विश्व

सात अफगान प्रहरीको आफ्नै साथीले गरे हत्या

२०७२ चैत ११ बिहिबार, कान्दाहार । अफगानिस्तानका सात जना प्रहरीलाई उनीहरुका आफ्नै साथीले गोली हानी हत्या गरेको समाचार छ । प्राप्त समाचारमा कान्दाहार प्रान्तको एक प्रहरी चौकीमा कार्यरत स्थानीय प्रहरीले आफ्नै सात जना साथीको हत्या गरेका जनाइएको छ । ड्युटीमा खटिएका प्रहरीले आफ्नै साथीतर्फ बन्दुक फर्काएका थिए । गोली हानी ती प्रहरीले साथीको हत्या गरको समाचारको अफगान प्रहरीले नै पुष्टि गरेको छ ।    एकजना प्रान्तीय प्रहरी अधिकारीले भने– अर्गान्दबादमा रहेको एक प्रहर ... बाँकी अंश»

अर्जेन्टिनामा 'ट्याङ्गो' नाच्दै अमेरिकी राष्ट्रपति ओबामा (भिडियो)

२०७२ चैत ११ बिहिबार, एजेन्सी। अर्जेन्टिना भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले रात्री भोजमा ट्याङ्गो नाच नाचेका छन्। अर्जेन्टिनी राष्ट्रपतिको निमन्त्रणामा रात्री भोजमा सरिक ओबामाले नृत्यंगनाको अनुरोधमा उक्त नाचमा सामिल भएका हुन्। अमेरिकी राष्ट्रपतिकी पत्नी तथा प्रथम महिला मिचेल ओबामाले पनि नृत्यमा साथ दिएकी थिईन्।    ट्याङ्गो नाच अर्जेन्टीनी परम्परागत नृत्य हो जुन जोडीमा नाचिने गरिन्छ। अर्जेन्टिनाको उरुग्वेसँगको बोर्डरस्थित सन् १८८०मा रिभर ... बाँकी अंश»

चीनमा खानी दुर्घटनामा १९ को मृत्यु

२०७२ चैत ११ बिहिबार, ताइउन । चीनमा वुधबार राति भएको खानी दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार अधिकारीहरुले त्यहाँ हुने गरेको खानी दुर्घटनाको पछिल्लो शिकार १९ जना मजदुर भएको जानकारी दिएका हुन् ।    उत्तरी चीनको सान्ची प्रान्तमा बुधबार राति सो दुर्घटना भएको बताइएको छ । राति १० बजे उक्त प्रान्तको सानियान काउन्टीमा रहेको एन्पिङ खानीमा सो घटना भएको खानी मालिकले जानकारी दिएका छन् । खानीमा अकस्मात भएको विस्फोटमा प ... बाँकी अंश»

ब्रसेल्स वम आक्रमणमा मारिनेको संख्या ३४ पुग्यो

२०७२ चैत ९ मंगलबार, बेल्जियम। बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेशनमा भएको ३ बम विष्फोटनका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने एक सयभन्दा धेरै घाईते भएका छन्।    मंगलबार भएका तीनवटा विष्फोटमध्ये दुईवटा जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थलमा र एउटा मालबेक भूमिगत मेट्रो रेल स्टेशनमा भएको थियो। विमानस्थलमा भएको विष्फोटमा कम्तीमा १४ जनाको ज्यान गएको छ भने त्यसको एकघण्टापछि युरोपेली संस्थाहरुको कार्यालय नजिकै रहेको मेट्रो स्टेशनमा भएक ... बाँकी अंश»

ब्रसेल्स विष्फोटमा २१ को मृत्यु : ‘आक्रमण अघि गोली चलेको थियो’

२०७२ चैत ९ मंगलबार, एजेन्सी । बेल्जियमको राजधानी ब्रसेल्सको ज्यावेनटेम विमानस्थलमा र माएलबीक मेट्रो स्टेशनमा भएको छुट्टा छुट्टै जिष्फोटमा २१ जनाको मुत्यु भएको छ । विमानस्थलमा दुईवटा विष्फोट भएको एक घण्टा वित्न नपाउँदै मेट्रो स्टेशनमा विष्फोट भएको थियो । बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिशेलले एयपोर्टमा भएको हमला एक आत्घाति थियो भनेका छन् । ब्रसेल्स फायर ब्रिगेड विभागका प्रवक्ताले विष्फोटमा कम्तिमा पनि २१ जनाको मृत्यु भएको र ३५ जना गम्भीर रहेको बताएका अन्तर्र ... बाँकी अंश»

