विश्व

चार महिनाकी छोरीलाई १६ पटक चक्कु प्रहार

२०७३ भदौ २६ आइतबार, जयपुर । सबै बाबुआमा आफ्ना सन्तानलाई माया गर्छन् भन्ने छैन । कलियुगमा पापीहरुको कमी नभएकैले पनि  यस्ता निर्दयी अभिभावक भेटिन्छन् ।    प्रसङ्ग भारतस्थित राजस्थानकी एक महिलाको हो जसले आफ्नी चार महिनाकी छोरीलाई १६ पटक चक्कु प्रहार गरेर हत्या गरेकी छिन् ।    दिल्ली विश्वविद्यालयबाट अंग्रेजीमा ग्राजुएट नेहा गोयलले छोरी हत्याको एक हप्ता अगाडि पनि तकियाले मुख छोपेर मार्न खोजेकी छिन् ।    निकै खानदानी नेहाले छोरीलाई मार्ने क्रममा घरम ... बाँकी अंश»

बंगलादेशको कारखानामा आगलागी हुँदा २४ जनाको मृत्यु, ३० बढी घाइते (तस्बिर)

२०७३ भदौ २६ आइतबार, एजेन्सी। बंगलादेश राजधानी ढाकादेखि २० किलोमिटर उत्तरमा रहेको टोङ्गी औधोगिक क्षेत्रस्थित एक खाद्य तथा चुरोट कारखानामा आगलागी हुँदा २४ जनाको मृत्यु भएको छ।    शनिबार राति भएको सो आगलागीमा परि ३० भन्दा बढी घाइते भएको त्यहाँका अधिकारीलाई उद्रित गर्दे रोयटर्सले जनाएको छ।    “हामीले आगलागी हुने वित्तिकै खोजी कार्य गर्न सकेनौं,” अग्नी सेवाका एक उच्च अधिकारी अजित कुमार भोउमिकले भने।    कारखानामा आगलागी के कारणले भएको त्यो भने अहिलेस ... बाँकी अंश»

तान्जानियामा गएको भूकम्पमा परी ११ जनाको मृत्यु, २०० घाइते

२०७३ भदौ २६ आइतबार, बुकोबा । तान्जानियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । भूकम्पमा परी झण्डै २०० जना घाइते भएका छन् ।   उत्तरी तान्जानियाको युगाण्डा र रवाण्डाको सीमा नजिक गएको ५.७ म्याग्नेच्युटको भूकम्पमा पनि यतिठूलो दुर्घटना भएको हो ।    भूकम्पका कारण ७ लाख बस्ती रहेको बुकोबा शहरको भौतिक संरचना नराम्ररी भत्केको छ ।    भूकम्पको धक्का छिमेकी मुलुक केन्या, युगान्डा, रुवान्डा र बुरुन्डीमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ ... बाँकी अंश»

बच्चालाई बचाउन खोज्दा बस पुल मुनी खस्यो, २१ जनाको मृत्यु

२०७३ भदौ २४ शुक्रबार, काठमाडौ । भारतको अंगुल जिल्लास्थित ओडिसामा यात्रुबाहक बस पुलबाट ५० मिटर तल खस्दा २१ जनाको मृत्यु भएको छ । १४ जनाको दुर्घटनास्थलमा र ७ जनाको अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीलाई उद्रित गर्दे भारतीय संचार माध्यमहरुले जनाएका छन्।    शुक्रबार बिहान भएको दुर्घटनामा ३० भन्दा बढी घाइते भएको र घाइतेहरुको अंगुल र कुटाकस्थित अस्पतालमा उपाचार भइरहेको छ । घाइते मध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।    बसका चालक फोनमा कुरा गरिरहेको र त्यति ... बाँकी अंश»

चीनले युद्धअपराधको विवरण तयार गर्ने

२०७३ भदौ २४ शुक्रबार, साङ्घाई । चीनको एउटा विश्वविद्यालयले एसियाकै सवैभन्दा बिशाल विवरण अभिलेख (कम्प्युटर डाटाबेस) तयार गर्ने एक महत्वाकांक्षी योजनाको घोषणा गरेको छ ।    सो विश्वविद्यालयले दोस्रो विश्वयुद्धताका जापानले गरेका युद्धअपराध सम्बन्धि सबै विवरण र न्यायिक निरीक्षणसमेत यसमा समाविष्ट गरिने जनाएको छ ।    साङ्घाई जियाओतोङग विश्वविद्यालयले चीनको नेसनल लाइब्रेरी अफ चाइना र द सेकेण्ड हिस्टोरिकल आर्किभ्स अफ चाइनासँग सहकार्य गरी दोस्रो विश्वयुद्धमा ... बाँकी अंश»

