विश्व

कोलम्बियाको भीषण पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या २५४ पुग्यो

२०७३ चैत २१ सोमबार, मोकोआ (कोलम्बिया)। कोलम्बियामा विनाशकारी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या २५४ पुगेको छ । मोकमोआमा भएको घटनामा परी मृत्यु भएकामध्ये ४३ जना बालबालिका रहेका छन् । अन्य २०० जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।    स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको प्रकोप फैलिनसक्ने भएकाले पूर्व सतर्कता अप्नाउन आह्वान गरेका छन् ।राष्ट्रपति जोन म्यानुअल सान्तोषले ठूलो स्वास्थ्य समस्या देखिनसक्ने भन्दै पानी र औषधिक ... बाँकी अंश»

ट्रम्प उत्तर कोरियाको समस्या समाधानतिर लागे, भन्छन् –परमाणु चुनौती अमेरिकाले सुल्झाउँछ

२०७३ चैत २१ सोमबार, काठमाडौं । आफ्नो देशमा थुप्रै समस्या बल्झाएर चर्चामा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या समाधान गर्नतिर लागेका छन् ।   उनले उत्तर कोरियाले दिएको परमाणुको चुनौती अमेरिकाले नै समाधान गर्ने दावी गरेका छन् । ट्रम्पले परमाणु चेतावनीलाई चीनको सहायता लिएर वा नलिएरै पनि समाधान गर्ने बताएका हुन् ।    बेलायतको पत्रिका ‘फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिने क्रममा ट्रम्पले ‘यदि चीन समाधान गर्दैन भने अमेरिकाले ... बाँकी अंश»

भारतमा विषाक्त माछा खाएर २०० प्रहरी अस्पताल भर्ना

२०७३ चैत २० आइतबार, नयाँ दिल्ली। भारतका झन्डै दुइसय अर्थसैनिक प्रहरी विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन् । भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भइ अस्पताल भर्ना गरिएको हो ।    सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सिआरपीएफ)मा आवद्ध ती प्रहरी प्रशिक्षार्थीहरु र तालिममा रहेका अन्य सुरक्षाकर्मीले खानाको रुपमा भात र माछा खाएका थिए ।    अर्नाकुलम जिल्लामा शनिबार बेलुका साँझको खाना खाएपछि उनीहरु विरामी भएको ... बाँकी अंश»

कोलम्बियामा भीषण पहिरोमा परी कम्तीमा २०६ जनाको मृत्यु, २२० बेपत्ता

२०७३ चैत २० आइतबार, पुतुमायो । दक्षिण पश्चिमी कोलम्बियामा भीषण पहिरोमा परी कम्तीमा २ सय ६ जनाको मृत्यु भएको छ । रातभर निरन्तर परेको वर्षापछि पुतुमायो प्रान्तका नदीका किनार क्षेत्र भत्किएसंगै बाक्लो माटोसहितको पहिरोले घरहरु बगाउँदा त्यतिठूलो संख्यामा ज्यान गएको हो ।   उद्धारमा खटिएको रेडक्रस सोसाइटीले पहिरोमा परी २२० बढी बेपत्ता भएको जनाएको छ । २ सय २ जना घाइते अवस्थामा उद्धार भएको छ ।    कोलम्बियाली राष्ट्रपति हुँवा म्यानुएल सान्तोसले घटनास्थलको निरीक् ... बाँकी अंश»

किमको मृत शरिर प्योङ्याङ् पुर्‍याइयो, तीन आरोपितलाई उत्तर कोरिया

२०७३ चैत १९ शनिबार, क्वालालम्पुर (मलेसिया) । मलेसियामा हत्या गरिएको उत्तर कोरियाली नेता किमजोङ्का सौतेनी दाजू किम जोङ नामको मृत शरिरलाई वेइजिङ्को बाटो हुँदै प्योङ्याङ पुर्‍याइएको चीनले बताएको छ ।    मृत शरीरसँगै किमको हत्यामा संलग्न भनी आरोप लागेका तीन आरोपितलाई पनि उत्तरकोरिया पठाइएको मलेसियाको राष्ट्रिय प्रहरीका प्रमुख खालिद अवु वाकरले बताए।    किमलाई उक्त कोरियालाई जान विमानस्थल पुगेका वेला घातक विषाक्त मिसिएको (भिएक्स) प्रयोग गरी गत फेबु्रअरी १३ म ... बाँकी अंश»

