विश्व

ब्राजिलका खेलाडी चढेको विमान दुर्घटना : २५ को मृत्यु पुष्टी, ६ जिवित

२०७३ मङ्सिर १४ मंगलबार, एनेन्सी । ब्रजिलियन फुटबलर चढेको विमान दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । बेलायती समाचार संस्था बीबीसीले अधिकारीहरुलाई उदृत गर्दै भनेको छ, ‘विवरणहरुका अनुसार २५ जनाको मृत्यु भएको छ । ६ जना जिवित छन् ।’ विमानमा सवार मध्ये ७२ यात्रु र चालक दलका नौ सदस्य रहेका बताइएको छ । दुर्घटना अघि विमानले विद्युतीय समस्या देखाएको बताइएको छ । मडेलिन अन्तराष्ट्रिय विमास्थलका लागि उडेको सो विमानमा ब्रजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेका अधिकारीहरुल ... बाँकी अंश»

भारतमा नगदमाथि प्रतिबन्धप्रति दशौँ हजारको विरोध

२०७३ मङ्सिर १४ मंगलबार, कोलकाता। भारत सरकारले उच्च मूल्यका बैंकनोटमाथि लगाएको प्रतिबन्धप्रति देशव्यापी विरोधमा सोमबार दशौँ हजार भेला भए भने विरोधका आयोजक प्रतिपक्षी दलले यस प्रतिबन्धका कारण वित्तीय आपत्काल उत्पन्न भएको आरोप लगाएका छन् ।    भारतको अर्थतन्त्र प्रायः नगदमा सञ्चालन हुने गर्छ भने प्रचलनमा आएका ८६ प्रतिशत मुद्रालाई करिब तीन साता अगाडि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अकस्मात् फिर्ता लिएको थियो ।    यस निर्णयका कारण त्यहाँ नोटको अभाव देखि ... बाँकी अंश»

सिरियामा फेरि विद्रोही पकड

२०७३ मङ्सिर १४ मंगलबार, एलेप्पो । पूर्वी एलेप्पोका सिरियाली विद्रोहीहरुले सरकारी फौजको आक्रमणपछि आफूहरु थप प्रतिरक्षा गर्न सक्ने स्थानमा फर्किएको भन्दै सरकारी पक्षलाई चेतावनी दिएका छन् । विद्रोहीहरुका एक जना वरिष्ठ वार्ताकारले एलेप्पोमा सरकारले पुनः नियन्त्रण कायम गर्न खोजे पनि आफूहरुको विद्रोह अन्त्य नहुने जनाएका छन् ।   यता, सरकारी फौजलाई सघाइरहेको रुसको विदेशमन्त्रालयले विद्रोही कब्जामा रहेका कुल भूभागको ४० प्रतिशत सरकारको नियन्त्रणमा आएको बताएको छ।   ... बाँकी अंश»

अमेरिकी चुनावमा जालसाजी र गैरकानुनी रूपमा मतदान भएको ट्रम्पको दाबी

२०७३ मङ्सिर १३ सोमबार, वासिङटन। अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजय भएका डोनाल्ड ट्रम्पले आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्विटरमा व्यक्त गरेका हुन् ।    ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गरेका ट्रम्पले डेमोक्र्याटिक पार्टीका प्रतिद्वन्द्व हिलारी क्लिन्टनभन्दा कम लोकप्रिय मत प्राप्त गरेका थिए । क्लिन्टनले ट्रम्पको भन्दा २२ ... बाँकी अंश»

अमेरिका छोड्न मुसलमानहरुलाई धम्की

२०७३ मङ्सिर १३ सोमबार, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा मुसलमानहरुलाई अमेरिका छोड्न धम्की दिइएको छ । अमेरिकी मुसलमानको संगठन काउन्सिल अफ अमेरिकन–इस्लामिक रिलेसन्सका अनुसार क्यालिफोर्निया राज्यका तीन मस्जिदमा पत्र पठाएर अमेरिका छोड्न धम्की दिइएको हो ।    धम्कीयुक्त पत्रमा मुुसलमानलाई निकै तल्लो स्तरको गालीसमेत दिइएको संगठनले जनाएको छ ।    पत्रमा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको खुलेर प्रशंसा गर्दै उनले अमेरिकालाई सफा गर्ने पनि बता ... बाँकी अंश»

