विश्व

युरोकप २०१६ मा आक्रमण गर्ने योजना बनाएको आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ

२०७३ जेठ २५ मंगलबार, मस्को । युक्रेनको गुप्तचर संस्थाले फ्रान्समा आयोजना भइरहेको युरोपियन च्याम्पियनसीप फुटबल प्रतियोगितामा आक्रमण प्रयास हुनसक्नेमा सम्बद्ध सबैलाई सचेत गराएको छ ।    युक्रेनले एक फ्रान्सेली नागरिकलाई ठूलो हतियारसहित युरोपेली मुलुकमा प्रवेश गर्न खोजिरहेको अवस्थामा सोमबार उनलाई पक्राउ गरेपछि आक्रमणको सम्भावनाबारे बताएको हो ।    युक्रेनी सुरक्षा सेवा (एएबीयू) ले पक्राउ परेका आरोपित व्यक्तिलाई सन् २०१५ को डिसेम्बरदेखि पिछा गर्दै उनका ग ... बाँकी अंश»

फसेका बालबालिकाको उद्धार प्रयास जारी

२०७३ जेठ २४ सोमबार, बग्दाद। इराकको फालुजा सहरमा सुरक्षा फौज र अतिवादी सशस्त्र समूहबीचको द्वन्द्वका कारण फसेका बालबालिकाको उद्वार जारी रहेको छ । उक्त सहर कब्जा गर्ने क्रममा सुरक्षाबल र जिहादी समूहबीच भएको झडपमा कम्तीका २० हजार बालबालिका सो सहरमा रहेका बताइएको थियो ।    संयुक्त राष्ट्रसङ्घी्य बालकोषले गत बुधबार सो जानकारी दिएको थियो । त्यसै दिनदेखि यो उद्वारकार्यका लागि पहल भएको भए पनि उद्वारको काम सुरु भएको थिएन । सो झडपका कारण द्वन्द्वमा परी फसेका बालबालिकाल ... बाँकी अंश»

चीन अमेरिका मतान्तर कम गरौँ : राष्ट्रपति सि जिनपिङ

२०७३ जेठ २४ सोमबार, बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन अमेरिकाबीचको सम्बन्धका बीचमा देखिएका र देखिने गरेका मत मतान्तरहरुलाई कमगर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।    सिले दुवै देशलाई यो सुझाव दिएका हुन् । उनले भने – दुवै देशले कुनैपनि मत मतान्तर र सम्वेदनशिल विषयहरुको व्यवस्थापन उचित एवम् आवश्यकताका आधारमा गर्नुपर्छ ।    बेइजिङ्मा सोमबार सुरु भएको दुवै देशको एक उच्चस्तरीय मञ्चलाई सम्बोधन गर्दै उनले सो धारणा राखेको  समाचारमा जनाइएको छ ।    ... बाँकी अंश»

मुम्बाईमा सडक दुर्घटना सत्रको मृत्यु, ४३ घाइते

२०७३ जेठ २४ सोमबार, नयाँ दिल्ली । भारतको मुम्बाई पुणे राजमार्गमा आइतबार बिहान भएको एक सडक दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको समाचार छ । एक निजी बस अर्को दुई कारसँग ठोक्किँदा भएको यस दुर्घटनामा परी कम्तीका १७ व्यक्तिको मृत्यु हुनको साथै अन्य ४३ जना घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।  स्थानीय समयाअनुसार आइतबार बिहान ५:३० बजे एक रात्रिबस दुईवटा कारसँग ठोक्किँई सो घटना भएको बताइएको छ ।    यस दु्र्घटनामा एक छ महिने बालकसहित १७ जना व्यक्तिक ... बाँकी अंश»

सुडानमा विद्रोहीद्वारा २५ सैनिकको हत्या

२०७३ जेठ २२ शनिबार, खार्तुम । दक्षिण सुडानको विद्रोही समूहले शुक्रबार दक्षिण कोर्दोफान क्षेत्रमा विद्युतीय धरापमा पारी कम्तीमा पनि २५ जना सुरक्षाकर्मीको हत्या गरेका छन् ।    कोर्दोफको सडकमा उनीहरुले राखेको विद्युतीय धरापमा पारी सुडानका सैनिकको हत्या गरेका थिए । हत्यामा सो विद्रोही संगठनको हात रहेको जानकारी उक्त संगठनका प्रवक्ताले जनाएका छन् ।    उनले आफ्नो संगठनले थापेको विद्यूतीय धरापमा पारी २५ जना सरकारी सैनिक मारिएका र अरु कैयौं घाइते भएका जनाएका छ ... बाँकी अंश»