व्रसेल्सको एयरपोर्ट र मेट्रोमा बम आक्रमण, कम्तिमा १७ जनाको मृत्यु

२०७२ चैत ९ मंगलबार, काठमाडौं। बेल्जियमको राजधानी ब्रसेल्समा मंगलवार बम आक्रमण भएको छ। ब्रसेल्सस्थित जेवनटेम एयरपोर्टमा विहानै दुईवटा बम आक्रमण भएको छ भने स्थानिय मेट्रोमा एक आक्रमण भएको छ। स्थानिय समाचार संस्थाहरुका अनुसार आक्रमणमा परि हालसम्म १७ जनाको मृत्यु भएकाे छ। २० बढी घाइते भएका छन्। ब्रसेल्समा यूरोपियन सम्मेलनको तयारी भइरहँदा आक्रमण भएको हाे ।    घटनापछि एयरपोर्ट तत्काल बन्द गरिएको छ। अधिकारीहरुका अनुसार  घटना स्थानिय समय अनुसार विहानको ७ बजे ... बाँकी अंश»

अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युबामा

२०७२ चैत ८ सोमबार, हवाना । अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार क्युबा पुगेका छन् । ऐतिहासिक भ्रमणका क्रममा ओबामा क्युबा पुगेको जनाइएको छ ।  गएको करिब आठ दशकछिको दुई देशबीचको सम्बन्धको नयाँ अध्याय सुरुगर्ने यो भ्रमणलाई अत्यन्तै महत्वका साथ हेरिएको बताइएको छ ।    शीतयुद्धताकादेखिकै सत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देशको सम्बन्ध पुनस्र्थापनास्वरुप गतवर्षदेखि विविध कार्यक्रम अघि सारिएको छ । यसअघि क्युबाको राजधानी हवानामा दुवै देशको झण्डा उठाएर सम्बन ... बाँकी अंश»

पेरिस आक्रमणका आरोपितलाई उपचारपछि हिरासतमा लगियो

२०७२ चैत ७ आइतबार, पेरिस। गएको वर्ष पेरिस आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रमुख आरोपित सालोह अब्देस्लामको ब्रसेल्सस्थित एक अस्पतालमा उपचारपछि हिरासतमा लगिएको छ । सालेहमाथि अब छिट्टै कानुनी कारबाहीको प्रक्रिया सुरु हुनेछ । सालेह र उनका सहयोगी प्रहरीले नियन्त्रणमा लिने क्रममा घाइते भएपछि उपचारका लागि सीएचयू सेन्ट पिएरे अस्पतालमा लगिएको थियो ।    ब्रसेल्स नगर प्रमुख यभान मेयउरले ट्वीट गर्दै पेरिस आक्रमण योजनाका सम्भावित दुई योजनाकारको उपचार गरिए ... बाँकी अंश»

फ्लाई दुवई ९८१ विमान रसियामा दुर्घटना, ६२ जनाको मृत्यु (भिडियो)

२०७२ चैत ६ शनिबार, काठमाडौं। दुबईबाट रसियाका लागि उडेको विमान फ्लाई दुवईको एफ जेट ९८१ रुसको रोस्तोव अन डन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ।   विमान स्थलमा भिजिविलिटी कम भएपछि अवतरणका क्रममा विमानस्थल नजिकै दुर्घटना भएको अन्तराष्ट्रिय एजेन्सीले जनाएको छ। ५५ यात्रुसहित र ७ क्रु मेम्बरसहित ६२ जनाको दुर्घटनामा मृत्यु भएको छ।     विमान अवतरणका क्रममा रनवे परिसरमा आगो बलेको बताईएको छ । आगो बलेलगत्तै झन्डै सय भन्दा बढी उद्दार कर्मी पुगेर आगो निभाएका ... बाँकी अंश»

भारत अधिनस्थ काश्मिरमा दुई आतङ्ककारी मारिए

२०७२ चैत ५ शुक्रबार, श्रीनगर (भारत अधिनस्थ काश्मिर) । भारत अधिनस्थ काश्मिरमा दुई भारतीय आतङ्ककारी मारिएको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीनगर सहरबाट ९० किलोमिटर उत्तरपश्चिमी कुपवारा जिल्लाको एक गाउँमा ती आतङ्ककारी मारिएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले सुरु गरेको कारबाहीमा दुई आतङ्ककारी मारिएका र अझै पनि कारबाही जारी रहेको बताइएको छ ।    सशस्त्र हतियारधारीले आक्रमण गरेपछि दोहोरो गोली हानाहानमा सुरक्षाबलतर्फ भने कुनै हताहती नभएको भारतीय सेनाका प्रव ... बाँकी अंश»

