विश्व

चिनियाँ बाँदरले जितायो ट्रम्पलार्इ !

२०७३ कार्तिक २४ बुधबार, काठमाडौ । सुन्दा पनि अचम्म लाग्न सक्छ कि बाँदरले अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रभाव पार्‍यो भनेर सुन्दा । तर, पछिल्लो अमेरिकी निर्वाचनमा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भने चिनियाँ एक बाँदरको भविष्ण्वाणी सही सावित भएको छ ।   नेपाली मिति गत कात्तिक २१ गते चीनको एक बाँदरले अमेरिकन राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने भविष्यवाणी गरेको थियो । उक्त समयमा जनातले हिलारी क्लिन्टनलाई बलियो रहेको घोषणा गरिरहेकोबेला ... बाँकी अंश»

[अपडेट] अमेरिकी निर्वाचन : ४२ राज्यको मत परिणाममा ट्रम्प नै अगाडि

२०७३ कार्तिक २४ बुधबार, एजेन्सी । मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जसमा ४२ राज्यको मत परिणाम आइसक्दा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प अगाडि छन् । अब मात्र ८ राज्यको मत परिणाम आएपछि नयाँ अमेरिकी राष्ट्रपतिको अन्तिम टुंगो लाग्ने छ ।    ट्रम्पले २४४ इलेक्ट्रोरल भोट प्राप्त गर्दा डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनले २१५ इलेक्ट्रोरल भोट प्राप्त गरेकी छिन् ।      अमेरिकी राष्ट्रपतिमा विजयी हुन कुल ५३८ इल ... बाँकी अंश»

अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै

२०७३ कार्तिक २४ बुधबार, काठमाडौं। अमेरिकन राष्ट्रपतीय निर्वाचन- २०१६ को मत गणना जारी छ । जसमा २४४ इलेक्ट्रोरल भोटका साथ रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प अगाडि छन् । अर्का प्रत्यासी डेमोक्र्याटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टन भने २०९ इलेक्ट्रोरल भोटका साथ ट्रम्पलाई पछ्यारहेकी छिन् ।    अमेरिकी राष्ट्रपतिमा विजयी हुन कुल ५३८ इलेक्ट्रोरल भोटमा उम्मेद्वारलाई २७० इलेक्ट्रोरल भोटको आवश्यकता पर्दछ । अहिलेसम्मको मत परिणामले राष्ट्रपतिमा ट्रम्पको ... बाँकी अंश»

बम विष्फोटमा ३२ भारतीय शान्ति सेना घाइते, एक नाबालको मृत्यु

२०७३ कार्तिक २३ मंगलबार, एजेन्सी । पूर्वी कंगोस्थित गोमामा एक शक्तिशाली बम विस्फोट हुँदा ३२ जना भारतीय शान्ति सेना घाइते भएका छन् । मंगलबार बिहान भएको सो विष्फोटमा एक जना नाबालको मृत्यु भएको कंगोस्थित सयुक्त राष्ट्र संघ शान्ति मिसनलाई उद्रित गर्दै रोयटर्सले जनाएको छ । सो विस्फोट भारतीय शान्ति सेना बिहानको दौडमा निक्लिएको समयमा भएको हो । एक जना प्रत्यक्षदर्शीले रोयटर्ससँग कुरा गर्दै विष्फोटको आवाज र चिचावट सुन्नवित्तिकै आफु घटना स्थलमा पुगेको बताएका उनले तीनजना शान् ... बाँकी अंश»

बम विष्फोटमा ३२ भारतीय शान्ति सेना घाइते, एक नाबालकको मृत्यु

२०७३ कार्तिक २३ मंगलबार, एजेन्सी । पूर्वी कंगोस्थित गोमामा एक शक्तिशाली बम विस्फोट हुँदा ३२ जना भारतीय शान्ति सेना घाइते भएका छन् । मंगलबार बिहान भएको सो विष्फोटमा एक जना नाबालको मृत्यु भएको कंगोस्थित सयुक्त राष्ट्र संघ शान्ति मिसनलाई उद्रित गर्दै रोयटर्सले जनाएको छ । सो विस्फोट भारतीय शान्ति सेना बिहानको दौडमा निक्लिएको समयमा भएको हो । एक जना प्रत्यक्षदर्शीले रोयटर्ससँग कुरा गर्दै विष्फोटको आवाज र चिचावट सुन्नवित्तिकै आफु घटना स्थलमा पुगेको बताएका उनले तीनजना शान् ... बाँकी अंश»

