विश्व

श्रीलङ्काको संसद विघटनको निर्णय अवैधानिक : सर्वोच्च अदालत

२०७५ मङ्सिर २७ बिहिबार, कोलम्बो ।श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ । ... बाँकी अंश»

पाँच पटक मुख्यमन्त्री भएका करूणानिधीले लगाउने कालो चस्माको रहस्य

२०७५ मङ्सिर २७ बिहिबार, काठमाडौं । भारतको तामिलनाडु राज्यको पाँच पटक मुख्यमन्त्री बनेका नेता मुथुवेल करुणानिधिको निधन ७ अक्टोबर २०१८ मा भयो । करुणानिधिलाई कलाइनार पनि भनिने गरिएको थियो । जसको अर्थ लेखन कलाका प्रेमी भन्ने हुन्छ । ... बाँकी अंश»

बचिन् मे, जितिन् विश्वासको मत 

२०७५ मङ्सिर २७ बिहिबार, काठमाडौं । इंगल्याण्डकी प्रधानमन्त्री टेरेसा मेले विश्वासको मत जितेकी छिन् । आफ्नै पार्टी कन्जरभेटिभ पार्टीका ४८ सांसदले उनीविरुद्ध अविश्वासको प्रस्तावको माग गरेपछि उनले डटेर सामना गर्दै ६३ प्रतिशत मत प्राप्त गरेकी हुन् । ... बाँकी अंश»

बेलायती प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । बेलायती प्रधानमन्त्री टेरिजा मेले अविश्वासको प्रस्तावको सामना गर्ने भएकी छिन् । मेले आफ्नै पार्टीका नेताहरुबाट अविश्वासको प्रस्तावको सामना गर्न लागेकी हुन् ।  ... बाँकी अंश»

के ५ राज्यको चुनावबाट मोदी सरकारको भविष्यवाणी गर्न सकिन्छ ? 

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । भारतको विभिन्न ५ राज्यमा भर्खरै निर्वाचन सकिएको छ । त्यसले अबको निर्वाचनमा भारतीय प्रधानमन्त्री ... बाँकी अंश»

मेघालय उच्च अदालतको फैसला, 'भारत हिन्दूराष्ट्र बन्नु पर्थ्यो' (पूर्ण पाठ)

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । भारतको एक उच्च अदालतले ३७ पृष्ठको फैसला गर्दै भारत हिन्दू राष्ट्र बन्नु पर्ने बताएको छ । सोमबार एक मुद्दामा ... बाँकी अंश»

हुवावे कम्पनीकी अफिसर वाङ्जु रिहा, ट्रम्पले हस्तक्षेप गर्ने 

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । चिनियाँ मोबाइल कम्पनी हुवावेकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जु धरौटीमा रिहा भएकी छिन् । क्यानडामा पक्राउ परेकी ४६ वर्षीया वाङ्जुलाई स्थानीय अदालतले १० मिलियन क्यानेडियन डलर बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको हो । ... बाँकी अंश»

फ्रान्समा आतंकवादी हमला, ३ को मृत्यु, एक दर्जन घाइते

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । फ्रान्सको पूर्वी शहर स्ट्रासवर्गस्थित क्रिसमस बजार नजिकै अन्धाधुन्ध गोली चलेको छ । उक्त घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

पाँचमध्ये तीन राज्यमा मोदीलाई झड्का, राहुल लहर बढ्यो

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । भारतमा भएको पाँच राज्यको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई झड्का लागेको छ । भारतीय जनता पार्टी भाजपाको सरकार रहेको मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा भाजपाले नराम्रो हार बेहोर्दा कांग्रेस आई सरकार बनाउने योजनामा लागिसकेको छ । ... बाँकी अंश»

पत्रकार खसोग्गीको अन्तिम वाक्यः 'सास फेर्न गाह्रो भो'

२०७५ मङ्सिर २६ बुधबार, एजेन्सी। वासिङटन पोष्टका साउदी स्तम्भकार जमाल खसोग्गीले अन्तिम वाक्य “सास फेर्न गाह्रो भो” (आइ कान्ट ब्रेद) भनेर बोलेको खबर सार्वजनिक भएको छ। टर्कीको इस्तानबुलस्थित साउदी दुताबासमा छिरेपछि हत्या जत्थाको नियोजित निशानामा परेका खसोग्गीले अन्तिममा म सास फेर्न सक्दिन भनेर बोलेको रेकर्ड फेला परेको, अमेरिकी समाचार संस्था सीएनएनले सार्वजनिक गरेको हो। ... बाँकी अंश»

पटेलको राजीनामा पछि झनै झमेलामा मोदी सरकार, अबको बाटो कता ?

