विश्व

भारतको बजेट : महंगी बढ्ने भयो नेपाली बजारमा पनि

२०७३ माघ १९ बुधबार, काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०१७को बजेट पेश गरेको छ । अर्थमन्त्री अरुण जेट्लीले बुधबार भारतीय संसद्मा चालू आर्थिक वर्षको बजेट पेश गरेका हुन् ।    भारतमा बजेट पेश भएसँगै नेपाली बजारमा पनि महंगी बढ्ने देखिएको छ । भारत सरकाले नेपाल आउने केही सामानहरुको पनि उत्पादनमा लाग्ने कर र अन्य देश बाट आउने कच्चा पदार्थमा समेत कर बृद्धि गराएपछि नेपालमा आउने सामानको भाउमा बृद्धि हुने देखिएको हो । किनभने नेपालको धेरै सामान भारतीय बजारमा नै आश्रित रहे ... बाँकी अंश»

ट्रम्पको हस्तक्षेप सर्वोच्च अदालतमा पनि, तात्तियो डेमोक्रेटिक

२०७३ माघ १९ बुधबार, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा पनि हस्तक्षेप बढाएका छन् । उनले नेल गोर्सचलाई सर्वोच्च अदालतमा मनोनयन गरेका छन् । ४९ वर्षीय गोर्सच कोलोराडो राज्यका न्यायाधीश हुन् ।    यदि उनी सर्वोच्चमा प्रवेश गरे भने स्वर्गीय न्यायाधीश एन्टोनिन स्कालियाको ठाउँ ओगट्ने छन् ।    गोर्सचको मनोनयन भने सिनेटबाट पारित हुनुपर्छ । डेमोक्रेटिक पार्टीका सांसदहरुले भने अति कन्जरभेटिभ भयो भने संसद नै अवरुद्ध गर्ने चेतावनी दिइ ... बाँकी अंश»

अमेरिकी सङ्घीय अदालतमा ट्रम्प विरुद्ध मुद्दा पर्‍यो

२०७३ माघ १८ मंगलबार, सियाटल। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरिया आप्रवासीलाई आगामी तीन महिनासम्म र मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका विश्वका सात राष्ट्रका नागरिकलाई अमेरिका भित्र प्रवेश गर्न निषेधात्मक कार्यकारी आदेश जारी गर्ने घोषणाको अमेरिका मै तथा अन्य राष्ट्रमा पनि सुरु भएको विरोधले व्यापकता पाएको छ ।    यसै क्रममा, वासिङ्गटन राज्यका महान्याधिवक्ताले यस आदेश विरुद्ध सियाटलको अमेरिकी सङ्घीय अदालतमा मुद्दा दायर गरी कानुनी उपचार ... बाँकी अंश»

बुल्गेरियाको अन्तरिम सरकारको पहिलो बैठक

२०७३ माघ १८ मंगलबार, सोफिया । बुल्गेरियाको अन्तरिम सरकारको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा अन्तरिम प्रधानमन्त्री ओङ्गयान गेर्डजीकोभले अन्य सरकार जस्तो अहिलेको सरकार नभएको बताएका थिए । उनले अरुको भन्दा आफ्नो सरकार धेरै दौडिएको पनि बताएको अन्तरिम सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।    गेर्डजीकोभले देशका लागि निकै महत्वपूर्ण विषयको रुपमा रहेको युरोपियन युनियनको अध्यक्षता गर्ने तयारीका बारेमा पनि बैठकमा जानकारी मागेका थिए । बुल्गेरिया आउदो सन् ... बाँकी अंश»

पुटिन र ट्रम्पबीच प्रत्यक्ष भेटको तयारी

२०७३ माघ १८ मंगलबार,  मस्को (रसिया)। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार भएको फोनवार्तापछि दुवै देशका अधिकारीलाई प्रत्यक्ष भेटको बन्दोबस्त गर्न निर्देशन भएको क्रेमलिनले जनाएको छ ।    शनिबार दुई नेताबीच लामो छलफल भएको बताउदै फोनवार्ता सौहाद्र र रचनात्मक रहेको पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए।    पेस्कोभका अनुसार फोनवार्तामा क्रेमलिन र ह्वाइट हाउसका कर्मचारीलाई प्रत्यक्ष वार्ताका लागि व्यवस्था म ... बाँकी अंश»