बसमा बम विस्फोट हुदा १६ को मृत्यु

२०७२ चैत ३ बुधबार, पेसावर । पाकिस्तानी उत्तरपश्चिमी सहर पेसावरमा बुधबार बिहानै एक यात्रुबाहक बसमा भएको बम हमलामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु करिब दुई दर्जन नागरिक घाइते भएका छन् । पेसावर पाकिस्तानको एक समस्याग्रस्त सहर हो । त्यहाँ तालिवानहरुले बारम्बार यस्ता आक्रमणका घटना गराउने गरेका छन् ।    बसमा राखिएको बम अकस्मात विस्फोट भएको र त्यसपछि बसमा आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । उनीहरुकाअनुसार बसभित्रै भएको बमबाट ... बाँकी अंश»

राष्ट्रविरोधी नारा लगाएको भन्दै कन्हैया कुमारलाई जेएनयूबाट हटाउन सिफारिश

२०७२ चैत २ मंगलबार, एजेन्सी ।  राष्ट्रविरोधी नारा लगाएको भन्दै  विद्यार्थी संघका अध्यक्ष कन्हैयाकुमार सहित पाँच विद्यार्थीलाई जहवारलाल नेहरु विश्वविद्यालय (जेएनयु) को उच्चस्तरीय समितिले विश्वविद्यालयबाट निकाल्न सिफारिश गरेको छ । विश्विद्यालयको आन्तरिक समितिले विद्यार्थी नेताहरु रामा नागा तथा चिन्टु कुमारी सहित २१ जनाविरुद्ध कारण देखाऊ आदेश पठाएको छ। जेएनयुमा भएको नाराबाजी प्रकरणलाई लिएर विद्यार्थीले भोलिसम्म कारण पेश गर्नुपर्नेछ।   उच्चस्तरीय समिति ... बाँकी अंश»

म्यानमारको नयाँ राष्ट्रपतिमा टिन च्यो विजयी

२०७२ चैत २ मंगलबार, नाइपित्व (म्यानमार)। म्यानमारको नयाँ राष्ट्रपतिमा यहाँको नेशनल लिग फर डेमोक्र्यासीका एकजना वरिष्ठ नेता टिन च्यो बिजयी हुनुभएको छ । म्यानमारको संसदमा मङ्गलबार भएको गोप्य मतदानमा उहाँले सर्वाधिक मत प्राप्त गरी विजयी हुनुभएको घोषणा म्यानमारको संसदले अपरान्ह घोषणा गरेको हो ।    उहाँ म्यानमारमा कैयौँ दशकपछि पहिलो नागरिक राष्ट्रपतिका रुपमा बिजयी हुनुभएको हो । उहाँ म्यानमारमा आगामी पाँच वर्षका लागि निर्वाचित हुनुभएको हो ।    यो जित सुचीको ... बाँकी अंश»

पाकिस्तानमा वर्षाका कारण अठ्ठाइसको मृत्यु

२०७२ चैत १ सोमबार, इस्लामाबाद (पाकिस्तान) । पाकिस्तानमा परेको मुसलधारे पानीका कारण गएको तीन दिनभित्र मृत्यु हुनेको सङ्ख्या आइतबार २८ पुगेको छ । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा मात्रै १७ जनाले वर्षापछिको बाढीका कारण ज्यान गुमाएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताए ।    त्यस्तै छ जनाले उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा ज्यान गुमाएका छन् भने बाँकी अन्यको काइबर वरिपरीका इलाकामा मृत्यु भएको छ ।  मृतकमध्ये चार महिला र ... बाँकी अंश»

अमेरिकी चुनावः हिलारी र ट्रम्पको अग्निपरीक्षा

२०७२ फाल्गुण ३० आइतबार, वासिङ्टन डिसी । अमेरिकाको आगामी २०७३ कात्तिक २३ गते मङ्गलबारको दिन हुने राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक चरणको निर्वाचन अहिले जारी रहेको छ । शुक्रबारसम्मको प्रारम्भिक चरणको चुनावले डेमोक्र्याट पार्टीको तर्फबाट हिलारी क्लिन्टनको अग्रता कायमै रहेको छ भने रिपब्लिकन पार्टीको तर्फबाट धनाढ्य डोनाल्ड ट्रम्पको उम्मेदवारी लगभग पक्का छ । हिलारीले राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनको सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा र मेडिकेयर, जलवाय ... बाँकी अंश»

