विश्व

इस्तानबुलमा आत्मघाती बम आक्रमण,१० जनाको मृत्यु

२०७२ पौष २८ मंगलबार, अङ्कारा (टर्की) । टर्कीको पुरानो सहर इस्तानबुलको पर्यटकीय इलाकामा मङ्गलबार भएको आत्मघाती बम हमलामा आत्मघाती बम आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् । आक्रमणमा परी उक्त इलाकामा रहेका केही संरचनामा समेत नोक्सान भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।      सिरियाली नागरिकको संलग्नता:एर्डोगान    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इस्तानबुलको पर्यटकीय इलाकामा मङ्गलबार भएको आत्मघाती बम हम ... बाँकी अंश»

शान्त र संयम रहन साउदी अरेबिया र इरानलाई चीनको आग्रह

२०७२ पौष २७ सोमबार, बेइजिङ । चीनले साउदी अरेबिया र इरानलाई शान्त र संयम रहन आग्रह गरेको छ । चिनियाँ वरिष्ठ कूटनीतिज्ञले सो आग्रह गर्नुभएको बताइएको छ । इरानमा रहेको साउदी अरेबियाको दूतावासमा हालैमात्र इरानीहरुले आक्रमण गरी क्षति पुर्‍याएका थिए । सो आक्रमणपछि साउदी अरेबियाले इरानसँगका कूटनीतिक सम्बन्ध एकतर्फी रुपमा तोडेको थियो । तेहरानमा रहेको अरेबियाली दूतावासमाथिको हमलापछि विकसित सम्बन्धका कारण विश्वका अरु देशमा पनि असर परेको छ ।    साउदी अरेबियामा सिया म ... बाँकी अंश»

शरणार्थी शिविरमा फैलिएको हैजाबाट दशको मृत्यु

२०७२ पौष २५ शनिबार, नैरोबी । केन्यामा रहेको सोमालियाली नागरिकको शरणार्थी शिविरमा फैलिएको हैजाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको समाचार छ । केन्याको नैरोबीमा सोमालियाली नागरिकको शरणार्थी शिविर रहेको छ । सो शिविरलाई विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरका रुपमा लिइन्छ ।  गएको नोभेम्बर महिनामा हैजाको प्रकोप फैलिएको थियो । सो प्रकोपका कारण अहिलेसम्ममा १० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । नैरोबीको उत्तरपूर्वी क्षेत्र दबाबमा सोमालिय ... बाँकी अंश»

पठानकोट पुगे नरेन्द्र मोदी

२०७२ पौष २५ शनिबार, पठानकोट । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत हप्ता चरमपन्थीले आक्रमण गरेको पठानकोट एयरबस स्टेसन पुगेका छन् । समाचार अनुसार उनले भ्रमणकै अवसर पारेर सीमावर्ती इलाकाको हवाई निरिक्षण पनि गर्नेछन् । पठानकोटमा सुरक्षा बलको खोजी अभियान पुरा भएको छ भने एयरबसलाई पुरा रुपमा सुरक्षित घोषित गरिएको छ । गत २ जनवरीमा चरमपन्थीले पठानकोट एयरबसमा हमाल गरेका थिए, जुन घटनामा सात सुरक्षाकर्मीको निधन भएको थियो भने २० जना घाइते भएका थिए । उक्त आक्रमणमा ६ चरमपन्थ ... बाँकी अंश»

महासचिव बानद्वारा श्रीलङ्काको सुधार योजनाको प्रशंसा

२०७२ पौष २४ शुक्रबार, संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको महासचिव बान कि मुनले श्रीलङ्काको सुधार योजनाको प्रशंसा गर्नुभएको छ । बिहीबार महासचिव बानका प्रवक्ताद्वारा शुक्रबार जारी गरिएको वक्तव्यमा बानले श्रीलङ्कको सरकारको बृहद् सुधार योजना र यसको राष्ट्रिय सम्पादनका लागि आह्बान गरिएको प्रयासको प्रशंसा गर्दै यसले आफूलाई उत्साहित बनाएको जनाइएको छ ।    बानले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना यहाँका सरकार र जनतालाई पहिलो वर्षको सङ्क्रमणलाई स ... बाँकी अंश»

