विश्व

अफगानिस्तानमा आत्मघाती विष्फोट, तलब लिन बैंकमा लाइन बसेका ८ को मृत्यु

२०७३ माघ २९ शनिबार, एजेन्सी । अफगानिस्तानको हेलमण्ड प्रान्तको राजधानी लश्कर गहमा एक आत्मघाती विष्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । हेलमण्डका गर्भनरका अनुसार विष्फोटमा परी २० जना घाइते भएका छन् । आक्रमणकारीले विष्फोटक पदार्थले भरिएको कार अफगान राष्ट्रिय सेनाको गाडीसँग ठोकेका बताइएको छ । सेनाको गाडी बैँकसँगै जोडिएको पार्क जनिकै रहेको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परेकाहरु तलब लिन बैंक अगाडि लाइन लागेका थिए । अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मेव ... बाँकी अंश»

अमेरिका प्रवेशमा ट्रम्पले लगाएको प्रतिवन्ध उल्टियो

२०७३ माघ २८ शुक्रबार, लस एन्जेल्स्। अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका व्यक्तिहरुलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयको विरुद्धमा फैसला गरेको छ । नयाँ राष्ट्रपतिको विवादास्प्रद कार्यकारी निर्णयलाई सान फ्रान्सीस्को प्रान्तीय पुनरावेदन अदालतले तत्कालका लागि रोक लगाएको हो ।    आफ्नो निर्णय विरुद्ध अदालतको आदेश आएपछि राष्ट्रपति ट्रम्पले ट्विटमा लेख्नु भएको छ, “हामी पुनः अदालतमा भेटौला, देशको सुर ... बाँकी अंश»

ट्रम्पले के भने अफगानिस्तानी राष्ट्रपतिलाई ?

२०७३ माघ २८ शुक्रबार, काबुल । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा उनिहरुले समसामयिक विषयमा कुराकानी गरेको अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ ।    आतङ्कवादी र अतिवादी विरुद्धको लडाइका विषयमा फोनबार्ता केन्द्रीत भएको कार्यालयद्वरा जारी वक्तव्यमा जनाइएको छ । दुई नेताहरुले अफगानिस्तानको सुरक्षा अवस्था, विकासको अवस्था, लगानी र आर्थिक अवस्थाका बारेमा पनि छ ... बाँकी अंश»

अमेरिकी राष्ट्रपति ट्रम्प र न्यायपालिकाबीचको जुहारी जारी, निर्णय पुनरावेदनबाट बदर

२०७३ माघ २८ शुक्रबार, वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यायपालिकाबीचको तिक्तता चुलिएको छ । पछिल्लो पटक फेरि अदालतले गरेको निर्णयबाट ट्रम्पलाई झट्का लागेको छ ।    अमरिकी एक संघीय पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पको सात मुस्लिम मुलुकका नागरिकलाई यात्रा अनुमति नदिने निर्णय अनुचित भन्दै सियाटल अदालतले गरेको निर्णय सदर गरिदिएको छ ।   सात मुस्लिम बहुल मुलुकका नागरिकलाई अमेरिका प्रवेश नदिन राष्ट्रपति ट्रम्पले गरेको विवादित कार्यकारी आदेश ... बाँकी अंश»

आइएसको निशानामा आइसीआरसीका कर्मचारी, छ जनाको हत्या

२०७३ माघ २७ बिहिबार, काबुल । अफगानिस्तानमा आतंकवादी समूह इस्लामिक स्टेट आइएसले अन्तर्राष्ट्रिय रेडक्रस समितिका ६ जना कर्मचारीको हत्या गरेको छ ।   आइएसले कुश तेपा प्रान्तमा रेडक्रसका कर्मचारीमाथि आक्रमणपछि गोली हानी हत्या गरेका त्यहाँका गभर्नरले जनाएका छन् । घटनास्थल अफगानिस्तानको राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरतर्फ पर्दछ ।   आइएस समर्थित लडाकुहरुको समूहले अपहरण गरेका आठ जनामध्ये छ जनाको हत्या गरेको रेडक्रसले जनाएको छ ।   कर्मचारीको हत ... बाँकी अंश»