अमेरिकी निर्वाचनमा आफ्नो भूमिका छैनः रुस

२०७३ कार्तिक २३ मंगलबार, मस्को । रुसले अमेरिकी निर्वाचन अभियानमा हस्तक्षेप गर्ने अधिकार पनि नरहेको र इच्छा पनि व्यक्त नगरेको जनाएको छ । रुसी प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी निर्वाचन ‘अमेरिकीहरुको आन्तरिक मामिला’ भएको तर त्यहाँ कैयौँ समस्याहरु बाहिर आएको बताए ।    उनले अमेरिकी विभिन्न समूहले रुसको अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन वा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग म ... बाँकी अंश»

विल क्लिन्टनसँग काम गरेकी अमेरिकी पहिलो महिला महान्यायधिवक्ता रेनोको निधन

२०७३ कार्तिक २२ सोमबार, एजेन्सी । अमेरिकाको पहिलो महिला महान्यायधिवक्ता जनेट रेनोको ७८ वर्षको उमेरमा निधन भएको छ । पार्किन्सन रोगबाट ग्रसित रेनोको सोमबार विहान मियमीमा  निधन भएको हो । तत्कालिन राष्ट्रपति विल क्लिन्टनसँग महान्याधिवक्ताको रुपमा रेनोले ८ वर्ष काम गरिन् । क्लिन्टनसँग रहेर सन् १९९३ देखि २००१ सम्म काम गरेकी रेनो २०औं सताब्दीको लामो समय काम गर्ने महान्यायधिवक्ता हुन् । आफुलाई निकै दरिलो कानुनविद मान्ने रेनो हरेक निर्णय कानून र प्रमाणको आधारमा लिन्थिन् । ... बाँकी अंश»

क्लिन्टनले सफाइ पाएकोमा ट्रम्प रुष्ट, भने, ‘एफबीआई’ ले बेइमानी गर्यो

२०७३ कार्तिक २२ सोमबार, काठमाडौ । अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले अमेरिकी राष्ट्रपति पदकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई इमेल प्रकरणमा सफाइ दिएपछि उक्त निर्णयप्रति रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले कडा आपत्ति जनाएका छन् । ट्रम्पले एफबीआईले पुन: एकचोटी क्लिन्टनलाई निर्दोष सावित गरेर बेइमानी गरेको आरोप लगाए ।    एफबीआईले मतदानको दुई दिन पहिले क्लिन्टनको ईमेलमा आपराधिक विषय केही नरहेको भन्दै सफाई दिएको हो । योसंगै क्लिन्टन अमेरिकाको पहिलो महिल ... बाँकी अंश»

अमेरिकामा राष्ट्रपति निर्वाचनको मुखमै भूकम्प

२०७३ कार्तिक २२ सोमबार, एजेन्सी । अमेरिकामा राष्ट्रतपिय निर्वाचन एक दिन बाँकी रहँदा भूकम्प गएको छ । त्यहाँ मंगलबार राष्ट्रपतिको लागि निर्वाचन हुँदै छ । निर्वाचनको मुखमै अमेरिकाले भूकम्पको झट्का भेटेको हो। आइतबार राति अमेरिकाको मध्य भागमा रहेको ओक्लहोमा राज्यमा ५ रेक्टर स्केलको भूकम्प गएको छ । सुरुमा भूकम्प ५ दशमलब ३ रेक्टर स्केल मापन गरिएपनि पछि ५ रेक्टर स्केल रहेको अमेरिकी भू–गर्भ विभागले जनाएको छ । भूकम्पका कारण सहरका केही भवनहरु भत्किएका छन् । भूकम्पमा केहीँ म ... बाँकी अंश»

एफबीआइबाट सफाइ पाएपछि हिलारी क्लिन्टन अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने सम्भावना

२०७३ कार्तिक २२ सोमबार, काठमाडौं । अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले अमेरिकी राष्ट्रपति पदकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई इमेल प्रकरणमा सफाइ दिएको छ ।    एफबीआईले मतदानको दुई दिन पहिले हिलारीको ईमेलमा आपराधिक विषय केही नरहेको भन्दै सफाई दिएको हो ।   योसंगै क्लिन्टन अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने सम्भावना बढेको छ ।    क्लिन्टनले प्रयोग गरेका ईमेलमा आपराधिक कुराको कुनै प्रमाण नमिलेको एफबीआईले प्रष्ट गरेको छ ।     यसअघि एफबीआई ... बाँकी अंश»

