विश्व

पाकिस्तानका छुट्टाछुट्टै दुई आक्रमणमा परी ४३ को मृत्यु

२०७५ मङ्सिर ७ शुक्रबार, काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

यो जोडीले छपाए यस्तो विवाह कार्ड, पढे मोदी पनि हुनेछन् हर्षित

२०७५ मङ्सिर ७ शुक्रबार, काठमाडौं । विवाहको कार्ड आकर्षक र विशेष होस् भन्ने सबैको ध्याउन्न हुन्छ । यसका लागि मानिसहरुले हरसम्भव प्रयास गर्ने गर्छन् । भारतको कर्नाटकमा भने एक जोडीले भारतीय प्रधानमन्त्री मोदीप्रति माया देखाउँदै छपाएको विवाह कार्डको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । ... बाँकी अंश»

काश्मिरमा छ जना विद्रोहीको मृत्यु

२०७५ मङ्सिर ७ शुक्रबार, काश्मिर, भारत। सधैं अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ। काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो। ... बाँकी अंश»

कराँचीस्थित चिनियाँ बाणिज्य दूतावासमा आक्रमण, दुईको मृत्यु

२०७५ मङ्सिर ७ शुक्रबार, कराँची, पाकिस्तान। पाकिस्तानको बन्दरगाह शहर कराँचीमा रहेको चिनियाँ बाणिज्य दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्ती दुई प्रहरीको मृत्यु भएको छ। पाकिस्तानी सरकारी अधिकारीहरुले सो जानकारी दिएको कराँचीबाट प्राप्त समाचारमा जनाइएको छ। चार जना बन्दु्कधारीले दूतावासमा प्रवेश गर्ने कोशिस गरेका र उनीहरुलाई भित्र प्रवेश गर्नबाट दूतावासको सुरक्षामा रहेका सुरक्षाकर्मीले रोक लगाएका थिए। ... बाँकी अंश»

मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की

२०७५ मङ्सिर ७ शुक्रबार, टिजुआना, मेक्सिको। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन्। अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उनले सो चेतावानी दिएको समाचारमा जनाइएको छ। ... बाँकी अंश»

चीनमा प्रदूषण बढाएको भन्दै ३५ सयलाई कारबाही 

२०७५ मङ्सिर ७ शुक्रबार, काठमाडौं । चीनले पछिल्लो १० महिनामा प्रदूषणसम्बन्त्री अपराधमा ३५ सय मानिसहरुलाई कारबाही गरेको छ । अघिल्लो वर्षको तुलनामा चीनले यो अपराधमा ४० प्रतिशत बढी मानिसहरुलाई कारबाही गरेको हो ।  ... बाँकी अंश»

पाकिस्तानमा चिनियाँ वाणिज्य दूतावास नजिकै आक्रमण, २ को ज्यान गयो 

२०७५ मङ्सिर ७ शुक्रबार, काठमाडौं । पाकिस्तानको कराँचीमा चिनियाँ वाणिज्यदूतावासको अगाडि अज्ञात हतियारधारीले गोली आक्रमण गरेका छन् । उनीहरुले प्रहार गरेको गोली लागेर दुई सुरक्षाकर्मीको ज्यान गएको छ ।  ... बाँकी अंश»

हरियाणामा ‘नो भोट’ बढी, कुनै उम्मेदवार फेरि लड्न नपाउने

२०७५ मङ्सिर ७ शुक्रबार, काठमाडौं । भारतको हरियाणा निगम चुनावमा ‘नो भोट’ अर्थात् यी उम्मेदवारमध्ये कसैलाई पनि भोट दिन्न भन्नेमा सबैभन्दा धेरै मत आएपछि फेरि चुनाव हुने भएको छ । ... बाँकी अंश»

कहिले सकिएला चीन–अमेरिका व्यापारयुद्ध ?

२०७५ मङ्सिर ६ बिहिबार, काठमाडौं । चीन–अमेरिका व्यापारयुद्ध विश्व बजारमा सबैभन्दा चासो र चर्चामा रहेको विषय हो । दुई मुलुकहरुको बीचमा देखिएको व्यापारिक तनावको कारण विश्व बजारको धेरैजसो क्षेत्रहरु प्रभावित बन्न पुगेका छन् । ... बाँकी अंश»

निषेधित क्षेत्रमा इशाई धर्म प्रचार गर्न गएका व्यक्ति मारिए

२०७५ मङ्सिर ६ बिहिबार, काठमाडौं। भारतको एक टापुमा निषेधित क्षेत्रमा धर्म प्रचारका लागि गएका धर्मगुरु मारिएका छन्। भारतको निषेधित अन्डामन र निकोबार टापुका विशेष जातिले जोन एल्लेन चाउ नाम गरेका व्यक्तिको हत्या गरेका हुन्। अहिलेसम्म उनको शव त्यो क्षेत्रबाट बाहिर ल्याउन नसकिएको बताइएको छ। ... बाँकी अंश»

