विश्व

स्पेनले ४५० सिरियालीलाई शरण दिने

२०७२ फाल्गुण २८ शुक्रबार, म्याड्रिड । स्पेनका कार्यवाहक गृहमन्त्री जोर्ज फेर्नान्डेज डियाजले इटाली, ग्रीस र टर्कीमा आश्रय लिइरहेका ४५० भन्दा बढी सिरियाली र इराकी शरणार्थीलाई स्पेनले शरण दिने बताएका छन‍् । स्पेनले ती शरणार्थीलाई तत्काल पुनर्वासको व्यवस्था गर्न युरोपियन नियोगसमक्ष इच्छा व्यक्त गरेको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा डियाजले सो घोषणा गरेका हुन् ।    पहिलो चरणमा टर्कीमा रहेका २५०, ग्रीसबाट १५० र इटालीबाट ५० जना सिरियाली तथा इराकी शरणार्थीलाई शरण ... बाँकी अंश»

अमेरिकामा फेरि अर्को गोली काण्ड, पाँचको मृत्यु

२०७२ फाल्गुण २७ बिहिबार, वासिङ्टन । संयुक्त राज्य अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । त्यसमा परी कम्तीमा पनि पाँच जना मारिएका छन् ।पेन्सिलभानियाको एक निजी निवासमा अज्ञात व्यक्तिले बुधबार राति अबेरतिर अज्ञात व्यक्तिले गोली हानेर पाँचजनाको हत्या गरेको समाचार छ । मारिनेमा चार जना महिला र एकजना पुरुष रहेको बताइएको छ । चार जनाको घटनास्थलमै र एक महिलाको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गोली लागेका अरु तीन जना गम्भीर रुपमा उपचार गराइरहेका छन् ।   पेन्सि ... बाँकी अंश»

मध्यप्रदेशमा युवतीलाई बलात्कार पछि जलाइयो

२०७२ फाल्गुण २७ बिहिबार, नयाँ दिल्ली । भारतकी एकजना १६ वर्षिया युवती यौनहिंसाको अर्का शिकार भएकी छिन् । भारतमा हुने गरेको यस्तो हिंसाको उनी पछिल्लो शिकार हुन् । भारतको मध्यप्रदेशकी १६ वर्षीया युवतीलाई बलात्कार गरी आगो समेत लगाइएको थियो । उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान निधन भएको छ । उनी आफ्नै घरको छतमा बलात्कृत भएकी थिइन् । त्यसपछि उनलाई आगो लगाएर हत्याको प्रयास गरिएको थियो ।    गत सोमबार बलात्कृत भएकी उनको शरीको ९० प्रतिशत अंग जलेको चिकित्सकल ... बाँकी अंश»

गुजरातमा आतङ्कवादी हमलाको त्रासमा कडा सुरक्षा

२०७२ फाल्गुण २३ आइतबार, नयाँ दिल्ली । भारतीय पश्चिमी राज्य गुजरातमा आतङ्कवादी हमला हुनसक्ने भन्दै यसका विरुद्ध सतर्क रहन सूचना जारी गरेको छ । सो राज्यमा आतङ्कवादी हमलाको सूचना प्राप्त भएको भन्दै सो क्षेत्रमा सैनिकले कडा अपरेशन पनि सञ्चालन गरेको बताइएको छ ।    सो क्षेत्रमा समुद्रको बाटो भएर कम्तीमा पनि १० जना आतङ्ककारी प्रवेश गरेका र उनीहरुले सो क्षेत्रमा आक्रमणगरी आतङ्क पच्चाउनसक्ने सम्भावनाका आधारमा सो कारबाही गरेको बताइएको छ । समाचार स्रोतका अनुसार सो क्षेत्र ... बाँकी अंश»

अफगानिस्तानमा १५ तालिवान मारिए

२०७२ फाल्गुण २३ आइतबार, काबुल । अफगानिस्तानमा तालिवान सशस्त्र विद्रोहीबिरुद्ध अफगान सैनिक र प्रहरीले संयुक्तरुपमा गरेको कारबाहीमा परी कम्तीमा पनि १५ तालिवान लडाकू मारिएका छन् । अफगान गृह मन्त्रालयद्धारा आइतबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिएको छ । सन् २०१४ को अन्त्यबाट नेटो सेनाले अफगानिस्तानमा जारी तालिवानसँगको द्वन्द्वमा रणभूमिमा गएर युद्ध नगर्ने निर्णय गरे अफगान सुरक्षाबलले नै तालिवान विरुद्ध कारबाही गर्दै आएको छ ।    अफगानिस्तानको विभिन्न प्रान्तम ... बाँकी अंश»

आजका प्रमुख विश्व घटनाहरु (तस्बिर सहित)