उत्तर कोरियाले परमाणु परीक्षण गरेको शंका, भूकम्प नै गयो

२०७३ भदौ २४ शुक्रबार, काठमाडौं । उत्तर कोरियाले पाँचौं पटक परमाणु परीक्षण गरेको शंका गरिएको छ । अमेरिकी भौगर्भिक संस्थाले कृत्रिम ५.३ म्याग्नेच्युडको भूकम्पको धक्का नै मापन गरेपछि पक्कै पनि उत्तर कोरियाले परमाणु परीक्षण गरेको हो भन्ने ठोकुवा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।    दक्षिण कोरियाले पनि उत्तर कोरियाले परमाणु बम परीक्षण गरेको बताएको छ । उत्तर कोरियाली भूभागमा भएको भूकम्पको कम्पनबारे थप अनुसन्धान भइरहेको दक्षिण कोरियाली अधिकारीह ... बाँकी अंश»

इजिप्टमा सवारी दुर्घटना, २७ जनाको मृत्यु

२०७३ भदौ २३ बिहिबार, कायरो । दक्षिणी कायरोमा छुट्टाछुट्टै भएको बस र रेल दुर्घटनामा कम्तीका २७ व्यक्तिको मृत्यु भएको छ । एक बस दुर्घटनामा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ भने रेल दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ ।    इजिप्टको दक्षिणपश्चिमी प्रान्त वेदी एल गेडिडमा एक बस र ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको इजिप्टेली स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।    सो बसमा रहेको यात्रुहरूको एकिन सङ्ख्या भने तत्काल प्रष्ट भएको छैन ।    इजिप्टम ... बाँकी अंश»

यूरोपेली यूनियनका पर्यवेक्षक पूर्वाग्रही बनेको गावनका राष्ट्रपतिको आरोप

२०७३ भदौ २२ बुधबार, पेरिस । गावनका राष्ट्रपति अलि वोङ्गोले राष्ट्रपतीय निर्वाचनमा पर्यवेक्षणका लागि त्यहाँ पुगेका यूरोपेली यूनियन (इयु) का प्रतिनिधिले निष्पक्ष सूचना दिन चुकेको भनी बुधबार आलोचना गरेका छन् । उनीहरूले आफ्ना प्रतिस्पर्धि जीन पिङको पक्षमा लागेर आफूमाथि आधारहीन आलोचना गरेको दावी राष्ट्रपति वोङ्गोले गरेका हुन्।    मङ्गलबार निर्वाचन पर्यवेक्षक समुहले आफ्नो प्रतिवेदन पेश गर्दै वोङ्गोको प्रभाव क्षेत्र हाउट ओगुइमा ‘प्रष्ट अनियमितता’ भएको जनाए ... बाँकी अंश»

पाकिस्तानमा हुने सार्क सम्मेलनमा भारतीय प्रम मोदी सहभागी हुने !

२०७३ भदौ २२ बुधबार, काठमाडौं। पाकिस्तानमा हुने १९ औं सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफै सहभागी हुने विचार गरेका छन् । पाकिस्तानका लागि भारतीय विशेष दुत गौतम बम्बवालीले मंगलबार पाकिस्तानी संचार माध्यमसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।   केहिँ समय अगाडि पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा मोदी नजाने कुरा भएको र उनको सट्टामा भारतले राष्ट्रपति प्रणव मुखर्जीलाई पठाउने तयारी गरेको एक कुटनीतिज्ञ श्रोतलाई उद्रित गर्दे भारतीय संचा ... बाँकी अंश»

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु

२०७३ भदौ २२ बुधबार, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना भएको छ । दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको समाचार संस्था द सनले जनाएको छ ।    पुटिनको बिएमडब्लु कार मंगलबार राजधानी मस्कोस्थित सडकमा विपरीत दिशाबाट आएको कारसँग ठोक्किँएको थियो । राष्ट्रपति पुटिन भने सो कारमा नभएको जनाइएको छ ।    कार पुटिनका अनुभवी चालकले चलाएका थिए । चालकसँग चार दशक लामो अनुभव रहेको समाचारमा उल्लेख गरिएको छ । यद्धपी चालकको पहिचान भने खुलाइएको छैन ... बाँकी अंश»