अमेरिकी अर्थतन्त्रमा क्लिन्टन “निरन्तरता”, ट्रम्प “अज्ञानता” – स्टिभ अड्ल्यान्ड

२०७३ कार्तिक २१ आइतबार, वासिङ्गटन । अमेरिकी कर प्रणाली, सार्वजनिक खर्चब्यबस्था र आरक्षण सम्बन्धि ब्यबस्थापनका विषयमा राष्ट्रपतीय उम्मेदबारद्वय मध्ये क्लिन्टनको अर्थ “निरन्तरता” र ट्रम्पको अर्थ “अज्ञानता” हो भनी एउटा निष्पक्ष, स्वतन्त्र र व्यावसायिक अर्थनीति समुहः कमिटि फर इकोनोमिक डेभेलप्मेन्टका अर्थविद् स्टिभ अड्ल्याण्डले भनेका छन् ।    हिलारी क्लिन्टनका अभिव्यक्तिले वर्तमान अमेरिकी अर्थतन्त्रलाई निरन्तरता दिने तर, ट्रम्पले बेलाबखतमा अभिव्यक्त गर ... बाँकी अंश»

प्रदुषणका कारण दिल्लीको विद्यालय ३ दिन बन्द

२०७३ कार्तिक २१ आइतबार, काठमाडौ । भारतको राजधानी दिल्लीमा चरम वायु प्रदुषण भएपछि त्यहाँका विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ । आइतबार दिल्लीका मुख्य मन्त्री अरबेन्द केजरिवालले आकास्मिक परिधिको सुची उद्घोष गर्दै विद्यालय बन्दको जानकारी दिएका हुन् ।    दिपावलीपछि दिल्लीमा बढेको वायु प्रदुषणसँग लड्न आइतबार नै केजरिवालले मन्त्रीस्तरीय बैठक बोलाएका छन् । उनले दिल्लीमा वायु प्रदुषण चरम उत्कर्षमा पुग्ला भनेर आफुहरुले कहिले आशा नगरेको बताए ।    प्रदुषण पछ ... बाँकी अंश»

उत्तर भारतमा बस दुर्घटनामा सोह्रको मृत्यु, अठ्ठाइस घाइते

२०७३ कार्तिक २० शनिबार, नयाँ दिल्ली (भारत) । उत्तर भारतको हिमाञ्चाल प्रदेशमा शनिबार एक यात्रुबाहक बस दुर्घटना हुँदा यसमा सवार १६ जनाको मृत्यु भएको भारतीय उच्च प्रहरी अधिकारीले बताएका छन् ।    हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलाबाट करिब २०० किलोमिटर दूरीमा अवस्थित माडी सहरमा क्षमताभन्दा बढी भार लिए गुडिरहेको बस ड्राइभरको लापरबाही र अत्यधिक भारका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको आफू घटनाको रिपोर्टिङ गर्ने जिम्मेवार व्यक्ति नभएको ... बाँकी अंश»

अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने भविष्यवाणी

२०७३ कार्तिक २० शनिबार, साङघाई (चीन)। चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ ।    गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो ।    गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइए पनि उक्त अलौकिक जनावरले सन् २०१० को विश्व कप ... बाँकी अंश»

कुरानको अपमान गरेको भन्दै मुस्लिम धर्मालम्वी सरकार विरुद्ध सडकमा

२०७३ कार्तिक १९ शुक्रबार, एजेन्सी । इन्डोनेसियाको राजधानी जाकार्तामा  सरकारको  राजीनामा माग गर्दै दशौं हजार मुस्लिम धर्मालम्वीले प्रदर्शन गरेका छन् । सरकारले आफ्नो धार्मिक ग्रन्थ कुरानको अपहेलना गरेको भन्दै उनीहरुले सरकारको राजीनामा माग समेत गरेका छन् । शुक्रबार राष्ट्रपति भवन अगाडि मुस्लिम धर्मालम्वीले विशाल प्रदर्शन गरेका हुन् ।    इन्डोनेसिया विश्वकै बढी मुस्लिम धर्मालम्वी भएको मुलुक हो । प्रदर्शनपछि राजधानी जाकार्तामा तनाव उत्पन्न भएको छ । केहीँ कम्पनी ... बाँकी अंश»

