विश्व

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

२०७५ जेठ १७ बिहिबार, वासिङटन।अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ। युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको बिहीबार जानकारी दिइएको छ। ... बाँकी अंश»

रुसी विदेशमन्त्री किन जाँदैछन् उत्तर कोरिया ? 

२०७५ जेठ १७ बिहिबार, एजेन्सी। रुसी विदेशमन्त्री सर्गेई लावरोव विहीबार उत्तर कोरिया जाने भएका छन्। उत्तर कोरिया र अमेरिकाको बीचमा ऐतिहासिक वार्ता हुन गइरहेको अवस्थामा रुसी विदेशमन्त्रीले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन्।  ... बाँकी अंश»

उत्तर कोरियाली उच्च अधिकारी बेइजिङमा, बुधबार अमेरिका जाने

२०७५ जेठ १७ बिहिबार, बेइजिङ। उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बुधबार चिनियाँ राजधानी बेइजिङ पुगेको समाचार छ। अमेरिकाको लागि हिँडे्का उनी बुधबार बेइजिङ पुगेको र यहाँका अधिकारीसँग आवश्यक परामर्श भेट गरेको बताइएको छ। उनले चिनियाँ अधिकारीसँग भेटगरी प्रस्तावित सिंगापुर वार्ताको बारेमा जानकारी राएको बताइएको छ। ... बाँकी अंश»

रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रणा

२०७५ जेठ १७ बिहिबार, मस्को। रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ। सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिए। ... बाँकी अंश»

रुसी पत्रकारको युक्रेनमा गोली हानी हत्या

२०७५ जेठ १६ बुधबार, काठमाडौं । एक रुसी पत्रकारको युक्रेनको किभमा गोली हानी हत्या भएको छ । ४१ वर्षीय पत्रकार आर्कादी बाब्चेन्कोको घरमै गोली हानी हत्या भएको हो ।  ... बाँकी अंश»

पुएर्टो रिकोमा आँधीः ४६०० व्यक्तिको मृत्यु

२०७५ जेठ १६ बुधबार, टम्प । पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु भएको हुनुसक्ने अमेरिकी अनुसन्धाननकर्ताहरूको एक समूहले जनाएको छ ।  ... बाँकी अंश»

भारतीय प्रधानमन्त्री मोदी मे २९ देखि तीन देशको पाँच दिने भ्रमणमा

२०७५ जेठ १६ बुधबार, नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, मलेसिया र सिङ्गापुरको पाँच दिने भ्रमणको क्रममा मङ्गलबार जकार्ताका लागि प्रस्थान गरेका छन्। उनले मे २९ बाट जुन २ सम्म पाँच दिनसम्म यी तीन देशको भ्रमण गर्न लागेको जनाइएको छ। मंगलबारबाट सुरु भएको यस भ्रमणको क्रममा मोदी सुरुमा इन्डोनेसिया पुग्नेछन्। ... बाँकी अंश»

भारतमा २४ घण्टायता परेको चट्याङ्मा ४७ जनाको मृत्यु

२०७५ जेठ १६ बुधबार, नयाँ दिल्ली। भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्। विगत २४ घण्टायता चट्याङ्सँगै भारी वर्षा भएपछि ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ भने बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका वस्तीहरू प्रभावित बनेका छन्। ... बाँकी अंश»

उत्तर कोरियाली उच्च पदस्थ अधिकारी अमेरिका आउँदै : ट्रम्प

२०७५ जेठ १५ मंगलबार, वासिङ्टन, संयुक्त राज्य अमेरिका। उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिङ्गापुर शिखर सम्मेलनको तयारीका सिलसिलामा एक उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान गरेका छन्। ... बाँकी अंश»

अमेरिकी र उत्तर कोरियाली अधिकारी सिंगापुरमा

२०७५ जेठ १५ मंगलबार, सिंगापुर । उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । ... बाँकी अंश»