ट्रम्पको आप्रवासी नीतिको अमेरिकी न्याय विभाग नै विरोधमा, प्रतिरक्षा नगर्ने निर्णय

२०७३ माघ १८ मंगलबार, काठमाडौं । दिनानुदिन विवादमा फस्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति अब न्याय विभाग पनि पछाडि हटेको छ । निमित्त महान्यायाधिवक्ता सल्ली याटेसले राष्ट्रपतिले जारी गरेको आदेश कानूनसम्मत नरहेको भन्दै उक्त आदेशका पक्षमा न्याय विभागले प्रतिरक्षा गर्न नसक्ने प्रष्ट गरेका हुन् ।   निवर्तमान राष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका याटेसले मातहतका कर्मचारीका नाममा निकालेको विज्ञप्तिमा आफूहरु ट्रम्पको तर्कसँग सहमत हुन नसकेको ... बाँकी अंश»

ट्रम्पले चाले नयाँ कदम : प्रवेश निषेधका बारेमा तीन देशका नेतासँग बार्ता गर्ने

२०७३ माघ १६ आइतबार, वासिङटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरव र युएइका नेतासँग मुस्लीम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको बारेमा टेलिफोन बार्ता गर्ने भएका छन् । केही देशका मुस्लीमलाई रोक लगाइएको विषयमा विश्वभरी होहल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लीम देशका नेतासँग आइतबार कुराकानी गर्न लागेका हुन् ।    ट्रम्पले दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपति ह्वाङ क्यो अहङसँग पनि कुराकानी गर्ने तयारी गरेको अमेरिकाको राष्ट्रपति कार्यालय ... बाँकी अंश»

ट्रम्पले रोकेका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने

२०७३ माघ १६ आइतबार, ओट्टावा । क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताएका छन् । ट्विटरमार्फत् उनले भने , “जसले हिंसा, आतङ्क र युद्ध भोगीरहेको छ, ती सवैलाई क्यानाडाले स्वागत गर्न चहान्छ ।” त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट पारेका छन्  ।    “विविधता हाम्रो शक्ती हो, क्यानाडामा स्वागत छ,” उनले ट्विटमा लेखेका छन् । अमेरिकाका राष्ट्रपति डोन ... बाँकी अंश»

संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकद्धारा ट्रम्पको आलोचना, विमानस्थलबाटै शरणार्थी पक्राउ

२०७३ माघ १६ आइतबार, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीलाई कडाई गर्न आदेश दिएलगत्तै अमेरिकी विमानस्थलबाट झण्डै दुई सय शरणार्थीहरु पक्राउ परिसकेका छन् । शुक्रबार ट्रम्पले सिरियाली आप्रवासीलाई अर्को सूचना जारी नभएसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुका साथै अरु ७ मुस्लिम मुलुक इराक, इरान, लिविया, सोमालिया, सुडान र यमनका नागरिकलाई पनि अमेरिका प्रवेशमा तीन महिनाका लागि रोक लगाइने घोषणा गरेका थिए ।   त्यसपछि भने अमेरिकी विमानस्थलहरुमा निक ... बाँकी अंश»

काश्मिरमा हिमपहिरोमा परी ११ भारतीय सेनाको मृत्यु

२०७३ माघ १३ बिहिबार, श्रीनगर । भारत प्रशासित काश्मिरमा अवस्थित एक सैनिक शिविर र सीमा क्षेत्रमा गस्तीमा रहेका सैनिकलाई हिमपहिरोले पुर्दा कम्तिमा ११ जना भारतीय सेनाको मृत्यु भएको छ ।   भारतीय सेनाले दिएको जानकारी अनुसार गुरेज क्षेत्रस्थित शिविरमा रहँदै आएको १० जनामध्ये तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको छ भने सात जनालाई सकुशल उद्धार गरिएको छ ।    त्यसैगरी गस्तीमा रहेका अन्य सात सैनिकको पनि सोही हिमपहिरोमा परी मृत्यु भएको भारतीय सेनाका कर्नेल राजेश कालियाल ... बाँकी अंश»