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क भ्रष्टाचार आरोपमा पक्राउ

२०७३ चैत १८ शुक्रबार, सोल । महाअभियोगपछि पदबाट हट्न वाध्य भएकी दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गुयन हेई भ्रष्टाचार आरोपमा पक्राउ परेकी छिन् ।   अदालतले पक्राउ गर्न आदेश दिएपछि पार्कलाई प्रहरीले नियन्त्रणमा लिई सोलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखिएको जनाइएको छ ।   पदमा रहँदा उनले विभिन्न कम्पनीबाट मोटो रकम भ्रष्टाचार गरी आफ्ना सहयोगी चाई सून सीललाई सहयोग गरेको अभियोग लगाइएको छ । यद्यपी आफूलाई लगाइएको आरोपको पार्क र चाई दुबैले अस्वीकार गर्दै आ ... बाँकी अंश»

ट्रम्पलाई अदालतको झट्का, भिसा प्रतिबन्धको निर्णयमा अनिश्चितकालीन रोक

२०७३ चैत १७ बिहिबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध हवाईको एक अदालतले कडा निर्णय गरेको छ । अमेरिकी प्रान्त अवाईको एक अदालतले ट्रम्पको थप ६ मुस्लिम बहुल देशका नागरिकलाई प्रतिबन्ध लगाउने निर्णयमाथि अनिश्चितकालीन रोक लगाएको हो । न्यायाधीश डेरिक वाट्सनको इजलासले जब सम्म यो मामिला अदालतमा रहन्छ तबसम्म ट्रम्प आफ्नो निर्णय कार्यान्यन गर्न नपाउने भनेको छ । हवाई त्यस्तो प्रान्त बनेको बताइँदैछ, जहाँ ट्रम्पको प्रतिबन्ध रोक्ने कयौँ कोशिश भइरह ... बाँकी अंश»

अमेरिकाको टेक्सासमा बस र ट्रक जुधे, कम्तीमा १२ जनाको मृत्यु

२०७३ चैत १७ बिहिबार, टेक्सास । अमेरिकाको टेक्सासमा चर्चको मिनी बस र पिक अप ट्रक जुध्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।    न्यू ब्रानुफेल्सस्थित फस्ट बाप्टिस्ट चर्चका १४ जना पाका सदस्य लिएर गइरहेको मिनी बस एक्कासी ट्रकसँग ठोक्किएको थियो ।   सान एन्टोनियो सहरदेखि १२० किलोमिटरको दुरीमा रहेको गार्नर स्टेट पार्क नजिकै दुर्घटना भएको हो । चर्चका सदस्यहरु क्याम्पमा फर्किदै गर्दा दुर्घटना भएको हो ।    दुर्घटनाको कारण खुलेको ... बाँकी अंश»

बेलायतद्वारा युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया सुरु

२०७३ चैत १७ बिहिबार, लन्डन । बेलायतले युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया ब्रेक्जिट सुरु गरेको छ । यसका लागि कानुनी प्रक्रियासमेत सुरु भएको बेलायतले जनाएको छ । मन्त्रीहरुले सहजै युरोपेली संघबाट बाहिरिने प्रक्रिया अगाडि बढाएका छन् ।    बेलायती प्रधानमन्त्री थेरेसा मेले संसदमै अब अगाडि बढ्ने बेला आएकाले पछाडि नफर्किइ समस्या समाधानमा जुट्नसमेत सांसदहरुलाई आग्रह गरेकी छिन् ।    बेलायतका जनताले सङ्घबाट बाहिरिने पक्षमा मतदान गरेको केही महिनापछि प्रधानमन् ... बाँकी अंश»

जलवायु परिवर्तन रोक्ने नीति रद्ध गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर

२०७३ चैत १६ बुधबार, ह्वाइटहाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिका राष्ट्रपति बाराक ओबामाको शासनकालमा जलवायु परिवर्तन रोक्न जारी गरिएको नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।   हस्ताक्षरपछि बोल्दै ट्रम्पले कोइलालाई लिएर भएको विरोध र रोजगारी अन्त्य गर्ने नीति सधैका लागि अन्त्य हुने बताए ।   चुनावी प्रचारप्रसारका क्रममा ट्रम्पले सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्झौताबाट अमेरिकालाई अलग गर्ने प्रतिबद्धता जनाएका थिए ।    य ... बाँकी अंश»

रहेनन् मण्डेलाका सहयात्री, अस्वेत सङ्घर्षका अगुवा 'अहमद कथ्राडा'

