विश्व

चिनियाँ लगानीको सिल्क रोड परियोजनाबारे पाकिस्तानका मन्त्रीको नकारात्मक टिप्पणी

२०७५ भदौ २७ बुधबार, पाकिस्तान। चिनियाँ सरकारले लगानी गरेको अर्वौ डलरको सिल्क रोड परियोजनाको बिषयमा पाकिस्तान भित्रै टिका टिप्पणी हुन थालेका छन्। पाकिस्तानी सरकारी अधिकारीको स्तरबाटै यो परियोजनाको बारेमा टिका टिप्पणी भएको हो। पाकिस्तानमा ... बाँकी अंश»

भारतमा भूकम्प, ३० सेकेन्डसम्म आयो, नेपालमा पनि असर

२०७५ भदौ २७ बुधबार, काठमाडौं । भारतमा भूकम्प गएको छ । १०ः३७ बजेको आसपासमा भूकम्पको झड्का गएको हो ।  ... बाँकी अंश»

डुंगा दुर्घटनामा एक सय भन्दा बढीको गयो ज्यान 

२०७५ भदौ २७ बुधबार, लिबिया। लिबियाको तटीय क्षेत्रमा यही सेप्टेम्बरको सुरुवातमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या एक सय भन्दा बढी पुगेको छ।  अवैधानिक रुपमा इटाली प्रवेश गर्न रबरको डुंगामा चढेर जाँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । उनीहरु भूमध्यसागरको बीचमा पुगेपछि रबरको डुंगामा हाम फालेका थिए। ... बाँकी अंश»

रूसद्वारा अहिलेसम्मकै विशाल सैन्य अभ्यास

२०७५ भदौ २६ मंगलबार, चिता, रूस। रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ। हजारौं सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी हुनेछन्। ... बाँकी अंश»

रूस र चीनले आफ्नो व्यापारमा राष्ट्रिय मुद्राको प्रयोग गर्ने

२०७५ भदौ २६ मंगलबार, भ्लादिभोस्टोक, रूस। मस्को र बेइजिङले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताएका छन्।रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समय रूसी राष्ट्रपतिको यो भनाई आएको हो। ... बाँकी अंश»

सी र पुटिनबीच विश्व शान्तिका लागि छलफल

२०७५ भदौ २६ मंगलबार, भ्लादिभोस्टोक, रूस। चीनका राष्ट्रपति सी चीनपिङ र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा मङ्गलबार भेट भएको छ। ... बाँकी अंश»

पूर्व प्रधानमन्त्री नवाज सरीफकी पत्नी कुलसुमको निधन

२०७५ भदौ २६ मंगलबार, इश्लामावाद, पाकिस्तान। पाकिस्तानको इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजको उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ। उनी ६८ बर्षकी थिइन्। ... बाँकी अंश»

भारतको तेलङ्गानामा तिर्थयात्री चढेको बस दुर्घटना, ४५ को मृत्यु

२०७५ भदौ २६ मंगलबार, भारत । भारत तेलङ्गाना राज्यको जगतियाल जिल्लामा बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

ट्रम्पलाई किमको पत्र, हामी आशावादी छौं : अमेरिका

२०७५ भदौ २६ मंगलबार, वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ। उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गर्नुभएको थियो। ... बाँकी अंश»

काश्मिरमा गोली हानाहान

२०७५ भदौ २६ मंगलबार, श्रीनगर। प्रायः अशान्त भइरहने भारत अधीनस्थ काश्मिरमा मङ्गलबार भएको दोहोरो गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको छ। भारत अधीनस्थ काश्मिरमा सशस्त्र विद्रोह गरिरहेको लस्कर–ए–तोएबालाई भारत सरकारले आतङ्ककारी घोषणा गरेको छ। सोही समूहका लडाकूले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ ... बाँकी अंश»

अमेरिकी करबृद्धिबाट जोगिन चिनियाँ कम्पनीहरु विदेश पलायन

२०७५ भदौ २६ मंगलबार, बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करबृद्धिबाट जोगिन ठूलो संख्याका चिनीयाँ कम्पनीहरुले नयाँ तरिका अपनाउन थालेका छन्,  “चीनमा निर्मित”को साटो बस्तुका उत्पादनका लोगोहरुमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ। ... बाँकी अंश»

