विश्व

पाकिस्तानमा वर्षाका कारण अठ्ठाइसको मृत्यु

२०७२ चैत १ सोमबार, इस्लामाबाद (पाकिस्तान)। पाकिस्तानमा परेको मुसलधारे पानीका कारण गएको तीन दिनभित्र मृत्यु हुनेको सङ्ख्या आइतबार २८ पुगेको छ । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा मात्रै १७ जनाले वर्षापछिको बाढीका कारण ज्यान गुमाएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताए ।    त्यस्तै छ जनाले उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा ज्यान गुमाएका छन् भने बाँकी अन्यको काइबर वरिपरीका इलाकामा मृत्यु भएको छ । उहाँले थप्नुभयो । मृतकम ... बाँकी अंश»

पाकिस्तानमा वर्षाका कारण अठ्ठाइसको मृत्यु

२०७२ चैत १ सोमबार, इस्लामाबाद (पाकिस्तान)। पाकिस्तानमा परेको मुसलधारे पानीका कारण गएको तीन दिनभित्र मृत्यु हुनेको सङ्ख्या आइतबार २८ पुगेको छ । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा मात्रै १७ जनाले वर्षापछिको बाढीका कारण ज्यान गुमाएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताए ।    त्यस्तै छ जनाले उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा ज्यान गुमाएका छन् भने बाँकी अन्यको काइबर वरिपरीका इलाकामा मृत्यु भएको छ । उहाँले थप्नुभयो । मृतकम ... बाँकी अंश»

उत्तर कोरियामाथि प्रतिबन्ध लगाइने

२०७२ फाल्गुण ८ शनिबार, संयुक्त राष्ट्रसङ्घ। उत्तर कोरियाले केही दिनमात्र अघि गरेको विवादास्पद लामो दुरीको रकेट प्रक्षेपणका कारण विश्वव्यापीरुपमा तनाव बढिरहेको अवस्थामा उसमाथि लगाउने प्रतिबन्धका बारेमा पनि परामर्श सुरु भएको समाचार छ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्को शनिबार बसेको एक आकस्मिक बैठकमा पनि सो विषयमा आवश्यक छलफल र परामर्श भएको समाचारमा जनाइएको छ ।    सो बैठकमा उसका विरुद्धमा के कस्तो नाकाबन्दी र प्रतिबन्ध लगाउने भन्ने बारेमा सो छलफल भएको राष्ट्रसंघ ... बाँकी अंश»

पवित्र धाममा आक्रमण हुँदा पैतालिसको मृत्यु एक सय दश घाइते

२०७२ माघ १७ आइतबार, दमास्कस (सिरिया)  । सिरियाको राजधानी दमास्कसको दक्षिण क्षेत्रमा अवस्थित सिया समुदायको धार्मिक आस्थाको केन्द्रमा आइतबार विस्फोट गराउँदा कम्तिमा ४५ जनाको मृत्यु भएको यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनामा ११० जनाभन्दा बढी घाइते भएको पनि बताइएको छ ।    सिरियाको साना न्यूज एजेन्सीले यसअघि उक्त घटनामा परी ३० जनाको मृत्यु भएको जनाएको थियो । सो घटनाका गम्भीर प्रकृतिको चोटबाट ग्रस्त घाइतेहरुको स्थानीय अस्पतालहरूम ... बाँकी अंश»

बन्दुकधारीद्वारा पाकिस्तानको एक विश्वविद्यालयमा आक्रमण

२०७२ माघ ६ बुधबार, पेसावर (पाकिस्तान) । उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावरको एक विश्वविद्यालयमा बुधबार बन्दुकधारीहरुले आक्रमण गरी एकजना प्राध्यापकको हत्या गरेका छन् ।  उनीहरुले बुधबार बिहान गरेको सो बन्दुक हमलामा परी कम्तीमा पनि एकजना प्राध्यापकको ज्यान दिएका बताइएको छ । मारिने प्राध्यापक केमिस्टिका प्राध्यापक र सो बिभागका प्रमुख हुन् । यसमा दर्जनौँ विद्यार्थी घाइते भएका छन् । घाइते हुनेको सङ्ख्या अझै स्पष्ट हुन सकिरहेको छैन । पाकिस्तानी प्रहरी अधिकारीहरुले ... बाँकी अंश»

