विश्व

तालिवानद्वारा विमानस्थललक्षित आक्रमण, आठको मृत्यु

२०७२ मङ्सिर २३ बुधबार, कान्दाहार (अफगानिस्तान) । अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा अवस्थित कान्दाहार विमानस्थल परिसरमा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको समाचार छ । सो इलाकामा गएराती रातभरी दोहोरो गोली हानाहान भएको अधिकारीहरुले जनाएका छन् । मारिनेमा सैनिक र सर्वसाधारण नागरिक परेका अधिकारीहरुले जनाएका छन् । तर के कतिजना सैनिक र कति सर्वसाधारण परेका छन् भन्ने बारेमा भने केही खुलाइएको छैन ।    कान्दाहार प्रान्तका सैनिक कमाण् ... बाँकी अंश»

श्रीलङ्काले भारतसँग आर्थिक सम्झौता नगर्ने

२०७२ मङ्सिर २३ बुधबार, कोलम्बो । श्रीलङ्काली सरकारले भारतसँग आर्थिक सम्झौता नगर्ने जनाएको छ । बुधबार श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई उद्धृतगर्दै सो समाचार आएको छ । भारतद्वारा प्रस्तावित सो आर्थिक सम्झौतामा श्रीलङ्काले हस्ताक्षर नगर्ने भएको समाचारमा जनाइएको हो । श्रीलङ्काली प्रधानमन्त्री विक्रमासिंघेले बुधबार संसद बैठकमा सो विषयमा जानकारी दिनुभएको समाचारमा जानकारी दिनुभएको हो । भारतले हालैमात्र श्रीलङ्कासामु बृहत आर्थिक साझेदारी सम्झौता गर्ने ... बाँकी अंश»

अफगानिस्तानको एयरपोर्टमै आक्रमण, ९ को मृत्यु

२०७२ मङ्सिर २३ बुधबार, एजेन्सी । अफगानिस्तानको कन्धार शहरमा एयरपोर्टमा तालिवान र सेनाबीच भएको भिडन्तमा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनिक र अफगानी नागरिक रहेका बताइएको छ । तालिवान तर्फको हताहतिबारे जानकारी आएको छैन । अफगान तालिवानले मंगलबार साँझै बाक्लो सैन्य उपस्थिति भएको सो एयरपोर्टलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ ।   आक्रमणकारी एयरपोर्टको पहिलो गेटबाट प्रवेश गर्न भने असफल भएको अधिकारीहरुले जनाएका छन् । कन्धार लामो समय देखि तालिवानको पकडमा छ । ता ... बाँकी अंश»

सिरिया र इराकमा विदेशी लडाकूको सङ्ख्या दोब्बर

२०७२ मङ्सिर २२ मंगलबार, हङ्कङ । इराक र सिरियामा विदेशी विद्रोही लडाकूको सङ्ख्या गतवर्षको तुलनामा दोब्बर भएको समाचार छ । सो सङ्ख्या २७ हजार भन्दा बढी पुगेको अमेरिकासँग आवद्ध एक गुप्तचर निकायले जारी गरेको प्रतिवेदनमा जनाइएको छ । ती विदेश लडाकूहरु प्रायः आइएस लडाकू समूहमा रहेका जनाइएको छ । सिरिया र इराकमा २७ हजारदेखि ३१ हजारको सङ्ख्यामा ८६ वटा देशका लडाकू पुगेका थिए । सन् २०१४ जुनसम्ममा सो सङ्ख्या सिरियामा करिब १२ हजारको हाराहारीमा मात्र रहेको बताइएको थियो    यी दुबै ... बाँकी अंश»

आईएसको मासिक कमाई आठ करोड डलर

२०७२ मङ्सिर २२ मंगलबार, लण्डन । ब्रिटेनको एक आर्थिक संस्थाको प्रतिवेदनले चरमपन्थी संगठन इस्लामिक स्टेटलाई हरेक महिना करिब आठ करोड डलर अर्थात ५ सय ३० करोड रुपैयाँको आम्दानी हुने गरेको खुलासा गरेको छ । आईएचएस इंक नामक संस्थाले आईएसको आधा आम्दानी उसको कब्जामा रहेको इलाकाबाट असुल्ने कर र जफ गरिएको सम्पत्तिबाट मिल्छ भने बाँकी रकम तेलको व्यापारबाट मिल्दछ ।  आईएसलाई तेल व्यापारबाट ४३ प्रतिशत र बाँकी आम्दानी नशालु पदार्थको तस्करी, पुरातन बस्तुको तस्करी, आपराधिक गतिविधि र च ... बाँकी अंश»

