विश्व

दूतावासमा नै हरायो पत्रकार खाशोगीको शव

२०७५ कार्तिक १२ सोमबार, इस्तावबुल। हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको शव अहिले सम्म नभेटिएको टर्कीका विदेश मन्त्रीले बताएका छन्। विदेशमन्त्री मेभलुट काभुसोग्लुले सोमबार पत्रकारहरूलाई उनको शव अहिले सम्म नभेटिएको जानकारी दिए। ... बाँकी अंश»

जर्मन चान्सलरद्वारा सन् २०२१ पछि नेतृत्व छोड्ने घोषणा

२०७५ कार्तिक १२ सोमबार, बर्लिन, जर्मनी। जर्मन चान्सलर एन्गेला मर्केलले उनको कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दावी नगर्ने सोमबार घोषणा गरेकिछिन्। उनलाई निर्वाचित गराएको राजनीतिक गठबन्धन कमजोर हुँदै गएको अवस्थामा पुनः नेतृत्वको दावी गर्नु गलत हुने निश्कर्षकासाथ उनले नेतृत्वबाट बाहिरिने घोषणा गरेकिहुन्। ... बाँकी अंश»

वायु प्रदुषणका कारण बर्षेनी छ लाखको मृत्यु

२०७५ कार्तिक १२ सोमबार, जेनेभा। हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ। ... बाँकी अंश»

श्रीलङ्काको राजनीतिक संकट संसदबाट समाधान गर्न सभामुखको आह्वान

२०७५ कार्तिक १२ सोमबार, कोलम्बो। श्रीलङ्कामा गहिरिदै गएको राजनीतिक सङ्कट समाधान संसदबाट गर्न सभामुखले आह्वान गरेका छन्। सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिनु भएको हो। ... बाँकी अंश»

कोइला खानी दुर्घटनापरि चीनमा १९ को मृत्यु

२०७५ कार्तिक १२ सोमबार, बेइजिङ। यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ। उक्त दुर्घटनामा २२ जना परेको चिनीया सञ्चार माध्यमले जनाएको छ। सिन्ह्वाका अनुसार गत अक्टोबर २० मा कोइला खानीको सुरुङभित्र काम गरिरहेका मजदूर सुरुङको दुवैतर्फ ढुङ्गा खसेर थुनिएका थिए। हालसम्म एकजना मजदूर मात्रको उद्धार गरिएको छ। अन्य दुई जनाको खोजी कार्य जारी छ। ... बाँकी अंश»

पूर्व प्रधानमन्त्री खालिदा जियालाई थप सात वर्ष जेल सजाय

२०७५ कार्तिक १२ सोमबार, ढाका। बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ। खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन्। ... बाँकी अंश»

कोरियाली युद्ध अन्त्यको घोषणाको तयारी

२०७५ कार्तिक १२ सोमबार, सोल। उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी शुरु भएको दक्षिण कोरियाले जनाएको छ। सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध भएको थियो। सो युद्धपछि एकीकृत कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो। दुई कोरियाबीच युद्धविराम गरिएको, तर औपचारिक रुपमा युद्ध समाप्त भएको घोषणा गरिएको थिएन। ... बाँकी अंश»

अतिराष्ट्रवादले निम्त्याएको चुनौती 

२०७५ कार्तिक १२ सोमबार, काठमाडौं । युरोप विभिन्न किसिमका राजनीतिक समस्याहरुको सामना गरिरहेको छ । यससँगै युरोपमाथि अमेरिकी प्रभाव कमजोर बन्दै गएको देखिन्छ भने युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाजहरु पनि उठिरहेका छन् ।  ... बाँकी अंश»

भूकम्पले हल्लायो जापान

२०७५ कार्तिक १२ सोमबार, टोकियो । दक्षिण जापानको टोरोशिमा द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ । ... बाँकी अंश»

जापानको टोरोशि द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प

२०७५ कार्तिक १२ सोमबार, टोकियो। दक्षिण जापानको टोरोशिमा द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ। स्थानीय समयानुसार सोमबार बिहान १० बजेर २८ मिनेटमा उक्त भूकम्प गएको हो। यद्यपी यस भूकम्पपछि सुनामी चेतावनी दिइएको छैन। ... बाँकी अंश»

ट्रम्प नीतिका समर्थक जेयर बोल्सोनारो ब्रजिलको राष्ट्रपतिमा विजयी

२०७५ कार्तिक १२ सोमबार, रियो डे जेनेरियो। ब्राजिलको राष्ट्रपतिमा जेयर बोल्सोनारो निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोले ५५ दशमलव १३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। ... बाँकी अंश»

