विश्व

क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु

२०७६ कार्तिक २९ शुक्रबार, साथीहरुमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफैंमाथि गोली चलाएका ती किशोरलाई प्रहरीले गम्भीर अवस्थामा गिरफ्तार गरेको छ । ती विद्यार्थीको स्वास्थ्य अवस्था अत्यन्त नाजूक रहेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

अत्याधिक हिमपातका कारण फ्रान्समा एकको मृत्यु, तीन लाख घर विद्युतविहिन

२०७६ कार्तिक २९ शुक्रबार, पेरिस। अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ । हिमपातकै कारण अरु तीन लाखभन्दा बढी स्थानीय घरमा विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् । ... बाँकी अंश»

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्चसँग ट्रम्पको माग

२०७६ कार्तिक २९ शुक्रबार, सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो । ... बाँकी अंश»

जयशंकरले भने – छिमेकीले शिमला सम्झौतापछि प्रतिशोधमा कश्मीरमा समस्या गर्यो

२०७६ कार्तिक २९ शुक्रबार, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले सन् १९७२ मा भएको शिमला सम्झौतापछि पाकिस्तानमा प्रतिशोधको भावना जागेको बताएका छन् । ... बाँकी अंश»

मोदीलाई सर्वोच्चको सफाइ: बिमानको मूल्य बारेमा अदालतले कुनै निर्णय गर्न नसक्ने

२०७६ कार्तिक २८ बिहिबार, अदालतको आदेशमा बिमान खरिद सम्बन्धी तथ्य प्रमाणहरुका आधारमा निर्णय–प्रक्रियामा कुनै त्रुटी नदेखिएको बताउँदै बिमानको मूल्यका बारेमा अदालतले कुनै निर्णय गर्न नसक्ने र त्यसमा आफ्नो चासो नरहेको उल्लेख छ । ... बाँकी अंश»

मोदी र पुटिनद्धारा भारत—रुस सम्वन्धको समिक्षा

२०७६ कार्तिक २८ बिहिबार, ब्राजिलिया। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ। उनीहरुका बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल भएको बताइएको छ। ब्राजिलमा आयोजित ११औँ “ब्रिक्स” सम्मेलनका लागि आएको बेला दुई शिर्ष नेताबीच भेटवार्ता भएको हो। ... बाँकी अंश»

मोदी–सीबीच सीमा विवादबारे छलफल 

२०७६ कार्तिक २८ बिहिबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले ब्रिक्स राष्ट्रहरुको सामाजिक सुरक्षा सम्झौतामाथि विचार विमर्श गर्न जोड दिएका छन् । ... बाँकी अंश»

अनुसन्धान प्रक्रियालाई ‘विचहन्ट’ भन्ने ट्रम्प संकटको दलदलमा 

२०७६ कार्तिक २८ बिहिबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिनानुदिन संकटको दलदलमा फस्दै गएका छन् । असभ्य भाषाको प्रयोगमा नियन्त्रण गर्न नसकेका ट्रम्पले महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानन प्रक्रियालाई ‘विचहन्ट’ अर्थात् बोक्सी शिकार भन्दै आएका छन् । ... बाँकी अंश»

काबुल विस्फोटमा सात जनाको मृत्यु 

२०७६ कार्तिक २७ बुधबार, काबुल। अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ। स्थानीय समयानुसार बुधबार बिहान ७:२५ मा सो विस्फोट भएको थियो। ... बाँकी अंश»

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

२०७६ कार्तिक २७ बुधबार, गाजा सिटी। इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ । पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ । ... बाँकी अंश»

पेरुमा सडक दुर्घटना, १९ जनाको मृत्यु

२०७६ कार्तिक २७ बुधबार, लिमा। पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्। पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको थियो। उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो शहर नजिक भएको हो। ... बाँकी अंश»

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

२०७६ कार्तिक २७ बुधबार, भारत । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । ... बाँकी अंश»

उत्तरी अफगानिस्तानमा सडक दुर्घटना, २८ जनाको मृत्यु

२०७६ कार्तिक २७ बुधबार, अफगानिस्तान। उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए। ... बाँकी अंश»

सरकार बनाउन असफल दलहरुलाई सबक, महाराष्ट्रमा राष्ट्रपति शासन

२०७६ कार्तिक २६ मंगलबार, काठमाडौं। सरकार बनाउन दलहरु सफल नभएपछि महाराष्ट्रमा मतपरिणाम सार्वजनिक भएको १९औं दिनमा राष्ट्रपति शासन लागू भएको छ। राष्ट्रपति शासन लागू भएसँगै विधान सभा निलम्वित भएको छ।  ... बाँकी अंश»

मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने

२०७६ कार्तिक २६ मंगलबार, मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ।विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक गर्नुभएको हो । ... बाँकी अंश»

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

२०७६ कार्तिक २६ मंगलबार, गाजा सिटी। इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ। घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको बताए पनि उनीहरूको नाम सार्वजनिक गरेको छैन। ... बाँकी अंश»

अमेरिकी राष्ट्रपति कार्टर अस्पताल भर्ना

२०७६ कार्तिक २६ मंगलबार, वासिङ्टन। अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ। पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ। इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएको चिकित्सकहरुले जनाएका छन्। ... बाँकी अंश»

इजरायली सुरक्षाकर्मीको गोली लागि एक प्यालेस्टिनी मारिए, कैयौँ घाइते

२०७६ कार्तिक २५ सोमबार, रमाल्लाह। दक्षिणी स्वेस्ट ब्याङ्कमा सोमबार इजरायली सुरक्षाकर्मीद्वारा एक प्यालेष्टिनी नागरिक मारिएका छन्। प्यालेष्टिनीले गरेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप हुँदा अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन्। ... बाँकी अंश»

दिल्लीको वायु अझै पनि ‘अति प्रदुषित’

२०७६ कार्तिक २५ सोमबार, यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिव पीके मिश्राले भिडियो सम्मेलनमार्फत् प्रदुषणको स्थितिमा दिल्ली, पंजाब र हरियाणा सरकारका सम्बन्धित अधिकारीसँग बैठक पनि गर्नुभएको थियो । बैठकले प्रदुषणको स्थितिमा लगातार निगरानी राख्ने निर्णय गरेको थियो । ... बाँकी अंश»

बुलबुलले लियो २० जनाको ज्यान

२०७६ कार्तिक २५ सोमबार, खुल्ना, बङ्गलादेश। बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन्। आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ। ... बाँकी अंश»

नयाँ