//

विश्व

आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द

२०७६ पौष २७ आइतबार, होस्टन। अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ। आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन्। घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ। टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको मृत्यु भएको हो। ... बाँकी अंश»

लेबनानमा नयाँ प्रधानमन्त्री विरुद्ध हजारौँको प्रदर्शन

२०७६ पौष २७ आइतबार, बेरुत। लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन्। राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेको जनाइएको छ। प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरुले असहमति जनाएका छन्। ... बाँकी अंश»

खमानेइलाई ‘लायर’ भन्दै सयौं इरानी सडकमा  

२०७६ पौष २७ आइतबार, काठमाडौं । इरानले युक्रेनको विमान खसाएर १७६ जनाको ज्यान लिएपछि त्यहाँका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध चर्को नाराबाजी भएको छ । ... बाँकी अंश»

अमेरिकामा आँधीबेहरीले लाखौं प्रभावित, कम्तीमा आठ जनाको मृत्यु 

२०७६ पौष २७ आइतबार, आँधीबेहरीले दक्षिणी अमेरिकालाई निकै असर पुर्याएको छ । टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित भएका छन् । ... बाँकी अंश»

ट्रम्पले किमलाई 'ह्यापी बर्थ्डे' भने

२०७६ पौष २६ शनिबार, सियोल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेको शनिबार उत्तर कोरियाली अधिकारीले बताएका छन्। उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहाकारले शनिबार राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई पठाएको वधाई–पत्र संयुक्त राज्य अमेरिकाबाट सिधै प्राप्त भएको पुष्टि गरेका छन्। ... बाँकी अंश»

अमेरिका–इरान तनावबीच जापानी प्रधानमन्त्री मध्यपूर्व भ्रमणमा

२०७६ पौष २६ शनिबार, टोकियो। अमेरिका–इरान विवादबारे मध्यस्थताका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले शनिबार मध्यपूर्वको पाँच दिने भ्रमण सुरू गरेका छन्। भ्रमणका क्रममा आवेले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानका उच्च अधिकारीसँग भेटवार्ता गर्ने जापानी प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। यी मुलुकले मध्यपूर्वको अवस्थालाई स्थिर गर्नसक्ने जापानको विश्लेषण रहेको छ। ... बाँकी अंश»

यूक्रेनी विमान दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छु : इरानी सैनिक कमाण्डर

२०७६ पौष २६ शनिबार, तेहरान। इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स (आइआरजीसी)’ का एक उच्च कमाण्डरले तेहरान नजिकै गत बुधबार यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकारेका छन्। दुर्घटनाको जिम्मेवारी लिन आफू तयार रहेको उनले शनिबार बताए। ... बाँकी अंश»

ओमनका सुल्तान कबुसको निधन, नयाँ सुल्तान चयन

२०७६ पौष २६ शनिबार, मुस्कात। अत्यधिक धेरै समय शासन गर्ने शासकमध्येमा पर्ने ओमनका सुल्तान कबुसको निधन भएको छ ।    ... बाँकी अंश»

भारतमा सडक दुर्घटना पन्ध्रको मृत्यु्

२०७६ पौष २६ शनिबार, नयाँ दिल्ली। भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राती एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएका छन्। देशको उत्तरप्रदेश राज्यमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन्। ... बाँकी अंश»

युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खस्यो : इरान

२०७६ पौष २६ शनिबार, तेहरान। इरानको सेनाले केही दिन अगाडी इराकमा युक्रेनी विमान खसालिएको बारेमा कमजोरी भएको स्वीकार गरेको छ ।  ... बाँकी अंश»

बग्दादको अनुरोध वासिङ्टनद्वारा अस्वीकार

२०७६ पौष २६ शनिबार, वाशिङ्टन। इराकी प्रधानमन्त्रीले वासिङ्टगटनलाई सेना फिर्ता गर्ने व्यवस्था सुरु गर्न प्रतिनिधिमण्डल पठाउन गरेको आग्रहलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार अस्वीकार गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले भने, “यो समय मध्यपूर्वबाट सेना फिर्ता बोलाउने होइन। वासिङ्टनले आफ्ना सैनिक तथा कूटनीतिक अधिकारीलाई मध्यपूर्वमा कसरी आफ्ना रणनीतिक साझेदारसँग मिलेर काम गर्नेबारे सोचिरहेको छ।” ... बाँकी अंश»

चिनियाँ राष्ट्रपति म्यानमारको भ्रमणमा जाने

२०७६ पौष २५ शुक्रबार, बेइजिङ। चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्ने भएका छन्। म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उनले भ्रमण गर्न लागेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताए। ... बाँकी अंश»

आक्रमणमा १८ शान्ति सेना घाइते

२०७६ पौष २५ शुक्रबार, “संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज विहान आक्रमण भएको खवर आएको छ, किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो,” प्रवक्ता स्टेफन डुजार्रिकले भन्नुभयो । ... बाँकी अंश»

विमान दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् : राष्ट्रसंघ

२०७६ पौष २५ शुक्रबार, संयुक्त राष्ट्रसंघ। इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले बिहीबार सो कुराको जानकारी दिएका हुन्। ... बाँकी अंश»

इरानद्धारा छोटो दूरीका सोह्र ब्यालेस्टिक मिसाइल प्रक्षेपण

२०७६ पौष २५ शुक्रबार, वासिङ्टन। इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताएका छन्। एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र अर्को इर्बिलनजिकैको शिवीरमा प्रक्षेपण गरिएको यस प्रक्षेपणबाट त्रिपाल, ट्याक्सीवे, पार्किंङ्ग स्थल र एक हेलिकप्टर क्षतिग्रस्त भएको बताए। ... बाँकी अंश»

युक्रेन बोइङको ‘ब्लाक बक्स’ नै बिग्रिएको खुलासा 

२०७६ पौष २५ शुक्रबार, काठमाडौं । इरानले राजधानी तेहरानको परान्ड उपनगरमा दुर्घटनाग्रस्त युक्रेनी यात्रुवाहक विमानको बारेमा प्रारम्भिक रिपोर्ट बिहीबार जारी गरेको छ । ... बाँकी अंश»

अमेरिकालाई हानी गरे इरानमाथि थप नाकाबन्दी : राष्ट्रपति ट्रम्प

२०७६ पौष २४ बिहिबार, वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन्। यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिएका हुन्। राष्ट्रपति ट्रम्पले गएराति सो जानकारी दिएका हुन्। उनले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् गएराति सार्वजनिक सम्बोधन गरेका थिए। ... बाँकी अंश»

अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

२०७६ पौष २४ बिहिबार, क्यानर्बेरा। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताउनु भएको छ। संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार आगलागीका कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ। अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा ठूलो आगलागी भएको छ तापक्रम बढेर अत्यधिक गर्मी हुदै गएको र तातो हावा चलेको अधिकारीहरुले जनाएका छन्। ... बाँकी अंश»

ट्रम्पद्धारा संकटकालको घोषणा

२०७६ पौष २४ बिहिबार, वासिङ्टन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका्छन्। अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन्। उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका कार्य गर्ने निर्देशन समेत आदेशमा उल्लेख गरिएको छ।  ... बाँकी अंश»

बग्दादमा दोस्रो हमला 

२०७६ पौष २४ बिहिबार, उक्त ग्रीन जोनमा थुप्रै विदेशी दूतावासहरु रहेका छन् । रिपोर्टका अनुसार दुई ठूला विष्फोट उक्त क्षेत्रमा भएका हुन् ।  ... बाँकी अंश»

नयाँ