विश्व

जी–२०मा युद्धविरामको बहसबीच सिरियामा श्रृंखलावद्ध विष्फोट, कम्तिमा ४८ को मृत्यु

२०७३ भदौ २० सोमबार, एजेन्सी । सिरियामा श्रृंखलावद्ध बम विष्फोटमा परी कम्तिमा पनि ४८ जनाको मृत्यु भएको छ । समाचार संस्था एएफपीका अनुसार विष्फोट सरकारी नियन्त्रण रहेको क्षेत्र र कुर्द नियन्त्रण क्षेत्रमा भएका हुन् ।    सिरियाली राष्ट्रपति बसार अल असादको तटीय गढमा कम्तिमा पनि ३५ जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्थालाई उदृत गर्दै एएफपीले जनाएको छ ।    सबै भन्दा शक्तिशाली विष्फोट सिरियाको तटीय क्षेत्र टारटूसमा भएको र अन्य विष्फोट होम्स, दमिश्क र क ... बाँकी अंश»

फिलिपिन्स विस्फोटको क्याम्बोडियाद्वारा कडा निन्दा

२०७३ भदौ २० सोमबार, न्होमपेन। दुई दिन अघि फिलिपिन्सको दाभाओ नगरमा अवस्थित एउटा रात्रि बजारमा भएको आतङ्ककारी आक्रमणको क्याम्बोडियाली प्रधानमन्त्री साम्देक टेको हुनसेनले कडा शव्दमा भत्र्सना गर्नु भएको स्थानीय सञ्चार माध्यमहरुले आजको संस्करणमा प्रकाशन गरेका छन् ।    दाभाओ नगरमा भएको उक्त आतङ्ककारी आक्रमणमा परी १४ जनाले ज्यान गुमाउनुका साथै अन्य ६० जना भन्दा बढी घाइते भएका थिए । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई क्याम्बोडियाली प्रधानमन्त्री हुनस ... बाँकी अंश»

बङ्गलादेशमा इस्लामी पार्टीलाई आर्थिक सहयोग गर्ने मुख्य व्यक्तिलाई फाँसी

२०७३ भदौ १९ आइतबार, ढाका। बङ्गलादेशमा सबैभन्दा ठूलो इस्लामी दलका प्रमुख आर्थिक सहयोगी तथा व्यापारीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ भने मुसलमान बहुसङ्ख्यक जनता बसोबास गर्ने समस्याग्रस्त यस मुलुकमा यसबाट उक्त दललाई ठूलो धक्का पुगेको ठानिएको छ ।    सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुँदा भएका सङ्घर्षमा हत्या तथा अपहरण गरेको आरोपमा जमात–ए–इस्लामीका प्रमुख नेता मिर कसेम अलीलाई एक विवादास्पद अदालतले दोषी ठहर गरेपछि शनिबार मृत्युदण्ड दिइएको हो ... बाँकी अंश»

‘जी२०’ मा ‘आइसक्रिम’ ले रसिया र चीनको सम्बन्ध न्यानो बनायो

२०७३ भदौ १९ आइतबार, हाङझाउ। मस्को र बेइजिङबीच सम्बन्ध न्यानो भए पनि बीस प्रमुख अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’ को शिखर बैठकमा सहभागी हुन आएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार चिनियाँ समकक्षी सी जिनपिनलाई ‘आइस क्रिमको’ एउटा भाँडो उपहार दिए।   चीनको पूर्वी नगर हाङझाउस्थित सरकारी अतिथिगृहमा चिनियाँ राष्ट्रपतिले रसियाली समकक्षीलाई स्वागत गर्दा ‘आइसक्रिम’ स्वादको विषयमा भने कुराकानी भएन।   ‘‘तपाईंका लागि मैले यो ल्याउने बचन दिएको थि ... बाँकी अंश»

इन्धन ट्याङ्कर र बस ठोक्किदाँ ३८ जनाको मृत्यु, २८ बढी घाइते

२०७३ भदौ १९ आइतबार, काठमाडौं । अफगानिस्तान राजधानी काबुलस्थित कनदहरको दक्षिणी राज्यमा आइतबार बिहान एक इन्धन ट्याङ्कर र यात्रुवाहक बस एकआपसमा ठोक्किदाँ ३८ जनाको मृत्यु भएको छ ।    दुर्घटनामा २८ बढी घाइते भएको एक स्थानिय अधिकारीलाई उद्रित गर्दे रोयटर्सले जनाएको छ । सो दुर्घटना राजधानी काबुल र कनदहरको दक्षिणी राज्यलाई जोड्ने मुख्य राजमार्गमा भएको हो ।    जाबुल प्रहरी प्रमुखलाई उद्रित गर्दे रोयटर्सले मृतक मध्य ६ जनाको सनाखत भएपनि अन्यको शरिर जलेको कारण पहि ... बाँकी अंश»