२०७३ चैत १५ मंगलबार, जोहनेसबर्ग। दक्षिण अफ्रिकामा स्वेतहरुले गरेको शासनका विरुद्ध अस्वेतले गरेको सङ्घर्षका अगुवा अहमद कथ्राडाको मङ्गलबार विहान निधन भएको छ । दक्षिण अफ्रिकाका सर्वोच्च नेता नेल्सन मण्डेलाका सबै भन्दा नजिकका सहयात्री कथ्राडाको ८७ वर्षको उमेरमा निधन भएको हो ।    कथ्राडा मण्डेलासँग सन् १९६४ मा आन्दोलन र जेलमा संगसगै परेका थिए । उनिहरुले नेतृत्व गरेको आन्दोलनले संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो । उनले २६ वर्ष तीन महिना कारागारका विताएका थिए ... बाँकी अंश»

कुकुरको नाममा लागू औषध तस्करी, भारी परिमाणमा हेरोइन पक्राउ

२०७३ चैत १५ मंगलबार, न्युयोर्क। कुकुर ओसार पसार गर्न प्रयोग हुने काठको खोर (उडन क्रेट) मा लुकाएर अमेरिका भित्र्याउन लागिएको दश किलोग्रामभन्दा बढी प्रतिबन्धित कडा लागू औषध – हेरोइन अमेरिकी अधिकारीहरुले बरामद गरेका छन् । सो क्रेटमा नक्कली पीँधमा तयार पारी त्यस भित्र हेरोइन कोची भन्सारलाई झुक्याउन उक्त लागु पदार्थ अमेरिका भित्र्याउन खोजिएको प्रयासलाई प्रहरी अधिकारीहरुले बिफल तुल्याइ दिएका हुन् ।   पुर्टोरिकोबाट न्युयोर्कको जोन एफ केनेडि विमानस्थल हुँदै अमेरि ... बाँकी अंश»

भ्रष्टाचारको विरोध गर्ने रुसी विपक्षी दलका नेता नाभाल्नीसहित पाँच सय जना पक्राउ

२०७३ चैत १४ सोमबार, मस्को । रुसका विपक्षी दलका मुख्य नेता एलेक्से नाभाल्नीसहित कम्तीमा पाँच सय जना कार्यकर्ता राजधानी मस्कोमा पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध राजधानी मस्कोमा भइरहेको प्रदर्शनको क्रममा विपक्षी नेता नाभाल्नीसहितलाई प्रहरीले पक्राउ गरेको हो ।   नाभाल्नीले रुसमा भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएका छन् । मस्कोमा भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री दिमित्री मेद्भेदेभ भ्रष्टाचारमा संलग्न रहेको भ ... बाँकी अंश»

ताइवानमा बर्डफ्ल्यु

२०७३ चैत १३ आइतबार, ताइपेई । ताइवानको सरकारले दुईवटा पोल्ट्री फार्ममा फेरी बर्डफ्ल्यु सङ्क्रमित कुखुरा भेटिएको जनाएको छ । बर्डफ्ल्युको सङ्क्रमण अन्यत्र फैलिन नदिन दुवै फार्मका झन्डै १४ हजार कुखुरा एकै ठाउँमा राखिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।    ताइवानकै ताइनान सहरमा पनि शनिबार एउटा कुखुरा फार्ममा एच फाइभ भाइरस सङ्क्रमित कुखुरा भेटिएपछि झन्डै आठ हजार कुखुरा मारिएको थियो । ताइवान फिरन्ते चराहरू बढी आवतजावत देशका रूपमा चिनिन्छ । त्यसैले यहाँ यस वर ... बाँकी अंश»

युरोप छिर्न खोजेका साढे दुई सय आप्रवासी सवार डुंगा डुब्यो

२०७३ चैत ११ शुक्रबार, लिबिया । भूमध्यसागर हुँदै युरोप छिर्ने क्रममा करीव दुई सय ५० जना आप्रवासी सवार डुंगा डुबेको छ । स्पेनी सहायता दलका अनुसार लिबियाको तटीय क्षेत्रमा आप्रवासीहरु चढेको डुंगा डुबेको हो ।   सहायता दलले उद्धारलाई तीव्रता दिएको छ । जिवितको संख्या कमै हुन सक्ने अनुमान सो दलले गरेको छ । डुंगामा क्षमताभन्दा बढी आप्रवासी रहेकाले डुबेको प्रारम्भिक अनुमान गरिएको छ ।    अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओएमका अनुसार आप्रवासीहरु तीव्र दरमा लिबिया हुँद ... बाँकी अंश»

