विश्व

भारतमा ‘नगद विनाश’का कारण अराजकता र खर्च गर्ने होड

२०७३ मङ्सिर १८ शनिबार, नयाँ दिल्ली । भारतका जनता शुक्रबार मध्यरातको समयसीमापूर्व पुराना नोट पेट्रोल पम्पमा खर्च गर्ने होडमा छन् भने प्रतिपक्षले उच्च दरका नोट रद्द गर्ने सरकारी निर्णय विनाशकारी भएको आरोप लगाएको छ । सरकारले पेट्रोल पम्पमा पुराना नोट उपयोग गर्न सकिने समयसीमा डिसेम्बर १५ का लागि तोके पनि त्यसलाई बिहीबार साँझ २४ घण्टामा घटायो ।    सरकारको अकस्मात यस पाइलाका कारण लाखौँ जनता क्रुद्ध भई पेट्रोल पम्पमा लाइनमा पुगेका छन् भने त्यहाँ पनि गाडीधनीबीच झगडा देख ... बाँकी अंश»

चीन-अमेरिका सम्बन्ध १९७२ भन्दा अगाडिको जस्तै बन्ने चिन्ता

२०७३ मङ्सिर १८ शनिबार, काठमाडौ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र ताइवानका राष्ट्रपति त्साई इङ वेनबीच टेलिफोन वार्ता भएको रहस्य खुलेको छ । ताईवानको एक अनलाईन ताईपाई टाईम्सले बिहीबार दुई राष्ट्रपतिबीच भेटवार्ता भएको दाबी गरेको हो । जुन वार्ता ताईवानका राष्ट्रपतिसँग १९७९ पछि पहिलो पटक भएको बताईएको छ ।    वार्तामा त्साईले राष्ट्रपतिमा विजयी बनेकोमा ट्रम्पलाई बधाई दिँदै अमेरिका ताईवानबीचको सम्बन्ध पहिले जस्तै प्रगाढ हुने विश्वास व्यक्त गरेकी थिई ... बाँकी अंश»

फ्रान्समा राष्ट्रपति अलोँ उम्मेदवार नहुने भएपछि वामपन्थी क्षेत्रमा उम्मेदवारी खुला

२०७३ मङ्सिर १७ शुक्रबार, पेरिस। फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले दोस्रो पदावधिका लागि प्रयास नगर्ने बताएपछि उनका प्रधानमन्त्री म्यानुएल भाल्सलाई आउँदो वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवार हुन मार्ग खुला भएको छ ।    राष्ट्रपति अलोँप्रतिको समर्थन हाल निकै कम छ र उनले त्यसलाई स्वीकार गर्दै आउँदो वर्ष पदबाट हट्ने निर्णय गरेका छन् । यसबाट वामपन्थी क्षेत्रबाट निर्वाचनका लागि स्थान खुला भएको छ र त्यो अनुमान गर्न नसकिने भएको छ ।    राष्ट्रपति ... बाँकी अंश»

थाइल्याण्डमा नयाँ राजा घोषित, युवराज महावचिरालङकनले सिंहासन

२०७३ मङ्सिर १७ शुक्रबार, बैंकक । थाइल्याण्डमा युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित भएका छन् । ७० वर्षसम्म शासन गरेका राजा भूमिबोलको गत अक्टोम्बर १३ मा निधन भएपछि युवराजलाई राजा बनाइएको हो ।    झण्डै डेढ महिनाअघि पिता भूमिबोल अदुल्यादेजको निधनपछि युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित गरिएको हो ।   बिहीबार थाइल्याण्डको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारित एक समारोहमा युवराजले नयाँ राजा बन्न संसदले गरेको निमन्त्रणा स्वीकार गरेका थिए ।   थाइल्याण्डमा राजसंस ... बाँकी अंश»

'पृथ्वीको तापक्रम कम गर्न महानगरले प्रमुख भूमिका खेल्ने'

२०७३ मङ्सिर १६ बिहिबार, पेरिस। पृथ्वीमा मौसम परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य पूरा गर्न विश्वका महानगरहरूले एक दशकभित्र संयुक्त रूपमा करिब आधा कार्बन अवशेष कटौती गर्नुपर्ने बिहीबार एक विश्लेषणमा देखिएको छ । यसै साता मेक्सिको नगरमा भेला हुने ८४ महानगरका मेयरहरूले कार्बन प्रदूषण कम गर्न दीर्घकालीन बचनबद्धता व्यक्त गर्नुहुने सी ४० नामक सहरी शिखर सम्मेलनका आयोजकहरूले जानकारी दिएका छन् ।    यस संस्थाले जारी गरेको प्रतिवेदनमा यसका लागि तत्कालै काम गर्नैपर्ने उ ... बाँकी अंश»

