विश्व

हिलारी क्लिन्टन अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपतिको उम्मेदवार

२०७३ श्रावण १२ बुधबार, फिलाडेल्फिया। अमेरिकाको राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टन डेमोक्रेटिक पार्टीबाट उम्मेदवार घोषित भएकी छिन् । उनी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्ने पहिलो महिलासमेत भएकी छिन् ।    उनी निर्वाचित भएमा अमेरिकाको इतिहासमा प्रथम महिला राष्ट्रपति हुनेछिन् । पूर्व राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी सिनेटर र विदेश मन्त्री रहिसकेकी छन् ।    अहिलेको निर्वाचनमा हिलारीले उदार पक्षको र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम् ... बाँकी अंश»

पत्रकारपछि टर्की सरकारको निसानामा एयरलाइन्सका कर्मचारी, २११ बर्खास्त

२०७३ श्रावण ११ मंगलबार, इस्ताबुल। टर्कीस एयरलाइन्सले आफ्ना २११ जना कर्मचारीलाई सोमबार बर्खास्त गरेको छ । टर्कीमा भएको सैनिक विद्रोहमा हात रहेको आरोप लागेका एकजना कारिन्दा तहका कर्मचारी फतुल्लाह गुलेनसँग आावद्ध रहेको आशङ्कामा टर्कीस एयरलाइन्सले ती कर्मचारीहरूलाई जागीरबाट हटाएको बताइएको छ ।    गत जुलाई १५ मा टर्कीसमा भएको असफल सैनिक बिद्रोहपछि टर्की सरकारले सरकारी कर्मचारी, सैनिकलगायत पत्रकारलाई समेत पनि गिरफ्तार गर्ने र जागीरबाट हटाउने क्रम जारी राखेको छ ।  ... बाँकी अंश»

नेपालमा जो प्रधानमन्त्री भएपनि हामीलाई फरक पर्दैन : चीन

२०७३ श्रावण ११ मंगलबार, काठमाडौं। कुनैपनि मुलुकमा सरकार परिवर्तन भएपनि सबैभन्दा बढी चासो भनेको छिमेकीहरूको लागि हुनु पर्ने हो। ननेपालमा पनि साउन नौ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पद त्याग गरेको घोषणा गरे पछि दक्षिणी छिमेकी मुलुक भारतले यस विषयमा नजिकबाट नियालेर खुल्लामखुल्ला यावत किसिमका प्रतिक्रिया पनि दिईसकेको छ। तर, अहिलेसम्म मौन बसेको चीनले भने नेपालमा जो सु्कै प्रधानमन्त्री बनेर आएपनि आफूलाई समस्या नहुने बताएको छ।    चिनियाँ सरकारी समाचार एजेन्सी सिन ... बाँकी अंश»

जापानमा चक्कु प्रहारबाट १९ को मृत्यु, घाइते २५ मध्ये २० गम्भीर

२०७३ श्रावण ११ मंगलबार, टोकियो। जापानको एक मानसिक असहाय केन्द्रमा भएको अन्धाधुन्ध चक्कु प्रहारमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । बिहानै २.३० बजे भएको घटनामा २५ जना घाइते भएका छन् । जसमध्ये २० को अवस्था गम्भीर छ ।   बीबीसीका अनुसार राजधानी टोकियोको नजिकको सागामिहारा सहरमा रिहाइशी असहाय आवास क्षेत्रमा उक्त घटना भएको हो ।   २६ वर्षे सातोसी एमासुले अन्धाधुन्ध प्रहार गरी तिनीहरुको हत्या गरेका हुन् । प्रहरीका अनुसार उनी असहाय केन्द्रका पूर्व कर्मचारी समेत हुन्  । &nb ... बाँकी अंश»

अमेरिकाको फ्लोरिडामा युवा युवतीको पार्टीमा गोली प्रहार, २ को मृत्यु

२०७३ श्रावण १० सोमबार, एजेन्सी । अमेरिकाको फ्लोरिडाको एक नाइट क्लबमा अन्धाधुन्द गोली प्रहार भएको छ । गोली लागेर २ जनाको मृत्यु भएको छ भने, १ट जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।    फ्लोरिडाको फार्ट मायर्समा रहेको नाइट क्लबमा गोली प्रहार भएको हो । त्यहाँ युवा युवतीको पार्टी चलिरहेको थियो । प्रहरीले गोलीबारीमा संलग्न भएको शंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।   यस्तै, अर्को ठाउँमा एक घर र गाडीलाई लक्षित गरी गोली चलेको छ । गोलीबारीको कारण खु ... बाँकी अंश»

