विश्व

मोटरसाइकल बम विस्फोटमा परी चारको मृत्यु, तीस घाइते

२०७६ भदौ ७ शनिबार, बग्दाद। इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ।  ... बाँकी अंश»

अमेजन जङ्गलमा डढेलोको रौद्र रुप, नियन्त्रणका लागि सेना परिचालन

२०७६ भदौ ७ शनिबार, पोर्टो भेल्हो। ब्राजिलको विशाल अमेजन जङ्गलमा लागेको भिषण आगलागीप्रति अहिले विश्व समुदायको ध्यान आकर्षित भएको छ। पृथ्वीका अथाह जीवजन्तु र वनस्पतिको वासस्थानका रुपमा परिचित अमेजन जङ्गलमा लागेको यसपटकको डढेलोले एउटा धरोहर नै नष्ट हुने अड्कलबाजी गरिएका छन्। ... बाँकी अंश»

भारतका पूर्व वित्‍त मन्त्री अरुण जेटलीको निधन

२०७६ भदौ ७ शनिबार, एजेन्सी। बीजेपीका वरिष्‍ठ नेता तथा पूर्व वित्‍त मन्त्री अरुण जेटलीको शनिवार निधन भएको छ। उनी  ९ अगस्‍टबाट दिल्‍ली स्थित एम्‍स अस्पतालमा भर्ना भएका थिए। एम्‍सद्वारा जारी गरिएको प्रेस रिलीजका अनुसार अरुण जेटलीको निधन शनिवार अपरान्न १२ बजेर ७ मिनेटमा भएको हो। ... बाँकी अंश»

रोहिङ्ग्यालाई फिर्ता गर्न नसक्नु बङ्लादेशको कमजोरी : म्यानमार

२०७६ भदौ ७ शनिबार, याङ्गुन। दोस्रो पटक पनि शुक्रबार रोहिङ्ग्या शरणार्थीहरूलाई स्वदेश फर्काउन असफल भएकोमा म्यानमारले बङ्लादेशलाई दोष लगाएको छ। स्वदेश फर्किन एक जना रोहिङ्ग्या शरणार्थीले पनि सहमति नजनाएपछि त्यसमा बङ्लादेश नै दोषी रहेको म्यानमारले आरोप लगाएको हो। ... बाँकी अंश»

अमेरिकी आर्थिक वृद्धिलाई सुनिश्चित गर्नेगरी केन्द्रीय बैंकले काम गर्छ : पावेल

२०७६ भदौ ७ शनिबार, वासिङ्टन, संयुक्त राज्य अमेरिका। विश्वको आर्थिक वृद्धिमा देखिएको सुस्तताले निम्त्याउनसक्ने महत्वपूर्ण आर्थिक सङ्कटका समयमा पनि आफूले अमेरिकी आर्थिक विकासलाई सुनिश्चित गर्नेगरी काम गर्ने फेडरल रिजर्बका प्रमुख जेरोम पावेलले शुक्रबार बताएका छन्। ... बाँकी अंश»

पाकिस्तानको नाम कालोसूचीमा 

२०७६ भदौ ६ शुक्रबार, काठमाडौं । फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) को क्षेत्रीय सम्बद्ध एसिया प्यासिफिक समूह (एपीजी) ले पाकिस्तानलाई कालोसूचीमा राखेको छ । ... बाँकी अंश»

अमेरिकी सामानमा चीनद्वारा नयाँ कर वृद्धिको घोषणा

२०७६ भदौ ६ शुक्रबार, बेइजिङ, चीन । चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धिको घोषणा शुक्रबार गरेको छ । चीन सरकारले दिएको जानकारी अनुसार उक्त नयाँ कर वृद्धि योजना आगामी सेप्टेम्बर १ र डिसेम्बर १५देखि दुई चरणमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । ... बाँकी अंश»

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ सकुशल उद्धार

२०७६ भदौ ६ शुक्रबार, जाकार्ता, इन्डोनेसिया । इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री लिएर गइरहेको एक डुङ्गामा स्थानीय समय अनुसार बिहीबार साँझ आगलागी हुँदा कम्तीमा २२ जना वेपत्ता भएका एक अधिकारीले बताएका छन् । ... बाँकी अंश»

होटल र चर्चहरुमा आतङ्ककारी हमलापछि लागेको सङ्कटकाल हट्यो

२०७६ भदौ ६ शुक्रबार, उक्त सङ्कटकालीन अवस्थाको समय बिहीबार सकिएको भए पनि राष्ट्रपति सिरिसेनाले समयावधि नबढाएको जानकारी उक्त कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । श्रीलङ्काका पर्यटनमन्त्रीले गत हप्तामात्र पनि यहाँ सङ्कटकालीन अवस्था लम्ब्याउन आवश्यक नरहेको विषयमा आफ्नो सार्वजनिक धारणा राखेका थिए । ... बाँकी अंश»