चीनमा झण्डै चार लाख गैरसरकारी संस्था

२०७५ मङ्सिर ६ बिहिबार, बेइजिङ। चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ। नागरिक मामिला सहायक मन्त्री झान चेङफुले तीन लाख ९३ हजार गैर नाफामुलक सामुदायिक संस्थाहरू पुगेको बिहीबार जानकारी दिए। ... बाँकी अंश»

बाटो काट्दै गरेका ५ बालबालिकाको कारको ठक्करबाट मृत्यु

२०७५ मङ्सिर ६ बिहिबार, बेइजिङ । उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि पाँच जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

युवराज  बिन सलमानलाई साउदीको राजा बन्न नदिने षडयन्त्र

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको जाँच अब प्रत्यक्षरुपमा साउदी शाह परिवारमा पुगेको छ । परिवारका केही सदस्य युवराज मोहम्मद बिन सलमानलाई राजा बन्नबाट रोक्ने षडयन्त्रमा लागेका छन् ।  ... बाँकी अंश»

खतरामा छ चिम्पाञ्जीको यो प्रजाति

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । चिम्पञ्जीको सबैभन्दा नजिकको सम्बन्ध रहेको जनावर हो । मानिसको वंशाणु र चिम्पाञ्जीको वंशाणु ९६ दशमलव ४ प्रतिशत समान हुन्छ । ... बाँकी अंश»

विश्वका कुन तानाशाहमा कस्तो शोख ?

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । केही तानाशाहहरुको चर्चा विश्वव्यापीरुपमा चुलिँदो क्रममा रहेको छ । उक्त तानाशाहहरुको शोख पनि अचम्म अचम्मको हुने गरेको समाचारहरु आउने गरेका छन् । जसमध्ये विश्वका पाँच तानाशाहहरुको अचम्मको शोख यस किसिमको छ – ... बाँकी अंश»

उडिसामा भएको सडक दुर्घटना बाह्रको मृत्यु

२०७५ मङ्सिर ५ बुधबार, कटाक, उडिसा। भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेका छन्। उनले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएको समाचारमा जनाइएको छ। ... बाँकी अंश»

दक्षिण एसियामा किन गुम्दैछ चीनको शाख ?

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं। पछिल्लो केही समययता दक्षिण एसियामा चीनको प्रभाव बढ्दो क्रममा रहेको छ। दक्षिण एसियाका साना मुलुकहरुलाई ऋण आर्थिक सहयोग तथा अन्य केही मामिलाहरुमा चीनले दक्षिण एसियामा आफ्नो प्रभाव उल्लेख्य विस्तार भइरहेको अवस्थामा केही समययता भने दक्षिण एसियामा चीनको प्रभाव कमजोर बन्दै गएको राजनीतिक घटना क्रमले देखाउन थालेको छ।  ... बाँकी अंश»

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, ५० को ज्यान गयो 

२०७५ मङ्सिर ४ मंगलबार, काठमाडौं । मंगलबार अफगानिस्तानको राजधानी सहर काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी ५० जना मानिसहरुको ज्यान गएको छ ।  ... बाँकी अंश»

अमेरिकाको प्रतिबन्धलाई गिज्याउँदै भारत, रुससँग अर्को सम्झौता

२०७५ मङ्सिर ४ मंगलबार, काठमाडौं । अमेरिकी प्रतिबन्धको त्रासको बीचमा भारतले रुससँग अर्को ठुलो रक्षा सम्झौता गरेको छ । एस–४०० मिसाइल सम्झौतापछि रुससँग भारतले अर्को महत्वपूर्ण सम्झौता गरेको हो ।  ... बाँकी अंश»

रूसी उम्मेदवारलाई इन्टरपोलको प्रमुखमा नस्वीकार्न यूरोप-अमेरिकाको आग्रह, रूसद्वारा विरोध

२०७५ मङ्सिर ४ मंगलबार, मस्को, रसिया। रूस विरोधी केही आलोचकहरूले बुधबार हुन लागेको इन्टरपोल प्रमुखमा रूसी उम्मेदवारलाई नछान्न आग्रह गरेका छन्। प्रहरीको अन्तराष्ट्रिय सञ्जाल (इन्टरपोल) मा रूसी नेतृत्व आएमा मस्कोले राजनीतिक रूपमा आफ्ना प्रतिस्पर्धी मानिएका मुलुकविरुद्ध उक्त संगठनको प्रयोग हुनसक्ने भन्दै अमेरिका, अष्ट्रेलिया, यूरोपेली मुलुकहरू लगायतका कतिपय आलोचकले रूसी नेतृत्वलाई नस्वीकार्न अभियान चलाएको बताइएको छ। ... बाँकी अंश»

नयाँ