बन्दुकधारीद्वारा पाकिस्तानको एक विश्वविद्यालयमा आक्रमण

२०७२ माघ ६ बुधबार, पेसावर (पाकिस्तान) । उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावरको एक विश्वविद्यालयमा बुधबार बन्दुकधारीहरुले आक्रमण गरी एकजना प्राध्यापकको हत्या गरेका छन् ।  उनीहरुले बुधबार बिहान गरेको सो बन्दुक हमलामा परी कम्तीमा पनि एकजना प्राध्यापकको ज्यान दिएका बताइएको छ । मारिने प्राध्यापक केमिस्टिका प्राध्यापक र सो बिभागका प्रमुख हुन् । यसमा दर्जनौँ विद्यार्थी घाइते भएका छन् । घाइते हुनेको सङ्ख्या अझै स्पष्ट हुन सकिरहेको छैन । पाकिस्तानी प्रहरी अधिकारीहरुले ... बाँकी अंश»

सैनिक विमान दुर्घटनामा दशको मृत्यु

२०७२ पौष ७ मंगलबार, नयाँ दिल्ली । चार्टर गरेर सेनाका सदस्यहरुलाई लगिएको बीएसएफको विमान नयाँ दिल्लीको प्रमुख विमानस्थलनजिकै मङ्गलबार दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका १० व्यक्तिको मृत्यु भएको समाचार छ । भारतीय एक मन्त्रीले सो दुर्घटनामा १० व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । विमानचालकसहित विमानमा सवार रहेका दशै व्यक्तिको मृत्यु भएको कनिष्ठ नागरिक उडड्यान मन्त्री महेश शर्माले बताएका छन् ।    दुई इञ्जिन भएको सानो उक्त विमान सेनाका १० सदस्यलिएर इन्द ... बाँकी अंश»

अमेरिकाको क्यालिफोर्नियास्थित अपाङ्ग केन्द्रमा गोलीबारी, १४ को मृत्यु

२०७२ मङ्सिर १७ बिहिबार, एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाको सान बर्नारडिनोमा रहेको अपाङ्ग सामाजिक केन्द्रमा संदिग्ध व्यक्तिले गोलीबारी गरेका छन् । गोलीबारीमा परी १४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । प्रहरी कारबाहीमा संलग्न एक अधिकारीका अनुसार संदिग्ध आक्रमणकारी समेत मारिएका छन् । जसमा एक पुरुष र एक महिला छन् ।   तेस्रो आक्रमणकारी भने फरार भएको बताइएको छ । फरार आक्रमणकारीको खोजी भइरहेको छ । सान बर्नारडिनोका प्रहरी प्रमुखले गोलीबारी अपाङ्गहरुका लागि ... बाँकी अंश»

बालबालिकाको हत्या गर्ने चार आतङ्ककारीलाई झुण्ड्याइयो

२०७२ मङ्सिर १६ बुधबार, पेसावर (पाकिस्तान)। करिब एकवर्ष अघि पाकिस्तानको उत्तरपश्चिमी सहर पेसावरमा अवस्थित एक विद्यालयमा भएको आमहत्यामा संलग्न चार आतङ्ककारीलाई बुधबार फाँसी दिइएको समाचार छ। सैनिक विद्यालयमा भएको सो आक्रमणमा विद्यार्थीसहित १५० व्यक्तिको मृत्यु भएको छ। सो आमहत्यामा उक्त विद्यालयका करिब १३५ जना बालबालिका मारिएका थिए। त्यसमा संलग्नलाई सरकारले पक्राउ गरी कारबाही चलाएाके छ। उक्त हत्याकाण्डमा प्रत्यक्ष संलग्न देखिएका दोषीलाई मृत्युदण्डको सजाय तोकिएको ... बाँकी अंश»

एअर एसिया दुर्घटनामा राडर प्रणलीको समस्या रहेको राष्ट्रिय यातायात तथा सुरक्षा समितिको निष्कर्ष

२०७२ मङ्सिर १५ मंगलबार, जाकार्ता (इन्डोनेसिया) । इन्डोनेसियाली छानविन टोलीले गएको डिसेम्बर २८ मा इन्डोनेसियाबाट सिङ्गापुरका लागि उडेका एअर बस ए–३२० उडेको विमान दुर्घटना राडर प्रणालीमा समस्या भएको कारण भएको यहाँको राष्ट्रिय यातायात तथा सुरक्षा समितिले मङ्गलबार बताएको छ ।    समितिले विमान दुर्घटनाबारे छाविन गर्न बनएको समितिको सदस्यहरुले राडर प्रणालीमा समस्या आएपछि विमान चालकद्वारा दिएको सूचनाका बारेमा प्रणालीबाट जवाफ नआएपछि केही क्षणपछि इन्डोनेसियाको जाभा इलाका ... बाँकी अंश»