पाकिस्तानमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२०७३ माघ २६ बुधबार, इस्लामावाद । पाकिस्तानमा बुधबार बिहानै ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । स्थानीय समय अनुसार बिहान ३ः०३ बजे ६.३ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन जिओलजिकल सर्वेले जनाएको छ ।    भूकम्प पाकिस्तानको पूर्वी बन्दरगाह सहर पस्नीबाट २३ किलोटिटर दक्षिण पूर्वलाई केन्द्रबिन्दु बनाउँदै गएको हो ।    भूकम्पको धक्का बलुचिस्तान, ग्वादर र टुर्बाटमा महसुस गरिएको पाकिस्तानी सैनिकले पुष्टि गरेको छ ।    भूकम्पबाट भएको क्षति ... बाँकी अंश»

काबुलमा आत्मघाती विष्फोट, कम्तीमा २० जनाको मृत्यु, ४५ घाइते

२०७३ माघ २५ मंगलबार, काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार गराइएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ४५ जना घाइते भएको काबुल प्रहरीले जनाएको छ ।    घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अस्पताल स्रोतलाई उधृत गर्दै काबुल प्रहरीले जनाएको छ । घाइतेहरुको अंगभंग भएकोसमेत जनाइएको छ ।    एक जना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस ... बाँकी अंश»

भारतमा भूकम्प, राजधानी नयाँ दिल्ली ३० सेकेन्डसम्म हल्लियो

२०७३ माघ २५ मंगलबार, नयाँदिल्ली । भारतमा सोमबार राति गएको ५.८ रेक्टर स्केलको भूकम्पले नयाँ दिल्ली ३० सेकेन्डसम्म हल्लिएको छ । उत्तराखण्डको रुद्रप्रयागमा जमिनदेखि ३३ किलोमिटर गहिराइमा केन्द्रबिन्दू रहेको भूकम्पले कुनै क्षतिको विवरण भने आइसकेको छैन ।   स्थानीय समयअनुसार राति १०ः३३ बजे गएको भूकम्पको झड्का उत्तराखण्ड, पञ्जाव, उत्तरप्रदेश लगायतमा महसुस गरिएको थियो ।   भूकम्पका कारण रातारात मानिस घरबाहिर निस्किएका थिए ।    भूकम्पको झड्का नेपालको सुदूरपश् ... बाँकी अंश»

कतार विमानले राख्यो विश्वको सबैभन्दा लामो उडानको कीर्तिमान

२०७३ माघ २५ मंगलबार, अकल्याण्ड । विश्वकै सबैभन्दा लामो दूरीको व्यवसायिक उडानका लागि छुटेको कतार विमान कम्पनीको विमान निर्धारित तालिकाअनुसार न्युजिल्याण्डको अकल्याण्ड अवतरण भएको छ ।    कतार कम्पनीको विमान नम्बर क्यूआर ९२० ले आफ्नो निर्धारित १४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारित समयभन्दा केही मिनेट पहिल्यै अकल्याण्डमा अवतरण भएको उक्त विमान कम्पनीले जनाएको छ ।    यससँगै कतारको राजधानी दोहाबाट अकल्याण्डका लागि उडेको उक्त विमानले यस पहिले दुबईको इमिरेट् ... बाँकी अंश»

ट्रम्पको अधैर्य स्वभाव कायमै, अब पालो सीमाहरुमा सुरक्षा जाँच कडाइको

२०७३ माघ २४ सोमबार, न्यूयोर्क । अदालतले आफ्नो नीतिविरुद्ध निर्णय गरेपछि छट्पटिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अब सीमाहरुमा सुरक्षा जाँच कडाइतिर लागेका छन् । आफ्नो निर्णयविरुद्ध अदालत लागेपछि उनले अदालती पद्धतिलाई चुनौतीसमेत दिएका छन् ।    मुस्लि छिर्न नदिने नीतिविरुद्ध अदालत उभिएपछि ट्रम्पले देशमा कुनै क्षति हुन गयो भने निर्णय गर्ने न्यायाधीश र अदालती पद्धतिले त्यसको जिम्मेवारी लिनुपर्ने चेतावनीसमेत दिएका छन् ।    उनले न्यायालयको आदेश लत्याउ ... बाँकी अंश»

ट्रम्प जिद्दी बन्दै, अदालती आदेशले पनि रोकिएन अडान

२०७३ माघ २३ आइतबार, काठमाडौं । सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न न्यायालयले अन्तरिम आदेश दिएपछि अमेरिकी प्रशासनले उक्त आदेश फिर्ता लिएको छ ।   सियाटल राज्यका न्यायाधीश जेम्स रोबर्टले ट्रम्पको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका थिए ।   ट्रम्पको आदेशमा रद्द गरिएका करिब ६० हजार भिसा फेरि बहाल गरिने विदेश मन्त्रालयले जनाएको छ ।    ट्रम्प भने यस रोकावटलाई बेतुकको भन्दै ... बाँकी अंश»