टर्कीको असफल सैन्य विद्रोहीपछि ४२ पत्रकारमाथि पक्राउ आदेश

२०७३ श्रावण १० सोमबार, अङ्कारा (टकी) । टर्कीका सरकारी अधिकारीले मुलुकमा केही दिन पहिले भएको असफल सैनिक विद्रोहमा संलग्नमाथि अनुसन्धान तथा कारबाही अघि बढाइरहेको बेला विभिन्न सञ्चार माध्यममा कार्यरत ४२ जना पत्रकारलाई पनि पक्राउ आदेश दिइएको टर्कीको एनटिभी टेलिभिजन च्यानलले जनाएको छ ।    विगत १३ वर्षदेखि टर्कीको सत्ता सम्हालेका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना शिक्षक अन्य कर्मचारी ग ... बाँकी अंश»

उत्तरी भारतमा रेलले भ्यानलाई ठक्कर दिँदा सात विद्यार्थीको मृत्यु, बाह्र जना घाइते

२०७३ श्रावण १० सोमबार, नयाँ दिल्ली (भारत) । भारतको उत्तर प्रदेशमा सोमबार रेलले एक विद्यालयको भ्यानलाई ठक्कँर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको उत्तर प्रदेशका एक उच्च प्रहरी अधिकारीले बताएका छन् ।    बादोही जिल्लाको महेन्दीपुर क्षेत्रमा एउटा निजी विद्यालयका विद्यार्थी लिएर विद्यालय तर्फ गइरहेको भ्यानलाई बिहान करिब ८ बजेको समयमा ठक्कर दिंदा घाइते बनेका सात विद्यार्थीको अस्पताल पुग्नु अगावै मृत्यु भएको थियो । घटनामा घाइते भएका १२ जनाको उपचार भइरहेका प्रहरीले बत ... बाँकी अंश»

बग्दादमा आत्मघाती आक्रमण पन्ध्रको मृत्यु

२०७३ श्रावण ९ आइतबार, बग्दाद । इराकको राजधानी बग्दादको उत्तरी भागमा रहेको एक सुरक्षा जाँचचौकीलाई लक्ष्यगरी आइतबार विहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार भएको छ । आत्मघाती आक्रमणको आइएस आतङ्ककारी समूहले दाबी गरेको जनाएको छ ।    सिया जिल्ला काधिमियाको प्रवेशद्वारमा भएको यस आक्रमणमा विस्फोटक पर्दार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले आक्रमण गर्दा कम्तीमा १५ सर्वसाधारण र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । प्रायःसिया मुसलमान समू ... बाँकी अंश»

टर्कीमा विशेष सुरक्षा दस्ता विघटन गरिने

२०७३ श्रावण ९ आइतबार, अङ्कारा । गत हप्ता टर्कीमा भएको असफल सैनिक ‘कू’को प्रयासपछि टर्की राष्ट्रपतीय सुरक्षा दस्ता भङ्ग गरिएको समाचार छ । करिब दुई हजार पाँच सय सैनिकको सहभागीता रहेको सो दस्तालाई असफल सैनिक कू प्रयासमा सघाएको आरोप लागेको छ ।    सत्ता हत्याउने प्रयासमा लागेका आरोपमा सो दस्तामा करिब तीन सय सैनिक पक्राउ परेका छन । टर्कीका प्रधानमन्त्रीले करिब दुई हजार पाँच सय सैनिक रहेको सो दस्ताको आवश्यकता नरहेको एक टेलिभिजन च्यानलमार्फत बताएका छन् ।    तेह् ... बाँकी अंश»

संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तान आक्रमणको निन्दा

२०७३ श्रावण ९ आइतबार, काबुल । संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहयोग मिसन (युएनएएमए) ले काबुलमा शनिबार भएको आतङ्ककारी आक्रमणको कडा शव्दमा भत्र्सना गरेको छ । यस आक्रमणमा परी ८० अफगानी नागरिकको हत्या हुनुको साथै अन्य २३१ जना घाइते भएका छन् ।    शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका सयौं निर्दोष जनसमुदाय हताहत हुने गरी आज गराइएको यस बर्बर आक्रमणको जतिसुकै कडा शव्दमा निन्दा गरे पनि पुग्दैनू राष्ट्र सङ्घीय दूत तथा अफगानिस्तानस्थित नियोगका प्रमुख तादामिचि यामामोतो ... बाँकी अंश»