पश्चिमी युगाण्डामा हिंसाबाट ५५ जनाको मृत्यु, राजा नै हिरासतमा

२०७३ मङ्सिर १३ सोमबार, युगाण्डा । पश्चिमी युगाण्डामा हिंसा मच्याएको आरोपमा सुरक्षाकर्मीले राजालाई नै हिरासतमा लिएको छ । प्रहरीले रबेनजुरुरुका राजालाई नियन्त्रणमा लिएको हो ।    प्रहरी र राजाका समर्थक लडाकुबीच भएको हिंसामा ५५ जना मारिइसकेका छन् । अझै थुप्रै मरेको शंका गरिएको छ । घटनामा सयौं घाइते भएका छन् ।    सुरक्षाकर्मीले राजा चाल्र्स वेल्से मेम्बेरेको दरबारमा छापा मारी उनलाई नियन्त्रण लिए पनि आफूमाथि लगाइएको आरोप भने स्वीकार गरेका छैनन् ।    अहिलेस ... बाँकी अंश»

संयुक्त राष्ट्रसङ्घ महासभा अध्यक्षद्वारा कास्ट्रोको निधनप्रति श्रद्धाञ्जलि व्यक्त

२०७३ मङ्सिर १२ आइतबार, युनाइटेड नेशन्स । संयुक्त राष्ट्रसङ्घ महासभा प्रमुख पिटर थमसनले क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधनको खबरले आफु दुखी बनेको बताउँदै उनिप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।    शनिबार जारी विज्ञप्तिमा थमसनले भनेका छन् , “म मृतकको परिवारजन, फिडेल कास्ट्रोका भाई तथा क्यूवाका राष्ट्रपति राहुल कास्ट्रो, क्यूवा सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”    विज्ञप्तिमा क्युवाका पूर्वराष्ट्रपति फिड ... बाँकी अंश»

फिडेल क्यास्ट्रो : एक क्रान्तिकारी नेता

२०७३ मङ्सिर ११ शनिबार, हवाना । ९० वर्षको उमेर पार गर्नुभएका क्युबाका पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको गएराति निधन भएको छ । स्वर्गिय क्यास्ट्रोका पिता स्पेनबाट बसाइ सर्दै आएर पूर्वी क्युबाको चर्चित चिनी उत्पादन क्षेत्रमा बसोबास गर्ने आप्रबासी हुनुहुन्थ्यो र सुरु शुरुमा अमेरिकी चिनी उत्पादक कम्पनीहरुलाई श्रमिक आपूर्ति गर्ने ठेकेदारी काम गर्दै पैसा कमाउनु भएपछि आफैँले ठूलो लगानीमा उखुको खेती गर्ने र चिनी उत्पादन गर्ने कारखाना खोली उत्पादित ... बाँकी अंश»

रहेनन् क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रो

२०७३ मङ्सिर ११ शनिबार, एजेनुसी ।  क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा निधन भएको छ । कास्ट्रोको शुक्रबार राति निधन भएको हो ।  उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्दै भने , “क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भएको छ ।  क्यास्ट्रो सन् १९५९ देखि १९७६ सम्म  क्युबाक ... बाँकी अंश»

तलब बढाउन माग गर्दै लुफ्थान्साका पाइलट हडतालमा

२०७३ मङ्सिर ११ शनिबार, बर्लिन (जर्मनी) । जर्मनीको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी लुफ्थान्साका विमान चालकले आफ्नो तलब र सुविधा वृद्धिका लागि भनी बिहीबारदेखि सुरु गरेको हड्ताल शुक्रबार पनि नरोकिँदा आन्तरिक तथा बाह्य यात्रुगरी लाखौँ प्रभावित बनेका कम्पनीले जनाएको छ ।    हडतालका कारण शनिबारका लागि तय भएका १३७ लामो दुरीका उडानसहित झन्डै आठ सयको हाराहारीमा छोटो दुरीका उडान रद्द भएका छन् । हड्तालका कारण कम्पनीले तीन दिनमा तीन करोड १५ लाख अमेरिकी डलरको घाटा भएको जनाएको ... बाँकी अंश»