कठिन बन्दै अमेरिकी हिन्दूहरुको जीवन

२०७३ माघ २२ शनिबार, काठमाडौं । सुरुवाती समयमा हिन्दूहरुले ट्रम्पको विजयको लागि भन्दै यावत प्रार्थना र पूजाआजा समेत गरे । ट्रम्पले पनि आफ्नो नेसनल प्रेयरमा हिन्दू पुरोहितलाई बोलाएर हिन्दूहरुप्रति आस्था रहेको पनि देखाए । तर, पछिल्लो समय उनले क्रिश्चियन संगठनको माग बमोजिम ल्याउन लागेको धार्मिक उदारता अन्त्य गर्ने खालको आदेशको ड्राफ्टलाई हेर्ने हो भने अमेरिकामा रहेको हिन्दूहरुको जीवन समेत कठिन बन्ने अवस्था आएको अमेरिकी सञ्चारमाध्यम वासिंटन पोष्टले जनाएको छ ।  &nbs ... बाँकी अंश»

ट्रम्पले इयूसँग सहकार्य नगरे ट्रम्पको भविष्य सकिन्छ : फ्रान्सेली राष्ट्रपति

२०७३ माघ २१ शुक्रबार, माल्टा। फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ अलान्दले शुक्रबार आफ्ना अमेरिकी समकक्षि डोनाल्ड ट्रम्पबाट यूरोपियन युनियन (इयू)माथि आउने कुनै पनि दवाव अस्वीकार्य हुने बताएका छन् । ट्रम्पले पछिल्लो समय इयूको समूह राष्ट्रभित्र फुट ल्याउने उद्देश्यले आफ्नो गतिविधि सञ्चालन गर्ने गरेको अलान्दको भनाइ छ ।    अमेरिकी राष्ट्रपतिले केही विज्ञप्तिमा इयूलाई यो वा त्यो गर्न हुने वा नहुँने भनी दिएका अभिव्यक्ति इयूलाई मान्य नहुँने माल्टामा भइरहेको इयू शिख ... बाँकी अंश»

पाकिस्तानको चीनसँग समर्पण बढ्यो, चीनले लगानी बढाउँदा भारत चिन्तित

२०७३ माघ २१ शुक्रबार, कराँची । चीनले पाकिस्तानमा लगानी बढाएको छ । यसअघि नै धेरै लगानी रहेको चीनले पाकिस्तानमा थप लगानी भित्र्याउने तथा जग्गा खरीद गर्ने निर्णय गरेको रोयटर्सले जनाएको छ । चीनले अहिले आफ्नो व्यापार रुट विकसित गर्नको लागि भन्दै ५७ अर्ब डलर लगानी गरेको छ । अहिले थप गर्न लागिएको लगानीमा चीनले सिमेन्ट स्टिल, इनर्जी तथा टेक्सटाईल कम्पनीमा लगानी तथा गर्ने तयारी गरिरहेको बताईएको छ । यस्तो लगानी चीनको विश्वव्यापी परियोजना ‘वान बेल्ट, वान रोड’लाई सहयोग पुग्न ... बाँकी अंश»

ट्रम्पको पछि लाग्दा कुवेतले विर्सियो आफ्नै धर्म !

२०७३ माघ २० बिहिबार, काठमाडौं । ट्रम्पले मुस्लिम मुलुकमाथि प्रतिवन्ध लगाएकै केही दिन पछि मुस्लिम मुलुकको रुपमा चिनिएको कुवेतले समेत मुस्लिम मुलुकमाथि प्रतिवन्ध लगाएको छ । आतंकवादी पृष्ठभूमिका व्यक्तिहरुलाई नियन्त्रण गर्ने भन्दै कुवेतले पाँच मुलुकमाथि प्रतिबन्ध लगाएको टाईम्स अफ इन्डियाले जनाएको छ ।    यसरी प्रतिबन्ध लगाईएको मुलुकहरुमा पाकिस्तान, अफगानिस्तान, सिरिया, इरान र इराक रहेका छन् । यस्ता मुलुकहरुमाथि कतिदिनको प्रतिबन्ध भन्ने समय तोकिएको छैन ।  &nbs ... बाँकी अंश»

