विश्व

नयाँ वर्षको पहिलो दिन नै हजारौँ अष्ट्रेलियालीलाई पीडा 

२०७६ पौष १६ बुधबार, काठमाडौं । अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ । विश्वका राष्ट्रहरुमध्ये अष्ट्रेलिया र न्यूजिल्याण्डले एकै पटक बिहान नयाँ वर्षको स्वागत गरेका छन् । ... बाँकी अंश»

इराकस्थित अमेरिकी राजदूतावासमा आगजनी तथा ढुङ्गामुढा

२०७६ पौष १५ मंगलबार, इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउसो आक्रमण भएको थियो । सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले पर्खाल वरीपरीबाट आगजनी तथा ढुङ्गामुढाको प्रयाससमेत गरेको थियो । ... बाँकी अंश»

सिरिया र इराकमा अमेरिकी सेनाले आक्रमण थाल्यो

२०७६ पौष १५ मंगलबार, केही समययता कताइब हेजबोल्लाहको सो समूहले इराकमा कतिपय स्थानलाई नियन्त्रणमा लिएका थिए । पछि भने इराकी सुरक्षाअधिकारीले ती क्षेत्र आफ्नो नियन्त्रणमा आइसकेको बताएका थिए । आइतबार शुरु भएको सो हमलाले ती क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएको बताइएको छ । यस आक्रमणको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ । ... बाँकी अंश»

नरेन्द्र मोदीको आवासस्थित एसपीजी रिसेप्सनमा आगलागी 

२०७६ पौष १५ मंगलबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घरमा आगलागी भएको छ । उनको लोक कल्याण मार्गस्थित आवासीय परिसरमा सोमबार राति आगलागी भएको हो । ... बाँकी अंश»

सेना प्रमुख रावत बने भारतको पहिलो सीडीएस, यस्तो छ भूमिका

२०७६ पौष १५ मंगलबार, काठमाडौं । भारतीय सेना प्रमुख बिपिन रावत देशका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बन्न सफल भएका छन् । रावत सोमबार सीडीएसमा नियुक्त भएका हुन् ।  ... बाँकी अंश»

छोरीले आरती गरेको देख्दा अफ्रिदीले टीभी फोडे

२०७६ पौष १४ सोमबार, अफ्रिदीले हिन्दू भनेपछि जसलाई पनि हेप्न पछि पर्दैनन् । पाकिस्तानी टेलिभिजन च्यानलकी प्रस्तोताको समेत उनले निन्दा गरेका थिए ।  ... बाँकी अंश»

महाराष्ट्रमा मन्त्रिमण्डल विस्तार

२०७६ पौष १४ सोमबार, काठमाडौं । भारतको महाराष्ट्रमा मन्त्रीमण्डल विस्तार हुँदैछ । उद्धव ठाकरे सरकारले एक महिनापछि पहिलो पटक सोमबार मन्त्रीमण्डल विस्तार गर्न लागेको हो । ... बाँकी अंश»

ट्राफिक नियम उल्लंघन गर्दा प्रियंका गान्धीलाई ९,७६० रुपैयाँ जरिवाना

२०७६ पौष १४ सोमबार, काठमाडौं । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी सवार स्कुटीलाई ट्राफिक पुलिसले कार्वाही गरेको छ । लखनउ ट्राफिक पुलिसले प्रियंका चढेको स्कुटीलाई कार्वाही गरेको हो । ... बाँकी अंश»

अमेरिकामा अहिलेसम्मकै सबभन्दा धेरै हत्या

२०७६ पौष १४ सोमबार, काठमाडौं । अमेरिकाको इतिहासमा सन् २०१९ सबैभन्दा खराव बर्ष बन्न पुगेको छ । त्यहाँ अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन् । ... बाँकी अंश»

अमेरिकाले इराक र सिरियामा हवाइ हमला गर्यो

२०७६ पौष १४ सोमबार, काठमाडौं । अमेरिकी सेनाले इराक र सिरियामा हवाइ हमला गरेको छ । अमेरिकाले दुई देशका मिलिसियाहरुका अखडामा आक्रमण गरेको छ। ... बाँकी अंश»

चीनले पाँच लाख मुस्लिम बच्चाहरुलाई स्कुल पठायो, अभिभावक नजरबन्द शिविरमा  

२०७६ पौष १३ आइतबार, काठमाडौं । चीनले उइगर मुसलमानहरुलाई कसरी प्रताडित गरिरहेको छ भन्ने सञ्चारमाध्यममा आएका पछिल्लो उदाहरणले जोसुकैलाई झस्काउँछ ।  ... बाँकी अंश»

