विश्व

युक्रेनी सीमामा रसियाको उच्च सुरक्षा सतर्कता

२०७३ श्रावण २८ शुक्रबार, किभ । रसियाले यक्रेनको सिमानामा थप सैन्य सतर्कता बढाएको बताएको छ । युक्रेनको पूर्वी भागमा जारी हिंसाका कारण पछिल्लो समयमा युक्रेन र रसियाका बीचमा तनाव उत्पन्न हुदै आएको छ ।    रसियाले हालैका दिनहरुमा सो क्षेत्रमा सैनिक तैनाथ गरेको बताइन्छ । तर पनि रसियाले आफ्नो देशको सीमामा यसरी सेना राखेको तर युक्रेनी भूभागमा नराखेको बताउदै आएको छ ।    रसियाले क्रिमियामा उत्तेजक क्रियाकलापहरु हुने गरेको भन्दै त्यसका विरुद्धमा सेना राख्नुपरेको बताएक ... बाँकी अंश»

तिक्त सम्बन्धबीच जापानले गर्‍याे चिनियाँ डुङ्गाको उद्धार, चीन दंग

२०७३ श्रावण २७ बिहिबार, एजेन्सी ।   तिक्त सम्बन्धबीच इस्ट चाइना सी नजिक डुबेको एक चिनियाँ फिसिङ डुङ्गाको जापानी समुन्द्री तट रक्षक टोलीले उद्दार गरेको छ। डुङ्गा जापानी समय अनुसार ५ बजे डुबेको थियो।    उक्त स्थानमा रहेको एक टापुको विवादलाई लिएर यी दुई मुलुकबीचको सम्बन्धमा देखिएको खटपट अहिले पनि उस्तै छ। सो टापुलाई चीन र जापान दुवैले आफ्नो भएको जिकिर गर्दै आएका छन् । चीनले सो टापुलाई डाययु र जापानले सेन्काकु नामाकरण गरेका छन् ।    जहाज डुबेपछि उद्धारमा जुटेका जा ... बाँकी अंश»

अफगानिस्तानमा ३२ जना आइएसका लडाकू मारिए

२०७३ श्रावण २७ बिहिबार, जलालावाद । अफगानिस्तानको पूर्वी नान्गहार प्रान्तको आचे जिल्लामा भएको कारबाहीका क्रममा कम्तीमा पनि ३२ जना आइएसका लडाकू मारिएको समाचार छ ।    सो कारबाहीका क्रममा ३२ जना लडाकू मारिनुका साथै अरु कम्तीमा पनि दुई दर्जन लडाकू घाइते भएका बताइएको छ । गएको २४ घन्टाभित्र यहाँको सेना र प्रहरीले गरेको कारबाहीका क्रममा ती लडाकू मारिएका समाचारमा जनाइएको छ ।    ती आइएस लडाकू बिभिन्न जिल्लाबाट जम्मा भएको सूचनाको आधारमा गरिएको कारबाहीमा मारिएका अफगानि ... बाँकी अंश»

इराकमा अस्पतालको प्रसूति वार्डमा आगलागी, बाह्र नवजात शिशुको मृत्यु

२०७३ श्रावण २६ बुधबार, बग्दाद (इराक)। बग्दादस्थित एक अस्पतालको प्रसूति गृहमा हुँदा १२ शिशुको मृत्यु भएको इराकी अधिकारीले बुधबार जनाएका छन् ।    अस्पतालमा मङ्गलबार राति अबेर सुरु भएको आगलागी विद्युतीय तारको जडानमा भएको लापरबाहीका कारण हुन पुगेको बताइएको छ ।    अस्पतालका निर्देशक साह हतेमले आगलागीको कारण प्रारम्भिक अनुसन्धानबाट विद्युतीय तारबाट सुरु भएको बुझिएको र थप अनुसन्धान भइरहेको बताए ।    राति अस्पतालमा रहेका नवजात शिशुको मृत्युपछि बुधबार बिहान ... बाँकी अंश»

स्वतन्त्रता संग्राममा नागरिक हत्या गर्ने बङ्गालादेशी पूर्व सांसदलाई मृत्युदण्ड

२०७३ श्रावण २६ बुधबार, ढाका। बङ्गलादेशको युद्ध अपराधसम्बन्धी एक विशेष अदालतले एक जना पूर्वसांसदलाई मृत्युदण्डको सजाय सुनाएको  छ ।    साथै उक्त अदालतले अरु सातजना राजनीतिकर्मीलाई युद्धअपराध गरेको आरोपमा जन्मकैँदको फैसला सुनाएको समाचारमा जनाइएको छ ।    ती सांसदले सन् १९७१ मा बंगलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा युद्धअपराध गरेको ठहर सो अदालतले गरेको छ । साथै ती सांसदलाई सघाउने अरु सात जनालाई उक्त अदालतले जन्मकैँदको सजाय सुनाएको हो ।    मृत्युदण्डको ... बाँकी अंश»