कृष्णमन्दिरको पर्खाल भत्किएपछि भएको भागदौडमा चारको मृत्यु

२०७६ भदौ ६ शुक्रबार, उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ । उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो । ... बाँकी अंश»

मोदीको चिया क्रेज, जनतालाई पिलाउदै ममता

२०७६ भदौ ६ शुक्रबार, काठमाडौं । भारतमा राजनेताहरु चियाको बिषयलाई लिएर सधै चर्चामा रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी स्वयम बाल्यवस्थामा चिया बनाएर बस स्टेशन बेच्ने गरेको कुरा खुलासा गर्ने गरेका छन् । किशोरावस्थामा एउटा बसस्टप नजिक उनले आफ्नो भाइसँग मिलेर चियापसल थापेका थिए । ... बाँकी अंश»

अनुच्छेद ३७० बारे भारतलाई फ्रान्सको साथ, राफेल विमान सेप्टेम्बरसम्म दिने

२०७६ भदौ ६ शुक्रबार, काठमाडौं । जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाउने निर्णयमा फ्रान्सले भारतको साथ दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग साझा बयानमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले जम्मू–कश्मीरबारे चर्चा गर्दै भारत र पाकिस्तानले दुईपक्षीय तरिकाले समाधान खोज्नुपर्ने बताएका छन् । ... बाँकी अंश»

चितम्बरम सोमबारसम्म सीबीआईकै पाहुना, न्यायाधीशले भने – आरोप गम्भीर

२०७६ भदौ ६ शुक्रबार, काठमाडौं । भ्रष्टाचार आरोपमा सीआईबीले पक्राउ गरेका भारतीय पूर्व अर्थमन्त्री एवं कांग्रेस आईका वरिष्ठ नेता पी चितम्बरमको भ्रष्टाचार काण्ड गम्भीर भएको भन्दै विशेष अदालतले सोमबारसम्म हिरासतमा लिएर अनुसन्धान गर्न निर्देशन दिएको छ । ... बाँकी अंश»

ब्रेक्जिट सम्झौताबारे मर्केलसँगको कुराकानीबाट उत्साहित छु : जोनसन

२०७६ भदौ ५ बिहिबार, पेरिस, फ्रान्स । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सेली नेता इम्यानुयल म्याँक्रोसँगको कुराकानीमा आफूले बेलायतलाई यूरोपेली संघ (इयू) बाट सम्झौतासहित बहिर्गमन गराउन चाहेको बताएका छन्। ... बाँकी अंश»

हवाई कारबाहीमा बीस तालिवानको मृत्यु

२०७६ भदौ ५ बिहिबार, काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको समाचार छ । ... बाँकी अंश»

'अपराधी' बनेर रातकाट्ने भवन आफैंले उद्घाटन गराएका थिए चिदम्बरमले

२०७६ भदौ ५ बिहिबार, काठमाडौं । भारतका पूर्व अर्थमन्त्री पी चिदम्वरम भ्रष्टाचारकोे मुद्दामा पक्राउ परेका छन् । बुधबार राती सिआईबीका अधिकारीहरुले नाटकीय पाराले उनलाई निवासबाट ... बाँकी अंश»

सीबीआई मुख्यालयमा रात बिताए चिदम्बरमले, बिहीबार अदालतमा

२०७६ भदौ ५ बिहिबार, काठमाडौं । भ्रष्टाचारको आरोपमा पक्राउ परेका भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरमले बुधबारको रात सीबीआईको मुख्यालयमा काटेका छन् । ... बाँकी अंश»

भारतमा पूर्व अर्थमन्त्री पी चिदम्वरम पक्राउ, ३०५ करोड घुस लिएको आरोप

२०७६ भदौ ४ बुधबार, काठमाडौं। भारतका पूर्व अर्थमन्त्री पी चिदम्वरमलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। चिदम्वरमलाई उनकै निवासबाट बुधवार राती १० वजे पक्राउ गरिएको हो। ... बाँकी अंश»

पाकिस्तानले काश्मिरलाई अँध्यारोमा राखेको ५९ बर्ष

२०७६ भदौ ४ बुधबार, एजेन्सी। पाकिस्तानले पाकिस्तान नियन्त्रित काश्मिरलाई ५९ बर्षसम्म अँध्यारोमा राखेको कुरा बाहिर आएको छ। गिलगिट-बाल्तिस्तान सहित पाकिस्तान नियन्त्रित काश्मिर बारे सन्धि भएको उनीहरुलाई थाहा दिईएको थिएन। ... बाँकी अंश»

अमेरिकीका लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

२०७६ भदौ ४ बुधबार, लस एन्जलस । हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन् । ... बाँकी अंश»

नयाँ