अमेरिकासँगको सम्बन्ध शीघ्र सुधार हुनेमा रुस ढुक्क

२०७३ माघ १२ बुधबार, मस्को । अमेरिकासँग वर्तमानमा चिसिएर रहिरहेको दौंत्य सम्बन्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भए सँगसँगै शीघ्र सुधार हुनेमा रुस ढुक्क भएको रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले बताएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुनासाथ उच्चस्तरीय रुसी नेता, अधिकारी तथा आम जनताहरुले अपार हर्ष प्रकट गरेकामा अमेरिकासँगको सम्बन्धमा अपेक्षित सुधार आई सो हर्ष अब यथार्थमा परिणत हुने पनि रुसी विदेश मन्त्री सर्गेइले बताए ।    ... बाँकी अंश»

कुवेतमा एक राजपरिवारका सदस्यसहित सात जनालाई मृत्युदण्ड

२०७३ माघ १२ बुधबार, कुवेत सिटी । विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई कुवेतले मृत्युदण्डको सजाय दिनेगरी केही पहिले सुनाएको फैसला कार्यान्वन गरिएको छ । मृत्यु दण्डको सजाय पाउने सात जना अपराधीमध्ये राजपरिवारका एक जना सदस्य पनि परेका छन् ।    केही अघि विभिन्न समयमा ती अपराधीहरुले चालीस जना भन्दा बढी मानिसहरुका ज्यान लिएका थिए ।    सजाय पाउने सबै अपराधीलाई बुधबार एकमुष्ट झुण्ड्याएर मारिएको छ । तेल धनी यस मुलुकमा धेरै वर्षपछि पहिलो पटक यसरी मृत्य ... बाँकी अंश»

मोदीलाई ट्रम्पले दिए अमेरिका भ्रमणको निम्तो, अर्थव्यवस्था र सुरक्षाबारे सम्वाद

२०७३ माघ १२ बुधबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । ट्रम्प र मोदीबीच टेलिफोन कुराकानी भएको ह्वाइट हाउसले पुष्टी गरेको छ । राष्ट्रपति ट्रम्पले मंगलबार राति टेलिफोन गरेर आफुलाई अमेरिका भ्रमणको निम्तो दिएको भन्दै भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गरेका छन् । टेलिफोनमा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्लाई बधाई दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । कुराकानीका क्रममा ट्रम ... बाँकी अंश»

सात वर्षे बालिकाको ट्रम्पलाई हृदयविदारक पत्र

२०७३ माघ १२ बुधबार, काठमाडौं । सिरियाको अलेप्पो शहरकी सात वर्षीया बालिका बना अलाबेदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको एउटा पत्र यतिबेला विश्वभर भाइरल भएको छ । उक्त पत्रमा उनले ट्रम्पलाई सिरियाली बालबालिकाका लागि केही कदम चाल्न आग्रह गरेकी छिन् ।   ‘अलेप्पो बालिका’ का नामले चिनिएकी अलाबेदले ट्रम्पलाई सिरियाली बालबालिका पनि उनका बालबालिका जस्तै भएको र उनीहरुलाई पनि शान्ति चाहिने उल्लेख गरेकी छिन् ।    अलेप्पोबाट ट्वीट गरेका म्यासेजहरुपछि ... बाँकी अंश»

ट्रम्पद्वारा आफूविरुद्धको प्रदर्शनको आलोचना

२०७३ माघ १० सोमबार, वासिङटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको आलोचना गरेका छन् । उनले आइतबार ट्वीटमार्फत् आफ्नो सपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गरेका हुन्।    “मैले प्रदर्शनहरु हेरेँ, तर त्यसले मलाई यस्तो महसुस गरायो की, के अमेरिकामा निर्वाचन भएको थियो र ?” ट्रम्पले ट्वीट गरेका छन् । उनले निर्वाचन नै नभई आफूले सपथग्रहण गरेको जस्तो प्रदर्शन भएको भन्दै घुमाउरो तरिकाले प्रदर्शनकारीको आलोचना गरेका हुन्।  &nb ... बाँकी अंश»