लिबियाली सामुद्रिक तटमा एक सय सत्र आप्रवासी मृत भेटिए

२०७३ जेठ २२ शनिबार, त्रिपोली (लिबिया) । लिबियाली सामुद्रिक तटीय इलाकामा अवस्थित ज्वारा सहर नजिकैबाट ११७ जना आप्रवासी शरणार्थीको मृत शरीर भेटिएको लिबियाली नौसेनाले शुक्रबार जनाएको छ ।    सामुद्रिक तटमा मृत शरीर यत्रतत्र छरिएर आएपछि तिनीहरुलाई सङ्कलन गरी व्यवस्थापन गरिएको लिबियाली नौसेनाका प्रवक्ता कोलोनेल अयोब आओसेमले बताए ।    सामुद्रिक तटमा बिहीबार बेलुकीदेखि मृत शरीर देखिन थालेका र बिहानसम्म त्यस्ता शवको सङ्ख्या १०४ पुगेको उनले बताए ।    उनले थ ... बाँकी अंश»

तस्कर र प्रहरीबीच झडपमा मृत्यु हुनेको संख्या २४ पुग्यो

२०७३ जेठ २१ शुक्रबार, नयाँ दिल्ली । उत्तरी भारतको मथुराक्षेत्रमा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म गैरकानुनीरुपमा सरकारी जग्गा नियन्त्रण गरी बसेका स्थानीय गाउँले तस्कर र प्रहरीबीच झडप हुँदा मृत्यु हुनेको संख्या शुक्रबार अपरान्हसम्म २४ पुगेको छ ।    घटनामा एक प्रहरी उपरिक्षक र अन्य एक प्रहरी अधिकृतको पनि ज्यान गएको छ । प्रहरीले घटनास्थलबाट ठूलो संख्यामा हतियार बरामद गर्नुका साथै करीब ३२० जनालाई पक्राउ गरेको जनाएको छ ।    शक्तिशाली हातहतिहार सहितरहेका ... बाँकी अंश»

भारतमा तस्करसँगको भिडन्तमा दुई प्रहरी र १९ तस्करको मृत्यु

२०७३ जेठ २१ शुक्रबार, नयाँ दिल्ली । उत्तरी भारतमा बिहीबार साँझ बिहान केही तस्कर र प्रहरीबीच व्यापक मात्रामा दोहोरो भिडन्त भएको समाचार छ । सो भिडन्तमा परी कम्तीमा पनि १९ जना तस्कर मारिएको प्रहरीले जनाएको छ । उक्त भिडन्तका क्रममा एकजना प्रहरी अधिकृत र अर्का एकजना प्रहरी कमाण्डर पनि मारिएका छन् ।    शक्तिशाली हातहतिहार समेत लिइरहेका तस्करहरुले गस्तीमा खटिएको प्रहरी समूहमाथि हमला गरेको बताइएको छ । प्रहरीकाअनुसार सो हमलाका क्रममा कम्तीमा पनि १९ जना तस्कर मारिएका छन् ... बाँकी अंश»

उत्तरपश्चिमी पाकिस्तानमा चट्याङबाट तेह्रको मृत्यु

२०७३ जेठ २० बिहिबार, इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावाद र उत्तरपश्चिमी राज्य खैबरमा चट्याङका कारण बुधबार १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले बताएका छन् ।    बुधबारको भीषण वर्षा र यसपछिको चट्याङमा परी अरू दर्जनौँ व्यक्ति सख्त घाइते भएको बताइएको छ ।    खैबर क्षेत्रको लगभग बाहिरी भागको विभिन्न स्थानमा बुधबार दिउँसोको भीषण वर्षा र चट्याङबाट सो दुर्घटना भएको हो । त्यस दुर्घटनामा परी घाइते भएका कैयौँ व्यक्तिलाई अस्पताल भर्ना गरिएको समाचारमा जन ... बाँकी अंश»

उत्तर कोरियाले नटेरेकोमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपित्त

२०७३ जेठ २० बिहिबार, संयुक्त राष्ट्रसंघ । उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको क्षेप्यास्त्र परीक्षणको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले विरोध गरेको छ ।    दक्षिण कोरियाको सैनिकले पनि उत्तर कोरियाले गत मङ्गलबार मात्र गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको जनाएको थियो ।    तर संयुक्त राष्ट्रसंघको यस सुरक्षा परिषदले भने पछिल्लो समयमा उत्तर कोरियाले थप दुई पटकसम्म पनि यस्तो परीक्षण गरेको र असफल भएको पाइएको जानकारी दिएको छ ।    सो परिषद ... बाँकी अंश»