आर्थिक संकटमा फस्दै पाकिस्तान, चीनसँग सहयोगको अपेक्षा

२०७५ जेठ १४ सोमबार, काठमाडौं । आर्थिक हिसाबमा पाकिस्तान खस्किँदो अवस्थामा रहेको छ । यस्तो अवस्थामा पाकिस्तानले समस्याबाट पार पाउनका लागि चीनसँग ऋणको प्रस्ताव गरेको छ । पाकिस्तानले आफ्नो सबैभन्दा ठुलो मित्र राष्ट्रको रुपमा रहेको चीनलाई एक देखि दुई अर्ब अमेरिकी डलरबराबरको सहयोगको लागि आग्रह गरेको हो । ... बाँकी अंश»

इटालीका राष्ट्रपतिमाथि महाअभियोगको तयारी

२०७५ जेठ १४ सोमबार, काठमाडौं । इटालीको सबैभन्दा ठुलो राजनीतिक दल फाइभ स्टार पार्टीले अर्थमन्त्री आफूखुसी छनोट गर्न खोजेपछि राष्ट्रपतिमाथि महाअभियोग लगाइने बताएको छ । इटालीका राष्ट्रपति सर्जियो मट्टारेलाले आइतबार ग्युसेप कोन्टे प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारको प्रस्तावमा अर्थमन्त्रीको विषयलाई लिएर अस्वीकार गरेका थिए । ... बाँकी अंश»

सोनिया गान्धी बिरामी, छोरा राहुलले विदेश लैजाने 

२०७५ जेठ १४ सोमबार, काठमाडौं । भारतीय काँग्रेस आईकी पूर्व अध्यक्ष सोनिया गान्धी बिरामी भएकी छिन् । उनलाई काँग्रेस आईका वर्तमान अध्यक्ष एवं सोनिया पुत्र राहुल गान्धीले उपचार गराउन विदेश लैजाने भएका छन् ।  ... बाँकी अंश»

यूट्यूवमाथि प्रतिबन्ध 

२०७५ जेठ १३ आइतबार, काएरो । इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ । अदालतको निर्णय अन्तिम भएको भन्दै यस उपर पुनरावेदन नहुने बताइएको छ । ... बाँकी अंश»

अपहरणको २४ घण्टा पछि छ महिलाको शव भेटियो

२०७५ जेठ १३ आइतबार, सिउडाड भिक्टोरिया, मेक्सिको। मेक्सिकोमा अपहरणमा परेका छ जना महिलाको शव अपहरणमा परेको एक दिनपछि शनिबार भेटिएको जनाएको छ। तामौलिपास राज्यमा रहेको एउटा खाद्य उद्योगमा कार्यरत ती महिलालाई कार्यालय बाहिरबाट हतियारधारी व्यक्तिले गत शुक्रबार ती महिलालाई अपहरण गरेका थिए। ... बाँकी अंश»

पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

२०७५ जेठ १३ आइतबार, इस्लामावाद। पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ। पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्विकृत गरेका छन्। ... बाँकी अंश»

किम–मून वार्तापछि निर्धारित मितिमा नै ट्रम्प–किम वार्ता हुने संकेत 

२०७५ जेठ १३ आइतबार, काठमाडौं । उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बचिमा यसअघि निर्धारण गरिएको जुन १२ को मितिमा नै बैठक हुने सम्भावना बढेको छ । उत्तर कोरियाले यो बैठकका लागि आफूहरु तयार रहेको बताएसँगै यो सम्भावना बढेको हो ।  ... बाँकी अंश»

चन्द्रमामा पाइला टेक्ने चौथो अन्तरिक्ष यात्री अलन बिनको निधन

२०७५ जेठ १३ आइतबार, काठमाडौं । चन्द्रमामा पाइला टेक्ने चौथो अन्तरिक्ष यात्री अलन बिनको निधन भएको छ । उपचारकै क्रममा अमेरिकाको हस्टनमा उनको ८६ बर्षको उमेरमा निधन भएको हो ।  ... बाँकी अंश»

गर्भपतनमा रोकको अन्त्य गर्ने पक्षमा मतदान

२०७५ जेठ १३ आइतबार, डब्लिन । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहको शुरुवाती औपचारिक नतिजामा ६० प्रतिशत मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्ष अर्थात् गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा मतदान गरेको देखिएको छ ।  ... बाँकी अंश»

भारतीय रेलसेवाले कण्डम र सेनिटरी प्याड बाँड्ने

२०७५ जेठ १२ शनिबार, नयाँदिल्ली । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् । देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । ... बाँकी अंश»

नयाँ