भारत र चीनबीच महत्वपूर्ण तीन मुद्दामा चर्चा

२०७३ भदौ १९ आइतबार, हाङझाउ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबचि तीन मुद्दामा चर्चा भएको छ । दुई नेताहरुबीच पीओकेमा बनिरहेको चीन–पाकिस्तान आर्थिक करिडोरका विषयमा  विशेष चर्चा भएको छ ।      त्यस्तै न्यूक्लियर सप्लायर्स गु्रप्समा भारतको सदस्यता तथा आतंकबादका विषयमा चर्चा भएको जनाइएको छ । मोदी जी –२० शिखर सम्मेलनमा भाग लिन चीन गएका बेलामा दुई नेताबीच कुराकानी भएको हो ।      मोदीले सोमबार अमेरिकी राष्ट्रपति बराक ... बाँकी अंश»

४५ वर्षअघिको घटनामा अपराधी ठान्दै फाँसी

२०७३ भदौ १९ आइतबार, ढाका । बंगलादेशका जमात ए स्लामी पार्टीका नेता एवं उद्योगपति मिर कसिम अलीलाई युद्ध अपराधीको दोषी मान्दै अदालतले फाँसी दिएको छ ।  बंगलादेश सरकारले गठन गरेको बिशेष अपराध न्यायालयले ६३ वर्षीय अलीले सन् १९७१ मा युद्ध अपराध गरेको आरोप लगाएको हो ।   बंगलादेशको स्वतन्त्रताको लागि लडिएको युद्धमा  अलीलाई युद्द अपराधी मान्दै फाँसी दिइएको हो ।    अदालतले अलीको नेतृत्वमा रहेको पाकिस्कतानी सेनाका समर्थकहरुले चट्गाउँमा मानव हिँसा गराएको उल्लेख ग ... बाँकी अंश»

उज्बेकिस्तानका राष्ट्रपतिको निधन भएको पुष्टी

२०७३ भदौ १८ शनिबार, तास्कन्द । उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको ७८ वर्षको उमेरमा गतः शुक्रबार राति निधन भएको छ । गत अगष्ट २७ का दिन राष्ट्रपति इस्लामलाई हृदयाघात भएपछि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उहाँको निधन भएको उज्बेकिस्तानको सरकारी स्रोतले पुष्टि गरेको छ ।    उज्बेकिस्तानको एउटा प्राचीन नगर समरकाण्दमा सन् १९३८ को जनवरी ३० का दिन जन्मनु भएका इस्लामले युवावस्थामा तास्कन्दकै सेन्ट्रल एसियन पोलिटेक्निक एण्ड दि तास्कन् ... बाँकी अंश»

यौनकाण्ड बाहिर आएपछि मन्त्रीलाई बाइबाइ

२०७३ भदौ १७ शुक्रबार, नयाँदिल्ली । भारतको नयाँदिल्ली राज्यका एक मन्त्री यौनकाण्डमा मुछिएपछि मुख्यमन्त्री अरबिन्द केजरीवालले उनलाई बर्खास्त गरेका छन् । महिला एवं बालकल्याण मन्त्री सन्दीप कुमारको यौन सिडी सार्वजनिक भएपछि केजरीवालले उनलाई बर्खास्त गरेका हुन् ।    चुनाव प्रचारप्रसार अभियानको क्रममा सन्दीप कुमारले आफूलाई एक स्वच्छ छविका नेता भएको दाबी गर्ने गरेका थिए।     बुधबार राति बर्खास्तीमा परेका कुमारले भने बिहीबार मिडिया सामु आफू दलित भएका कारण आ ... बाँकी अंश»

न्यूजिल्याण्डमा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

२०७३ भदौ १७ शुक्रबार, गिस्बर्न । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । गिस्बर्नको उत्तर पूर्व एक सय ६९ किलोमिटर दूरीमा ७.१ म्याग्नेच्युडको भूकम्प गएको हो ।    भूकम्पपछि सुनामीको खतरा रहेको स्थानीय सञ्चारमाध्यमको हवाला दिंदै बीबीसीले जनाएको छ ।   तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ ।   भूकम्पपछि उत्तरी आइल्याण्डको पूर्वी तटका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।   भूकम्प ... बाँकी अंश»

