विश्व

अमेरिकाद्वारा पाकिस्तानलाई दिँदै आएको ३० करोड डलरको सहयोग रद्द

२०७५ भदौ १७ आइतबार, काठमाडौं । अमेरिकाले सैन्य विभागले पाकिस्तानलाई प्रदान दिँदै आएको ३० करोड डलरबराबरको रकम सहयोग रद्द गर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

ट्रम्पद्वारा सञ्चारमाध्यमको फेरि आलोचना

२०७५ भदौ १६ शनिबार, वासिङ्टन डी सी, संयुक्त राज्य अमेरिका । सञ्चारकर्मीको उपस्थितिमा भएका उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे गरेका अनौपचारिक प्रतिक्रियालाई बाहिर ल्याएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसप्रति चासो व्यक्त गरेका छन् । ... बाँकी अंश»

ब्राजिलका लोकप्रिय नेता लुला निर्वाचन लड्न नपाउने

२०७५ भदौ १६ शनिबार, साओ पाउलो । ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भालाई निर्वाचन लड्न प्रतिवन्ध लगाइएको छ । ... बाँकी अंश»

'इमरान खान सरकारले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्छ'

२०७५ भदौ १६ शनिबार, इस्लामावाद, पाकिस्तान। पाकिस्तानमा सञ्चारमाध्यममाथि सरकारी निकायबाट कडा दवाव हुने गरेको बताउँदै पाकिस्तानको मानव अधिकार आयोगले इमरान खान नेतृत्वको नयाँ सरकारले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएको छ। ... बाँकी अंश»

पुटिनले टर्कीका समकक्षीलाई भेट्ने

२०७५ भदौ १६ शनिबार, मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रिसेप तैयप एर्डोगानलाई भेट्ने तयारी गरेका छन्। इरानको तेहरानमा हुने एउटा शिखर सम्मेलनका क्रममा उनले “भेट्ने तयारी सुरु भएको” रूसी राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ। सिरियामा भइरहेको द्वन्द्व अन्त्यका बारेमा तीन देशका शिर्ष नेताहरुले भेटेर छलफल गर्ने कार्यक्रम रहेको छ। ... बाँकी अंश»

सरकारको नीतिले लण्डनमा घरविहिन बढे : लण्डन नगरप्रमुख

२०७५ भदौ १६ शनिबार, लण्डन। बेलायतको राजधानी लण्डनका मेयर सद्धिक खानले केन्द्रीय सरकारको नीतिका कारण लण्डनमा घरबारविहिनहरू बढेको बताएका छन्। ... बाँकी अंश»

अमेरिकाले रोक्यो प्यालेस्टाइनी शरणार्थीलाई दिँदै आएको सहयोग

२०७५ भदौ १६ शनिबार, काठमाडौं । अमेरिका फेरि प्यालेस्टाइनप्रति अनुदार देखिएको छ । अमेरिकाले प्यालेस्टाइनी शरणार्थीलाई दिँदै आएको सबै खाले सहयोग बन्द गर्ने घोषणा गरेको हो । ... बाँकी अंश»

बस दुर्घटनाको जिम्मेवारी लिँदै तीन मन्त्रीद्वारा राजीनामा

२०७५ भदौ १६ शनिबार, सोफिआ। बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन्। पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन्। ... बाँकी अंश»

दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादैँ

२०७५ भदौ १६ शनिबार, सोल। दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन लाग्नुभएको छ। दक्षिण र उत्तर कोरियाली शीर्ष नेताबीच स्थगित भएको शीर्ष बैठक तथा आणविक निःशस्त्रीकरणका बारेमा पनि छलफल गर्न विशेषदूत प्योङयाङ जान लाग्नु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। ... बाँकी अंश»

कारमाथि अमेरिकी करबृद्धि स्वीकार्य हुँदैनः युरोपेली आयोग प्रमुख जन्कर

२०७५ भदौ १६ शनिबार, फ्रान्कफर्ट। युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कारको अमेरिका आयातमा करबृद्धि गरेमा युरोपेली युनियनले पनि करबृद्धि गर्ने शुक्रबार चेतावनी दिएका छन्। “कारमाथि नयाँ करबृद्धिका बारेमा हामीले ट्रम्पसँग एक प्रकारको युद्धबिराम गरेका थियौं।” ... बाँकी अंश»

