विश्व

मायावतीलाई ‘बेश्या’ भन्ने भाजपा नेता सिंह पक्राउ

२०७३ श्रावण १५ शनिबार, पटना (भारत)। भारतीय प्रहरीले बहुजन समाज पार्टीकी उच्च नेत्री मायावतीको अपमान (बेइज्जत) गरेको आरोपमा हिन्दूवादी एक नेतालाई शुक्रबार पक्राउ गरेको छ ।    भाजपा नेता दयाशङ्कर सिंहले नेत्री मायावतीलाई ‘बेश्या’ भन्दा खराब भनी अपमानित गरेको भनी खबर पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यममा आएपछि प्रहरीले हिन्दूवादी नेता सिंहलाई पक्राउ गरेको हो ।    लाखौँ दलित जनताको प्रतिनिधित्व गर्ने नेत्री मायावतीलाई अपमानित हुनेगरी आलोचना गरेपछि सिंहलाई ... बाँकी अंश»

पुणेमा भवन भत्किँदा नौ जना मारिएको आशङ्का

२०७३ श्रावण १४ शुक्रबार, नयाँ दिल्ली। पश्चिमी भारतीय सहर पुणेमा शुक्रबार एक भवन भत्किएर भएको दुर्घटनामा परी कम्तीमा नौ व्यक्ति मारिएको आशङ्का गरिएको छ । निमार्णधीन अवस्थामा रहेको सो भवन भत्किदाँ नौ व्यक्ति मारिएको आशङ्का भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन ।    मुम्बई सहरबाट १६० किलोमिटर टाढा रहको सो इलाकामा निमार्णधीन अवस्थाको १३ तले भवन शुक्रबार विहान अचानक भत्किएको थियो । उक्त भवनमा निमार्णको काम कार्यरत नौ जना श्रमिकको सो दुर्घटनामा मृत्यु भएको आशङ्का ... बाँकी अंश»

असफल विद्रोहमा साहसी प्रदर्शन गर्ने नागरिकलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

२०७३ श्रावण १४ शुक्रबार, इस्तानबुल (टर्की) । टर्कीको एक विश्वविद्यालयले जुलाई १५ मा राज्य विद्रोह गराउन गरिएको असफल प्रयासलाई निडरताका साथ सामना गर्ने ‘साहसी’ टर्कीवासीको नाम सन् २०१७ को नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको छ ।    हामीले राज्य विद्रोह प्रयासलाई असफल पार्न आफ्नो जीवनको पर्वाह नगरी देश र नागरिकको पक्षमा लड्ने साहसी टर्कीका नागरिकलाई आगामी वर्षको नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छौँ, इस्तानबुलको आयदिन विश्वविद्यालयका अध्यक्ष मुस ... बाँकी अंश»

हिलारी क्लिन्टन भन्छिन् –‘अमेरिका सबैका लागि खुल्ला छ ’

२०७३ श्रावण १४ शुक्रबार, फिलाडेल्फिया । अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले नयाँ राष्ट्रपतिको उम्मेदवारी स्वीकार्दै सबै शक्तिशाली हुनुपर्नेमा जोड दिएकी छिन् । फिलाडेल्फियामा भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय अधिवेशनको चौथो तथा अन्तिम दिन सम्वोधन गर्ने क्रममा उनले कुनै एक्लो व्यक्ति शक्तिशाली हुने होइन कि सबै शक्तिशाली हुनुपर्नेमा जोड दिएकी हुन् ।    क्लिन्टनले सबै अमेरिकी एकीकृत भएर अगाडि बढ्नुपर्ने भन्दै आतंककवादविरुद्ध लड्नु पर्ने बताइन् ।  ... बाँकी अंश»

ओबामाको समर्थन हिलारीलाई

२०७३ श्रावण १३ बिहिबार, वासिङटन (संयुक्तराज्य अमेरिका) । बुधबार डेमोक्र्याटिक पार्टीकातर्फ अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनको लागि उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामाले पूर्णरुपमा समर्थन गरेका छन् ।    डेमोक्र्याटिक पार्टीको अधिवेशनको क्रममा ओबामाले दिएको एक सम्बोधनमा अमेरिकामा अव हुन गइरहेको अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी जति सहि व्यक्ति अरु नभएको दाबी गरेका छन् ।    अमेरिकाको इतिहासमा पहिलो महिल ... बाँकी अंश»