१८८ यात्रु सवार विमान दुर्घटनाग्रस्त, कोही जिवित नरहेको आशंका

२०७५ कार्तिक १२ सोमबार, काठमाडौं । लायन एयरलाइन्सको फ़्लाइट बोइङ ७३७ विमान दुर्घटनामा परेको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भर्ने वित्तिकै दुर्घटनामा परेको छ । ... बाँकी अंश»

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा बोल्सनारो विजयी 

२०७५ कार्तिक १२ सोमबार, काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निवार्चनमा अनुदारवादी मानिने जेयर बाल्सनासो विजयी भएका छन् । करिब सबै मतगणनाको काम सकिसकेको अवस्थामा बोल्सनारोले ५५ प्रतिशत मत प्राप्त गरेका छन् । वामपन्थी उम्मेदवार फर्नान्डो हडाडले ४५ प्रतिशत मत पाएका छन् ।  ... बाँकी अंश»

युद्धले बन्द गराएको नाका खुलेपछि सुधारिँदै सिरिया–जोर्डन सम्बन्ध

२०७५ कार्तिक ११ आइतबार, काठमाडौं । जोर्डनका मानिसहरुलाई सिरियाको राजधानी सहर दमास्कस व्यापार तथा भ्रमणको सिलसिलामा जानको लागि बाटो खुला भएको छ । युद्धको कारण लामो समयदेखि बन्द रहेको यो नाका अक्टोबर १५ देखि खुला भएको हो ।  ... बाँकी अंश»

श्रीलंकामा बढ्यो राजनीतिक तनाव, सुरक्षााकर्मीको गोली लागी एकको मृत्यु

२०७५ कार्तिक ११ आइतबार, काठमाडौं । श्रीलंकामा राजनीतिक संकट चुलिँदै गएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रानिल विक्रमसिंघेलाई बर्खास्त गरेसँगै केहि स्थानमा हिंसा भड्किएको छ । आइतबारको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको गोली लागी एकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।  ... बाँकी अंश»

चीनका अर्बपतिसंग कति छ सम्पत्ती ?

२०७५ कार्तिक ११ आइतबार, स्वीट्जरल्याण्ड। चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ। ... बाँकी अंश»

मन्त्री अर्जुना रनातुङ्गाको कार्यालयमा राष्ट्रपति पक्षधरको हातपात, एकको मृत्यु

२०७५ कार्तिक ११ आइतबार, कोलोम्बो। श्रीलङ्कामा देखिएको राजनीतिक अन्यौलकाबीच भएका प्रदर्शनमा आइतबार एक जनाको मृत्यु भएको छ। पेट्रोल मन्त्री अर्जुना रनातुङ्गाको कार्यालयमा राष्ट्रपति पक्षधर समूह पुगी हातपात गर्नखोजेपछि मन्त्रीका गार्डले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र दुई जना अन्य व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। ... बाँकी अंश»

'पत्रकार खशोग्गीको हत्याका आरोपीविरुद्ध साउदी अरबमा नै सुनुवाई' 

२०७५ कार्तिक ११ आइतबार, मनामा, बहराइन। पत्रकार जमाल खशोग्गीको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि साउदी अरब मा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले बताएको बहराइनको राष्ट्रिय समाचार संस्था बहराइन न्यूज एजेन्सीले जनाएको छ। ... बाँकी अंश»

भारतको गुजरातमा पनि देखियो जिका भाइरसको सङ्क्रमण

२०७५ कार्तिक ११ आइतबार, नयाँ दिल्ली । केही समय पहिले भारतको राजस्तानमा देखिएको जिका भाइरसको सङ्क्रमण पश्चिमी शहर गुजरातमा पनि देखिएको भारतीय अधिकारीले बताएका छन् । ... बाँकी अंश»

ब्रजिल निर्वाचन : जेयर बोल्सोनारो राष्ट्रपतिमा विजयी हुने सम्भावना

२०७५ कार्तिक ११ आइतबार, रियो डे जेनेरियो। ब्राजिलमा आइतबार राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान हुँदैछ। यो निर्वाचनमा अनुदारवादी भनेर चिनिएका र सैनिक पृष्ठभूमि भएका जेयर बोल्सोनारो राष्ट्रपतिमा विजयी हुने अनुमान गरिएको छ। ... बाँकी अंश»

नयाँ