ट्रम्पले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई खराब भनेपछि

२०७३ माघ २० बिहिबार, एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अष्ट्रेलियन प्रधानमन्त्री मैल्कम टर्नबुललाई खराब भनेका छन् । विदेश नेताहरुसँग फोनमा कुरा गर्ने क्रममा  ट्रम्पले हालै अष्ट्रेलियन प्रधानमन्त्रीसँग कुरकानी गरेका हुन् ।   ट्रम्प र  टर्नबुलबीच भएको फोन कल बीचैमा काटिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्  । दुबै बीच एक घण्टा निर्धारण गरिएको टेलिफोन कुराकानी २५ मिनेटमै टुङ्गिएको बताइएको छ । कुराकानीको क्रममा ट्रम्पले प्रधानमन्त् ... बाँकी अंश»

कहिल्यै राजनीति नगरेका ‘तेल मालिक’ बने अमेरिकी विदेश मन्त्री

२०७३ माघ २० बिहिबार, एजेन्सी । रेक्स टिलर्सन अमेरिकाको विदेश मन्त्री चुनिएका छन् । नियुक्त गर्न  सीनेटकाे ४३ मत आवश्यक रहेकामा रेक्सले ५६ मत पाए । उनलाई उपराष्ट्रपति माइक पेन्सले ओभल अफिसमा सपथ दिलाए । सपथ समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत उपस्थित थिए । सपथ लिएपछि रेक्सले भने, ‘राष्ट्रपति मातहत काम गर्दा म सधैँ अमेरिकी नागरिककै हितको प्रतिनिधित्व गर्नेछुँ ।’ टेक्ससमा बस्दै आएका ६४ वर्षीय रेक्स तेल र ग्यासका क्षेत्रमा काम गर्ने कम्पनी एक्सोन मोविलका पूर् ... बाँकी अंश»

रोमानियामा भ्रष्टाचार विरुद्ध डेढलाख बढी जनता सडकमा

२०७३ माघ २० बिहिबार, बुचारेष्ट । रोमानियाको राजधानी बुचारेष्टमा भ्रष्टाचार विरुद्धको अभियानमा लागेका डेढलाख बढी जनता सडकमा उत्रिएका छन् । सरकारले भ्रष्टाचारको आरोपमा जेलमा रहेका थुप्रै सरकारी अधिकारीहरुलाई छाड्ने निर्णय गरेपछि निर्णयको विरोध गर्दै ठूलो संख्यामा जनता सडकमा उत्रिएका हुन् ।   उनीहरुले बुधबार रातिसम्म रर्याली निकाले ।    केही आन्दोलनकारीले प्रहरीमाथिसमेत आक्रमण गरे ।   भीडलाई तितरवितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आक्रमणक ... बाँकी अंश»

बान की मुन भन्छन् – ‘म दक्षिण कोरियाको राष्ट्रपतिको उम्मेदवार होइन’

२०७३ माघ १९ बुधबार, सोल । संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने स्पष्ट पारेका छन् । आफ्नो मातृदेशमा भएको आकस्मिक पत्रकार सम्मेलनमा उनले आफू राष्ट्रपतिको दौडमा नभएको स्पष्ट पारेका हुन् ।    देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले बताए ।    उनले आफ्नो यो निर्णयबाट आफ्ना सुभेच्छुकलाई चित्त दुःखे पनि आफू रा ... बाँकी अंश»

भारतको बजेट : महंगी बढ्ने भयो नेपाली बजारमा पनि

२०७३ माघ १९ बुधबार, काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०१७को बजेट पेश गरेको छ । अर्थमन्त्री अरुण जेट्लीले बुधबार भारतीय संसद्मा चालू आर्थिक वर्षको बजेट पेश गरेका हुन् ।    भारतमा बजेट पेश भएसँगै नेपाली बजारमा पनि महंगी बढ्ने देखिएको छ । भारत सरकाले नेपाल आउने केही सामानहरुको पनि उत्पादनमा लाग्ने कर र अन्य देश बाट आउने कच्चा पदार्थमा समेत कर बृद्धि गराएपछि नेपालमा आउने सामानको भाउमा बृद्धि हुने देखिएको हो । किनभने नेपालको धेरै सामान भारतीय बजारमा नै आश्रित रहे ... बाँकी अंश»

नयाँ