//

विश्व

इराक आक्रमण : नेटोद्वारा इराकमा तालिम अभियान स्थगित

२०७६ पौष १९ शनिबार, ब्रसेल्स। उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले इराकमा यस पहिले सञ्चालन गर्दै आएको तालिम अभियानलाई स्थगित गरेको छ। अमेरिकाको हवाई आक्रमणबाट इराकको राजधानीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा पछिल्लो समय आन्दोलनरत विद्रोही समुहका प्रमुख नेता अबु महदी अल–मुहन्दीससहित छ जनाको मृत्यु भएको थियो। ... बाँकी अंश»

कमाण्डर सोलेमानीको अन्त्येष्टिमा हजारौँ इराकी सहभागी

२०७६ पौष १९ शनिबार, बग्दाद। अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन्। इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो। ... बाँकी अंश»

खतरनाक घटना हुन नदिन म्यार्कों र पुटिनको आग्रह

२०७६ पौष १९ शनिबार, पेरिस। इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उनका रुसी समकक्षी म्लादिमिर पुटिनले शुक्रबार फोनवार्ता भएको छ। इरानका सवै पक्ष विपक्षलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नै संयमता अप्नाउन उनीहरुले आह्वान गरेका छन्। खतरनाक घटना हुन नदिनका लागि छिमेकी देशहरुसँग निरन्तर सम्पर्कमा र नजिक रहेर संयमताका लागि उनीहरुले आग्रह गरेको बताइएको छ।  ... बाँकी अंश»

आगो निभाउन अष्ट्रेलियामा थप तीन हजार सेना परिचालन गरिने

२०७६ पौष १९ शनिबार, सिड्नी। अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताउनु भएको हो। उनका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उहाँले थाहा पाएसम्मकै यो सवै भन्दा धेरै हो। ... बाँकी अंश»

इरानी सैनिक कमाण्डर मारिएपछि खाडीमा थप तनावको आशंका

२०७६ पौष १९ शनिबार, सिन्ह्वा। इराकको राजधानी बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा नै हलचल ल्याइदिएको छ ... बाँकी अंश»

चिनियाँ नागरिकले पाकिस्तानी प्रहरीलाई कुटेपछि...

२०७६ पौष १९ शनिबार, एजेन्सी। पाकिस्तानको कराँचीमा ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ परेका छन्। उनी बिरुद्ध मुद्दाको तयारी गरिएको छ। ... बाँकी अंश»

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

२०७६ पौष १९ शनिबार, वासिङटन। अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाएका छन्। इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उनले भनेका छन्–यो इराकको सरकार र जनताका विरुद्धको आक्रमण हो। उनले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुरा बताएको समाचारमा जनाइएको छ। ... बाँकी अंश»

चीन, रूस र सिरियाद्वारा इरानी जनरल मारिने गरी भएको आक्रमणको निन्दा, इयूद्वारा संयमता अपनाउन आग्रह

२०७६ पौष १९ शनिबार, बेइजिङ। चीन, रूस र सिरियाले शुक्रबार अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुनेगरी शुक्रबार इराकमा गरेको हवाई आक्रमणको आलोचना गरेका छन् भने यूरोपेली संघले थप हिंसा भड्किन नदिन संवेदनशिल बन्न आग्रह गरेको छ। ... बाँकी अंश»

विश्वले ‘अर्को खाडी युद्ध’ सहन सक्दैन : राष्ट्रसंघ प्रमुख

२०७६ पौष १९ शनिबार, संयुक्त राष्ट्रसंघ। अमेरिकाले इराकको राजधानी बग्दादको एक अन्तराष्ट्रिय विमानस्थल नजिकै गरेको आक्रमणमा इरानी विशेष दस्ताका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघले खाडी क्षेत्रमा अर्को युद्ध धान्न नसकिने बताएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अमेरिकाले इराकको राजधानीस्थित एक अन्तराष्ट्रिय विमानस्थल नजिकै अमेरिकाद्वारा गरिएको आक्रमणपछि त्यस क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै शुक्रबार चिन्ता व्यक्त गरेका हुन्।  ... बाँकी अंश»

चीनमा अल्पसंख्यक मुसलमानहरुलाई जबरजस्ती मजदुर बनाईंदै !