भारतले पाकिस्तानसँगको सीमामा थप सुरक्षाकर्मी खटाउने

२०७२ पौष २३ बिहिबार, नयाँ दिल्ली। भारतले पाकिस्तानसँगको सिमानामा थप सुरक्षाकर्मी खटाउने भएको छ । हालैमात्र भारतीय हवाई सुरक्षा केन्द्रमा भएको आतङ्ककारी हमलापछि भारतको सो निर्णय आएको हो । अधिकारीहरुका अनुसार भारतले पाकिस्तानसँगको सीमा क्षेत्रहरु जम्मु र काश्मिर तथा पञ्जाव क्षेत्रमा ती सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ । पाकिस्तानसँगका ती राज्यका सीमा क्षेत्रहरुमा थप दुई हजार अर्ध सैन्य बल खटाउने भएको अधिकारीहरुले जनाएका छन् । बिहीबार भारत सरकारले सो निर्णय गरे ... बाँकी अंश»

हाइड्रोजन बमको असर छैन : जापान

२०७२ पौष २३ बिहिबार, टोकियो। उत्तर कोरियाले बुधबार गरेको हाइड्रोजन बमको विकिरणको असर जापानमा नदेखिएको बताइएको छ । जापानले गरेको अनुसन्धानबाट उसको क्षेत्रमा विद्यमान विकिरणको तहमा कुनै परिवर्तन भएको नपाइएको समाचारमा जनाइएको छ । जापान उत्तर कोरियाको छिमेकी देश भएकोले उत्तर कोरियाले गर्ने यस्ता आणविक परीक्षणका कारण निकै सम्वेदनशिल बन्ने गर्छ ।    यसअघि पनि उत्तर कोरियाले फ्याँकेका क्षेप्यास्त्रहरुका कारण जापानले निकै तनाव दिएको अभिव्यक्ति राख्दै आएको थियो । ... बाँकी अंश»

सन् २०१५का केही प्रमुख राजनीतिक घट्ना र उतारचढाव

२०७२ पौष २३ बिहिबार, काठमाडौं। ईस्वी सवंत पात्रो परिवर्तनसँगै नयाँ बर्ष २०१६ शुरु भएको छ। सन् २०१५मा विश्वमा भएका केही प्रमुख घट्ना जसले विश्वलाई आफ्नो तिर तान्यो, केही प्रमुख घट्नाहरु बारे केही कुरा गरौं।   यूरोपमा शरणार्थी समस्या    एक दशक पहिलेमात्र पनि यूरोपले किन २१औँ शताब्दि शासन गर्नेछ भन्नेजस्ता कृतिहरू प्रकाशित हुन्थे । सन् २०१५ ले युरोप संसार चलाउन त होइन आफ्ना समस्या समाधान गर्न पनि अझै सक्षम नरहेको कुरा उदाङ्ग पारिदियो ।    गम्भीर आर्थिक गि ... बाँकी अंश»

उत्तर कोरियाद्वारा हाइड्रोजन बमको सफलतापुर्वक परीक्षण सम्पन्न !

२०७२ पौष २२ बुधबार, एजेन्सी । प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको जानकारी दिएको समाचार छ । सो देशले बुधबार उक्त परीक्षण गरेको र सो परीक्षण सफल रहेको जानकारी दिएको समाचारमा जनाइएको छ ।  बुधबार बिहान ठीक १० बजे सो परीक्षण गरेको र सो सफल भएको उत्तर कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।    त्यहाँका सरकारी सञ्चारमाध्यमहरुले यस परीक्षणबाट उत्तर कोरिया वास्तविक आणविक शस्त्र मुलुकमा प्रवेश हो भन्ने कुरा प्रमाणित भएको जनाइएक ... बाँकी अंश»

आईएस आक्रमणबाट २५ इराकी योद्धाको मृत्यु

२०७२ पौष २१ मंगलबार, बग्दाद (इराक) । कम्तिमा २५ इराकी योद्धा इस्लामिक स्टेट (आईएस) सँगको तीन दिन लामो सङ्घर्षका क्रममा इराकको अनवर प्रान्तको हाडिथा क्षेत्रमा सरकार समर्थित जनजाति समूहमा आवद्ध योद्धाको मृत्यु भएको इराकको सुरक्षा स्रोतले जनाएको छ । हामीले २५ जना योद्धालाई ७२ घण्टा लामो युद्धमा गुमाउन पुगेका छौँ, जनजाति समूहमा आवद्ध एक कमान्डर सेख अवदाब्लाह अतालाहले एएफपीसँगको फोन वार्तामा बताए ।    यो क्षेत्र उक्त प्रान्तको एउटा महत्वपूर्ण बाध भएको तर आईएस समूहले ... बाँकी अंश»