ब्राजिलको राष्ट्रपतिमा माइकल टेमर निर्वाचित

२०७३ भदौ १६ बिहिबार, बार्सिलिया। ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ ।    पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यवाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आएका थिए ।    निलम्बित पूर्व राष्ट्रपति डिल्मा रुसेफको सट्टामा गत मे महिनादेखि राष्ट्रपति पद सम्हाल्दै आएका माइकल टेमरको पूर्णकार्यकाल अब सन् २०१८ को अन्त्यसम्म रहने छ । नयाँ राष्ट्रप ... बाँकी अंश»

पूर्व राष्ट्रपति नसिदविरुद्ध मालदिभ्स सरकारले पक्राउ पूर्जी जारी गर्‍यो

२०७३ भदौ १६ बिहिबार, कोलम्बो (श्रीलङ्का) । मालदिभ्सले सरकारले पूर्व राष्ट्रपति मोहम्मद नसिदविरुद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको छ ।    यसअघि जेल जीवन बिताइरहेका नसिद उपचारका लागि बेलायत गएका तर उपचारपछि आफ्नो बाँकी जेल जीवन पूरा गर्न स्वदेश नफर्केपछि उनिविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।    पहिलो पटक प्रजातान्त्रिक रुपमा मालदिभ्सको राष्ट्रपति निर्वाचित भएका नसिदले हालै बेलायतमा राजनीतिक शरणका लागि अनुमति पाउएका छन् ।    मालदिभ्सको उच्च ... बाँकी अंश»

जापानमा शक्तिशाली समुन्द्री आँधीका कारण ११ को मृत्यु, ३ जना अझैं बेपत्ता

२०७३ भदौ १५ बुधबार, एजेन्सी। जापानको उत्तरपूर्वी एक भुभागमा आएको समुन्द्री आँधीका कारण ११ जनाको ज्यान गएको छ । थप ३ जना अझै बेपत्ता रहेको त्यहाँका स्थानिय मिडियालाई उद्रित गर्दे चिनियाँ समाचार संस्था सिन्वाले जनाएको छ ।   मृत्यु हुनेहरू मध्ये ९ जनाको शव उत्तरपूर्वी भुभागको वाइजुमी सहरस्थित एक नर्सिङ होम नजिक फेला परेको स्थानिय प्रहरीले जनाएको छ ।     भूमिसुधार मन्त्रीका अनुसार मंगलबारको भारि वर्षाले ओमोतोगावा नदीको किनार फुटेका कारण सो मानवीय क्षति हुन प ... बाँकी अंश»

आईएसका प्रवक्ता अदनानी मारिए

२०७३ भदौ १५ बुधबार, काठमाडौं । सिरियामा भएको आक्रमणमा इस्लामिक अतिवादी समूह आईएसका प्रवक्ता अबु मोहमद अल अदनानी मारिएका छन् ।   सिरियाको एलेप्पो शहरमा भइरहेको सैन्य हमलाको जवाफी कारबाहीमा अरदानी मारिएको आईएस नजिकको मिडियालाई उधृत गर्दैै बीबीसीले पुष्टि गरेको छ ।    अदनानी आईएसका लागि प्रभावशाली नेता मानिन्थे । गत मे मा सिरियाबाट भिडियो सन्देश प्रवाह गर्दै अदनानीले पश्चिमा राष्ट्रहरुमाथि आक्रमण गर्न मुस्लिम समुदायलाई अपीलसमेत गरेका थिए ।   अदनानीला ... बाँकी अंश»

चिनियाँ दुतावासमा विस्फोट, कम्तिमा १ जनाको मृत्यु

२०७३ भदौ १४ मंगलबार, एजेन्सी।किर्किस्तानको राजधानी बिस्केकस्थित चिनियाँ दुतावासको गेटमा कार विस्फोट हुँदा कम्तिमा एक जनाको मृत्यु भएको एक अधिकारिलाई उद्रित गर्दे बिबिसीले जनाएको छ।  विस्फोटमा ३ जना घाइते भएका छन्। घटनापछि चिनियाँ र अमेरिकी दुतावासका कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको छ।   विस्फोटमा दुतावासको कर्मचारी भने कोही पनि घाइते नभएको दुतावासका सुरक्षा प्रमुखले जनाएका छन्। विस्फोटमा मृत्यु हुनेमा कारका चालक रहेको स्थानियले जनाएका छन्। कार दुत ... बाँकी अंश»