लण्डन आतंकवादीको निशानामा, पाँच जनाको मृत्यु ४० बढी घाइते

२०७३ चैत १० बिहिबार, लण्डन । बेलायतको संसद भवन बाहिर भएको आतंकवादी आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा ४० बढी घाइते भएका छन् । मारिनेमा एक प्रहरी अधिकारी, तीन सर्वसाधारण र एक आक्रमणकारी रहेको स्कटल्याण्ड यार्ड प्रहरीले जनाएको छ ।    प्रहरीका अनुसार मध्य लण्डनमा वेष्ट मिनिस्टर ब्रिजमा चलिरहेको एक कारले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।   त्यसपछि कार सवार उक्त व्यक्ति संसद नजिक पुगेर कारबाट ओर्लिए ... बाँकी अंश»

जापान उच्च राष्ट्रिय ब्यापार गर्न सफल

२०७३ चैत ९ बुधबार, टोक्यो । गत फेब्रुअरी महिनामा मासिक राष्ट्रिय ब्यापार तथा बाणिज्यगत कारोबारमा सन् २०१० यताकै अति उच्चतम बचत आर्जन गर्न जापान सफल भएको छ ।    यस अवधिमा जापानबाट अत्याधुनिक ठूला मेसिनरी तथा बिद्युतीय उपकरणहरुको चीन निर्यातमा २८ प्रतिशत वृद्धिले गर्दा पनि उच्चतम मुनाफा आर्जन गर्न जापान सफल भएको जनाइएको छ ।    यस्ता अत्याधुनिक ठूला मेसिनरी तथा बिद्युतीय उपकरणको प्रयोगबाट चीनले पनि निर्यातयोग्य गुणस्तरीय सर सामान उत्पादन गर्न सफल भएको जन ... बाँकी अंश»

अमेरिकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशले भने, ‘कानुनभन्दा माथि कोही छैन’

२०७३ चैत ९ बुधबार, ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित गरेका नेल गोरसचले कानुनभन्दा माथि कोही नभएको बताएका छन् ।   सिनेटको सुनुवाइका क्रममा उनले राष्ट्रपति ट्रम्प पनि कानुनभन्दा माथि नरहेको स्पष्ट पारे । उनले भने, ‘मलाई जसले न्यायाधीशका लागि मनोनित गरे उनी पनि कानुनभन्दा माथि छैनन् ।’   सुनुवाईका क्रममा गोरसचले कसरी काम गर्ने भनेर कसैले वाचासमेत नगराएको उल्लेख गरे ।    गोरसचले ट्र ... बाँकी अंश»

यूरोपियन यूनियनले अप्रिल २९ मा ब्रेक्जिटबारे बिशेष सम्मेलन गर्ने

२०७३ चैत ८ मंगलबार, ब्रसेल्स (बेल्जियम)। यूरोपियन यूनियन (इयू)का २७ सदस्य राष्ट्रले बेलायतको इयूबाट हुने बहिर्गमनका विषयमा राजनैतिक लक्ष्य निर्धारण गर्ने विषयमा निर्णय लिन आगामी अप्रिल २९ गतेका लागि विशेष सम्मेलनको आयोजना गर्ने भएको छ ।    इयू प्रमुख डोनाल्ड टस्कले मङ्गलबार इयू सदस्य राष्ट्रवीच विशेष सम्मेलन गर्न लागिएको जनाएका छन् । बेलायतले यही मार्च २९ मा ब्रेक्जिटका विषयमा औपचारिक प्रक्रिया शुरु गर्न आफ्ना धारणा सहितको पत्र इयूलाई पठाइन लागेको भनी बेलाय ... बाँकी अंश»

अमेरिकाले जहाजमा ल्यापटप र ट्याबलेट लैजान प्रतिवन्ध लगायो

२०७३ चैत ८ मंगलबार, न्यूयोर्क । अमेरिकाले विमानमा यात्रा गर्दा विद्युतीय उपकरणहरु क्याबिन ब्यागेजमा लैजान प्रतिवन्ध लगाएको छ । अमेरिकी सरकारी स्रोतलाई उल्लेख गर्दै बीबीसीले मध्यपूर्वी तथा उत्तरी अफ्रिकी आठ राष्ट्रबाट ल्यापटप, ट्यावलेटजस्ता उपकरणमा प्रतिवन्ध लगाएको जनाएको छ ।    मोवाइल फोन र स्मार्ट फोन भने क्यारीअन लगेजमा लैजान सकिने जनाइएको छ । गृह सुरक्षा विभाग डीएचएसले यसबारेमा आवाज कम आए पनि यो विषयमा मंगलबार घोषणा गरिने जनाइएको छ ।   कुन एयरलाइन्स ... बाँकी अंश»

नयाँ