टर्कीले रसियासित माफी नमाग्नेः टर्कीका प्रधानमन्त्री दाभुटोग्लु

२०७२ मङ्सिर १५ मंगलबार, ब्रसेल्स (बेल्जियम) । टर्कीका प्रधानमन्त्रीले आफ्नो देशले रसियाको युद्धक विमान खसालेको सम्बन्धमा क्षमा माग्नु नपर्ने जनाउनुभएको छ । टर्कीका प्रधानमन्त्री अहमेत दाभुटोग्लुले रसियाको विमान टर्कीको आकाशमा उडिरहेको बेला चेनावनी दिइएको र आफ्नो देशको आकाश नछोडेपछि विमानमाथि आक्रमण गरिएको बताउनु भयो । यस सम्बन्धमा टर्कीले रसियासँग माफी माग्नु पर्दैन। उहाँले थप्नुभयो । प्रधानमन्त्री दाभुटोग्लुले गएको हप्ता भएको उक्त घटनापछि रसियाले टर्कीमाथि आर ... बाँकी अंश»

सिरियाको शान्ति वार्ताका लागि साउदी अरेबियाले सघाउने

२०७२ मङ्सिर १४ सोमबार, संयुक्त राष्ट्रसंघ। सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसाको अन्त्यका लागि साउदी अरेबियाले सघाउने भएको छ । साउदी अरेबियाले यसका लागि वार्ताको समन्वय गर्ने भएको बताइएको छ । साउदी अरेबियाले आगामी डिसेम्बरको मध्यमा सिरियाली विपक्षी समूहसँग पनि समन्वय गरी वार्ता प्रक्रिया अघि बढाउनस सघाउने बताएको हो ।  संयुक्त राष्ट्रसंघको लागि साउदी अरेबियाका राजदूतले हालै सो जानकारी दिएका छन् । सो शान्ति वार्ताको प्रमुख मुद्दा सिरियामा गएका करिब पाँच व ... बाँकी अंश»

अफगानिस्तानमा नीजि टेलिभिजन च्यानलका प्रमुखको हत्या

२०७२ मङ्सिर १४ सोमबार, काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेका नीजि टेलिभिजन च्यानलको एक संस्थाका प्रमुखको आइतबार राति हत्या भएको समाचार छ । उनलाई आइतबार राजधानी राजधानी काबुलबाट केही टाढ रहेको उनको निवास नजिकै गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमहरुको खबरमा बताइएको छ । अफगानिस्तानको नीजि टेलिभिजन च्यानल संस्था एसिया टेलिभिजन च्यानलका प्रमुखलाई आइतबार कार्ता इ नवा क्षेत्रमा हत्या गरिएको समाचार सोमबारका स्थानीय सञ्चारमाध्मयले जनाएका छन् ।    उक्त ... बाँकी अंश»

वरिष्ठ अधिवक्ताको हत्या विरोधमा प्रदर्शन

२०७२ मङ्सिर १३ आइतबार, अङ्करा (टर्की)। कुर्दिसभाषी एक वरिष्ठ अधिवक्ता तथा प्रसिद्ध मानव अधिकारवादी नेता ताहिर एल्सीका अज्ञात बन्दुकधारीले शनिबार गोली हानी हत्या गरेको विरोध स्वरुप टर्कीमा सयौंको सङ्ख्यामा उपस्थित नागरिकले हत्याको विरोध गर्दै आइतबार टर्कीका विभिन्न शहरमा प्रदर्शन गरेका छन् । वरिष्ठ अधिवक्ता तथा टर्कीको दक्षिणपूर्वी दियारवाकिर प्रान्तका बार एसोसिएसनका प्रमुख ४९बर्षीय एल्सीको आक्रमणका क्रममा एक प्रहरीअधिकारीको समेत मृत्यु भएको थियो । घटनामा एक अर ... बाँकी अंश»

फिलिपिन्समा आइएसका आठ लडाकू मारिए

२०७२ मङ्सिर ११ शुक्रबार, मनिला । फिलिपिन्समा सैनिकसँग भएको भिडन्तमा परी इस्लामिक स्टेट, आइएसका कम्तीमा पनि आठजना लडाकूको ज्यान गएको समाचारमा जनाइएको छ । बिहीबार साँझ दक्षिणी फिलिपिन्समा सैनिकसँग सो भिडन्त भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार सो भिडन्तमा परी अरु केही घाइते पनि भएका छन् । दक्षिणी फिलिपिन्सको एक दुर्गम क्षेत्र पालिमबाङमा बिहीबार साँझ एक घन्टाभन्दा लामो समयसम्म सैनिक र ती लडाकूबीच व्यापक मात्रामा भिडन्त भएको थियो । सो क्षेत्र फिलिपिन्सका अल्पसङ ... बाँकी अंश»