जापानी वृद्धवृद्धालाई गाडी नचलाउन प्रहरीको आग्रह, चाउचाउमा बिषेश छुट

२०७३ मङ्सिर १० शुक्रबार, टोकियो (जापान)। बुढ्यौलीका कारण आँखा कमजोर हुने र शारीरिक तन्दुरुस्ती पनि युवाअवस्थामा जस्तो सक्रिय नहुने जनाउँदै जापानी प्रहरीले यहाँका गाडी चलाउने अनुमतिपत्र प्राप्त वृद्धवृद्धालाई गाडी नचलाई जापानमा पछिल्लो समय देखिएका सडक दुर्घटनामा नियन्त्रण गर्न सहयोगी भूमिका खेलिदिन अनुरोध गरेको छ ।    प्रहरीले उनीहरुलाई रेस्टुरेन्टसँगको सहकार्यमा चाउचाउमा छुट दिई बुढो शरीरमा ऊर्जा थप्न मद्दत गर्ने बताएको छ । सवारीचालक अनुमतिपत्र प्राप्त चालक ... बाँकी अंश»

इरानमा रेल दुर्घटना : ३१ को मृत्यु

२०७३ मङ्सिर १० शुक्रबार, तेहरान (इरान)। इरानको सिमनान प्रान्तमा शुक्रबार भएको रेल दुर्घटनामा कम्तिमा ३१ जनाको मृत्यु भएको प्रान्तीय प्रशासनले जनाएको छ ।    शुक्रबार विहानै दुई नगर रेल एक आपसमा ठक्कर खाएका र घटनामा कम्तिमा ३१ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर मोहम्मद रेजा खावाजले यहाँको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा जानकारी दिए ।    घटनामा करिब ७० जना घाइते भएका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केही यात्री गम्भीर रूपमा घाइ ... बाँकी अंश»

दक्षिण कोरियाली हरेक दश व्यक्तिमा आठजना राष्ट्रपति पार्क विरुद्धः सर्वेक्षण

२०७३ मङ्सिर १० शुक्रबार, सोल (दक्षिण कोरिया)। दक्षिण कोरियामा राष्ट्रपति पार्क ग्यून हे भ्रष्टाचार काण्डमा मुछिएपछि उहाँ राजनीनामा माग गर्दै सडकमा प्रदर्शनहरु भइरहेका छन् भने उहाँमाथि महाभियोग प्रस्तावको चर्चा पनि छलफलमा आएको छ ।    हालै दक्षिण कोरियामा गरिएको सर्वेक्षणमा पार्क विरुद्ध महाभियोग लगाउनुपर्ने वा पार्कमाथि महाभियोगको विषय अनावस्यक भन्ने मुद्दामा लिइएको सर्वेक्षणमा हरेक १० जना कोरियालीमध्ये आठ जना महाभियोगको पक्षमा रहेको देखिएको छ ।    पछिल् ... बाँकी अंश»

पृथ्वीमा एक हजार वर्षसम्म पनि मानव सभ्यता बस्न नसक्नेः हकिङ

२०७३ मङ्सिर १० शुक्रबार, लण्डन । विश्व प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङले अबको एक हजार वर्षसम्म मानव सभ्यता यस धर्तीमा बस्न नसक्ने भन्दै अर्को ग्रह खोज्न सुझाव दिएका छन् ।    अक्सफोर्ड युनियन डिबेटिङ सोसाइटीमा आफ्नो विचार राख्दै हकिङले मानवलाई जिवितै राख्नका लागि पृथ्वीबाहेक अर्को ग्रहमा लैजानु पर्ने पनि उनले बताए ।      ७४ वर्षीय प्राध्यापक हकिङले मानिस ब्रम्हाण्डको एउटा सानो हिस्सा भएको बताउँदै यसलाई नजिकबाट बुझ्न सक्नु नै ठूलो हो भनेका छन् ।    द ड ... बाँकी अंश»

पूर्वी चीनमा निर्माणाधिन टावर भत्किँदा चालीसको मृत्यु

२०७३ मङ्सिर ९ बिहिबार, नानच्याङ (चीन) । चीनको पूर्वमा अवस्थित जियाङसी प्रान्तमा एक निर्माणाधिन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा चालीस जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।    घटनापछि तत्काल उक्त स्थानमा पुगेका उद्धारकर्मीले घटनामा कम्तिमा चालीस जनाको मृत्यु भएको जनाएपनि भत्किएको टावरको भग्नावशेषमुनि अझै केही मजदुर पुरिएको अनुमानमा उद्धारलाई जारी राखिएको छ ।    बिहीबार विहानै करिव ७ बजेतिर भएको उक्त घटनामा ... बाँकी अंश»