टर्कीमा कार बम विस्फोट, आठको मृत्यु, तीस घाइते

२०७३ कार्तिक १९ शुक्रबार, दियारबाकिर (टर्की)। टर्कीको दियारबाकिरमा रहेको प्रहरी कार्यालयनजिकै शुक्रबार भएको कार बम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य ३० जना घाइते भएका छन् । प्रहरीले टर्कीको मुख्य पार्टी कुर्दीस समर्थन दुई जना उपनेतालाई पक्राउ गरेको केही घण्टापछि नै सो विस्फोटन भएको जनाइएको छ । साथै केही सांसदहरुलाई हिरासतमा राखेको प्रहरी कार्यालय नजिकै विस्फोट गराइएको अधिकारीहरुले जनाएका छन् ।    विस्फोटको आवाज केही किलोमिटर टाढासम् ... बाँकी अंश»

फिलिपिन्स अमेरिकातिरै फर्किने संकेत, डुटर्टीले चीनलाई पारे संकटमा

२०७३ कार्तिक १९ शुक्रबार, एजेन्सी । पछिल्लो केही महिना यता अमेरिका र फिलिपिन्सको सम्बन्ध बिग्रिँदै गएकामा फेरि फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटर्टीले मनस्थिति फेरेका छन् । उनले आफ्नो मुलुकले अमेरिकाबाटै सैन्य हतियार खरिद गर्ने बताएसँगै यी दुई मुलुकबीचको सम्बन्धमा सुधार आउने देखिएको छ । वुधबार एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति डुटर्टीले चीन र रुसले प्रस्ताव गरिरहेको भएपनि आफ्नो सैनिकले सिफारिस गरे फिलिपिन्सले पुनः अमेरिकाबाटै सैन्य हतियार खरिद गर्नसक्ने बताए ... बाँकी अंश»

लिभियामा डुङ्गा दुर्घटनामा दुई सय चालिस आप्रवासीको मृत्युः राष्ट्रसङ्घ

२०७३ कार्तिक १९ शुक्रबार, मिलान । लिभियामा भएको दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा कम्तिमा २४० जना आप्रवासीको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्था (यूएनएचसीआर) ले जनाएको छ ।    यो सङ्ख्यासँगै भूमध्यसागरिय क्षेत्रबाट जीवनलाई खतरामा राखी युरोप तथा विश्वका अन्य मुलुक जाने क्रममा सन् २०१६ मा चार हजार २२० आप्रवासीको मृत्यु भएको राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।    इटालीस्थित यूएनएचसीआरकी प्रवक्ता ... बाँकी अंश»

अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्प विश्वकै लागि खतरा – ओबामा

२०७३ कार्तिक १८ बिहिबार, नर्थ क्यारोलाइन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विश्वकै लागि खतरनाक भएको बताएका छन् । उत्तर क्यारोलाइना राज्यमा डेमोक्रेटिक पार्टीको चुनावी प्रचारका क्रममा बोल्दै ओबामा ट्रम्पप्रति निकै आक्रामक बनेका हुन् ।    अल्पसंख्यकप्रति कठोर बन्ने व्यक्ति अमेरिकी सेनाको कमाण्डर इन चिफ बन्न लायक नरहेको पनि ओबामाको जिकिर छ ।    आसन्न निर्वाचनमा हिलारी क्लिन्टन पराजित भएमा पछिल्लो आठ वर्ष ... बाँकी अंश»

राजनीतिक वार्ताबाट मात्र यमनमा शान्ति सम्भव छ :चीन

२०७३ कार्तिक १७ बुधबार, संयुक्त राष्टसंघ। एकजना चिनियाँ वरिष्ठ कूटनीतिज्ञले यमनमा दिगो शान्ति राजनीतिक वार्ताबाट मात्र सम्भव रहेको जानकारी दिएका छन्। उनले भनेका छन्, यमनमा दिगो शान्ति जतिसक्दो चाँडो आवश्यक छ र त्यो रानजीतिक वार्ताबाट मात्र सम्भव छ।   एकजना चिनियाँ वरिष्ठ कूटनीतिज्ञ उ हाइताउले सो धारणा राखेका हुन्। उनी संयुक्त राष्टसंघीय नियोगका लागि चिनियाँ उपप्रमुख प्रतिनिधि हुन्। उनले भने हामीले यमनी सरकारलाई त्यहाँ रहेका सबै राजनीतिक दलहरुलाई प्रतिबन्ध फुक ... बाँकी अंश»

नयाँ