टर्कीले रुसी विमानको सन्देश अमेरिकालाई दिएको थियो पुटिन

२०७२ मङ्सिर ११ शुक्रबार, एजेन्सी । टर्कीले सिरियामा खसालेको विमान रुसको थियो भन्ने थाह नभएको दावीलाई रुसले खारेज गरिदिएको छ । टर्कीले आफुलाई उक्त विमान रुसको थियो भन्ने थाह नभएको जिकिरु गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो विमान सजिलैसंग चिनिने र जेट लडाकू जिमानको समन्वयको सन्देश टर्कीको सहयोगि अमेरिकालाई दिइएको बताएका छन् ।   टर्कीश राष्ट्रपतिले भने रुसी विमान हो भन्ने थाह पाएको भए अर्कैै चेतावनी दिइने थियो भनेका छन् । पुटिनले फ्रेन्च राष्ट्रपतिस ... बाँकी अंश»

सिरियामा फ्रान्सको आक्रमण जारी

२०७२ मङ्सिर ८ मंगलबार, पेरिस । विगतका चार वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियामा फ्रान्सेली युद्धक विमानले कारबाही जारी राखेका छन् । सोमबार पनि सो आक्रमण जारी नै राखेको बताइएको छ । फ्रान्सेली सैनिकले सिरियाको राक्वा सहरमा सोमबार आतङ्ककारीहरुको खोजीलाई व्यापक बनाएको बताएको थियो । हवाई हमला सोमबार राति पनि जारी रहेको समाचारमा जनाइएको छ ।    ती विमानहरुले इस्लामिक अतिवादी समूह आइएसको प्रभाव रहेको ठानिएको सिरियाको राक्वान र त्यस वरपरका नगरहरुमा विगत केही ... बाँकी अंश»

सिरियामा अमेरिकी हमला, आइएसका सयौं तेल ट्याङकर ध्वस्त

२०७२ मङ्सिर ८ मंगलबार, एजेन्सी । अमेरिकी सेनाले पूर्वोत्तर सिरियामा अतिवादी संगठन इस्लामिक स्टेट आइएसका दुई सय ३८ इन्धन ट्याङकर ध्वस्त पारेका छन् । अल असकाह र डेर अल जोर नजिकै रहेको तेल उत्पादन केन्द्र क्षेत्रमा रहेका ट्याङकर इन्धन भर्नका लागि लाइनमा थिए ।    अमेरिकी सैन्य अधिकारीहरुका अनुसार पहिले चालकहरुलाई चेतावनी दिइएको थियो । उनीहरु हटेपछि ट्याङकर ध्वस्त पारेको बताइएको छ । आइएसले आफ्नो कब्जामा रहेका क्षेत्रबाट तेल उत्पादन गरी अधिक कमाई गरिरहेको छ ।    ... बाँकी अंश»

भारतको श्रीनगरमा हेलिकोप्टर दुर्घटना, सातको मृत्यु

२०७२ मङ्सिर ७ सोमबार, श्रीनगर (भारत) । भारतीय काश्मिरमा सोमबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका सबै सातै जनाको ज्यान गएको समाचार छ । उक्त हेलिकोप्टरमा छजना तीर्थयात्री थिए । तीर्थयात्राका क्रममा रहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।    काश्मिरमा रहेको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवीबाट तीर्थाटन गरी फर्किनेक्रममा हेलिकोप्टर खसेको थियो । उक्त दुर्घटनामा परी त्यहाँ रहेका छजना तीर्थयात्री र एक पाइलटको ज्यान गएको हो । कत्र ... बाँकी अंश»

इस्लामिक स्टेटका कारण फ्रान्सका मुस्लिम नागरिक तनाबमा

२०७२ मङ्सिर ७ सोमबार, पेरिस । फ्रान्सका मुस्लिम सुमदायका नागरिकमा त्रास उत्पन्न भएको खबर छ । यही नोभेम्बर १३ मा फ्रान्समा भएको आतङ्ककारी हमलाको जिम्मेवारी मुस्लिम अतिवादी समूह, इस्लामिक स्टेटले लिएपछि सो त्रास छाएको बताइएको छ । उक्त समूहले सो आक्रमणको जिम्मेवारी लिएपछि फ्रान्सको प्रहरीले पनि मुस्लिम नागरिक खोज्ने अभियान नै चलाएको छ । त्यहाँ हत्या र आतङ्कको आरोपमा मुस्लिम समुदायका नागरिकलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । साथै मुस्लिम समुदायका नागरिकमाथि विशेष ... बाँकी अंश»

नयाँ