विश्व

इरानमाथि अमेरिकी प्रतिबन्ध विरुद्ध राष्ट्रसंघको उच्च अदालतमा सुनुवाई शुरु

२०७५ भदौ ११ सोमबार, द हेग। संयुक्तराज्य अमेरिकाले इरानका विरुद्धमा पछिल्लोपटक लगाएको प्रतिबन्ध पक्षपातपूर्ण रहेको भन्दै राष्ट्रसंघको उच्च अदालतमा इरानले गरेको उजूरीमाथि सुनुवाई शुरु भएको छ। ... बाँकी अंश»

भारतले सिन्धु सम्झौता उलंघन गरेको पाकिस्तानको आरोप, आगामी साता वार्ता हुने

२०७५ भदौ ११ सोमबार, काठमाडौं । इमरान खानको पाकिस्तानको नयाँ सरकारसँग भारतको पहिलो आधिकारिक भेट हुने भएको छ । ... बाँकी अंश»

म्यान्मार अदालतद्वारा रोयटर्स पत्रकारको फैसला स्थगन

२०७५ भदौ ११ सोमबार, यान्गुन। रोहिङ्ग्या मुस्लिम समुदायको नरसंहारसम्बन्धी समाचार सङ्कलन गर्ने रोयटर्स समाचार संस्थासँग आबद्ध दुईजना पत्रकारमाथि लागेको गोपनीयता कानुन उल्लङ्घनको आरोपसम्बन्धी मुद्दाको फैसला एक साताका लागि स्थगित भएको छ। ... बाँकी अंश»

मेक्सिकोसँग ठूलो व्यापारिक सम्झौता चाँडै हुँदैछ : ट्रम्प

२०७५ भदौ ११ सोमबार, वासिङ्टन। उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ। वासिङ्टनमा दुबै पक्षबीच साताभर चलेको अनौपचारिक वार्तामा व्यापार र लगानीका विषयमा व्यापक छलफल भएको र दुवै पक्ष सहमति नजिक पुगेको बताइएको छ। ... बाँकी अंश»

अमेरिकाले गर्दैछ सिरियामा आक्रमणको तयारी : रुस

२०७५ भदौ ११ सोमबार, काठमाडौं । रुसको रक्षा मन्त्रालयले अमेरिका आफ्ना सहयोगी मुलुकहरुको सहयोगमा नयाँ मिसाइल आक्रमणको तयारीमा अघि बढिरहेको आरोप लगाएको छ । ... बाँकी अंश»

विदेशमन्त्रीको भ्रमण रद्द हुनु अमेरिकाको दोहोरो चाल र षडयन्त्र : उत्तर कोरिया

२०७५ भदौ ११ सोमबार, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो भ्रमण रद्द गर्ने निर्णय गरेसँगै उत्तर कोरियाले यो अमेरिकाको षडयन्त्र रहेको बताएको छ ।  ... बाँकी अंश»

प्यालेस्टाइनद्वारा अमेरिकालाई शरणार्थी बिषयमा हस्तक्षेप नगर्न चेतावनी

२०७५ भदौ १० आइतबार, रामल्ला, प्यालेस्टाइन। अमेरिकालाई प्यालेस्टिनी शरणार्थीको बिषयमा हस्तक्षेप नगर्न प्यालेष्टिनी दुई उच्च अधिकारीले आइतबार चेतावनी दिएका छन्। अमेरिकी सरकारले लाखौँ प्यालेस्टिनी शरणार्थी घर फर्किन पाउने अधिकारलाई अस्वीकार गरेको भन्ने इजरायली सञ्चारमाध्यममा खबर आएको एक दिनपछि प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन (पिएलओ)का कार्यकारी समिति सदस्य वासेल अबु यूसेफ तथा अहमद अबु हाउलीको उक्त प्रतिक्रिया आएको हो। ... बाँकी अंश»

इरानमा बाक्दो धुलोसहितको हुरीका कारण एक सय ७१ विरामी (भिडियो)

२०७५ भदौ १० आइतबार, इरानमा बाक्दो धुलोसहितको हुरीका कारण एक सय ७१ विरामीतेहरान, इरान। इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान तथा बालुचेस्तानमा चलेको बाक्लो धुलोसहितको हुरीका कारण एक सय ७१ जना विरामी भएपछि उनीहरूलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले बताएको छ। ... बाँकी अंश»

इरानका अर्थमन्त्रीमाथि अभियोग

२०७५ भदौ १० आइतबार, तेहरान। अर्थतन्त्रमा एकपछि अर्को सङ्कट खेप्नु परेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई अर्थतन्त्र खस्किदै गएको भन्दै आइतबार अभियोग लगाएको छ। ... बाँकी अंश»

जापानका प्रधानमन्त्री आबे पार्टी नेतृत्वमा पुनः उम्मेदवार

२०७५ भदौ १० आइतबार, टोक्यो। जापानका प्रधानमन्त्री सिन्जो आबेले सत्तारुढ पार्टीको नेतृत्वको चुनावमा पुनः उम्मेदवार हुने आइतबार घोषणा गरेका छन्। पार्टी नेतृत्वमा विजयी भएमा उनी जापानको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको पदमा रहेनेछन्। ... बाँकी अंश»