गुजरातमा ट्र्यक्टर चढेका दशको मृत्यु

२०७२ फाल्गुण ३० आइतबार, नयाँ दिल्ली । पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएको छ ।    यस दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्. । सो दुर्घटना ३५ यात्रु बोकेको एक ट्याक्टर २० मिटर गहिराई खसेपछि भएको बताइएको छ । मासीसागर जिल्लामा भएको यस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई भने स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था भने चिन्ताजनक रहे ... बाँकी अंश»

उत्तर कोरियाद्वारा अमेरिकी सैन्य अभ्यासका बारेमा नयाँ चेतावनी

२०७२ फाल्गुण ३० आइतबार, सिओल (दक्षिण कोरिया) । उत्तर कोरियाद्वारा वासिङ्टन तथा सिओलले संयुक्त रुपमा हवाई अभ्यास गरेकोप्रति प्रतिक्रिया दिँदै धम्कीपूर्ण भाषामा यदि उनीहरूको सामथ्र्य भएमा कोरियाली प्रायद्वीपमा आक्रमण सुरु गर्न चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी (केसिएनए) ले उत्तरकोरियाली सेना प्रमुखहरूद्वारा जारी गरिएको वक्तव्यमा आवश्यक परेमा प्योङयाङले अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासबाट आफू नतर्सिने जनाएको छ ।    उत्तरकोरियाले अमेरि ... बाँकी अंश»

विवाह भोजमा हिँडेको बस दुर्घटना हुँदा एघार जनाको मृत्यु

२०७२ फाल्गुण २९ शनिबार, फिरोजाबाद (भारत) । भारतको उत्तरप्रदेशमा विवाह भोजमा सरिक हुन हिँडेका व्यक्ति बोकेको एक बस र ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्. । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउ सहरबाट करिब ३५८ किलोमिटर पश्चिममा पर्ने इलाकामा यो घटना भएको जनाइएको छ ।    घटनामा घाइते भएका मध्ये पाँचको अवस्था चिन्ताजनक रहेको सो इलाकाका प्रहरी निरीक्षक सन्जीव बजपार्इंले बताउनुभयो । गम्भीर घ ... बाँकी अंश»

सिरियाली प्रतिपक्षले जेनेभा शान्तिवार्तामा सहभागीता जनाउने

२०७२ फाल्गुण २९ शनिबार, बेरुत । सिरियाको प्रमुख प्रतिपक्षीको उच्चस्तरीय वार्ता समितिले शुक्रबार आफ्नो समूह जेनेभामा हुने शान्ति वार्तामा सहभागिता जनाउने बताएको छ । उच्चस्तरीय वार्ता समिति (एचएनसी) ले एक वक्तव्य जारी गर्दै आफू सरकारसँग जेनेभामा हुने शान्ति वार्तामा अन्तर्राष्ट्रिय पहलकदमीको स्वागत गर्दै सरकारसँग अप्रत्यक्ष रुपमा वार्तामा बस्ने जनाएको छ ।    अन्तर्राष्ट्रिय समुदायको पहलमा सिरियामा जारी रक्तपातको अन्त्य र राजनीतिक सङ्कट समाधान गर्न मार्च १४ मा ... बाँकी अंश»

सुकीको पार्टीका तर्फवाट राष्ट्रपतिको उम्मेदवारमा टिन् क्याव

२०७२ फाल्गुण २८ शुक्रबार, नाइपिद्व । म्यानमारमा आगामी हप्ता हुने राष्ट्रपति पदको निर्वाचनको लागि नेशनल लिग फर डेमोक्र्यासीकतर्फबाट शुक्रबार उम्मेदवार तय गरिएको छ । शुक्रबार राष्ट्रपति पदको लागि सो पार्टीका तीन जना उम्मेदवारबीच संसदमा विश्वासको मत सम्बन्धि भएको मतदानपछि सो पार्टीका टिन् क्याव आगामी हप्ता हुने राष्ट्रपति पद्को उम्मेदवारमा निर्वाचित भएको प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले जनाएकि छिन् । क्यावको पक्षमा २४७ र विपक्षीमा २९ मत परेको थियो ।    म्यानम ... बाँकी अंश»

नयाँ