विश्व

मोदी सरकारका मन्त्रीले १०० दिने प्रगति विवरण प्रस्तुत गर्ने

२०७६ भदौ २२ आइतबार, सरकारले बनाएको योजना अनुसार मन्त्रीहरु निर्मला सीतारामले चेन्नेइमा, रामविलास पासवानले पटना, रविशंकर प्रसादले अहमदावाद, हरसिम्रत कौर बादलले चण्डीगढ, थवरचन्द गहलोटले रायपुर, अर्जुन मुन्डाले राँचीमा पत्रकार सम्मेलन गर्ने तय भएको छ । ... बाँकी अंश»

राष्ट्रपति निवासको भोजमा विद्रोही नेताहरुलाई बोलाएका ट्रम्पको व्यवहारले सबै आश्चर्यचकित

२०७६ भदौ २२ आइतबार, वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ । ... बाँकी अंश»

चीनको सिचुवानमा गयो शक्तिशाली भूकम्प

२०७६ भदौ २२ आइतबार, छेन्दु । चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

जेठमलानी रहेनन्, जसले लडेका थिए ईन्दिरा र राजीव गान्धी हत्याको मुद्दा

२०७६ भदौ २२ आइतबार, काठमाडौं । वरिष्ठ भारतीय वकिल राम जेठमलानीको निधन भएको छ । उनको आइतबार ९५ वर्षको उमेरमा निधन भएको हो । ... बाँकी अंश»

ट्रम्पले तालिवानी समूहको शान्ति सम्झौता रद्द गरे, अफगानिस्तानमा थप हिंसा हुन्छ कि !

२०७६ भदौ २२ आइतबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा हिंसा फैलाइरहेको तालिवानी विद्रोही समूहसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन् । ... बाँकी अंश»

मर्केल चीनबाट फिर्ता, भ्रमण उपलब्धिपूर्ण भएको भनाइ

२०७६ भदौ २१ शनिबार, बेइजिङ । जर्मनीका चान्सलर एङ्गेला मर्केल चीनको दुई दिने भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता भएकी छिन् । ... बाँकी अंश»

अफगानिस्तानमा बाह्र लडाकू मारिए

२०७६ भदौ २१ शनिबार, अफगानिस्तान। अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन्। देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन्। उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन्।  ... बाँकी अंश»

एक वर्षमा राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु

२०७६ भदौ २१ शनिबार, संयुक्त राष्ट्रसंघ। काममै कार्यारत्त रहेका बेलामा नै एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ। मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार जना प्रहरीको कामकै शिलशिलामा मृत्यु भएको हो। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनका क्रममा यो जानकारी दिएका छन्। ... बाँकी अंश»

जयशंकरले भने – सभ्य तरिकाद्धारा वार्तालाई तयार

२०७६ भदौ २१ शनिबार, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले आतंकवादको मुद्धामा पाकिस्तानसंग सभ्य तरिकाले वार्ता गर्न भारत तयार रहेको बताएका छन् । ... बाँकी अंश»

मीसन चन्द्रमा असफल हुँदा रोय इसरो प्रमुख, सम्हाले मोदीले

२०७६ भदौ २१ शनिबार, काठमाडौं। चन्द्रमामा चन्द्रयान पुर्याउने भारतको बहुचर्तित मीसनअन्तिम समयमा आएर असफल भएको छI ... बाँकी अंश»

तालिबानीले बन्दक बनाएका १३ जना मुक्त

२०७६ भदौ २० शुक्रबार, काबुल । तालिबान लडाकूहरुले बन्दक बनाएर राखेका १३ जनालाई अफगानीस्तानी सैनिकहरूले मुक्त गराएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने फराह प्रान्तमा सुरक्षा कारबाहीको क्रममा उनीहरुलाई थुनामुक्त गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । ... बाँकी अंश»

कालाजातिको मुक्तिका प्रतीक मुगाबेः स्वतन्त्रता सेनानीदेखि तानाशाहसम्म

२०७६ भदौ २० शुक्रबार, हरारे । अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा ३७ वर्ष शासन गर्नुभयो, तर बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा पदच्यूत हुनुपरेको थियो । ... बाँकी अंश»

चीनमा ४० लाख नर्स

२०७६ भदौ २० शुक्रबार, बेइजिङ । चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको पनि आयोगको भनाई छ । ... बाँकी अंश»

झडपमा परी सोह्र जनाको मृत्यु

२०७६ भदौ २० शुक्रबार, दर्काद जिल्लामा भएको यस झडपमा परी आठ तालिबान लडाक् मारिनुको साथै अन्य पाँच घाइते भएका छन् । प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाल हिज्रीले सिन्ह्वा समाचार समितिलाई उक्त जानकारी दिएका छन् । ... बाँकी अंश»

जापानी प्रधानमन्त्री आबे डिसेम्बरमा भारत जाने

२०७६ भदौ २० शुक्रबार, रूस। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री सिन्जे आबेका बीचमा रूसमा भेटवार्ता भएको छ। पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम) को पाँचौँ बैठकमा भाग लिन रूस आएका बेला बिहीबार मोदी र आबेबीच भेटवार्ता भएको हो। ... बाँकी अंश»

चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि

२०७६ भदौ २० शुक्रबार, बेइजिङ। सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ। चीनको बाणिज्य मन्त्रालयका प्रवक्ता काओ फेङले बिहीबार एक पत्रकार सम्मेलनमा बताए, “सन् २०१९ को जनवरीदेखि जुलाईसम्ममा चीनमा जर्मनीको लगानी एक अर्ब १७ करोड अमेरिकी डलरले वृद्धि भएको र द्विपक्षीय व्यापारमा २.४ प्रतिशतले वृद्धि भई झण्डै एक अर्ब सात करोड अमेरिकी डलर पुगेको तथ्याङ्कले देखाएको छ।” ... बाँकी अंश»

बेलायतमा निर्वाचन गराउने बारे संसदमा सोमबार फेरी मतदानको तयारी

२०७६ भदौ २० शुक्रबार, लण्डन। बेलायतमा समय अघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुनेभएको छ। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार राजनीतिक गतिरोध अन्त्यका लागि प्रस्ताव गरिएको निर्वाचनका बारेमा दोस्रो पटक मतदान गराउन लागिएको हो। ... बाँकी अंश»

बेलायती प्रधानमन्त्री जोनसनका भाइद्वारा सांसद र मन्त्रीबाट राजिनामा

२०७६ भदौ १९ बिहिबार, लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका भाईले मन्त्री तथा सांसद दुवै पदबाट राजिनामा दिएका छन् । ... बाँकी अंश»

यमनी विद्रोहीसँग वार्ता भइरहेको अमेरिकी भनाई

२०७६ भदौ १९ बिहिबार, अलखार्ज, साउदी अरब । वासिङ्टनले इरानसँग झुकाब रहेको भनिने यमनी हुथी विद्रोहीसँग यमनमा जारी युद्ध अन्त्यका लागि वार्ता गरिरहेको एक अमेरिकी उच्च अधिकारीले बताएका छन् । ... बाँकी अंश»

पटाका कारखाना विस्फोट २२ को मृत्यु

२०७६ भदौ १९ बिहिबार, भारत । भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । विस्फोटको बेला कारखानामै रहेका अन्य २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । ... बाँकी अंश»

नयाँ