२०७२ फाल्गुण २२ शनिबार, एजेन्सी । इस्तानबुल (टर्की) । टर्कीको एक अदालतले तीन वर्षीय बालक आयलन कुर्दीलाई गैरकानुनी रुपमा हिँडाएको र समुन्द्रमा डुबाएको अभियोगमा सिरियाली दुई नागरिकलाई चार वर्ष दुई महिनाको सजाँय सुनाएको छ । टर्कीको बोड्रमास्थित उक्त अदालतले सिरियाली नागरिकद्वय मुवाफाका अलावास र असेम अल फ्राहइलाई बालक आयलनलाई समुन्द्रमा डुबाएको अभियोग लगाउँदै उक्त जेल सजाँय तोकेको थियो ।    तर उनीहरुमाथि लागेको अन्य पाँच जनाको हत्या आरोपमा भने सफाई दिएको छ । तीन ... बाँकी अंश»

पाँचवर्ष भित्र चीनको जनसङ्ख्या १ अर्ब ४२ करोड पुग्ने

२०७२ फाल्गुण २२ शनिबार, बेइजिङ । चीनको जनसङ्ख्या आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२० को अन्त्यसम्ममा १ अर्ब ४२ करोड पुग्ने अनुमान गरिएको छ । चिनियाँ अधिकारीहरुले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा चीनको जनसङ्ख्या आगामी सन् २०२० को अनत्यसम्ममा १ अर्ब ४२ करोड पुग्ने देखिएको हो । शनिबार चिनियाँ अधिकारीहरुले विकासका लागि अन्य कार्यक्रमहरुका साथै आगामी पाँच वर्षका लागि चीनको जनसङ्ख्या बृद्धिको पनि आंकलन गरेका थिए ।    उक्त पाँचवर्षे योजनामा गरिएको अनुमानअनुसार आग ... बाँकी अंश»

भारतका पूर्व सभामुख संगमाको हृदयघातबाट निधन

२०७२ फाल्गुण २१ शुक्रबार, नयाँ दिल्ली । भारतका पूर्व साभामुख पि ए संगमाको ६८ वर्षको उमेरमा शुक्रबार निधन भएको समाचार छ । नयाँ दिल्लीमा अवस्थित रहेको संगमाको  निवासमा शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो   ।    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय संसदको तल्लो सभा, लोकसभाका सभामुख सुमित्रा महाजनले पूर्व साभामुखको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । त्यसैगरी संगमाको निधनप्रति शोक व्यक्तगर्दै भारतीय संसदको आजका लागि बोलाइएको अधिवेशन यही मार्च ८ सम् ... बाँकी अंश»

यस बर्षका विश्व अर्बपति, कसको सम्पति कति ? (भिडियो)

२०७२ फाल्गुण २० बिहिबार, एजेन्सी । फोर्ब्स म्याजिनले यस बर्षको विश्व अर्वपति सुची सार्वजनिक गरेको छ । यस पटकको सुचिमा विश्वभरका १८ सय १० जना अर्बपतिहरु बारे खोजविन भयो । यस अघि सन् २०१५ मा १८ सय २६ जना बारे खोजविन भएको थियो जसको शीर्ष १० भित्र यस अघिकै धनीहरुकै बर्चश्व रहेको छ ।      १: बिल ग्रेट  फोर्ब्सले जारी गरेको नयाँ सुचीमा  माइक्रोसफ्ट कम्पनीका मालिक बिल ग्रेटले यस पटक पनि शीर्षता कायम राखे । गत बर्ष पनि पहिलो स्थानमा रहेका उनको सम्पति ७७.१ विलियन अमेरिकी डलर ... बाँकी अंश»

जापानमा एक तिहाई कामदार महिला कार्यक्षेत्रमै यौनहिंसामा

२०७२ फाल्गुण १९ बुधबार, टोकियो । जापानका कम्तीमा पनि एक तिहाई कामदार महिलाले कार्यक्षेत्रमै यौनसम्बन्धी हैरानी सामाना गर्नुपरेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कामदार महिलामा गरिएको एक सर्वेक्षणमा जापानमा कम्तीमा पनि एक तिहाई महिलालाई उनीहरुको कार्यक्षेत्रमा नै यौन हैरानी सहनुपरेको पाइएको बताइएको हो ।    यसमध्ये दुई तिहाई यस्ता महिलाले उनीहरुले आफ्ना बारेमा गरिएका यस्ता हिंसाका घटनाको सार्वजनिकीकरण नगर्ने गरेको पनि देखिएको समाचारमा उल्लेख गर्ने गरिएको छ । ... बाँकी अंश»