भारत चीनबीच चिसोपना, चीनका तीन पत्रकारलाई देश छाड्न आदेश

२०७३ श्रावण ९ आइतबार, नयाँ दिल्ली । भारत सरकारले चीनका तीन पत्रकारलाई देश छाड्न आदेश दिएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका तीन पत्रकारलाई एक हप्ताभित्र देश छाड्न आदेश दिएको हो ।   सरकारले तिनीहरुको भिसा बढाउन अश्वीकार गरेसंगै आगामी आइतबारसम्म उनीहरुले भारत छाड्नु पर्ने भएको हो । भारतले उनीहरुलाई चीन फिर्ता जान दिएको आदेशको कारण भने बताएको छैन ।      भारतले पहिलो पटक यस किसिमको कदम उठाएको भारतीय संचार माध्यमले जनाएका छन् । यी तीन जनाले विभिन्न स ... बाँकी अंश»

काबुलमा गराइएको आत्मघाती विष्फोटमा ८० बढीको मृत्यु, २५० घाइते

२०७३ श्रावण ९ आइतबार, काबुल । वामियान राज्यमा विद्युत् सेवा विस्तारका लागि सरकारसँग माग गर्दै अफगानिस्तानको राजधानी काबुलमा प्रदर्शनमा सहभागी हुन जम्मा भएका अल्पसङ्ख्यक सिया हजारा समुदायको जमघट भएका स्थानमा दूई शक्तिशाली आत्मघाती विष्फोटमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले २५० जना घाइते भएको जनाएको छ ।   घटनाको इस्लामिक स्टेट आइएसले जिम्मेवारी लिएको छ ।  घटनामा तालिवान समूहको संलग्नता नरहेको अफगानी तालिवान समूहले दाबी गर ... बाँकी अंश»

अफगानिस्तानको काबुलमा शक्तिशाली विष्फोट, २० को मृत्यु

२०७३ श्रावण ८ शनिबार, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा प्रदर्शनबीच भएको शक्तिशाली विष्फोटमा कम्तिमा २०  जनाको मृत्यु भएको छ ।  एक सय ५० बढी घाइते भएका छन् । विष्फोट भएको क्षेत्रमा अल्पसंख्यक हजारा समुदायका कयौं व्यक्ति प्रदर्शन गरिरहेका थिए ।   हजार समुदायका नागरिकले विद्युत विस्तारको नयाँ लाइनलाई आफ्नो प्रान्तबाट हटाउने सरकारी निर्णय विरुद्ध र्याली निकालेकै बेला विष्फोट भएको हो ।    प्रहरी अधिकारीहरुका अनुसार विष्फोट आत्मघाती थियो । सामाजिक ... बाँकी अंश»

जलवायु परिवर्तन आतङ्कवाद जस्तै खतरानाकः केरी

२०७३ श्रावण ८ शनिबार, वासिङटन (संयुक्त राज्य अमेरिका)। संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जोन केरीले इस्लामिक स्टेट (आईएस) समूह र केही अतिवादी समूहको आतङ्क जस्तै जलवायु परिवर्तन पनि विश्वको भविष्यका लागि अति खतरानाक भएको बताउएका छन् ।    अस्ट्रियाको भियनामा शुक्रबार अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनमा आतङ्कवादले सार्वजनिक रुपमा जसरी विश्वको ध्यानाकर्षण गरेको छ । त्यसरी जलवायु परिवर्तनले ध्यान तान्न नसकेको बताए ।    अमेरिकी विदेशमन्त्री केरीले ... बाँकी अंश»

बाढी कारण भएको सङ्कटकालीन अवस्थाप्रति चीन संवेदनशील

२०७३ श्रावण ७ शुक्रबार, बेइजिङ  । घनघोर बर्षासहितको आँधी र बाढी कारण चीनको हेनानमा आएको सङ्कटकालीन अवस्थाप्रति चीन संवेदनशील भएको छ ।    चीनको हेनान प्रान्तमा घनघोर बर्षासहित आएको आँधी र बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय नागरिक मामिलासम्बन्धी विभागले शुक्रबार सो जानकारी दिएको छ । बाढी प्रभावित इलाकामा उद्धारकार्य जारी रहेको बताइएको छ ।    गत जुलाई १८ बाट चीनको हेनान प्रान्तमा सुरु भएको भारी बर्षा र बाढीमा परी स्थानीय समयानुसार शुक्र ... बाँकी अंश»