२०७५ मङ्सिर २५ मंगलबार, काठमाडौं । भारतीय रिजर्व बैंकका गवर्नर पदबाट उर्जित पटेलको अचानक राजीनामाले केन्द्रीय बैंकलाई अहिले 'नेतृत्वविहीन' बनेको छ । ... बाँकी अंश»

भारतको ५ राज्यमा मतगणना : ७ रेस कोर्सको यात्रा कसको ?

२०७५ मङ्सिर २५ मंगलबार, काठमाडौं । भारतमा विभिन्न समयमा भएको विधानसभा चुनावको मत गणना सुरु भएको छ । ... बाँकी अंश»

यस्ता पो कम्युनिष्ट ! राष्ट्रपतिले आफ्नै प्लेन गराए लिलाम, अरु ७० वटा बेचिँदै

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । मेक्सिकोका राष्ट्रपति एन्द्रेस मैनुअल लोपेज ओब्राडोरले यसै वर्षको जनवरीमा सत्ता सम्हालेसँगै एकदमै लोकप्रिय निर्णय गरे । ... बाँकी अंश»

ट्रम्पको ट्वीटले भड्कियो फ्रान्स – हाम्रो देशभन्दा टाढै रहनू

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । फ्रान्समा महँगी र करवृद्धिको मामिलामा चर्किएको आन्दोलनको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिमा फ्रान्सले चर्को विरोध गरेको छ ।  ... बाँकी अंश»

पाकिस्तान–भारत कारोबार सम्भावनाभन्दा धेरै कम : विश्व बैंक

२०७५ मङ्सिर २४ सोमबार, इस्लामावाद, पाकिस्तान। पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ। उसले भनेको छ, “यदि दुई छिमेकीले मानव सिर्जित अवरोधहरूलाई हटाउने हो भने मात्रै पाकिस्तान र भारतको कारोबारमा करिब ३८ अर्ब डलर पुग्ने देखिन्छ, जुन वर्तमान् अवस्थामा झण्डै दुई अरबको हाराहारीमा छ।” ... बाँकी अंश»

दिल्लीमा दशौँ हजार हिन्दूको प्रदर्शन

२०७५ मङ्सिर २३ आइतबार, नयाँ दिल्ली। हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले आइतबार राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन्। कडा सुरक्षाबीच भएको प्रदर्शनमा देशका विभिन्न स्थानबाट दिल्ली पुगेका नागरिकहरूको सहभागिता रहेको थियो। ... बाँकी अंश»

हीरा कारोबारीको हत्याको आरोपमा टीभी अभिनेत्री र भाजापाका पूर्व नेता गिरफ्तार

२०७५ मङ्सिर २३ आइतबार, काठमाडौं । भारतीय हीरा व्यापारी राजेश्वर उदानीको रहस्यमय हत्यामा संलग्न रहेको भन्दै भारतीय प्रहरीले एक नेतालाई गिरफ्तार गरेको छ । साथै मोडल तथा टीभी अभिनेत्री देबोलिना भट्टाचार्यलाई प्रहरीले हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ । ... बाँकी अंश»

हुवावे प्रकरण : क्यानडाका राजदूतलाई हाजिर हुन चीनको निर्देशन

२०७५ मङ्सिर २३ आइतबार, काठमाडौं । चीनले हुवावे कम्पनीका मुख्य वित्तीय अधिकारी मेंङ वानझोउलाई हिरासतमा लिएको विषयमा स्पष्टीकरणका लागि क्यानाडाका राजदूतलाई हाजिर हुन निर्देशन दिएको छ ।  ... बाँकी अंश»

जीन्युजको दाबी : भारतविरुद्ध षडयन्त्रका लागि नेपाली मिडियाको प्रयोग 

२०७५ मङ्सिर २३ आइतबार, काठमाडौं । भारत र नेपालको सम्बन्ध पछिल्लो समय केही तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यसैबीच नेपाली सञ्चारमाध्यमहरुमा भारतविरोधी समाचार फैलाउन चीनले सहयोग गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । ... बाँकी अंश»

बेल्जियममा पहेँलो टिसर्टधारीहरुको प्रदर्शन, ७० जना पक्राउ

२०७५ मङ्सिर २३ आइतबार, ब्रसेल्स। फ्रान्सको सीमा क्षेत्रमा शनिबार पनि बेल्जियमका युवाहरुले प्रदर्शन गरेका छन्। उनीहरु पहेँलो टिसर्ट लगाएर प्रदर्शनमा ओर्लिएका हुन्। उनीहरुले छिमेकी फ्रान्सको विरुद्धमा यस्तो प्रदर्शन गरेका हुन्। फ्रान्सेली राष्ट्रपति इमानुयअल म्याक्रोले इन्धनको मूल्यमा भारी वृद्धि गरेकोले त्यसको विरोध स्वरुप उनीहरुले यस्तो प्रदर्शन गरेको बताइएको छ। ... बाँकी अंश»

नयाँ