सन् २०४५ सम्म फिलिपिन्सको जनसंख्या १४ करोड माथि पुग्ने

२०७३ श्रावण २६ बुधबार, मनिला। सन् २०४५ सम्म मुलुकको जनसङ्ख्या १४ करोड २० लाख भन्दा बढी हुने फिलिपिन्सको राष्ट्रिय तथ्याङ्क प्राधिकरण (पिएसए) ले आज जनाएको छ ।    पिएसएले गरेको जनसङ्ख्या प्रक्षेपणमा औसत वार्षिक बृद्धिदर सन् २०१० देखि २०१५ सम्म एक दशमलब त्रिहत्तर प्रतिशत छ भने सो औसत वार्षिक बृद्धिदर ओरालो लाग्दै गई सन् २०४० देखि २०४५ सम्म शुन्य दशमलब पैंसाठ्ठी प्रतिशत सम्ममा झर्नेछ ।    उक्त औसत वार्षिक बृद्धिदरको अङ्क गणना प्रयोजनार्थ समग्र फिलिपिन्सलाई उच्च ... बाँकी अंश»

अरुणाञ्चलका पूर्व मुख्यमन्त्री कलिखो पुल मृत फेला

२०७३ श्रावण २५ मंगलबार, इटानगर (भारत) । भारतीय कँग्रेसबाट विद्रोह गरी केही समय अरुणाञ्चल प्रदेशको मुख्य मन्त्रीका रुपमा कामगरेका नेता कलिखो पुलले आत्महत्या गरको बताइएको छ ।    आफ्नै सयन कक्षमा सिलिङ् झुन्डिएर आत्महत्या गरेको अवस्थामा मङ्गलबार बिहान उनको लाश भेटिएको उनकी तीन श्रीमतीमध्ये एक श्रीमतीले भेटेको भारतीय सञ्चारमाध्यममा जनाइएको छ । पुलका तीन श्रीमती र चार छोराछोरी छन् ।    पूर्व मुख्यमन्त्री पुलको मृत्युभएको खवर सञ्चारमाध्यमममा आएपछि भारतको सत्ता ... बाँकी अंश»

१६ वर्षदेखि अनसनरत शर्मिलाले अदालतमा भनिन्– म मुख्यमन्त्री बन्न चाहन्छु

२०७३ श्रावण २५ मंगलबार, काठमाडौं । भारतको मणिपुरमा १६ वर्षदेखि सशस्त्र बलको विशेषाधिकार ऐनको विरोधमा आमरण अनसन बस्दै आएकी इरोम शर्मिलाले मंगलबार अनसन तोड्ने भएकी छन् ।    शर्मिलाले ‘अफस्पा’ विरूद्धको अभियान चलाएकी हुन् । अफस्पा (जसले मणिपुर, जम्मु कश्मिर लगायतका सशस्त्र बललाई आफुखुसी बल प्रयोग गर्न दिने जस्तो विशेष अधिकार दिएको छ ।    मणिपुरको ‘आइरन लेडी’ नामले परिचित शर्मिलाले जुलाई २६ मा आफुले अगष्त ९ को अदालत सुनुवाईसँगै अनसन तोड्ने घोषणा गरेकी थिइन ... बाँकी अंश»

चीनले विवादित टापूमा पानी जहाज राखेकोमा जापानद्वारा चासो व्यक्त

२०७३ श्रावण २५ मंगलबार, टोकियो (जापान) । जापानका विदेश मन्त्री फुमियो किसिदाले जापानका लागि चिनियाँ राजदूतलाई मङ्लगबार बोलाएर चिनियाँ पक्षद्वारा चीन जापान सिमास्थित केही विवादित टापू वरपर पानी जहाजको अनावश्यक आहोर दोहोर भएको भनी चासो व्यक्त गरेको छ ।    पूर्वी चिनियाँ समूद्रि इलाकामा रहेको केही विवादास्पद टापू वरपर चिनियाँ सामुद्रिक सुरक्षा गार्ड सहित विगत केही दिन देखि पानी जहाजको सङ्ख्या अस्वभाविक रुपमा वृद्धि भएको भनी मन्त्री किसिदाले ध्यानाकर्षण गराएका हु ... बाँकी अंश»