इरानी हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

२०७२ पौष २१ मंगलबार, संयुक्त राष्ट्रसंघ । इरानमा रहेको साउदी अरेबियाको दूतावासमा भएको हमलाको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले निन्दा गरेको छ । इरानको तेहरानमा रहेको साउदी अरेबियाको दूतावास तथा मसादमा रहेको कन्सुलेटमा गएको शनिबार हमला भएको समाचारमा जनाइएको थियो ।  पछिल्लो समयमा यी दुई देशबीच कूटनीतिक सम्बन्धमा तिक्तता आएको छ । सो तिक्तताका कारण यी दुई देशबीचको पछिल्लो अवस्था पनि बिग्रिँदै गएको बताइएको छ । उक्त परिषदका सदस्यहरुले उक्त हमलाप्रति निन्दा गरेक ... बाँकी अंश»

यूएईका लागि इरानी राजदूतसँग स्पष्टीकरण माग

२०७२ पौष १९ आइतबार, दुबई (यूएई) । संयुक्त अरब इमिरेट्सले खाडी मुलुकका लागि यूएईमा कार्यरत इरानका राजदूतलाई विदेश मन्त्रालयमार्फत् बोलाई साउदी अरबको आन्तरिक मामलामा भएको इरानी हस्तक्षेप बारेमा तेहरानसँग स्पष्टीकरण मागेको छ । राजदूत मोहम्मद रेजा फायदलाई आइतबार लिखितरुपमा इरानद्वारा साउदी अरबमाथि गरेको विभिन्न खाले हस्तक्षेप र हालैको साउदी अरबको तेहरानस्थित कूटनीतिक नियोगमाथि गरिएको आक्रमणका बारेमा स्पष्टीकरण माग गरेको यूएईको राष्ट्रिय समाचार संस्था डब्लूएएम ( ... बाँकी अंश»

पाकिस्तानद्वारा भारतीय हवाई अड्डामा गरिएको आक्रमणको निन्दा

२०७२ पौष १८ शनिबार, इस्लामाबाद (पाकिस्तान)। पाकिस्तानको विदेश मन्त्रालयद्वारा शनिबार एक विज्ञप्ति जारी गर्दै भारतीय वायु सेनाको कार्यालयमा तीन जनाको ज्यान जाने गरी गरेको आक्रमणको निन्दा गरेको छ । एक हतियारधारी समूहले शनिबार बिहानै पाठनकोटस्थित एमआईजी–२१–बिसन तथा एमआई–३५ हेलिकोप्टरको हवाई कार्यालयमा आक्रमण गर्न खोजेपछि तीन जना सुरक्षाकर्मीको निधन भएको थियो ।    यो भारतीय सुरक्षाकर्मीको पाकिस्तानी सीमाबाट ५० किलोमिटर टाढा रहेको वायु सेनाको कार्यालय ... बाँकी अंश»

साउदी अरेबियामा ४७ जनालाई फाँसी

२०७२ पौष १८ शनिबार, रियाद । साउदी अरेबियामा ४७ जनालाई शनिबार फाँसी सजाय दिइएको छ । ती व्यक्तिहरुलाई आतङ्कवादको आरोपमा फाँसी दिइएको बताइएको छ ।  सरकार विरोधी प्रर्दशनमा लागेका ती व्यक्तिहरुमा एक धार्मिक नेताहरुसहित ४७ जना फाँसी दिइएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।    सिया मुृसलमान समूदायहका धार्मिक गुरु निम्र अल निम्रसहित ४७ जनालाई सो फाँसीको सजाय दिइएको हो । यी ४६ जनालाई विभिन्न आतङ्ककारी सङगठनसँग आवद्ध रहेको र अपराधीक कार्यहरुमा सहभागी रहेको आरोप लगाइ ... बाँकी अंश»

यी हुन् सन् २०१५ का चर्चित महिलाहरु

२०७२ पौष १८ शनिबार, एजेन्सी । सन् २०१५ लाई फर्केर हेर्दा संसारमा नै त्यस्तो उल्लेखनीय प्रगतिका घटना भएनन् । यस वर्षमा आतङ्कवादले विश्वलाई नै तर्सायो भने नेपाल, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पले निकै नै ठूलो विनाश पनि गर्‍यो । सन् २०१५ मा यसअघिको शान्त र समृद्ध युरोपमा हिंसात्मक हमलाको त्रास बढ्यो ।    तर यसैबीचमा पनि यसअघिका वर्षमा जस्तै विश्वका कतिपय देशका महिला चर्चाको शिखरमा पुग्न सफल भए । जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी पूर्वविदेशमन्त्र ... बाँकी अंश»