रेलसंग जीप ठोकियो, १३ को मृत्यु

२०७२ मङ्सिर २२ मंगलबार, एजेन्सी । भारतको झारखण्डको रामगढ जिल्लामा भुरकुंडा रेल स्टेशन नजिकै जीप रेलसंग ठोकिन पुग्दा १३ जनाको मृत्यु भएको छ । हावडा–भोपाल एक्सप्रेस रेलसंग जीप ठोकिएपछि दुर्घटना भएको हो । मृत्यु हुने तीन देखि पाँच वर्ष उमेरका ६ बच्चा, ४ महिला र ३ पुरुष पुरुष छन् । रामगढको प्रहरीले घटनाको पुष्टी गरेको छ ।    घटना भएको समयमा जीज अनाधिकृत रुपमा रेलवे लाइन पार गर्ने बेला रेलको चपेटामा परेको हो । रेलसंग ठोकिएको जीपलाई रेलले करिब सय किलोमिटर सम्म घचेटेको थिय ... बाँकी अंश»

कुकुरको मासु खाने तीनको मृत्यु

२०७२ मङ्सिर २१ सोमबार, कम्बोडिया । विषाक्त कुकुरको मासु खाएका तीन जना कम्बोडियाली नागरिकको मृत्यु भएको छ । विषाक्त मासु खाँदा बिरामी परेका ३१ जना कम्बोडियाली नागरिकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको क्रेटी प्रान्तका प्रहरी प्रमुखले बताएका छन् ।   एक जना वृद्ध, उनकी बुहारी र एक छिमेकीको आइतबार विहान मृत्यु भएको प्रहरी प्रमुख कङ किमीले बताए । उनीहरुको मासु खाएको केही घण्टापछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक वृद्धले बजारबाट किनेर ल्याएको कुकुर ... बाँकी अंश»

सुकी म्यानमारकी भावी प्रजातन्त्रवादी नेत्री : पूर्व सैनिक शासक स्वे

२०७२ मङ्सिर २० आइतबार, याङ्गोन । म्यानमारका पूर्व सैनिक शासक थाँ स्वेले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीलाई म्यानमारको भावी नेत्रीको सङ्ज्ञा दिनुभएको छ । एक समयका शक्तिशाली सैन्य शासक रहेका उहाँले पहिलो पटक नेत्री सुकीलाई यो सम्बोधन गर्नुभएको बताइएको छ । सैनिक जर्नेलका रुपमा उहाँले म्यानमारमा शासन चलाउनुभएको थियो । सन् २०१० सम्म उहाँले करिब दुई दशक सैनिक शासकका रुपमा काम गर्नुभएको थियो ।    उहाँ र म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीबीच शुक्र ... बाँकी अंश»

कुनैपनि आतङ्कवादसँग अमेरिकीहरु डराउदैनन् : राष्ट्रपति ओबामा

२०७२ मङ्सिर २० आइतबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी नागरिक कुनैपनि आतङ्कवादीहरुको धम्कीदेखि नडराउने बताउनुभएको छ । उहाँको नियमित रेडियो सम्बोधनका क्रममा आइतबार भन्नुभयो– हामी अमेरिकी नागरिकहरु जस्तोसुकै आतङ्कवादीहरुको धम्कीबाट आतङ्कित हुदैनौ । गत हप्तामात्र अमेरिकाको क्यालिफोर्नियामा भएको हत्याकाण्डमा १४ जनाको ज्यान गएको थियो । त्यसमा अरु १५ जना नराम्ररी घाइते भएका थिए । सो हत्याकाण्डपछि राष्ट्रपति ओबामाले पहिलो पटक सम्बोधन गर्नुभएको ... बाँकी अंश»

गोली लागेर गम्भी घाइते भएका तालिवान प्रमुख मुल्लाह अख्तरको मृत्यु

२०७२ मङ्सिर १८ शुक्रबार, काबुल। तालिवानका वरिष्ठ कमाण्डर एवम् सो आतङ्ककारी समूहका प्रमुख मुल्लाह अख्तर मन्सुरको मृत्यु भएको समाचार छ । गोली लागेर गम्भीर रुपमा घाइते भएका अख्तारको मृत्यु भएको अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् । गत बुधबार उनी आफ्ना लडाकूहरुसँग नै भिडन्तमा परेर घाइते भएका अफगान सरकारले शुक्रबार जानकारी दिएको छ ।    आफ्नो आन्तरिक विषयमा भएको विवादमा परी उनी र उनका सेनाको विवाद भएको थियो । पछि गोली प्रहारसम्म भएको सरकारी सूचनाले जनाएको छ । भिडन्तम ... बाँकी अंश»

