विश्व

रोहिंग्याको अवस्थामा अझै आएन सुधार, राष्ट्रसंघले माग्यो २५ करोड डलर सहायता

२०७५ बैशाख १५ शनिबार, संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिंग्या शरणार्थीहरुका लागि कम्तीमा पनि २५ करोड डलर सहायता चाहिएको बताएका छन् । उनीहरुले बंगलादेशमा रहेका रोहिंग्याहरुको खानपिन तथा अन्य आधारभूत आवश्यकताकै लागि सो रकम चाहिएको बताएका हुन् । ... बाँकी अंश»

चीनमा चक्कू प्रहारबाट सातको मृत्यु, १२ जना घाइते

२०७५ बैशाख १५ शनिबार, बेइजिङ, चीन। चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन्। ... बाँकी अंश»

सी र मोदीबीच नयाँ सम्बन्ध स्थापनाका लागि जोड

२०७५ बैशाख १४ शुक्रबार, बेइजिङ, चीन। चीनका राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति सीले शहरको एक सङ्ग्रहालयमा स्वागत गरेका छन्। ... बाँकी अंश»

कोरियाली प्रायदीपमा तनाव कम गर्न चीनको ठूलो सहयोग : ट्रम्प

२०७५ बैशाख १४ शुक्रबार, वासिङ्टन, संयुत्त राज्य अमेरिका। उत्तर कोरियाले गत बर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रसंशा गरेका छन्। ... बाँकी अंश»

मोदी र सि शिखर सम्मेलनमा सहभागी

२०७५ बैशाख १४ शुक्रबार, वुहाङ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनपिङ सहभागी शिखर सम्मेलन शुक्रबार सुरु भएको छ। चीनको राजधानीभन्दा बाहिर इलाकामा पर्ने वुहाङमा दुई दिने सम्मेलन आयोजना गरिएको हो। राष्ट्रपति सिसँगको अनौपचारिक सम्मेलनकालागि प्रधानमन्त्री मोदी शुक्रबार बिहानै बुहाङ आइपुग्नु भएको थियो।  ... बाँकी अंश»

राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरुले म्यानमार र बङ्गलादेशको भ्रमण गर्ने

२०७५ बैशाख १४ शुक्रबार, संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधि बङ्गलादेश र म्यानमारको भ्रमण गर्ने भएका छन्। विश्वको अत्यन्त नाजुक शरणार्थी समस्याको रुपमा रहेको रोहिग्या मुसलमान समूदायको समस्याको अर्को चरणको सम्बोधनको लागि सुरक्षा परिषद्का प्रतिनिधिले त्यहाँको भ्रमण शनिबारबाट शुरु गर्ने जानकारी दिएका हुन। ... बाँकी अंश»

दुई कोरियाको शिखर बैठक, फेरीपनि पटक पटक भेट्ने प्रतिबद्धता

२०७५ बैशाख १४ शुक्रबार, गोयाङ, दक्षिण कोरिया। दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ। बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। ... बाँकी अंश»

मोदी चीनमा, भारत चीनबीच शीर्ष वार्ता

२०७५ बैशाख १४ शुक्रबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन पुगेका छन् । मोदी र चिनियाँ राष्ट्रपति शी जिनपिmङबीच शुक्रबार शीर्ष वार्ता हुँदैछ । ... बाँकी अंश»

वार्ताअघि उत्तर कोरियाली नेता किमले पुस्तिकामा के लेखे ?