हतियार हिंसाका ‘बाँकी कार्य’ सन् २०१६ मा गरिने ओबामाको प्रतिबधता

२०७२ पौष १८ शनिबार, वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१६ को आफ्नो सङ्कल्प बन्दुक हिंसाका विरुद्ध सङ्घर्ष गर्ने रहेको बताउनुभएको छ । सन् २०१६ मा हिंसाविरुद्धका ‘बाँकी कार्य’ लाई पूर्ण गर्ने प्रतिबद्धता जनाउँदै ओबामाले आफ्नो सात वर्षे कार्यकालमा अमेरिकाको बन्दुक हिंसाको ‘महामारी’ लाई नियन्त्रणमा खासै प्रगति हुन नसकेको प्रति दुःख व्यक्त गर्नुभयो ।    “मेरो नयाँ वर्षको सङ्कल्प हिंसाविरुद्धको बाँकी कार्य पूरा हुने र यसका लागि म स ... बाँकी अंश»

भारतीय सेनाको बर्दी लगाएर एयरबसमा आक्रमण, सुरक्षाकर्मीसहित ६ को मृत्यु

२०७२ पौष १८ शनिबार, कराँची । पाकिस्तानीको सीमा नजिकै रहेको पठानकोट एयरबसमा भएको हमलामा ६ जनाको मृत्यु भएको छ । चर जना हमलाकारीहरुले एयरबसमा आक्रमण गरेपछि सुरक्षाकर्मीसँग भएको भिडन्तमा सबै हमलाकारी मारिएका छन् भने दुई सुरक्षाकर्मीको पनि ज्यान गएको छ । प्रहरीका अतिरिक्त महानिर्देशक एचएस ढिल्लनका अनुसार त्यहाँ भीडन्त सकिएको छ । प्रहरीले एयरबसको आसपास १५ किलोमिटर क्षेत्रलाई घेरेर निगरानी जारी राखेको छ । यसबाहेक संदिग्ध चरमपन्थीको खोजी कार्यलाई पनि तिब्रता दिएको ... बाँकी अंश»

सन् २०१६ का सम्भावित विश्व घटना

२०७२ पौष १७ शुक्रबार, काठमाडौं । सन् २०१५ को अन्तर्राष्ट्रिय राजनीतिमा विभिन्न उतार चढावहरु आए । खासगरी राजनीति तथा आर्थिक रुपमा अब्बल मानिएका संसारका ठूला देशहरुको सम्बन्धमा विश्व राजनीति आधारित रहनु स्वाभाविकै त हो तर पनि यो राजनीतिलाई यसवर्ष आतङ्कवादले नै बढी छायामा पारेको देखियो ।    त्यसैले गर्दा पनि विशेषगरी यस वर्षको विश्वको ध्यानाकर्षण दुई पटकसम्म फ्रान्सको पेरिसमा भएका आतङ्कवादी हमलामा भएको थियो । सन् २०१५ को जनवरी ७ मा पेरिसमा रहेको एक पत्रिकाको कार ... बाँकी अंश»

नाइजेरियाका बालबालिकाको अवस्थाप्रति युनिसेफ चिन्तित

२०७२ पौष १६ बिहिबार, लागोस । नाइजेरियामा जारी रहेको हिंसाका कारण त्यहाँका बालबालिकाको शिक्षाको अवस्था बिग्रिएकोमा संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घीय बालकोष, युनिसेफले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा नाइजेरियाका कम्तीमा पनि १० लाख बालबालिका शिक्षाबाट वञ्चित भएको देखिएको जनाइएको थियो ।    नाइजेरियामा बोको हराम नामको सो आतङ्ककारी सङ्गठनको ज्यादतीबाट त्यहाँका बालबालिकामा त्रास छाएको र उनीहरु शिक्षाबाट वञ्चित ह ... बाँकी अंश»

युरोपमा नयाँ वर्षको पूर्व सन्ध्यामा सुरक्षा व्यवस्था कडा, आक्रमणको त्रासका कारण कैयौं कार्यक्रम रद्द

२०७२ पौष १६ बिहिबार, ब्रसेल्स । नयाँ वर्षको पूर्व सन्ध्यामा सधैँजसो आयोजना गरिने कार्यक्रम यसवर्ष ब्रसेल्समा आतङ्ककारी हमलाको त्रासका कारण रद्द गरिएको समाचार छ । प्राप्त समाचारमा नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीबार राति हुन लागेका आतिसबाजी लगायतका कैयौं कार्यक्रम रद्द गरिएको जनाइएको छ । ब्रसेल्समा पनि विगत लामो समयदेखि आतङ्कवादी हमलाको त्रास बढेको बताइएको थियो । गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलाका कारण ब्रसेल्समा पनि त्रास बढेक ... बाँकी अंश»

नयाँ