सिरिया कारबम विस्फोटमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

२०७३ श्रावण १३ बिहिबार, दमासकस । कुर्दिसहरुको बलियो प्रभाव रहेका सिरियाको उत्तरपूर्वी सहरमा बुधबार भएका दुई वटा बम आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५२ पुगेको सिरियाली सञ्चार माध्यमले जानकारी दिएको छ ।    यस आक्रमणमा १७० भन्दाबढी घाइते भएका छन् । घाइतेमध्य धेरैको अवस्था चिन्ताजनक भएको हुनाले मृतक सङ्ख्या अझै बढ्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ ।    हिजो प्राप्त प्रारम्भिक समाचारमा यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते ... बाँकी अंश»

विद्रोहको आरोपमा समातिएका १६ सय भन्दा बढी सैनिक मुक्त

२०७३ श्रावण १३ बिहिबार, अङ्कारा (टर्की) । टर्कीमा १६ सय ८४ जना सैनिक सदस्य बुधबार मुक्त भएका छन् । ती सैनिक सदस्यहरु गत जुलाई १५ मा भएको असफल सैनिक विद्रोहमा सहभागी भएको आरोप पक्राउ परेका थिए । ।    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान सरकारले यही जुलाई १५ मा भएको असफल सैनिक विद्रोहमा फेतुल्लाह आतङ्ककारी सङ्गठन (फेटो) का आठ हजार ६५१ सैनिक अधिकारीले सहभागिता रहेको यस अघि नै जनाएको थियो ।  सो सङ्ख्या टर्कीमा रहेका सेनाको १.५ प्रतिशत भएको पनि सरकारी तथ्याङ्कले जानकारी ... बाँकी अंश»

फिलिपिन्समा लागुऔषधको जालो तोड्ने प्रयास, एक महिनामा तीन सयको मृत्यु

२०७३ श्रावण १३ बिहिबार, मनिला । फिलिपिन्समा लागुऔषधको जालो तोड्न सरकारले निकै मेहनत गरेको छ । लागुऔषधका कारण फिलिपिन्समा युवाहरुको अवस्था दयनीय भएको भन्दै सरकारले त्यस्ता लागुऔषध प्रयोगमा लगाउने र डिलरलाई मार्ने अभियान थालेको हो ।     सो अभियान अन्तर्गत एक महिनामै तीन सय जनाको मृत्यु भएको छ । फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेले देश लागुऔषध विरुद्ध लडिरहेकाले त्यस्ता लागुऔषध फैलाउनेलाई गोली ठोक्न आदेश दिएका हुन् ।     सरकारको यो अभियानसंगै ६० हजा ... बाँकी अंश»

टर्की कू को प्रयासमा साथ दिने दर्जनौं संचारमाध्यममाथि प्रतिवन्ध

२०७३ श्रावण १३ बिहिबार, टर्की । टर्कीमा गत जुलाई १५ तारिख (असार ३१ गते) भएको असफल सैन्य कू को प्रयासलाई साथ दिएको आरोपमा टर्की सरकारले दर्जनौं सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएको छ ।   सरकारले ३ समाचार संस्था, १६ टेलिभिजन, ४५ दैनिक पत्रपत्रिका र १५ म्यागजिन बन्द गर्ने निर्णय गरेको हो ।    यस्तै २९ वटा प्रकाशन संस्था पनि बन्द भएका छन् । बन्द गरिएका सबै सञ्चारमाध्यम अमेरिकासहित पश्चिमा राष्ट्रबाट प्रभावित वा समर्थित रहेको बताइएको छ ।   सरकारले ४७ जना पत्रकारलाई पक ... बाँकी अंश»

पूर्व थाई प्रधानमन्त्रीद्वारा सेनाले प्रस्ताव गरेको संविधान अस्वीकार गर्ने

२०७३ श्रावण १२ बुधबार, बैंकक (थाइल्यान्ड) । थाइल्यान्डको सबैभन्दा पुरानो राजनीतिक दल डेमोक्रेट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री अभिसित भेज्जाबिबाले थाइल्यान्डको सैनिक सरकारले प्रस्ताव गरेको नयाँ संविधानलाई आफू र आफ्नो दलले स्वीकार गर्न नसक्ने बताएका छन् ।    भेज्जाबिबाको यो प्रतिक्रियालाई उनको दलको आधिकारिक अडान भने नभएको बताइएको छ । थाइल्यान्डमा सैनिक सरकारले राजनीतिक दलको बैठक, भेला तथा सम्मेलन गर्न नपाउने गरी प्रतिबन्ध लगाएका अवस्थामा आधिकारिक राजन ... बाँकी अंश»