महिलालाई गाली गर्ने ट्रम्प, महिलाकै फ्यान

२०७३ श्रावण ६ बिहिबार, काठमाडौं । अमेरिकाका राष्ट्रपतिमा उम्मेदवार ट्रम्पलाई महिलाहरू कुकुर, मोटो सुंगुर र घृणित जनावर भन्छन् । उनी पनि महिलालाई त्यति मन पराउँदैनन् । यति हुँदा पनि किन महिलाहरू ट्रम्पलाई मन पराउँछन् त ?      यो कुराको बहस खुवै भयो रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनमा । ट्रम्प रिपब्लिकन पार्टीको अधिवेशनबाट आसन्न राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार बनेका छन् ।    उनी प्रायः महिलालाई मन पराउन्नन् । अझ विपक्षी डेमोक्रेटिक पार्टीकी र ... बाँकी अंश»

टर्कीमा तीन महिना संकटकाल, सैन्य कू मा लाग्नेलाई छानीछानी कार्वाही

२०७३ श्रावण ६ बिहिबार, एंकारा । टर्कीमा संकटकाल लागेको छ । टर्की सरकारले तीन महिनाका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको हो ।   गत हप्ताको शुक्रबार राति सैनिक ‘कू’ को प्रयास भएपछि संविधान अनुसार राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गर्नुपरेको राष्ट्रपति कार्यालय एंकाराबाट राष्ट्रपति रिसेप तैइप एर्दोगानले बताए ।   राष्ट्रपति एर्दोगानले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै कू को प्रयास असफल पार्न नागरिकले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे ।   संकटकाल ... बाँकी अंश»

पन्ध्र वर्ष पुराना डिजेल गाडी हटाऊः भारतीय ग्रीन कोर्ट

२०७३ श्रावण ५ बुधबार, नयाँ दिल्ली (भारत) । भारतीय ‘ग्रीन कोर्ट’ ले डिजेलबाट चल्ने १५ वर्ष पुराना सम्पूर्ण गाडीलाई राजधानी नयाँ दिल्ली क्षेत्रमा चल्नबाट रोक लगाउन बुधबार निर्देशन गरेको छ ।    भारतीय नेसनल ग्रीन ट्रिबुनलले १५ वर्ष पुराना र वातावरणीय मूल्य मान्यता विपरित राजधानीमा चलिरहेको डिजेल गाडीमा प्रतिबन्ध र त्यस्ता गाडीलाई चलाउन दिइएका स्वीकृति पत्रलाई रद्द गर्न प्रशासनलाई आदेश दिएको हो ।    दिल्लीमा बढ्दो वातावरण प्रदूषणका वाहक मानिएका डिजेलद्वा ... बाँकी अंश»

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकनका उम्मेदवार

२०७३ श्रावण ५ बुधबार, न्यूयोर्क । डोनाल्ड ट्रम्प अमेरिकाको आसन्न राष्ट्रपतिको उम्मेदवार बनेका छन् । अमेरिकाको ओहायोस्थित क्लिभल्याण्डमा भएको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनले पार्टीका तर्फवाट डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार चयन गरेको हो ।    राष्ट्रिय सम्मेलनमा भएको मतदानमा २४ सय भोट मध्ये १७ सय २५ मत प्राप्त गरेर आधिकारिक उम्मेदवार भएका हुन्।   सम्मेलनको पहिलो दिन डोनाल्ड ट्रम्पसंगै उनकी पत्नी मेलिना पनि देखिएकी थिइन् । उनकी पत्नीले भने ट्र ... बाँकी अंश»

मालीको सैन्य क्याम्पमा बन्दुकधारीको आक्रमणमा १७ सिपाहीको मृत्यु

२०७३ श्रावण ५ बुधबार, नाम्पाला । मालीको एक सैन्य क्याम्पमा भएको आक्रमणमा कम्तीमा १७ सैनिकको मृत्यु भएको छ । बन्दुकधारीले अन्धाधुन्ध गरेको आक्रमणमा ३० जना घाइते भएका छन् ।   नाम्पालाको केन्द्रमा रहेको सो सैन्य क्याम्पमा एक जना हतियारधारी दौडेर आएर आक्रमण गरेको सेनाले जनाएको छ । घटनाको दुई छुट्टाछुट्टै समूहले आक्रमणको दावी गरेका छन् ।    राष्ट्रपति इब्राहिम बौबाकर केइताले उच्च सुरक्षा परिषदको बैठक अब्हान गर्दै स्थिति सामान्य बनाउने प्रयत्न गरेका छन् ।   ... बाँकी अंश»

नयाँ