यो बर्षका चर्चित १९ विश्व घटना

२०७६ पौष १३ आइतबार, भारत सरकारले जुलाई ५ मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश जारी गर्‍यो । त्यसपछि जम्मु–काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश भएकाले भारतको इतिहासमा यसलाई महत्वपूर्ण दिनको रुपमा लिइएको छ । भारतकै अयोध्यामा वर्षाैँ पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भयो । उक्त स्थानमा रहेको रामको मन्दिर हिन्दूहरुले आफ्नो क्षेत्रका रुपमा दाबी गरेका थिए भने इस्लामहरुले पनि उक्त क्षेत्रमा वावरी मस्जिद बनाउनुपर्ने दाबी गर्दै आएका थिए । सर्वोच्च अदालतले सो स्थान हिन्दूहरुलाई दिने र इस्लामहरुका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला गर्‍यो । ... बाँकी अंश»

आँधीबाट ४१ को मृत्यु

२०७६ पौष १३ आइतबार, प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो । कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीहरुले जनाएका छन् । ... बाँकी अंश»

भाजपाले भन्यो – कांग्रेस नेताले ढुंगा हान्ने योजना बनाए 

२०७६ पौष १३ आइतबार, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का महासचिव मुरलीधर रावले नागरिकता संशोधन कानुन सीएएको विषयलाई लिएर कांग्रेसका नेताहरुले देशभर ढुंगा हान्ने योजना बनाएको आरोप लगाएका छन् । ... बाँकी अंश»

२०१९ का चर्चित १९ घटना

२०७६ पौष १३ आइतबार, काठमाडौं। वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो। विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए। सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ।  ... बाँकी अंश»

ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी

२०७६ पौष १२ शनिबार, मस्को। रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ। ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत गरेका थिए। ... बाँकी अंश»

इदलिबबाट दुई हप्तामा दुई लाख विस्थापित : राष्ट्रसंघ

२०७६ पौष १२ शनिबार, न्यूयोर्क। सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इदलिबमा रूसको सययोगमा सिरियाली सरकारले हवाई आक्रमण थालेपछि दुई हप्ताको अन्तरालमा सुरक्षाको कारण यहाँबाट विस्थापित हुने सर्वसाधारणको सङ्ख्या करिब दुई लाख ३५ हजार पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ। ... बाँकी अंश»

अमेरिकी प्रतिबन्धले नरोकिएको रुस

२०७६ पौष १२ शनिबार, काठमाडौं। सन् २०१४ मा युक्रेनको भूमिमा जबर्जस्ती अधिकार जमाएसँगै रुसमाथि अमेरिकाले कडा प्रतिबन्ध लगाइरहेको छ। अमेरिकाले रुसको उक्त कदमको विरोध गर्दै अहिलेसम्म प्रतिबन्ध जारी राखेको छ। ... बाँकी अंश»

लिकुद पार्टीको आन्तरिक प्रतिस्पर्धामा नेतन्याहु भारी बहुमतसाथ विजयी

२०७६ पौष १२ शनिबार, जेरूसेलम, इजरायल। पार्टीमा भएको आन्तरिक प्रतिस्पर्धामा नेता गिडिअन सारलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अत्यधिक बहुमतका साथ विजय गरेका छन्। बिहीबार भएको आन्तरिक प्रतिस्पर्धामा ७२.५ प्रतिशत मत पाएका नेतन्याहुले पार्टीको तर्फबाट प्रधानमन्त्री बन्नका लागि अब लगभग पक्का भएको छ। पार्टीका नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका लागि लिकुद पार्टीमा भएको आन्तरिक प्रतिस्पर्धामा पूर्व मन्त्रीसमेत रहेका सारले २७.५ प्रतिशत मत प्राप्त गरेका छन्। ... बाँकी अंश»

मुशर्रफद्वारा लाहोर उच्च अदालतमा पुनरावेदन

२०७६ पौष १२ शनिबार, इस्लामावाद, पाकिस्तान। पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरूद्ध शुक्रबार लाहोर उच्च अदालतमा मुद्दा पुनरालोकनका लागि निवेदन दर्ता गरेका छन्। उनलाई विशेष अदालतले यही डिसेम्बर १९ मा पाकिस्तानको संविधानको धारा ६ अनुसार देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो। पूर्व सैनिक शासक मुशर्रफले आफूमाथि प्रतिशोधका कारण उक्त फैसला आएको धारणा आफ्ना वकीलमार्फत् यस पहिले नै राखेका थिए। ... बाँकी अंश»

नयाँ