हिलारी क्लिन्टन अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपतिको उम्मेदवार

२०७३ श्रावण १२ बुधबार, फिलाडेल्फिया। अमेरिकाको राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टन डेमोक्रेटिक पार्टीबाट उम्मेदवार घोषित भएकी छिन् । उनी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्ने पहिलो महिलासमेत भएकी छिन् ।    उनी निर्वाचित भएमा अमेरिकाको इतिहासमा प्रथम महिला राष्ट्रपति हुनेछिन् । पूर्व राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी सिनेटर र विदेश मन्त्री रहिसकेकी छन् ।    अहिलेको निर्वाचनमा हिलारीले उदार पक्षको र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम् ... बाँकी अंश»

पत्रकारपछि टर्की सरकारको निसानामा एयरलाइन्सका कर्मचारी, २११ बर्खास्त

२०७३ श्रावण ११ मंगलबार, इस्ताबुल। टर्कीस एयरलाइन्सले आफ्ना २११ जना कर्मचारीलाई सोमबार बर्खास्त गरेको छ । टर्कीमा भएको सैनिक विद्रोहमा हात रहेको आरोप लागेका एकजना कारिन्दा तहका कर्मचारी फतुल्लाह गुलेनसँग आावद्ध रहेको आशङ्कामा टर्कीस एयरलाइन्सले ती कर्मचारीहरूलाई जागीरबाट हटाएको बताइएको छ ।    गत जुलाई १५ मा टर्कीसमा भएको असफल सैनिक बिद्रोहपछि टर्की सरकारले सरकारी कर्मचारी, सैनिकलगायत पत्रकारलाई समेत पनि गिरफ्तार गर्ने र जागीरबाट हटाउने क्रम जारी राखेको छ ।  ... बाँकी अंश»

नेपालमा जो प्रधानमन्त्री भएपनि हामीलाई फरक पर्दैन : चीन

२०७३ श्रावण ११ मंगलबार, काठमाडौं। कुनैपनि मुलुकमा सरकार परिवर्तन भएपनि सबैभन्दा बढी चासो भनेको छिमेकीहरूको लागि हुनु पर्ने हो। ननेपालमा पनि साउन नौ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पद त्याग गरेको घोषणा गरे पछि दक्षिणी छिमेकी मुलुक भारतले यस विषयमा नजिकबाट नियालेर खुल्लामखुल्ला यावत किसिमका प्रतिक्रिया पनि दिईसकेको छ। तर, अहिलेसम्म मौन बसेको चीनले भने नेपालमा जो सु्कै प्रधानमन्त्री बनेर आएपनि आफूलाई समस्या नहुने बताएको छ।    चिनियाँ सरकारी समाचार एजेन्सी सिन ... बाँकी अंश»

जापानमा चक्कु प्रहारबाट १९ को मृत्यु, घाइते २५ मध्ये २० गम्भीर

२०७३ श्रावण ११ मंगलबार, टोकियो। जापानको एक मानसिक असहाय केन्द्रमा भएको अन्धाधुन्ध चक्कु प्रहारमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । बिहानै २.३० बजे भएको घटनामा २५ जना घाइते भएका छन् । जसमध्ये २० को अवस्था गम्भीर छ ।   बीबीसीका अनुसार राजधानी टोकियोको नजिकको सागामिहारा सहरमा रिहाइशी असहाय आवास क्षेत्रमा उक्त घटना भएको हो ।   २६ वर्षे सातोसी एमासुले अन्धाधुन्ध प्रहार गरी तिनीहरुको हत्या गरेका हुन् । प्रहरीका अनुसार उनी असहाय केन्द्रका पूर्व कर्मचारी समेत हुन्  । &nb ... बाँकी अंश»

अमेरिकाको फ्लोरिडामा युवा युवतीको पार्टीमा गोली प्रहार, २ को मृत्यु

२०७३ श्रावण १० सोमबार, एजेन्सी । अमेरिकाको फ्लोरिडाको एक नाइट क्लबमा अन्धाधुन्द गोली प्रहार भएको छ । गोली लागेर २ जनाको मृत्यु भएको छ भने, १ट जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।    फ्लोरिडाको फार्ट मायर्समा रहेको नाइट क्लबमा गोली प्रहार भएको हो । त्यहाँ युवा युवतीको पार्टी चलिरहेको थियो । प्रहरीले गोलीबारीमा संलग्न भएको शंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।   यस्तै, अर्को ठाउँमा एक घर र गाडीलाई लक्षित गरी गोली चलेको छ । गोलीबारीको कारण खु ... बाँकी अंश»