सिरियाली सेनाको रासायनिक हमलामा ३७ बालबालिकासहित ८० घाइते

२०७३ भदौ २२ बुधबार, सिरिया । सिरियाली सेनाले विद्रोही नियन्त्रित क्षेत्रमा गरेको रासायनिक हमलामा परी बालबालिकासहित ८० जना घाइते भएका छन् ।    अलेप्पोका केही भागमा भएको क्लोरिन रसायन हमलामा कम्तीमा पनि ८० जना घाइते भएका हुन् ।   घाइतेमध्ये ३७ जना बालबालिका रहेको बताइएको छ । हमलामा सरकारी सेनाले क्लोरिन ग्यास प्रयोग गरेको अधिकारवादीहरुको भनाइ छ ।   पछिल्लो रिपोर्ट स्वतन्त्र रुपमा पुष्टि हुन नसके पनि अगस्टमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा रहेको एउटा छा ... बाँकी अंश»

मोदीले ओबामालाई औंला ठड्याएको फोटो बन्यो भाइरल

२०७३ भदौ २१ मंगलबार, काठमाडौ । चीनको हाङ्झाउमा सोमबार सम्पन्न भएको  जी-२० सम्मेलनमा आतंकवाद, व्यापार र विश्वव्यापी राज्य व्यवस्था जस्ता महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो ।    सम्मेलनमा अमेरिका र भारतको पनि सहभागिता रहेको थियो । अमेरिकाबाट राष्ट्रपति बाराक ओबामा र भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधित्व जनाएका थिए । तर सम्मेलन बखत यी दुई समकक्षीबीच एउटा मज्जाको घटना भयो ।    सम्मेलन बखतको मोदी र ओबामाको एउटा फोटो यतिखेर सामाजिक संजालमा भाइ ... बाँकी अंश»

अपशब्द प्रयोग गरेको भन्दै ओबामाले गरे फिलिपिन्स राष्ट्रपतिसँगको बैठक खारेज

२०७३ भदौ २१ मंगलबार, एजेन्सी। आफुलाई अपशब्द प्रयोग गरको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले विवादस्पद फिलिपिनी राष्ट्रपति रोडरिगो डुटर्टीसँगको बैठक खारेज गरेका छन् । केही समय अगाडि राष्ट्रपति डुटर्टीले ओबामालाई बेश्याको छोरा भनेका थिए । यद्यपी डुटर्टीले ओबामामाथि प्रयोग गरेको अपशब्दप्रति पछुतो मानेका छन् । 'यदि तत्काल कारण भनेको केही प्रेसको प्रश्नप्रतिको मेरो कडा प्रतिकृया थियो भने जसले चासो र पीडा उठायो, हामी पनि पछुतो मान्छौं अमेरिकी राष्ट्रपति माथि व्य ... बाँकी अंश»

अफगान रक्षा मन्त्रालय अगाडि तालिवानी आक्रमण, कम्तिमा २४ को मृत्यु

२०७३ भदौ २० सोमबार, एजेन्सी । अफगानिस्तानको राजधानमी कावुलमा तालिवानले गराएको आत्मघाती आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ९० जना घाइते भएका छन् ।    कावुलमा रहेको रक्षा मन्त्रालयको मुख्यालय बाहिर दुई वटा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । मर्नेहरुमा सेनाका एक जनरल र दुई बरिष्ठ प्रहरी अधिकारी समेत रहेका रक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।    सुरक्षा बल र नागरिक मिलेर दुवै आक्रमणमा परी घाइते भएकाहरुको उद्ध ... बाँकी अंश»

जी–२०मा युद्धविरामको बहसबीच सिरियामा श्रृंखलावद्ध विष्फोट, कम्तिमा ४८ को मृत्यु

२०७३ भदौ २० सोमबार, एजेन्सी । सिरियामा श्रृंखलावद्ध बम विष्फोटमा परी कम्तिमा पनि ४८ जनाको मृत्यु भएको छ । समाचार संस्था एएफपीका अनुसार विष्फोट सरकारी नियन्त्रण रहेको क्षेत्र र कुर्द नियन्त्रण क्षेत्रमा भएका हुन् ।    सिरियाली राष्ट्रपति बसार अल असादको तटीय गढमा कम्तिमा पनि ३५ जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्थालाई उदृत गर्दै एएफपीले जनाएको छ ।    सबै भन्दा शक्तिशाली विष्फोट सिरियाको तटीय क्षेत्र टारटूसमा भएको र अन्य विष्फोट होम्स, दमिश्क र क ... बाँकी अंश»