अमेरिकी विदेशमन्त्री केरी बङ्गलादेशमा

२०७३ भदौ १३ सोमबार, ढाका । अमेरिकी विदेशमन्त्री जोन केरी बङ्गलादेश पुगेका छन् । केरी सोमबार बिहान बङ्गलादेश पुगेका हुन् । बङ्गलादेशका स्थानीय अतिवादीहरुको हिंसात्मक आक्रमण जारी रहेका बेला सो आक्रमणलाई निस्तेज पार्ने विषयमा केरीले प्रधानमन्त्री शेख हसिनासँग छलफल गर्नेछन् ।    एकदिने यस भ्रमणका क्रममा उनले बङ्गलादेशको नागरिक समाजका प्रतिनिधिहरुसँग पनि छलफल र परामर्श गर्ने कार्यक्रम रहेको बताइएको छ ।   बङ्गालेशमा केही समयअघि एक क्याफेमा भएको हमलामा परी ... बाँकी अंश»

भारत पश्चिम बंगाल राज्यको नाम फेर्ने प्रस्ताव पारित, भाजपाकै नेताले उठाए प्रश्न

२०७३ भदौ १३ सोमबार, काठमाडौं । भारतको दार्जिलिङ, कोलकाता लगायत क्षेत्रसम्म फैलिएको पश्चिम बंगाल राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव विधान सभाले पारित गरेको छ।    राज्यको नाम परिवर्तनबारेको प्रस्ताव मुख्य मन्त्री ममता बनर्जीले विधान सभामा पेश गरेकी थिइन् ।    समाचार संस्था एएनआइका अनुसार पश्चिम बंगाललाई अब बंगालीमा बंङ्गला, अंङ्ग्रेजीमा बंगाल र हिन्दीमा बंगाल भनिने छ।    मुख्य मन्त्री ममता बनर्जीको सरकारले यसअघि पनि पश्चिम बंगालको नाममा पश्चिम शब ... बाँकी अंश»

इराकमा विवाह समारोहमा आत्मघाती विष्फोट, १५ को मृत्यु

२०७३ भदौ १३ सोमबार, एजेन्सी । इराकमा एक विवाह समारोहमा आत्मघाती बम विष्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।    दक्षिणी करबेला शहरमा एक विवाह समारोहबीच भएको आत्मघाती  विष्फोटमा १५ जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।    आक्रमणकारी समूहले अन्धाधुन्ध गोलाबारी गर्नुका साथै भिडमा ह्याण्ड ग्रिनेड फालेको र ती सबैलाई सुरक्षा बलले मारेको प्रहरीको वक्तव्यमा उल्लेख छ।    स्थानीय संचारमाध्यममा आएको प्रारम्भिक रिपोर्टले सुरक ... बाँकी अंश»

यमनमा आत्मघाती बम विष्फोट, कम्तिमा ४५ को मृत्यु

२०७३ भदौ १३ सोमबार, एजेन्सी । यमनको एक सैनिक इलाकामा आत्मघाती बम विष्फोट हुँदा कम्तीमा ४५ जनाको मृत्यु भएको छ।    विष्फोटमा परी करिब ६० बढी घाइते भएको र घाइतेलाई उपचारको लागि अस्पताल लगिएको सो सैनिक इलाकाका प्रवक्तालाई उदृतगर्दै रोयटर्सले जनाएको छ।    घाइतेहरू मध्ये केहीको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ।   एएफपीसंग कुरा गर्दे मेडिकल स्रोतले मृतकको संख्या ६० जना हुनसक्ने भनेपनि त्यो अहिलेसम्म आधिकारिक पुष्टि हुन सकेको छैन । ... बाँकी अंश»

क्षेप्यास्त्र परीक्षणबारे सयुक्त राष्ट्रसंघले गरेको निन्दाप्रति उत्तर कोरिया रूष्ट

२०७३ भदौ १२ आइतबार, एजेन्सी । यसै हप्ता गरको पछिल्लो क्षेप्यास्त्र परीक्षणबारे सयुक्त राष्ट्रसंघले गरेको निन्दाप्रति उत्तर कोरियाले आफु रूष्ट बनेको छनक दिएको छ।    उत्तर कोरियाका परराष्ट्र मन्त्रालयका अधिकारी जोन मिन डिकले एक अन्तराष्ट्रिय समाचार संस्थाको अन्तर्वातामा कुरा गर्दे शनिबार सयुक्त राष्ट्रसंघमा अमेरिकी नेतृत्वमा भएको छलफल निकै निन्दनीय भएको बताउँदै पछिल्लो समय अमेरिकामा असामान्य तरिकाबाट देखिएको आणविक त्रासका कारण आफुहरूले आणविक हतियार वि ... बाँकी अंश»

नयाँ