यस कारण परिवारका १४ सदस्य रेटेपछि आफु झुन्डिए

२०७२ फाल्गुण १८ मंगलबार, एजेन्सी ।  भारतको महाराष्ट्र राज्यमा पर्ने ठाणेमा हुसनेन वारेकरले १४ जना परिवारको हत्या गरेर आत्माहत्या गर्नुको प्रारंम्भीक कारण खुलेको छ । प्रारंम्भीक अनुसन्धान अनुसार पछील्लो केही महिना देखि वारेकर र उनको परिवारले २ करोड भारतीय रुपैया  शेयर बजारमा गमाएको थियो ।      डेक्कान हेराल्डाका अनुसार पुलिसले हुसनेनको  बैक खाताको जाँच गरिरहेको छ। साथै हत्याको कारण बारे जान्न हुसनेनका अन्य परिवारको सदस्यलाई पुलिसले सोधपुछ गरिरहेको छ।   ... बाँकी अंश»

भ्रष्टाचार विरुद्ध नाङ्गिए टिभि च्यानलका महिला प्रस्तोताहरु (तस्बिर सहित)

२०७२ फाल्गुण १७ सोमबार, एजेन्सी । अल्बानियामा राजनीतिक भ्रष्टाचारको पर्दाफाश गर्नको लागि  जीजर नामक टिभि च्यानलले अनौठो बुलेटिन सुरु गरेको छ । बुलेटिनमा टपलेस प्रस्तोताले समचार प्रस्तुत गर्दछन् । च्यानलमा धेरै भन्दा धेरै दर्शकहरुलाई तान्नको लागि यस्तो कदम उठाइएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । यसमा महिला प्रस्तोताहरु छाति देखाएर प्रस्तुत हुने गर्दछन् । जीजार टिभिका मालिक इज्मे दृष्टिका अनुसार  अल्बानियामा जहा राजनीतिक शक्तिले समाचारलाई फरक पार्छन ... बाँकी अंश»

परिवारका १४ सदस्य रेटेपछि आफु झुन्डिए

२०७२ फाल्गुण १६ आइतबार, एजेन्सी । भारतको मूम्बईमा एक व्यक्तिले परिवारका १४ सदस्यको हत्या गरेपछि आफूले फाँसी लगाएका छन् । भारतीय अनलाइन भास्कर डटकमका अनुसार मूम्बईको ठाणेमा ती ब्यक्तिले शनिबार राति परिवारका सदस्यको हत्या गरेका हुन् । हत्या भएकामा ७ बालबालिका, ६ महिला  र १ पुरुष छन्। हत्या रातको १२ बजे पछि भएको हो ।    हसन बकरले शनिबार एक पार्टी आयोजना गरी बहिनीहरुलाई पनि डाकेका थिए । प्रहरी अधिकारीहरुका अनुसार  बकरका दिदि बहिनीले साथमा बच्चाहरु पनि ल्याएका थिए ।   ... बाँकी अंश»

‘एलो फिभर’बाट एङगोलामा १२५ जनाको मृत्यु

२०७२ फाल्गुण १६ आइतबार, लुवान्डा (एङ्गोला)। दक्षिण–पश्चिमी अफ्रिकाको एङ्गोलामा गएको डिसेम्बर ३० गते यता ‘एलो फिभर’ बाट (लामखुट्टेको टोकाइबाट सर्ने ज्वरो) का कारण मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको यहाको शुक्रबार सार्वजनिक एक सरकारी तथ्याङ्कमा जनाइएको छ । एङ्गोलामा ‘एलो फिभर’ ले महामारीको रुप लिएपछि सरकार तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घसंस्थाको सहयोगमा रोगलाई नियन्त्रण गर्ने प्रयास सन् २०१५ देखि नै जारी राखिए पनि यसबाट मृत्यु हुनेको सङ्ख्या अझै पनि ठूलो दे ... बाँकी अंश»

चीनमा पानीजहाज दुर्घटनामा दश माझी बेपत्ता

२०७२ फाल्गुण १६ आइतबार, क्वीनदाओ (चीन) । चीनको ‘एलो सी’मा शनिबार बिहान भएको पानीजहाज दुर्घटना हुँदा जहाजमा यात्रारत १० जना समुद्रमा हराइरहेको स्थानीय प्रशासनले जनाएको छ ।    व्यापारिक प्रयोजनका लागि सामान लिन हिँडेको उक्त जहाज स्थानीय माझीको माछा मार्न प्रयोग गरिने डुङ्गासँग पूर्वी चीनको सानदोङ प्रान्तको चाओलिन टापु नजिकै ठक्कर खाएपछि डुङ्गामा सवार सबैजना पानीमा डुबेको क्विनदाओ प्रशासनले जनाएको छ ।    समुद्रमा हराइरहेका माझीहरुको खोजीका लागि उद्धार टो ... बाँकी अंश»