आइएस विरुद्धको हवाई आक्रमणमा बेलायत पनि सहभागी हुने

२०७२ मङ्सिर १७ बिहिबार, लन्डन  । सिरियामा इस्लामिक स्टेट (आइएस ) विरुद्ध अमेरिकासँग आवद्ध हवाई आक्रमणमा  बेलायतको पनि सहगागीता रहने समाचार छ । लन्डनको संसदमा भएको निर्णायक मतदानपछि विहीबार विहान सवेरै सिरियामा आइएस विरुद्ध भएको हवाई आक्रमणमा लन्डनको पनि सहभागीता रहेको जनाइएको छ । बेलयाती प्रधान मन्त्री डेभिड क्यामरुनको सरकारसँग आवद्ध ३९७ सांसदमा २२३ जनाले सो हवाई आक्रमणमा सहभागीताको विपक्षमा मतदान गरेका र १७४ जनाले पक्षमा मतदान गरेको बताइएको छ ।    बेलायती वि ... बाँकी अंश»

दक्षिणी पाकिस्तानमा बस दुर्घटना १२ को मृत्यु

२०७३ श्रावण १८ मंगलबार, इस्लामाबाद । पाकिस्तानको दक्षिण भागमा पर्ने जाम्सोरो जिल्लामा मङ्गलबार बिहान एक यात्रुवाहक बस र गाडा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको समाचार छ ।    यस दुर्घटनामा परी अन्य ३० घाइते भएका स्थानीय सञ्चार माध्यम उर्दुले जानकारी दिएको छ । समा टेलिभिजन च्यानलका अनुसार ५० जना यात्रु बोकेको एक बसका चालकले नियन्त्रण गुमाउँदा विपरित दिशाबाट आएको एक गाडासँग ठोक्किँन गएको थियो ।    देशको दक्षिणी प्रान्त सिन्ध ... बाँकी अंश»

मोगादिसुको होटल आक्रमणमा एक मन्त्रीसहित सोह्रको मृत्य

२०७३ असार १३ सोमबार, मोगादिसु (सोमालिया) । सोमालियाको एक होटलमा शनिबार भएको आक्रमणमा एक मन्त्रीसहित १६ जनाको मृत्यु भएको यहाँको सुरक्षा स्रोतले आइतबार जनाएको छ । घटनामा ३० भन्दाबढी घाइते भएको बताइएको छ ।    अलकायदा आवद्ध सबाब विद्रोही लडाकूद्वारा होटलमा एक भीषण विस्फोट गराई सुरु गरेको आक्रमणमा यसअघि ११ जनाको मृत्यु भएको बताइएको थियो । प्रधानमन्त्रीको कार्यालयअन्तर्गत वातावरण सहायकमन्त्री बुरी महम्मद हम्जाको मृत शरीर विस्फोटबाट भत्किएको होटलको भवनको भग्नावश ... बाँकी अंश»

मोगादिसुको होटल आक्रमणमा एक मन्त्रीसहित सोह्रको मृत्यु

२०७३ असार १३ सोमबार, मोगादिसु (सोमालिया) । सोमालियाको एक होटलमा शनिबार भएको आक्रमणमा एक मन्त्रीसहित १६ जनाको मृत्यु भएको यहाँको सुरक्षा स्रोतले आइतबार जनाएको छ । घटनामा ३० भन्दाबढी घाइते भएको बताइएको छ ।    अलकायदा आवद्ध सबाब विद्रोही लडाकूद्वारा होटलमा एक भीषण विस्फोट गराई सुरु गरेको आक्रमणमा यसअघि ११ जनाको मृत्यु भएको बताइएको थियो । प्रधानमन्त्रीको कार्यालयअन्तर्गत वातावरण सहायकमन्त्री बुरी महम्मद हम्जाको मृत शरीर विस्फोटबाट भत्किएको होटलको भवनको भग्नावश ... बाँकी अंश»

म्यानमार भूकम्पमा कैयौं भवनमा क्षति , मानवीय क्षति बारे अझै पुष्टि भएन

२०७३ बैशाख २ बिहिबार, याङ्गुन । म्यानमारमा केन्द्रबिन्दू रही बुधबार साँझ गएको ६.९ रिक्टर स्केलको भूकम्पबाट म्यानमारमा मानवीय क्षतिको समाचार नआएको अधिकारीहरुको भनाई छ । म्यानमारका अधिकारीहरुले बिहीबार बिहानसम्ममा सो भूकम्पका कारण कुनै मानवीय क्षतिको समाचार नआएको बताएका छन् । तर सो भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएकोले ठूलो क्षतिको अनुमान गरिएको थियो ।    भूकम्पको केन्द्रविन्दू म्यानमारको राजधानी न्यापित्वदेखि ३९६ किलोमिटर उत्तरमा रहेको र १३५ किलोमि ... बाँकी अंश»