२०७६ पौष १८ शुक्रबार, एजेन्सी। चीनको सिनजियाङ प्रान्तमा रहेका उईगुर मुश्लिम समुदायका मानिसहरुलाई जबरजस्ती काममा लगाईने गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। उईगुर मुसलमानहरुप्रति हुने गरेको ज्यादतीहरुबारे समाचार बनिरहेको बेला ‘क्याम्प’मा राखेर काममा लगाउन थालिएको विवरणहरु बाहिर आउन थालेका हुन्। ... बाँकी अंश»

ट्रम्पको निर्देशनमा इरानी कुड्स फोर्सका प्रमुखलाई मार्यो अमेरिकाले

२०७६ पौष १८ शुक्रबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सोलेमानी मारिएको पेन्टागनले निश्चित गरेको छ । ... बाँकी अंश»

आगो निभाउँदा बाबुको मृत्यु, १९ महिने छोरालाई वीरता पुरस्कार

२०७६ पौष १८ शुक्रबार, अहिलेसम्म अष्ट्रेलियामा लागेको आगोमा परी १९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ७ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तित्व

२०७६ पौष १७ बिहिबार, काठमाडौँ। सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ । राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको छ । यस वर्ष ज्यान गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुती दिइरहेका बेला पनि ज्यान गएको छ । सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तिलाई यहाँ स्मरण गरिएको छ ।  ... बाँकी अंश»

इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प

२०७६ पौष १७ बिहिबार, तेहरान। इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ। देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन्। इरानी भू गर्भ विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार साङगान सहरमा केन्द्र विन्दु भएर भूकम्प आएको हो। भूकम्पका कारण मानवीय सपत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्। ... बाँकी अंश»

विश्वमा छाप छाडेर २०१९मा अस्ताएका केही व्यक्तित्व

२०७६ पौष १७ बिहिबार, काठमाडौं। सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ । राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको छ । यस वर्ष ज्यान गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुती दिइरहेका बेला पनि ज्यान गएको छ । ... बाँकी अंश»

पेन्टागनले मध्यपूर्वमा थप सैनिक पठाउने

२०७६ पौष १७ बिहिबार, बेइजिङ। अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा देखिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै थप सैनिक पठाउने तयारी गरेको रक्षा अधिकारीहरूले बताएका छन्। इराकमा आइतबार अमेरिकी हवाई आक्रमणमा मारिएका हशद शाबी सदस्यहरूको शोकपछि आक्रोशित लडाकूहरूले मङ्गलबार बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए। ... बाँकी अंश»

नयाँ वर्षको पहिलो दिन विश्वमा तीन लाख ९२ हजार शिशुको जन्म : यूनिसेफ

२०७६ पौष १६ बुधबार, लागोस। सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)ले बुधबार जनाएको छ। “सबैभन्दा बढी बालबालिका भारतमा जन्मिने छन् भने दोस्रो धेरै चीनमा र तेस्रो धेरै नाइजेरियामा जन्मिने छन्,” यूनिसेफको प्रक्षेपणका आधारमा  नाइजेरियाका लागि यूनिसेफका प्रतिनिधि पिटर हकिन्सले बताए। ... बाँकी अंश»

कारागारमा कम्तीमा १६ को मृत्यु

२०७६ पौष १६ बुधबार, मेक्सिको। कारागारमा कैदी कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ। मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा मङ्गलबार दिउसो सो झडप भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। ... बाँकी अंश»

दूतावासमा आक्रमण भएपछि इरानलाई ट्रम्पको चेतावनी

२०७६ पौष १६ बुधबार, वासिङटन। इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मङ्गरबार फोन गरेर घटनाप्रति आपत्ति जनाएका हुन्।      ... बाँकी अंश»

कारागारमा झडप हुँदा कम्तीमा १६ कैदीको मृत्यु

२०७६ पौष १६ बुधबार, स्थानीय समयानुसार दिउसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो । ... बाँकी अंश»

नयाँ