ब्राजिलका खेलाडी र पत्रकार सवार विमान दुर्घटना इन्धन अभावले

२०७३ मङ्सिर १६ बिहिबार, कोलम्बिया ।  कोलम्बियामा मंगलवार भएको विमान दुर्घटना विमानको इन्धन सकिएका कारण भएको एक अडियो रेकर्डिङमा खुलेको छ । लिक भएको उक्त अडियो रेकर्डिङमा एक विमानचालकले विमानमा विद्युतीय गडबडी भएको अनि इन्धन सकिएको भनी लगातार अवतरण अनुमति मागेको बीबीसीले जनाएको छ । विमान दुर्घटनामा परेका ८१ मध्ये ६ जना मात्र बाँच्न सफल भएका थिए ।   एयर ट्राफिक टावरबाट प्राप्त टेपमा पाइलटले विमान दुर्घटना हुनु अघिसम्म पनि इन्धन सकिएको भन्दै अवतरणका लागि अनुमति माग ... बाँकी अंश»

भारतीय वायुसेवा बलको विमान दुर्घटना, तीनको मृत्यु

२०७३ मङ्सिर १५ बुधबार, नयाँ दिल्ली । पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ ।    वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।    यद्यपि यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । सिन्ह्वा  ... बाँकी अंश»

पूर्वी एलेप्पोमा विद्रोहीले नियन्त्रण गुमायो, सोह्र हजार सर्वासाधारण भागे

२०७३ मङ्सिर १५ बुधबार, जेनेभा । पूर्वी एलेप्पोको युद्धग्रस्त क्षेत्रबाट १६ हजारभन्दा बढी सर्वसाधारण भागेका छन् । उत्तरी एलेप्पो र छिमेकमा परेका इलाकामा विद्रोहीहरूले आफ्नो नियन्त्रण गुमाएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।    विद्रोहीको कब्जामा रहेको पूर्वी एलेप्पो र छिमेकमा पर्ने इलाकामा केही दिन यता सरकारी बलद्वारा जारी आक्रमणहरूमा तिब्रता सुरु भएपछि हजारौँ सर्वसाधारण सहरको अन्य भागमा बलपूर्वक विस्थापित भएका संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता प्र ... बाँकी अंश»

कोलम्बिया विमान दुर्घटना : जिवित पाँच मध्ये तीन ब्राजिलका फुटबलर

२०७३ मङ्सिर १४ मंगलबार, एजेन्सी । कोलम्बियामा भएको विमान दुर्घटनामा जीवितै उद्धार गरिएका ६ मध्ये एक जनाको मृत्यु भएको छ भने जिवित रहेका पाँच मध्ये तीन ब्राजिलकै फुटबलर भएको खुलेको छ । बेलायती समाचार संस्था बीबीसीले अद्यावधिक समाचार भनेको छ, ‘सुरुवातमा छ जना जिवित रहेको जानकारी आएको थियो । तर, पछि प्रहरीले जिवित रहेका मध्ये एकको मृत्यु भएको जनायो ।’ फुटबल टोलीका गोलरक्षकहरु डानिलो र ज्याक्सन फोलमान र डिफेण्डर एलन लुसियानो रशेल जिवितै रहेका बताइएको छ । यस्तै, पत्रका ... बाँकी अंश»

ब्राजिलका खेलाडी चढेको विमान दुर्घटना : २५ को मृत्यु पुष्टी, ६ जिवित

२०७३ मङ्सिर १४ मंगलबार, एनेन्सी । ब्रजिलियन फुटबलर चढेको विमान दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । बेलायती समाचार संस्था बीबीसीले अधिकारीहरुलाई उदृत गर्दै भनेको छ, ‘विवरणहरुका अनुसार २५ जनाको मृत्यु भएको छ । ६ जना जिवित छन् ।’ विमानमा सवार मध्ये ७२ यात्रु र चालक दलका नौ सदस्य रहेका बताइएको छ । दुर्घटना अघि विमानले विद्युतीय समस्या देखाएको बताइएको छ । मडेलिन अन्तराष्ट्रिय विमास्थलका लागि उडेको सो विमानमा ब्रजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेका अधिकारीहरुल ... बाँकी अंश»