पाकिस्तानमा वर्षाका कारण अठ्ठाइसको मृत्यु

२०७२ चैत १ सोमबार, इस्लामाबाद (पाकिस्तान)। पाकिस्तानमा परेको मुसलधारे पानीका कारण गएको तीन दिनभित्र मृत्यु हुनेको सङ्ख्या आइतबार २८ पुगेको छ । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा मात्रै १७ जनाले वर्षापछिको बाढीका कारण ज्यान गुमाएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताए ।    त्यस्तै छ जनाले उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा ज्यान गुमाएका छन् भने बाँकी अन्यको काइबर वरिपरीका इलाकामा मृत्यु भएको छ । उहाँले थप्नुभयो । मृतकम ... बाँकी अंश»

पाकिस्तानमा वर्षाका कारण अठ्ठाइसको मृत्यु

२०७२ चैत १ सोमबार, इस्लामाबाद (पाकिस्तान)। पाकिस्तानमा परेको मुसलधारे पानीका कारण गएको तीन दिनभित्र मृत्यु हुनेको सङ्ख्या आइतबार २८ पुगेको छ । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा मात्रै १७ जनाले वर्षापछिको बाढीका कारण ज्यान गुमाएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताए ।    त्यस्तै छ जनाले उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा ज्यान गुमाएका छन् भने बाँकी अन्यको काइबर वरिपरीका इलाकामा मृत्यु भएको छ । उहाँले थप्नुभयो । मृतकम ... बाँकी अंश»

उत्तर कोरियामाथि प्रतिबन्ध लगाइने

२०७२ फाल्गुण ८ शनिबार, संयुक्त राष्ट्रसङ्घ। उत्तर कोरियाले केही दिनमात्र अघि गरेको विवादास्पद लामो दुरीको रकेट प्रक्षेपणका कारण विश्वव्यापीरुपमा तनाव बढिरहेको अवस्थामा उसमाथि लगाउने प्रतिबन्धका बारेमा पनि परामर्श सुरु भएको समाचार छ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्को शनिबार बसेको एक आकस्मिक बैठकमा पनि सो विषयमा आवश्यक छलफल र परामर्श भएको समाचारमा जनाइएको छ ।    सो बैठकमा उसका विरुद्धमा के कस्तो नाकाबन्दी र प्रतिबन्ध लगाउने भन्ने बारेमा सो छलफल भएको राष्ट्रसंघ ... बाँकी अंश»

पवित्र धाममा आक्रमण हुँदा पैतालिसको मृत्यु एक सय दश घाइते

२०७२ माघ १७ आइतबार, दमास्कस (सिरिया)  । सिरियाको राजधानी दमास्कसको दक्षिण क्षेत्रमा अवस्थित सिया समुदायको धार्मिक आस्थाको केन्द्रमा आइतबार विस्फोट गराउँदा कम्तिमा ४५ जनाको मृत्यु भएको यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनामा ११० जनाभन्दा बढी घाइते भएको पनि बताइएको छ ।    सिरियाको साना न्यूज एजेन्सीले यसअघि उक्त घटनामा परी ३० जनाको मृत्यु भएको जनाएको थियो । सो घटनाका गम्भीर प्रकृतिको चोटबाट ग्रस्त घाइतेहरुको स्थानीय अस्पतालहरूम ... बाँकी अंश»

बन्दुकधारीद्वारा पाकिस्तानको एक विश्वविद्यालयमा आक्रमण

२०७२ माघ ६ बुधबार, पेसावर (पाकिस्तान) । उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावरको एक विश्वविद्यालयमा बुधबार बन्दुकधारीहरुले आक्रमण गरी एकजना प्राध्यापकको हत्या गरेका छन् ।  उनीहरुले बुधबार बिहान गरेको सो बन्दुक हमलामा परी कम्तीमा पनि एकजना प्राध्यापकको ज्यान दिएका बताइएको छ । मारिने प्राध्यापक केमिस्टिका प्राध्यापक र सो बिभागका प्रमुख हुन् । यसमा दर्जनौँ विद्यार्थी घाइते भएका छन् । घाइते हुनेको सङ्ख्या अझै स्पष्ट हुन सकिरहेको छैन । पाकिस्तानी प्रहरी अधिकारीहरुले ... बाँकी अंश»

नयाँ