पाकिस्तानमा तीन दिने शोक, आइएसको आत्मघाती आक्रमणमा ७० बढीको मृत्यु

२०७३ श्रावण २५ मंगलबार, इस्लामावाद । पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरमा सोमबार बिहान एक अस्पतालको इमर्जेन्सी वार्डमा आतंकवादी समूह इस्लामिक स्टेट आइएसले गराएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ७० पुगेको छ ।    उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकीलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरु माझ गराइएको थियो ।    बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारि ... बाँकी अंश»

जापानी सम्राटले भने - राजगद्दी सम्हाल्न सक्दिन

२०७३ श्रावण २४ सोमबार, टोकियो। वर्तमान जापानी सम्राट आकिहितोले आज आमजनताका नाममा एक भिडियो सन्देश प्रसारण गर्दै आफ्नो बिग्रदो स्वास्थ स्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । क्षीण हुँदै गएको जर्जर शरीर र दुर्वलताका कारण राष्ट्रको प्रतीक राजसिंहासनको कर्तव्य निर्वाह गर्न सम्भव नभई गद्दी परित्याग गर्नसक्ने समेत उनले सङ्केत दिएका छन्  ।    सो भिडियो सन्देशमा ८२ वर्षीय सम्राटले ‘पहिलाजस्तो आफ्नो कर्तव्य निर्वाह पूरा गर्न अव मेरो स्वास्थस्थिति अनुकूल भएन, तसर्थ ... बाँकी अंश»

पाकिस्तान विष्पोटमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो

२०७३ श्रावण २४ सोमबार, इस्लामावाद (पाकिस्तान) । पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरमा सोमबार बिहान एक अस्पतालको इमर्जेन्सी वार्डमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या साँझसम्म ९३ पुगेको स्थानीय सञ्चारमाध्यम तथा सरकारी अधिकारीले बताएका छन् ।    उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकीलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरु माझ गराइएको थियो । बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको ... बाँकी अंश»

पाकिस्तानको क्वेटास्थित एक अस्पतालमा बम विष्फोट, कम्तिमा ५३ जनाको मृत्यु

२०७३ श्रावण २४ सोमबार, एजेन्सी । पाकिस्तानको क्वेटास्थित एक अस्पतालमा बम विष्फोट हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ। विष्फोटमा परी कयौं घाइते भएका बीबीसीले जनाएको छ।    सोमबार बिहान  अस्पतालको आकस्मिक विभागको प्रवेशद्वारमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । जहाँ एक उच्च कानुनविद्को गोली हानि हत्या भएको थियो।    पाकिस्तानी प्रहरीका अनुसार सो विष्फोट कुनै आत्माघाती हमलाकारीले गरेको हुनसक्ने जनाएको छ।    पाकस्तानी प्रधानमन्त्री नवाज सरिफले घट ... बाँकी अंश»

युरोपकै ठुलो 'ला ब्रादरी डे लिले' मेला नलाग्ने

२०७३ श्रावण २३ आइतबार, पेरिस। उत्तरी फ्रान्सको लिले नगरमा हरेक बर्ष सेप्टेम्बर महिनाको पहिलो आइतबारका दिन लाग्दै आएको मेला र हाट बजार (फ्ली मार्केट) आतङ्कवादी आक्रमणका भयले यस पटक नलाग्ने भएको छ । बाह्रऔं शताब्दीदेखि लिले नगरमा चल्दै आएको ला ब्रादरी डे लिले नामबाट परिचित यस बार्षिक मेला युरोपमा सबभन्दा ठूलो र अत्यन्त पुरानो मानिएकोले विश्व प्रसिद्ध थियो ।    यस मेलामा हाट बजार लागी अत्यन्त सस्तो मूल्यमा सरसामान पाइने हुँदा युरोप तथा विश्वभरीका दसौं लाख मानिसहरुक ... बाँकी अंश»

कराँचीमा हिन्दू चिकित्सकको हत्या

२०७३ श्रावण २३ आइतबार, कराँची (पाकिस्तान)। पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ ।    सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा लिइएको बताएका छन् । पाकिस्तानमा यसअघि पनि अतिवादी मुसलमान समूहद्वारा अल्पसङ्ख्यक हिन्दू तथा अन्य धर्मावलम्बीमाथि शृङ्खलाबद्ध रुपमा हत्या गरिएका बताइँदै आएको छ ।    डा प्रितम लखवानी, ५६, लाई आफ्नो क्लिनिकमा काम गरी गार्डेन इ ... बाँकी अंश»

