रको स्थापनाको ७५ औं वार्षिकोत्सव र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूको लागि एक दशकको कार्ययोजनाका रूपमा मनाउन उनले जोड दिएका छन्। ... बाँकी अंश»

कोरोना भाइरसका ५७१ संक्रमित : चीन

२०७६ माघ ९ बिहिबार, बेइजिङ। चीनमा कोरोना भाइरसको संक्रमणका विरामीको सङ्ख्या ५७१ जना पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन्। बुधबार साँझसम्म चीनका अधिकारीहरुले उक्त संक्रमणबाट विरामी हुनेहरुको सङ्ख्या ५७१ पुगेको स्वास्थ्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। ... बाँकी अंश»

नयाँ