इरान–इराक सीमामा गयो शक्तिशाली भूकम्प, दुईको मृत्यु २४१ घाइते

२०७५ भदौ १० आइतबार, तेहरान । इरान–इराक सीमानजिक आइतबार बिहानै गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । ... बाँकी अंश»

श्रीलंकाको युद्ध प्रभावित क्षेत्रमा चीनको नजर 

२०७५ भदौ १० आइतबार, काठमाडौं । चीन श्रीलंकाको उत्तरी क्षेत्रमा पुनर्निर्माणको योजनाबाट आफ्नो प्रभाव विस्तार गर्ने दिशामा अघि बढिरहेको छ । ... बाँकी अंश»

पाकिस्तानी सरकारी अधिकारीलाई पहिलो दर्जाको विमान प्रयोग गर्न रोक

२०७५ भदौ १० आइतबार, काठमाडौं । पाकिस्तानको नयाँ सरकारले राष्ट्रपति र प्रधानमन्त्रीसहितका सरकारी अधिकारीहरु तथा नेताहरुलाई आफ्नो मनलाग्दो खर्च गर्न र पहिलो दर्जाको विमान प्रयोगमा प्रतिबन्ध लगाएको छ ।  ... बाँकी अंश»

मेक्सिकोसँग छिट्टै व्यापार सम्झौता हुन्छ : ट्रम्प

२०७५ भदौ ९ शनिबार, वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिका र मेक्सिकोले छिट्टै व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारीमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन्। ... बाँकी अंश»

मुसलमान महिलाद्वारा मोदीलाई राखी उपहार, भन्छन् : 'हाम्रो ठूलो दाजु हो'

२०७५ भदौ ९ शनिबार, वाराणासी, भारत। मुसलमान महिला फाउण्डेसन (एमडब्लुएफ) का सदस्यहरूले आइतबार परेको रक्षा बन्धनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार पठाउने भएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो दाजु तथा बाबुको रूपमा सम्मान गर्दै सन् २०१३ देखि शुरु गरेको संस्कारलाई निरन्तरता दिँदै यस बर्ष पनि राखी उपहार पठाउने भएका हुन्। ... बाँकी अंश»

लालु यादव पाँच दिनको उपचारपछि मुब्बई अस्पतालबाट फिर्ता

२०७५ भदौ ९ शनिबार, मुम्बई, भारत। राष्ट्रिय जनता दल (आरजेडी) नेता लालु यादवलाई मुम्बईस्थित एशियन हार्ट इन्टिच्युटमा करिब पाँच दिनलामो उपचारपछि अस्पतालबाट घर फिर्ता भएका छन्। छाती दुख्ने समस्या आएपछि जेलबाट अस्पताल लगिएका पूर्व मुख्यमन्त्री यादवलाई हेमोग्लोविनको सङ्ख्या आवश्यकताभन्दा कम भएको पाइएपछि भर्ना गरी उपचार गरिएको थियो।  ... बाँकी अंश»

चीनको होटलमा आगलागी हुदा १९ को मृत्यु, १८ घाइते

२०७५ भदौ ९ शनिबार, बेइजिङ । चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार सवेरै कम्तीमा १९ को मृत्यु भएको छ भने १८ घाइते भएका छन् । उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी सुरु भएको अधिकारीहरुले जनाएका छन् । ... बाँकी अंश»

आफू किमलाई भेट्न आतुर रहेको भन्दै ट्रम्पले रोके अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण

२०७५ भदौ ९ शनिबार, वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गर्न लागेको उत्तर कोरियाको भ्रमण स्थगित भएको छ । उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका थिए । ... बाँकी अंश»

जेलमै परिवारजनलाई भेट्न पुर्वप्रधानमन्त्री नवाज सरिफलाई अनुमति

२०७५ भदौ ८ शुक्रबार, रावलपिण्डी, पाकिस्तान। पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई जेल भित्रै परिवारजनलाई भेट्न विषेश अनुमति दिइएको छ। रावलपिण्डीमा रहेको अदैला जेलमा शुक्रबार उनलाई भेट्न परिवारजनलाई अनुमति दिइएको अधिकारीहरुले जनाएका छन्। ... बाँकी अंश»

रेलमार्गको ठेक्का प्रकरण : लालु यादवविरुद्ध आरोप–पत्र

२०७५ भदौ ८ शुक्रबार, पटना, बिहार। राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु यादबविरुद्ध ‘द इन्सफोर्समेन्ट डाइरेक्टरेट’ ले रेलमार्ग ठेक्का प्रकरणमा दोषी रहेको दावी गर्दै शुक्रबार आरोप–पत्र दर्ता गरेको छ। यादव, उनीकी पत्नी राब्री देवी तथा उनीहरूका कान्छा छोरा तेजस्वी यादवसहित १३ जनाविरुद्ध उक्त ठेक्का प्रकरणमा दोषी दावी गर्दै आरोप पत्र दर्ता गरिएको हो। ... बाँकी अंश»

नयाँ