प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्प प्रशासनको तयारी

२०७५ भदौ २६ मंगलबार, वासिङ्टन। संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सोमबार अपराह्न यससम्बन्धी घोषणा गर्ने बताइएको छ। “प्यालेस्टिनीहरुले इजरायलसँग प्रत्यक्ष र अर्थपूर्ण सम्झौता गर्न ... बाँकी अंश»

अमेरिकी वल्र्ड ट्रेड टावर आक्रमणका १७ वर्ष

२०७५ भदौ २६ मंगलबार, वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतङ्कवादी हमलाको १७ वर्षका सिलसिलामा पेन्सिलभेनियाको स्मारकमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागिता जनाउने तय भएको छ। ... बाँकी अंश»

रुसले थाल्यो तीन लाख सैनिक राखेर शीतयुद्धपछिकै ठूलो अभ्यास 

२०७५ भदौ २६ मंगलबार, काठमाडौं । रुसले शीतयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।  ... बाँकी अंश»

पाकिस्तानी पूर्वप्रधानमन्त्री अब्बासीलाई पक्राउ गर्ने आदेश

२०७५ भदौ २६ मंगलबार, काठमाडौं । पाकिस्तानी पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई पक्राउ गर्न आदेश भएको छ । पाकिस्तानी एक अदालतले अब्बासीलाई पक्राउ गर्न आदेश दिएको हो ।  ... बाँकी अंश»

इडलिब हमला २१ औँ शताब्दीको खराब हमला हुनसक्ने : राष्ट्रसङ्घ

२०७५ भदौ २५ सोमबार, जेनेभा, स्वीट्जरल्याण्ड। संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता मामिला हेर्ने प्रमुखले सिरियामा रूसी सहयोग प्राप्त सरकारी सेनाले गरेको हवाई हमला २१ औँ शताब्दीकै विनाशकारी मानवीय क्षति निम्त्याउने घटना बन्ने चेतावनी सोमबार दिएका छन्। ... बाँकी अंश»

मध्यप्रदेशबाट एक सय १५ जना कांग्रेस कार्यकर्ता पक्राउ

२०७५ भदौ २५ सोमबार, भूपाल। भारतको मध्यप्रदेश प्रहरीले सोमबार कम्तीमा एक सय १५ जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका सबै जना एकदिने भारत बन्द आयोजना गरेका आन्दोलनकारीहरू भएको प्रहरीले जनाएको छ। पेट्रोलियम पदार्थमा सरकारले मृल्य बुद्धि गरेकाले त्यसलाई घटाउन माग गर्दै विरोधस्वरूप बन्द आयोजना गरिएको आन्दोलनकारीको भनाई छ। ... बाँकी अंश»

बान की मुन र बिल गेटस् एउटै संस्थामा

२०७५ भदौ २५ सोमबार, द हेग। संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान की मुन र चर्चित अरबपति बिल गेट्सले एउटा अन्तर्राष्ट्रिय संस्थामा सँगै काम गर्ने भएका छन्। आउँदो महिना घोषणा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय एउटा आयोगमा उनीहरूले सँगै काम गर्न लागेको नेदरल्याण्डको सरकारले सोमबार जनाएको छ। ... बाँकी अंश»

प्रहरी चौकीमा आक्रमण, तेह्र प्रहरी र दश तालिबानको मृत्यु

२०७५ भदौ २५ सोमबार, कुन्दुज, अफगानिस्तान। अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरी चौकीमा यहाँका सशस्त्र तालिबानहरुले आक्रमण गरेका छन्। यस आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको छ। ... बाँकी अंश»

युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी

२०७५ भदौ २५ सोमबार, ब्रसेल्स। संयुक्तराज्य अमेरिका र युरोपेली आयोगका उच्च अधिकारीहरु व्यापारमा देखिएका विवादहरु सुल्झाउने उपायको खोजी गर्न सोमबार ब्रसेल्समा भेला हुँदैछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करबीच जुलाईमा भएको वार्तामा एकअर्का विरुद्ध करवृद्धि नगर्ने र सबै बस्तुमा भन्सार दस्तुर हटाउने गरी सीमित व्यापार सम्झौता गर्नेमा सहमति भएको थियो। ... बाँकी अंश»

नयाँ