ट्रम्पले दुई महत्वपूर्ण पदमा महिलालाई नियुक्त गरे

२०७३ मङ्सिर ९ बिहिबार, न्यूयोर्क । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भावी प्रशासनका दुई महत्वपूर्ण पदमा दुई महिलाहरुलाई नियुक्त गर्ने निर्णय गरेका छन् ।   उनले साउथ क्यारोलाईनाकी गभर्नर निक्की हेलीलाई राष्ट्रसंघका लागि अमेरिकी राजदूत तथा बेट्सी डिभोसलाई शिक्षामन्त्रीका रुपमा मनोनित गरेका छन् ।   भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गरेकी थिइन् ।   ... बाँकी अंश»

पुटिनको फिलनसँग ‘राम्रो सम्वन्ध’ भएको क्रेमलिनको दावी

२०७३ मङ्सिर ८ बुधबार, मस्को (रसिया)। रसियाको केन्द्रिय प्रशासनिक केन्द्र, क्रेमलिनले मङ्गलबार फ्रान्सको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा राष्ट्रपतिमा निर्वाचित फ्राँस्वा फिलनसँग रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन निकट सम्बन्ध रहेको जनाएको छ ।    “दुई जनाबीच फ्रान्सका पूर्व प्रधानमन्त्री फिलन सरकार प्रमुख रहेको बेलादेखि नै सम्बन्ध स्थापित भएको र पछि उनिहरुबीचको सम्बन्धमा विल्कुलै राम्रो सम्बन्धमा विस्तार भएको छ, क्रेमलिनका प्रवक्ता दिमित्री पेश्काभले ... बाँकी अंश»

नवनियुक्त राष्ट्रसङ्घ महासचिव गुटेर्रेस चीन भ्रमणमा आउने

२०७३ मङ्सिर ७ मंगलबार, बेइजिङ (चीन)। संयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव एन्टोनिओ गुटेर्रेसले नोभेम्बर अन्त्यमा चीन सरकारको निमन्त्रणामा दुईदिने भ्रमणका लागि बेइजिङ आउने भएका छन् ।    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले गुटेर्रेसको चीन भ्रमणबारे सञ्चारमाध्यमसँगको नियमित कुराकानीका क्रममा सोमबार जानकारी गराएका हुन् । उनले गुटेर्रेसको चीन भ्रमणलाई बेइजिङले विशेष महत्वका साथ लिएको बताए ।    गुटेर्रेस चीनमा रहँदा चिनियाँ उच्च नेतृत्व, विदे ... बाँकी अंश»

जापानमा ७.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा

२०७३ मङ्सिर ७ मंगलबार, फुकुसिमा । जापानमा शक्तिशाली भूकम्प गएको छ । उत्तर पूर्वी जापानको फुकिसिमा शहरबाट ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ७.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको हो ।   स्थानीय समय अनुसार बिहान ६ बजे गएको भूकम्पको केन्द्रविन्दू जमीनबाट मात्र ३० किलोमिटर गहिराइमा रहेको भूगर्भविद्हरुले बताएका छन् ।   शक्तिशाली भूकम्प गएपछि जापान सरकारले तटिय क्षेत्रमा सुनामीको चेतावनी दिएको छ ।   सरकारले सुनामीको प्रभाव पर्ने तटिय क्षेत्र खाली गराए ... बाँकी अंश»

रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या एक सय ४५ पुग्यो

२०७३ मङ्सिर ६ सोमबार, पुख्रायान (भारत)। भारतीको उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १४५ पुगेको छ । दुर्घटना भएको स्थानबाट उद्वारकर्ताले थप शव निकालेका र घाइतेमध्ये केही व्यक्तिको मृत्यु भएपछि सोमबार सो सङ्ख्या १४५ पुगेको हो ।    दुर्घटनाग्रस्त सो रेलको डिब्बा अझ पनि व्यक्ति फसेका हुनाले मृतकको सङ्ख्या अझ बढ्नसक्ने भय रहेको सम्बन्धित अधिकारीले जानकारी दिएका छन् । सो रेलका करिब १४ वटा डिब्बा पटरीबाट छुट्टिएर क् ... बाँकी अंश»

नयाँ