फिलिपिन्स विस्फोटको क्याम्बोडियाद्वारा कडा निन्दा

२०७३ भदौ २० सोमबार, न्होमपेन। दुई दिन अघि फिलिपिन्सको दाभाओ नगरमा अवस्थित एउटा रात्रि बजारमा भएको आतङ्ककारी आक्रमणको क्याम्बोडियाली प्रधानमन्त्री साम्देक टेको हुनसेनले कडा शव्दमा भत्र्सना गर्नु भएको स्थानीय सञ्चार माध्यमहरुले आजको संस्करणमा प्रकाशन गरेका छन् ।    दाभाओ नगरमा भएको उक्त आतङ्ककारी आक्रमणमा परी १४ जनाले ज्यान गुमाउनुका साथै अन्य ६० जना भन्दा बढी घाइते भएका थिए । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई क्याम्बोडियाली प्रधानमन्त्री हुनस ... बाँकी अंश»

बङ्गलादेशमा इस्लामी पार्टीलाई आर्थिक सहयोग गर्ने मुख्य व्यक्तिलाई फाँसी

२०७३ भदौ १९ आइतबार, ढाका। बङ्गलादेशमा सबैभन्दा ठूलो इस्लामी दलका प्रमुख आर्थिक सहयोगी तथा व्यापारीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ भने मुसलमान बहुसङ्ख्यक जनता बसोबास गर्ने समस्याग्रस्त यस मुलुकमा यसबाट उक्त दललाई ठूलो धक्का पुगेको ठानिएको छ ।    सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुँदा भएका सङ्घर्षमा हत्या तथा अपहरण गरेको आरोपमा जमात–ए–इस्लामीका प्रमुख नेता मिर कसेम अलीलाई एक विवादास्पद अदालतले दोषी ठहर गरेपछि शनिबार मृत्युदण्ड दिइएको हो ... बाँकी अंश»

‘जी२०’ मा ‘आइसक्रिम’ ले रसिया र चीनको सम्बन्ध न्यानो बनायो

२०७३ भदौ १९ आइतबार, हाङझाउ। मस्को र बेइजिङबीच सम्बन्ध न्यानो भए पनि बीस प्रमुख अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’ को शिखर बैठकमा सहभागी हुन आएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार चिनियाँ समकक्षी सी जिनपिनलाई ‘आइस क्रिमको’ एउटा भाँडो उपहार दिए।   चीनको पूर्वी नगर हाङझाउस्थित सरकारी अतिथिगृहमा चिनियाँ राष्ट्रपतिले रसियाली समकक्षीलाई स्वागत गर्दा ‘आइसक्रिम’ स्वादको विषयमा भने कुराकानी भएन।   ‘‘तपाईंका लागि मैले यो ल्याउने बचन दिएको थि ... बाँकी अंश»

इन्धन ट्याङ्कर र बस ठोक्किदाँ ३८ जनाको मृत्यु, २८ बढी घाइते

२०७३ भदौ १९ आइतबार, काठमाडौं । अफगानिस्तान राजधानी काबुलस्थित कनदहरको दक्षिणी राज्यमा आइतबार बिहान एक इन्धन ट्याङ्कर र यात्रुवाहक बस एकआपसमा ठोक्किदाँ ३८ जनाको मृत्यु भएको छ ।    दुर्घटनामा २८ बढी घाइते भएको एक स्थानिय अधिकारीलाई उद्रित गर्दे रोयटर्सले जनाएको छ । सो दुर्घटना राजधानी काबुल र कनदहरको दक्षिणी राज्यलाई जोड्ने मुख्य राजमार्गमा भएको हो ।    जाबुल प्रहरी प्रमुखलाई उद्रित गर्दे रोयटर्सले मृतक मध्य ६ जनाको सनाखत भएपनि अन्यको शरिर जलेको कारण पहि ... बाँकी अंश»

भारत र चीनबीच महत्वपूर्ण तीन मुद्दामा चर्चा

२०७३ भदौ १९ आइतबार, हाङझाउ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबचि तीन मुद्दामा चर्चा भएको छ । दुई नेताहरुबीच पीओकेमा बनिरहेको चीन–पाकिस्तान आर्थिक करिडोरका विषयमा  विशेष चर्चा भएको छ ।      त्यस्तै न्यूक्लियर सप्लायर्स गु्रप्समा भारतको सदस्यता तथा आतंकबादका विषयमा चर्चा भएको जनाइएको छ । मोदी जी –२० शिखर सम्मेलनमा भाग लिन चीन गएका बेलामा दुई नेताबीच कुराकानी भएको हो ।      मोदीले सोमबार अमेरिकी राष्ट्रपति बराक ... बाँकी अंश»

नयाँ