विश्व

अन्तिमदिन राफेलको लफडा : संसदमा हंगामा, जन्तर मन्तरमा मुख्यमन्त्रीहरुको सत्याग्रह 

२०७५ फाल्गुण १ बुधबार, काठमाडौं । चुनाव अघिको संसदको अन्तिम दिन भारतमा मोदी सरकारको विरोधमा चर्को नाराबाजी चलिरहेको छ । ... बाँकी अंश»

पोल्याण्डमा अमेरिकी सेनाको उपस्थितिबारे द्विपक्षीय वार्ता

२०७५ फाल्गुण १ बुधबार, वार्सा। अमेरिकी र पोल्याण्डका विदेशमन्त्रीबीच संयुक्त राज्य अमेरिकाको सेना पोल्याण्डमा उपस्थितिका बारेमा द्विपक्षीय छलफल भएको छ।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र पोलिस विदेशमन्त्री जेस के चापुतोविचबीच उक्त विषयमा बुधबार वार्सामा द्विपक्षीय वार्ता भएको जनाइएको छ। ... बाँकी अंश»

कुख्यात तस्कर गुजम्यान १० आरोपमा दोषी 

२०७५ फाल्गुण १ बुधबार, काठमाडौं । कुख्यात लागूऔषध तस्कर अल च्यापो गुजम्यान विभिन्न १० आरोपमा दोषी ठहर भएका छन् । ... बाँकी अंश»

सिमाना सुरक्षाबारे अमेरिकी सरकार र विपक्षीबीच सहमति

२०७५ माघ २९ मंगलबार, वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमानामा सुरक्षाका लागि पर्खाल निर्माणका लागि अमेरिकी सिनेटले रकम नछुट्टयाएका कारण सरकार र संसदबीच देखिएको विवादका केही बुँदामा अन्ततः सोमबार सहमति जुटेको छ। ... बाँकी अंश»

‘चीन र रूसबीचको सम्बन्ध थप घनिष्ठ’

२०७५ माघ २९ मंगलबार, बेइजिङ। चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पुर्‍याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन्। ... बाँकी अंश»

सिरियामा भएको आक्रमणका ७० जना हताहत

२०७५ माघ २९ मंगलबार, दमासकस। सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन्। अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै राज्यद्धारा सञ्चालित टेलिभिजनले जनाएको छ। पूर्वी ग्रामीण क्षेत्र डेइर अल जौरमा विस्थापित व्यक्तिहरुलाई लक्षित गरी हवाई आक्रमण भएको बताइएको छ। घटनास्थल इस्लामिक स्टेट्स (आइएस) लडाकूहरुको प्रभाव रहेको क्षेत्र मानिन्छ। ... बाँकी अंश»

हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा

२०७५ माघ २९ मंगलबार, अबुदाबी। संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ। अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले बताएका छन्। ... बाँकी अंश»

अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

२०७५ माघ २९ मंगलबार, काबुल। अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ। स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उनको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन्। ... बाँकी अंश»

सीबीआईका पूर्व निर्देशकलाई सर्वोच्चको आदेश : 'अँध्यारो कुनामा दिनभरी बस्नू'

२०७५ माघ २९ मंगलबार, नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले सीबीआई पूर्व निर्देशकको नाममा नयाँ खालको आदेश दिएको छ । ... बाँकी अंश»

दक्षिण कोरियाका अधिकारकर्मीको एक समूह उत्तर कोरिया भ्रमणमा

२०७५ माघ २९ मंगलबार, सोल । दक्षिण कोरियाका नागरिक अधिकारकर्मीको एक समूहले मङ्गलबार उत्तर कोरियाको भ्रमण शुरु गरेका छन् । ... बाँकी अंश»

दिल्लीको अर्पित प्यालेस होटलमा आगलागी, १७ को मृत्यु

२०७५ माघ २९ मंगलबार, नयाँ दिल्ली। दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ। घटनामा परी अन्य ११ जना घाइते भएका छन्। ... बाँकी अंश»

साउदी युवराज पाकिस्तान आउने

२०७५ माघ २९ मंगलबार, इस्लामावाद। साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यही महिना पाकिस्तानको भ्रमण गर्ने भएका छन्। दुई दिने भ्रमणका लागि उनी यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको राजधानी शहर इस्लामावाद आउने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन्। पाकिस्तानका लागि साउदी अरबका राजदूत नवाफ बिन सइद अल मालिकीले सोमबार युवराज सलमानको भ्रमणको पुष्टि गरेका हुन्। ... बाँकी अंश»

भारतमै हिन्दूहरु अल्पसंख्यकको सूचीमा, सुविधा दिन सर्वाेच्चको आदेश

२०७५ माघ २९ मंगलबार, नयाँ दिल्ली । भारतमा नै हिन्दूहरु अल्पसंख्यक रहेको राज्यमा हिन्दूहरुलाई अल्पसंख्यकको सूचीमा राखेर आवश्यक ... बाँकी अंश»

आगलागीमा परी एक बालकसहित नौ जनाको मृत्यु

२०७५ माघ २९ मंगलबार, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको करोलबागस्थित एक होटलमा भीषण आगलागी हुँदा ९ जनाको ज्यान गएको छ ।  ... बाँकी अंश»

ब्रेजिक्टले छ लाख रोजगारी गुम्न सक्छ : अध्ययन

२०७५ माघ २८ सोमबार, फ्रयाङ्कफर्ट एम माइन। युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै छ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ। ... बाँकी अंश»

महासचिव भएपछि प्रियंका पहिलो सार्वजनिक कार्यक्रममा

२०७५ माघ २८ सोमबार, लखनउ, भारत। भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएकीथिइन्। उत्तर प्रदेश हेर्ने मुख्य जिम्मेबारीसहित केहीदिन अगाडि महासचिवमा नियुक्त भएकी गान्धीले सोमबार उत्तर प्रदेशकै लखनउमा भएको बृहत सडक र्‍यालीमा सहभागी भएकीहुन्। ... बाँकी अंश»

मिठाई खाएपछि ४० बिद्यार्थी बिरामी

२०७५ माघ २८ सोमबार, लोहारदागा, झारखण्ड। भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन्। पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ। ... बाँकी अंश»

पेन्टागनका कार्यबाहक प्रमुख काबुलमा

२०७५ माघ २८ सोमबार, काबुल। अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहान अचानक अफगानिस्तान पुग्नु भएको छ। संयुक्तराज्य अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकूसँग शान्ति वार्ताको प्रयास जारी राखेको अवस्थामा शनाहानको यो आकस्मिक भ्रमण भएको हो। ... बाँकी अंश»

मङ्गोलियामा सडक दुर्घटनामा कम्तीमा दशको मृत्यु

२०७५ माघ २८ सोमबार, लान बाटोर, मङ्गोलिया। मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनाहरुमा अन्य ११ जना घाइते भएका छन्। यस पर्वलाई स्थानीय भाषामा ‘ह्वाइट मुन’ भन्ने गरेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ। ... बाँकी अंश»

भारतले पठाएको दर्जन बढी घातक खाम, जसले ग्रीसलाई बनायो आतंकित

२०७५ माघ २८ सोमबार, काठमाडौं । भारतबाट पठाईएको केही बन्द खामको कारण ग्रीसमा हंगामा मच्चिएको छ । केही दर्जन भारतबाट पठाईएको खामलाई ... बाँकी अंश»

नयाँ