टर्कीको असफल सैन्य विद्रोहीपछि ४२ पत्रकारमाथि पक्राउ आदेश

२०७३ श्रावण १० सोमबार, अङ्कारा (टकी) । टर्कीका सरकारी अधिकारीले मुलुकमा केही दिन पहिले भएको असफल सैनिक विद्रोहमा संलग्नमाथि अनुसन्धान तथा कारबाही अघि बढाइरहेको बेला विभिन्न सञ्चार माध्यममा कार्यरत ४२ जना पत्रकारलाई पनि पक्राउ आदेश दिइएको टर्कीको एनटिभी टेलिभिजन च्यानलले जनाएको छ ।    विगत १३ वर्षदेखि टर्कीको सत्ता सम्हालेका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना शिक्षक अन्य कर्मचारी ग ... बाँकी अंश»

उत्तरी भारतमा रेलले भ्यानलाई ठक्कर दिँदा सात विद्यार्थीको मृत्यु, बाह्र जना घाइते

२०७३ श्रावण १० सोमबार, नयाँ दिल्ली (भारत) । भारतको उत्तर प्रदेशमा सोमबार रेलले एक विद्यालयको भ्यानलाई ठक्कँर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको उत्तर प्रदेशका एक उच्च प्रहरी अधिकारीले बताएका छन् ।    बादोही जिल्लाको महेन्दीपुर क्षेत्रमा एउटा निजी विद्यालयका विद्यार्थी लिएर विद्यालय तर्फ गइरहेको भ्यानलाई बिहान करिब ८ बजेको समयमा ठक्कर दिंदा घाइते बनेका सात विद्यार्थीको अस्पताल पुग्नु अगावै मृत्यु भएको थियो । घटनामा घाइते भएका १२ जनाको उपचार भइरहेका प्रहरीले बत ... बाँकी अंश»

बग्दादमा आत्मघाती आक्रमण पन्ध्रको मृत्यु

२०७३ श्रावण ९ आइतबार, बग्दाद । इराकको राजधानी बग्दादको उत्तरी भागमा रहेको एक सुरक्षा जाँचचौकीलाई लक्ष्यगरी आइतबार विहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार भएको छ । आत्मघाती आक्रमणको आइएस आतङ्ककारी समूहले दाबी गरेको जनाएको छ ।    सिया जिल्ला काधिमियाको प्रवेशद्वारमा भएको यस आक्रमणमा विस्फोटक पर्दार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले आक्रमण गर्दा कम्तीमा १५ सर्वसाधारण र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । प्रायःसिया मुसलमान समू ... बाँकी अंश»

टर्कीमा विशेष सुरक्षा दस्ता विघटन गरिने

२०७३ श्रावण ९ आइतबार, अङ्कारा । गत हप्ता टर्कीमा भएको असफल सैनिक ‘कू’को प्रयासपछि टर्की राष्ट्रपतीय सुरक्षा दस्ता भङ्ग गरिएको समाचार छ । करिब दुई हजार पाँच सय सैनिकको सहभागीता रहेको सो दस्तालाई असफल सैनिक कू प्रयासमा सघाएको आरोप लागेको छ ।    सत्ता हत्याउने प्रयासमा लागेका आरोपमा सो दस्तामा करिब तीन सय सैनिक पक्राउ परेका छन । टर्कीका प्रधानमन्त्रीले करिब दुई हजार पाँच सय सैनिक रहेको सो दस्ताको आवश्यकता नरहेको एक टेलिभिजन च्यानलमार्फत बताएका छन् ।    तेह् ... बाँकी अंश»

संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तान आक्रमणको निन्दा

२०७३ श्रावण ९ आइतबार, काबुल । संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहयोग मिसन (युएनएएमए) ले काबुलमा शनिबार भएको आतङ्ककारी आक्रमणको कडा शव्दमा भत्र्सना गरेको छ । यस आक्रमणमा परी ८० अफगानी नागरिकको हत्या हुनुको साथै अन्य २३१ जना घाइते भएका छन् ।    शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका सयौं निर्दोष जनसमुदाय हताहत हुने गरी आज गराइएको यस बर्बर आक्रमणको जतिसुकै कडा शव्दमा निन्दा गरे पनि पुग्दैनू राष्ट्र सङ्घीय दूत तथा अफगानिस्तानस्थित नियोगका प्रमुख तादामिचि यामामोतो ... बाँकी अंश»

नयाँ