२०७५ बैशाख १४ शुक्रबार, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियका राष्ट्रपति मून जे इनवीचको वार्ता दुुई देशवीचको सीमा क्षेत्रमा शुरु भएको छ । नेता किम र मूनले पत्रकारकै सामु वार्ताको शुरुवाती मन्तव्य दिएका छन् ।  ... बाँकी अंश»

उत्तर कोरियाली नेता किम पहिलो पटक दक्षिण कोरियामा, गम्भीर वार्ता (फोटोफिचरसहित)

२०७५ बैशाख १४ शुक्रबार, काठमाडौं । उत्तर कोरियाका शासक किम जोन उन दक्षिण कोरियामा पुगेका छन् । उनी सन् १९५३ पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रिपति पनि बनेका छन् । ... बाँकी अंश»

हुँदै उत्तर र दक्षिण कोरियाका प्रमुखबीच वार्ता, ट्रम्प भन्छन् –किमले वार्ता चाहेका छन्  

२०७५ बैशाख १३ बिहिबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जङ अनसँगको महत्वपूर्ण शिखर सम्मेलनका लागि विभिन्न तीन वा चार सम्भावित मितिबारे छलफल भइरहेको जनाएका छन् ।  ... बाँकी अंश»

पाकिस्तानमा पिएमएल–एन पार्टीलाई झड्का, विदेश मन्त्री नै अयोग्य घोषित

२०७५ बैशाख १३ बिहिबार, इस्लामावाद । पाकिस्तानी अदालतले बिहीबार एक फैसलामार्फत पाकिस्तानी विदेश मन्त्री खावाजा असिफलाई पदमा रहिरहन अयोग्य घोषणा गरेको छ । ... बाँकी अंश»

माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती

२०७५ बैशाख १३ बिहिबार, वासिङटन। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गरेको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिएका छन्। उनले पेरिस सम्भौताबाट अमेरिका अलग हुन नमिल्ने र सो सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको बताएका छन्। ... बाँकी अंश»

दक्षिण कोरियामा जन्मदर घट्दो

२०७५ बैशाख १३ बिहिबार, सोल। दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ। बुधबार सार्वजनिक गरिएको फेबु्रअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन्। ... बाँकी अंश»

रेलले विद्यायल बसलाई ठक्कर दिँदा भारतमा १३ बालबालिकाको मृत्यु

२०७५ बैशाख १३ बिहिबार, नयाँदिल्ली। भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन्। रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन्। ... बाँकी अंश»

दुर्घटनामा परी कम्तिमा १३ बालबालिकाको मृत्यु

२०७५ बैशाख १३ बिहिबार, काठमाडौं । भारतको उत्तरप्रदेशस्थित कुशीनगरमा बिहिबार बिहान भएको दर्दनाक दुर्घटनामा कम्तिमा १३ बालबालिकाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

२०७५ बैशाख १२ बुधबार, वासिङ्टन, संयुक्त राज्य अमेरिका। इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन्। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो। ... बाँकी अंश»

किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने

२०७५ बैशाख १२ बुधबार, सोल। उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्ने भएका छन्। ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा अगाडी मे महिनाको मध्यतिर मुनले ट्रम्पलाई भेट्ने तयारी गरेको समाचारमा जनाइएको छ। ... बाँकी अंश»

इरानसँग नयाँ परमाणिक सम्झौता हुन सक्ने ट्रम्प-माक्रोनको दाबी

२०७५ बैशाख १२ बुधबार, वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी एम्यानुएल माक्रोनले इरानको परमाणविक कार्यक्रमबारे एउटा नयाँ सम्झौता हुन सक्ने मङ्गलबार बताएका छन्। सन् २०१५ मा भएको सम्झौताप्रति आशङ्का व्यक्त गर्दै आएका ट्रम्पले माक्रोनसँगको वार्तापछि केही ठूलो, सम्भवतः सम्झौता हुनसक्ने बताएका हुन्। ... बाँकी अंश»

'अझै हाम्रो वित्तीय प्रणालीलाई पर्याप्त हुने गरी विस्तार गर्न सकेका छैनौँ'

२०७५ बैशाख १२ बुधबार, न्यु योर्क। सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घका सदस्य मुलुक एक भएर आर्थिक तथा सामाजिक विकासका सबै आयाम समेट्ने १७ वटा दिगो विकासका लक्ष्य प्राप्त गर्ने एउटा एकीकृत तथा विश्वव्यापी ढाँचाप्रति बचनबद्धता व्यक्त गरे। ... बाँकी अंश»

नयाँ