चिलीका हिमनदी जोगाउन पर्यावरणकर्मीहरु एकजुट

२०७५ भदौ १६ शनिबार, सान्टीयागो। चिलीमा दक्षिण अमेरिकाको कूल हिमनदीको पाँच भागको चार भाग छ र ध्रुवीय क्षेत्रभन्दा बाहिर विश्वमै सबैभन्दा ठूलो हिउँक्षेत्र छ, तर तिनीहरु खानी उद्योगबाट सिर्जित धुलोबाट जोखिममा पर्न थालेका छन्। ... बाँकी अंश»

जापानले छुट्यायो सुरक्षा क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट

२०७५ भदौ १५ शुक्रबार, काठमाडौं । जापानको सुरक्षा मन्त्रालयले सुरक्षाको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा बढी रकम खर्च गर्ने प्रस्ताव अघि सारेको छ । ... बाँकी अंश»

चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

२०७५ भदौ १५ शुक्रबार, बेइजिङ। चीनको औद्योगिक उत्पादन अगष्ट महिनामा सामान्य वृद्धि भएको शुक्रबार जारी आधिकारिक प्रतिवेदनमा जनाइएको छ। संयुक्तराज्य अमेरिकासँगको व्यापारिक युद्धका कारण औद्योगिक उत्पादनमा प्रभाव पर्ने विज्ञहरुले गरेको अनुमान र अड्कलबाजीभन्दा सकारात्मक प्रगति भएको अधिकारीहरुले बताएका छन्। ... बाँकी अंश»

अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

२०७५ भदौ १५ शुक्रबार, नोम्पेन्ह। अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ। अष्ट्रेलियाली ती चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले सुनाएको छ वर्षको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद काम भनी टिप्पणी गरेको छ। ... बाँकी अंश»

चोटपटक, रोग र भोकका कारण अफ्रिकामा ५० लाख बालबालिकाको मृत्यु

२०७५ भदौ १५ शुक्रबार, पेरिस। अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको एक अध्ययनले देखाएको छ। अध्ययनमा, यीमध्ये १२ महिना वा सोभन्दा कम उमेरका शिशुमात्र ३० लाख रहेका छन्। ... बाँकी अंश»

जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि

२०७५ भदौ १५ शुक्रबार, टोक्यो। जापानको रक्षा मन्त्रालयले उत्तर कोरिया र चीनबाट जारी चुनौतीको सामना गर्नेगरी क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ गर्ने उद्देश्यले ठूलो बजेट प्रस्ताव गरेको छ। अप्रिलदेखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले ४७ अर्ब अमेरिकी डलरको बजेट आवश्यक रहेको जनाएको छ। विगत सात वर्षदेखि लगातार वृद्धि भइरहेको रक्षा बजेटमा गतवर्षको तुलनामा यस पटक २.१ प्रतिशत थप वृद्धि गरिएको हो। ... बाँकी अंश»

इरान अझै पनि न्युक्लियर सम्झौतामा प्रतिबद्ध छ : यूएन

२०७५ भदौ १५ शुक्रबार, काठमाडौं । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले इरानले अझै पनि सन् २०१५ मा भएको न्युक्लियर सम्झौता पालना गरिरहेको बताएको छ । ... बाँकी अंश»

डब्ल्यूटीओबाट बाहिरिने ट्रम्पको चेतावनी 

२०७५ भदौ १५ शुक्रबार, एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन(डब्ल्यूटीओ) बाट अमेरिका बाहिरिने चेतावनी दिएका छन्। संगठनले अमेरिकामाथि गर्ने व्यवहार उचित नरहेको भन्दै ट्रम्पले संगठनबाट बाहिरिने चेतावनी दिएका हुन्।  ... बाँकी अंश»

रसियाको कोइला निर्यात बढ्ने

२०७५ भदौ १५ शुक्रबार, एजेन्सी। रसियाको कोइला निर्यातमा सन् २०१८ मा २० करोड टनको वृद्धि हुनसक्ने बताइएको छ। रसियाको ऊर्जा मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार यस वर्षको सुरुवातदेखि नै रसियाको कोइला निर्यात उल्लेख्य रहेको देखिएको हो। रसियाले अहिले सार्वजनिक गरेको विवरण अनुसार उसको कोइला निर्यात पूर्वी क्षेत्रमा १० करोड टन र पश्चिमी क्षेत्रमा १० करोड टनको निर्यातमा वृद्धि हुनसक्ने बताएको छ।  ... बाँकी अंश»

भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

२०७५ भदौ १५ शुक्रबार, नयाँ दिल्ली। भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ। वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ। ... बाँकी अंश»

नयाँ