इन्डोनेसियामा शक्तिशाली भूकम्प

२०७३ जेठ २० बिहिबार, जकार्ता । बिहीबार बिहानीपख पश्चिमी इन्डोनेसियमा शक्तिशाली भूकम्प गएको समाचार छ ।    पश्चिमी इन्डोनेसियालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहानीपख सो भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।    उक्त भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको सो संस्थाले जानकारी दिएको छ । यस भूकम्पबाट केही व्यक्ति घाइते भई अस्पताल पुर्‍याएको बताइएको छ ।    तर यसबाट मानवीय क्षतिको कुनै समाचार भने प्राप्त भएको छैन । पश्चिमी इन्डोनेसियालाई नै सन् २ ... बाँकी अंश»

इजिप्ट एअरको ब्लाक बक्सका सङ्केत भेटियो

२०७३ जेठ १९ बुधबार, कायरो । इजिप्ट एअरको ब्लाक बक्सबाट आएको सङ्केट भेटिएको इजिप्टले बुधबार जनाएको छ । सन् २०१६ को मे १९ मा चालक दलका सदस्यसहित ६६ जना लिएर फ्रान्सको पेरिसबाट इजिप्टको कायरो जाने क्रममा इजिप्टको आकाशबाटै विमानको टावरसँग सम्पर्क विच्छेद भएको थियो ।    विमान राडारसँग सम्पर्क विच्छेद भएको केही क्षणमै दुर्घटनाग्रस्त भएको थियो । लगातारको खोजीपछि फ्रान्सेली सेनाको पानी जहाजले दुर्घटनग्रस्त इजिप्ट एअरको ए ३२० एअरबसको भग्नावशेष पत्ता लगाउने क्रममा उ ... बाँकी अंश»

उत्तर कोरियाको नयाँ क्षेप्यास्त्र परीक्षणको पेन्टागनद्वारा निन्दा

२०७३ जेठ १९ बुधबार, वासिङ्टन । उत्तर कोरियाले गरेको पछिल्लो (मङ्गलबारको) क्षेप्यास्त्र परीक्षण प्रयासप्रति पेन्टागनले निन्दा गरेको छ ।    उत्तर कोरियाका लगातारका क्षेप्यास्त्र परिक्षणले संयुक्त राज्य अमेरिका, यसको सहयोगी दक्षिण कोरिया तथा यस क्षेत्रमा खतरनाक सुरक्षा चुनौती आएको बताउँदै तुरून्त यस्ता गतिविधि रोक्न संयुक्त राज्य अमेरिकाको स्ट्राटेजिक कमाण्डले एक विज्ञप्ती जारी गर्दै आग्रह गरेको छ ।    यसअघि अज्ञात रुपमा नै उत्तर कोरियाले चौथो पटक गर्न ... बाँकी अंश»

भूमध्यसागर तथा युरोप क्षेत्रमा कहालीलाग्दो अवस्थामा आप्रवासी शरणार्थीको मृत्यु : राष्ट्रसङ्घ

२०७३ जेठ १८ मंगलबार, जेनेभा । भूमध्यसागरिय तथा युरोपका सामुद्रिक बाटो हुँदै युरोप तथा अमेरिका पुग्न खतरानाक यात्राको सहारा लिएका सन् २०१६ को सुरुदेखि अहिलेसम्म करिब दुई हजार ५०० आप्रवासी शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । सन् २०१५ को सोही अवधिको तुलनामा उक्त क्षेत्रमा ज्यान गुमाउने शरणार्थी सङ्ख्यामा कहालीलाग्दो वृद्धि भएको राष्ट्रसङ्घले बताएको हो ।    सन् २०१६ सुरुदेखि अहिलेसम्म उक्त बाटो हुँदै दुई लाख ४० हजार मानिस युरोप तथा ... बाँकी अंश»

सेनाको हतियार भण्डारण केन्द्रमा आगलागी, सत्रको मृत्यु

२०७३ जेठ १८ मंगलबार, मुम्बाई । भारतको महाराष्ट्रमा रहेको सैनिक हतियार भण्डारण गोदाममा सोमबार मध्यराति भएको आगलागीमा परी कम्तीमा १७ जना सैनिकको मृत्यु भएको छ ।    यस लागलागीमा परी अन्य १९ जना सैनिक घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमहरुले सोमबार सो समाचार दिएका छन् ।    पश्चिम भारतीय राज्य महाराष्ट्रको नागपुर सहरनजिकै पुलगाओन क्षेत्रमा रहेको सो गोदाममा स्थानीय समयाअनुसार सोमबार मध्यराति सो आगलागी भएको बताइएको छ ।    यस आग ... बाँकी अंश»