सिरियामा अमेरिका र रसियाको अग्निपरीक्षा

२०७२ फाल्गुण १५ शनिबार, काठमाडौ। बितेका कम्तीमा पनि पाँच वर्षदेखि चरम हिंसाको चपेटामा फसेको मध्यपूर्वी देश सिरियामा युद्धविरामको नयाँ अध्यायले युद्धअन्त्यको नयाँ आशा जागेको छ । संयुक्त राज्य अमेरिका र रसियाले सिरियामा शनिबारदेखि लागू हुनेगरी युद्धविरामको प्रस्ताव गरेका छन् । यो आलेख तयार पार्दासम्म त्यहाँ युद्धविरामको सुरुवात पनि भइसकेको छ ।    लामो समयदेखि हिंसाले आक्रान्त यस मुलुकमा द्वन्द्वकै कारण गत पाँच बर्ष यता दुई लाख ७१ हजार व्यक्तिको मृत्यु भएको छ । य ... बाँकी अंश»

युद्धविरामको पालना गर्न सिरियालाई विश्वको दबाब

२०७२ फाल्गुण १४ शुक्रबार, दमासकस (सिरिया) । विगत लामो समयदेखि हिंसा जारी रहेको मध्यपूर्वी एक राष्ट्र सिरियामा शुक्रबार मध्यरातिदेखि लागू हुने भनिएको युद्धविरामलाई विश्वव्यापी रुपमा हेरिएको समाचार छ । यसका कारण संसारमा नै यस विषयमा चासो र चर्चा पनि सुरु भएको बताइएको छ । शुक्रबारै मध्यरातिदेखि सुरु हुने भनिएको सो युद्धविरामको पालनाका लागि सिरियालाई पनि दबाब बढिरहेको छ ।    संयुक्त राज्य अमेरिका र रसियाको नेतृत्वमा सिरियामा युद्धविरामको प्रस्ताव गरिएको हो । सो प्रस् ... बाँकी अंश»

भारतले ११ पाकिस्तानी आतङ्ककारीको नाम राष्ट्रसंघलाई बुझायो

२०७२ फाल्गुण १३ बिहिबार, नयाँ दिल्ली। भारतले ११ जना पाकिस्तानी आतङ्ककारीको नाम संयुक्त राष्ट्रसंघलाई दिएको जनाएको छ । भारतमा आतङ्ककारी क्रियाकलापमा सम्लग्न रहेको भन्ने आरोपमा उसले ती नामहरु संयुक्त राष्ट्रसंघसमक्ष प्रस्तुत गरेको जनाइएको हो ।    भारतमा आतङ्ककारी क्रियाकलापमा सम्लग्न ती आतङ्ककारीको नाम संयुक्त राष्ट्रसंघसमक्ष दिइएको जानकारी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले जानकारी बताइन् । बुधबार भारतीय संसदको अधिवेशनलाई सम्बोधन गर्दै ती व्यक्तिको नाम र ... बाँकी अंश»

सिरिया सङ्कट समाधान गर्न पुटिन सक्रिय

२०७२ फाल्गुण १२ बुधबार, मस्को (रसिया) । रसिया र अमेरिकी पहलमा सिरियाको राजनीतिक सङ्कट समाधान गर्ने प्रयासअन्तर्गत रुसी राष्ट्रपति भ्लादमिर पुटिनले इरानी एवम् साउदी अरेबियाका उच्च अधिकारीसँग बुधबार छलफल गरेका छन् । पुटिनको इरानी एवम् साउदी अरेबियाली अधिकारीसँगको छलफल खासगरी सिरियाको राजनीतिक सङ्कट समाधानमा लक्षित भएको क्रेमलिनले जनाएको छ ।    पाँच वर्ष लामो सिरियाको राजनीतिक सङ्कट समाधान गर्न अमेरिका र रसियाले एक संयुक्त विज्ञप्तिमार्फत प्रस्ताव गरेको युद्ध व ... बाँकी अंश»

उत्तरी म्यानमारको जातीय हिंसा रोक्न सेनाको हस्तक्षेप

२०७२ फाल्गुण १२ बुधबार, याङ्गुन । म्यानमारको उत्तरी क्षेत्रमा जारी रहेको जातीय द्वन्द्व र त्यसका कारण उत्पन्न भएको हिंसाको अन्त्यका लागि त्यहाँको सैनिकले हस्तक्षेप गरेको छ । गएको कैयौँ महिनादेखि उत्तरी म्यानमारका दुई जिल्ला नामसाम र क्याकुममा जातीय हिंसा भड्किएको छ । सो हिंसामा परी सयौँको ज्यान गएको छ । उक्त क्षेत्रको द्वन्द्व नियन्त्रणका लागि म्यानमारको प्रहरी सफल हुन सकेको छैन । त्यसैले सेनाले सो हिंसा नियन्त्रणका लागि आफ्नो सहभागिता रहने भन्दै हस्तक्षेप गरेको हो ... बाँकी अंश»

नयाँ