मध्यरातमा निजी जेट विमानसहित भागे राष्ट्रपति

२०७३ माघ ९ आइतबार, डाकार (सिनेगल)। गाम्बियाका निवर्तमान राष्ट्रपति याह्या जामेहले राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।    गाम्बियाको राजधानी बन्जुलमा रहेका सिनेगाली रेडियो समाचारदाताका अनुसार गिनीका राष्ट्रपति अल्फा कोन्डे आफ्नो निजी जेट विमानसहित बन्जुल आएको र निवर्तमान राष्ट्रपति जामेह सोही विमानमा चढी राष्ट्रपति कोन्डेसँगै गिनीको राजधानी क ... बाँकी अंश»

हिन्दू परम्पराबाट समेत पूजा गरी सुरु गरियो राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल

२०७३ माघ ९ आइतबार, वासिंटन । सम्भवतः अमेरिकी इतिहासमा नै पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण पछि गरिने नेसनल प्रेयरमा हिन्दू पुरोहितले पनि सहभागिता जनाएका छन् । शनिबार वाशिंगटन नेशनल क्याथड्रलमा आयोजना गरिएको नेसनल प्रेयरमा अन्य धर्मका कर्मगुरुहरुका साथै हिन्दू धर्मका पुरोहित नारायणचार एल दिगालकोटाले सहभागिता जनाएको राष्ट्रपति सपथ ग्रहण समितिलाई उद्दृत गर्दै भारतको दैनिक जागरण पत्रिकाको अनलाईन संस्करणले जनाएको छ ।   समितिका अनुसार म ... बाँकी अंश»

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना, कम्तीमा २३ को मृत्यु, १०० घाइते

२०७३ माघ ९ आइतबार, विजयनगरम । भारतको आन्ध्रप्रदेशस्थित विजयनगरम जिल्लाको कुनेरु स्टेशन आसपासमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।    जगदलपुर–हीराखण्ड एक्सप्रेसको रेलका सात वटा डब्बा लिक बाहिर जाँदा रेलमा रहेका मध्ये २३ जनाको मृत्यु भएको हो । घटनामा एक सय जना घाइते भएका छन् ।    स्थानीय समयअनुसार राति ११ बजे भएको घटनामा गम्भीर हुनेको संख्या अधिक रहेकाले मृतक बढ्न सक्ने अनुमान गरिएको छ ।    ... बाँकी अंश»

होटलबाट ११ जनाको जीवितै उद्धार

२०७३ माघ ८ शनिबार, पेन्ने (इटाली)। मध्य इटालीको एउटा चार तारे होटेलमा हिम पहिरोले पुरिएर वेपक्ता भएकाहरुमा थप चारलाई शनिबार उद्धार गरिएपछि यस घटनामा जीवितै उद्धार गरिएका व्यक्तिहरुको सङ्ख्या ११ पुगेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । सो हिमपहिरोमा परी जीवितै उद्धार भएकाहरुमा एकै परिवारका चार व्यक्ति पनि रहेका छन् ।    बुधबार साँझ गएको सो हिमपहिरोमा परी दुई बालबालिकासहित २५ भन्दाबढी बेपक्ता भएका थिए । हिमपहिरो गएको घन्टौ पछाडि ती व्यक्तिहरुलाई उद्धार ... बाँकी अंश»

ट्रम्पको हिन्दू मोह, इतिहास रच्दै नेसनल प्रेयरमा बोलाए हिन्दू पुरोहित

२०७३ माघ ८ शनिबार, वासिंटन । सम्भवतः अमेरिकी इतिहासमा नै पहिलो पटक अमेरिकी राष्ट्रपतिको नेसनल प्रेयरमा हिन्दू पण्डितहरुलार्इ सहभागी हुन निम्ताे पठाइएकाे छ। शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण पछि हुने नेसनल प्रेयरमा एक जना हिन्दू पुरोहितलाई पनि संलग्न हुन निम्ताे पठार्इएको राष्ट्रपति सपथ ग्रहण समितिलाई उद्दृत गर्दै भारतको दैनिक जागरण पत्रिकाको अनलाईन संस्करणले जनाएको छ ।    समितिका अनुसार मैरील्याण्डको लान्हाम स्थित श्री शिव विष्णु ... बाँकी अंश»

नयाँ