अरब र कुर्द लडाकूबलद्वारा म्यानबीज सहर कब्जा

२०७३ श्रावण २२ शनिबार, बेरुत। उत्तरी सिरियाको ऐतिहासिक सहर म्यानबीज अरब र कुर्द लडाकूहरुले शनिबार कब्जामा लिएका छन् ।    इस्लामिक स्टेटस् (आइएस)आतङ्ककारी समूहको बलियो प्रभाव रहेको सो सहर ‘द सिरियन डेमोक्र्याटिक फोसेस् (एसडीएफ)’ नामक अरब–कुर्द लडाकू समूहको संयुक्तबलले कब्जा गरेको एक मानव अधिकार समूहले जानकारी दिएको छ ।    शनिबार म्यानवीज सहर एसडीएफले कब्जामा लिएको मानव अधिकावादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सो सहर जिहा ... बाँकी अंश»

सात हजार नौ सय शरणार्थी कङ्गोमा

२०७३ श्रावण २१ शुक्रबार, किन्सासा। दक्षिण सुडानमा शरणार्थी जीवन यापन गरिरहेका कम्तीमा सात हजार नौ सय शरणार्थी कङ्गो पुगेका स्थानीय अधिकारी हालै जानकारी दिएका छन् ।    दक्षिणी सुडानमा जारी झडपका कारण ती शरणार्थीहरु गत दुई हप्तायता त्यहाँबाट विस्थापित भएर कङ्गो पुगेका अधिकारीले जनाएका छन् ।    सो स्रोतका अनुसार विस्थापित भएका ती शरणार्थी जुबा, मोरोबु र येइ क्षेत्रका रहेका र त्यसमा महिला बालबालिका र बृद्धहरुको सङ्ख्या बढी रहेका थिए ।    यसैगरी दक्षिण सुडान ... बाँकी अंश»

उत्तरपूर्वी भारतमा बन्दुकधारीको आक्रमण १४ मारिए

२०७३ श्रावण २१ शुक्रबार, गुवाहाटी । उत्तरपूर्वी भारतको एक व्यस्त बजारमा शुक्रबार बन्दुकधारीहरुले गरेको अन्धाधुन्द गोली प्रहारमा परी १४ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आतङ्ककारी आक्रमणमा परी अन्य कैयौँ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।    असामको दुर्गममा भाग अर्थात भुटानको सीमा क्षेत्रमा यो दुर्घटना भएको बताइएको छ । असामको कोकाराझार बजार इलाकामा भएको यस आक्रमणमा परी बालबालिकासहित १५ व्यक्ति घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  ... बाँकी अंश»

भारतीय सैनिक विमान दुर्घटनाग्रस्त, चालक सकुशल उद्धार

२०७३ श्रावण २० बिहिबार, नयाँदिल्ली (भारत)। भारतीय वायुसेना (आईएएफ) को तालिम प्रयोजनका लागि प्रयोग गरिने जेट विमान पश्चिम मिडनापुरको कालाइकुण्ड वायुसेना आधार शिविरबाट उडेको केही मिनेटमै बिहीबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।    विमानभित्र रहेका दुई विमान चालकलाई सुरक्षित निकालिएको प्राप्त समाचारमा बताइएको छ । हक एडभान्स जेट ट्रेनर उडेको केही समयमै आधार शिविरको सीमा क्षेत्र मै बिहीबार करिब ११ बजे दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम ... बाँकी अंश»

प्रचण्ड प्रधानमन्त्री भएपछि यस्तो छ चिनियाँ मिडियाको दृष्टिकोष

२०७३ श्रावण २० बिहिबार, एजेन्सी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड औपचारिक रूपमा मुलुकको ३९ औं प्रधानमन्त्री पदमा निर्वाचित भएलगत्तै भारतीय मिडियाहरूले समाचार लेख्यो। तर त्यही समाचार चीनियाँ मिडियामा आउन निकै ढिला गर्‍यो।    प्राय सबै भारतीय मिडियाहरूले सामान्य शैलीमा प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएको कुरा उल्लेख गर्‍यो। केहीले प्रचण्डको उग्र स्वभावको थोरै चर्चा पनि गरे। तर प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएको खबर चिनि ... बाँकी अंश»

नयाँ