फिलिपिन्सको नयाँ राष्ट्रपतिमा रोड्रिगो डुटेर्ते

२०७३ जेठ १७ सोमबार, मनिला। फिलिसिन्सको संसदले सोमबार रोड्रिगो डुटेर्तेलाई राष्ट्रको नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।    यसै महिनाको सुरुतिर फिलिपिन्समा भएको आमनिर्वाचनमा डुटेर्ते प्रचण्ड बहुमत प्राप्त गरी विजयी भएका हुन् ।    संसदको दुबै सदन प्रतिनिधि सभा र सिनेटको संयुक्त बैठकले सोमबार सो घोषणा गरेको हो । यसै महिना भएको निर्वाचनमा डुटेर्तेले ६० लाख भन्दा बढी मत प्राप्तगरी फिलिपिन्सको राष्ट्रपति पदमा विजय हासिल गरेका थिए ।    आफू ... बाँकी अंश»

सिरियाली विपक्षी वार्ता टोलीका प्रमुखद्वारा राजिनामा

२०७३ जेठ १७ सोमबार, बेरुत । सिरियाली विपक्षी समूहका नेताले जेनेभामा जारी रहेको भनिएको शान्तिवार्तामा आफ्नो सहभागिता नरहने भन्दै त्यसबाट हात झिकेका छन् ।    साथै उनले विपक्षी समूहको वार्ता समिति संयोजकबाट राजिनामा पनि दिएको उनले आफ्नो ट्वीटर अकाउन्टमार्फत जनाएका छन् ।    गत महिनादेखि नै जेनेभामा वार्ता हुने भनिएकोमा सफल रुपमा वार्ता हुन नसकेको भन्दै यसका कारण झन सरकारले आफ्नो पक्षका नागरिकमाथि हमला गरी कारबाहीका नाममा मार्ने गरेको आरोप उनको छ ।    ... बाँकी अंश»

चीनमा बाढीका करण आठको मृत्यु

२०७३ जेठ १६ आइतबार, गुआङ्गजोउ (चीन)  । चीनको गुआङ्गदोङ्ग प्रान्तमा भारी बर्षापछि आएको बाढीमा परी आठ पर्यटकको मृत्यु भएको स्थानीय सरकारले आइतबार जानकारी दिएको छ ।    दक्षिण र पूर्वी चीनमा गत हप्ता पनि भारी बर्षाले सताएको थियो । शनिबार जिआङमेन सहरको फेङ्गहुआङ्गसिआ क्षेत्रमा भारी बर्षापछि आएको बाढीमा परी आठ पर्यटकको मृत्यु भएको हो ।    सो बाढीमा परेका ६ व्यक्तिको भने उद्धार गरिएको र पाँच जनाको शव शनिबार नै भेटिएको थियो ।  ... बाँकी अंश»

नवाज शरिफको मुटुको सफल शल्यक्रियाका लागि मोदीले दिए शुभकामना

२०७३ जेठ १६ आइतबार, नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफको यही मे ३१ मा हुने ओपन हार्ट सर्जरीको सफलताका लागि शुभकामना दिएका छन्  ।    शनिबार ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानी प्रधानमन्त्री शरिफ बेलायत मुटुको उपचारको सफलता एवम् शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएका हुन् । पाकिस्तानी रक्षामन्त्री ख्वाजा असिफले शुक्रबार प्रधानमन्त्री शरिफको आगामी मङ्गलबार बेलायतमा ओपन हार्ट सर्जरी गरि ... बाँकी अंश»

नेतन्याहुको ‘अतिवादी सरकार’ का वातावरणमन्त्रीको राजीनामा

२०७३ जेठ १५ शनिबार, जेरुसेलम । इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतन्याहुको अतिवादी सरकारका वातावरणमन्त्रीले राजीनामा दिएका छन् ।    नेतन्याहु सरकारमा एक कट्टरपन्थी राष्ट्रवादी समूहको सदस्यको नियुक्तिलाई लिएर वातावरणमन्त्री अभी गाब्वेले शुक्रबार राजिनामा दिनुभएको हो । सरकारका अर्का एक मन्त्रीले पनि एक हप्ता अगाडि राजिनामा दिनुभएको थियो ।    मन्त्री गाब्वेले प्रधानमन्त्री नेतान्याहुमाथि देशलाई विनासतिर धकेल्ने बाटो लिएको भन्दै जारी गरेको विज्ञप ... बाँकी अंश»

नयाँ