भारतमा नगदमाथि प्रतिबन्धप्रति दशौँ हजारको विरोध

२०७३ मङ्सिर १४ मंगलबार, कोलकाता। भारत सरकारले उच्च मूल्यका बैंकनोटमाथि लगाएको प्रतिबन्धप्रति देशव्यापी विरोधमा सोमबार दशौँ हजार भेला भए भने विरोधका आयोजक प्रतिपक्षी दलले यस प्रतिबन्धका कारण वित्तीय आपत्काल उत्पन्न भएको आरोप लगाएका छन् ।    भारतको अर्थतन्त्र प्रायः नगदमा सञ्चालन हुने गर्छ भने प्रचलनमा आएका ८६ प्रतिशत मुद्रालाई करिब तीन साता अगाडि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अकस्मात् फिर्ता लिएको थियो ।    यस निर्णयका कारण त्यहाँ नोटको अभाव देखि ... बाँकी अंश»

सिरियामा फेरि विद्रोही पकड

२०७३ मङ्सिर १४ मंगलबार, एलेप्पो । पूर्वी एलेप्पोका सिरियाली विद्रोहीहरुले सरकारी फौजको आक्रमणपछि आफूहरु थप प्रतिरक्षा गर्न सक्ने स्थानमा फर्किएको भन्दै सरकारी पक्षलाई चेतावनी दिएका छन् । विद्रोहीहरुका एक जना वरिष्ठ वार्ताकारले एलेप्पोमा सरकारले पुनः नियन्त्रण कायम गर्न खोजे पनि आफूहरुको विद्रोह अन्त्य नहुने जनाएका छन् ।   यता, सरकारी फौजलाई सघाइरहेको रुसको विदेशमन्त्रालयले विद्रोही कब्जामा रहेका कुल भूभागको ४० प्रतिशत सरकारको नियन्त्रणमा आएको बताएको छ।   ... बाँकी अंश»

अमेरिकी चुनावमा जालसाजी र गैरकानुनी रूपमा मतदान भएको ट्रम्पको दाबी

२०७३ मङ्सिर १३ सोमबार, वासिङटन। अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजय भएका डोनाल्ड ट्रम्पले आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्विटरमा व्यक्त गरेका हुन् ।    ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गरेका ट्रम्पले डेमोक्र्याटिक पार्टीका प्रतिद्वन्द्व हिलारी क्लिन्टनभन्दा कम लोकप्रिय मत प्राप्त गरेका थिए । क्लिन्टनले ट्रम्पको भन्दा २२ ... बाँकी अंश»

अमेरिका छोड्न मुसलमानहरुलाई धम्की

२०७३ मङ्सिर १३ सोमबार, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा मुसलमानहरुलाई अमेरिका छोड्न धम्की दिइएको छ । अमेरिकी मुसलमानको संगठन काउन्सिल अफ अमेरिकन–इस्लामिक रिलेसन्सका अनुसार क्यालिफोर्निया राज्यका तीन मस्जिदमा पत्र पठाएर अमेरिका छोड्न धम्की दिइएको हो ।    धम्कीयुक्त पत्रमा मुुसलमानलाई निकै तल्लो स्तरको गालीसमेत दिइएको संगठनले जनाएको छ ।    पत्रमा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको खुलेर प्रशंसा गर्दै उनले अमेरिकालाई सफा गर्ने पनि बता ... बाँकी अंश»

पश्चिमी युगाण्डामा हिंसाबाट ५५ जनाको मृत्यु, राजा नै हिरासतमा

२०७३ मङ्सिर १३ सोमबार, युगाण्डा । पश्चिमी युगाण्डामा हिंसा मच्याएको आरोपमा सुरक्षाकर्मीले राजालाई नै हिरासतमा लिएको छ । प्रहरीले रबेनजुरुरुका राजालाई नियन्त्रणमा लिएको हो ।    प्रहरी र राजाका समर्थक लडाकुबीच भएको हिंसामा ५५ जना मारिइसकेका छन् । अझै थुप्रै मरेको शंका गरिएको छ । घटनामा सयौं घाइते भएका छन् ।    सुरक्षाकर्मीले राजा चाल्र्स वेल्से मेम्बेरेको दरबारमा छापा मारी उनलाई नियन्त्रण लिए पनि आफूमाथि लगाइएको आरोप भने स्वीकार गरेका छैनन् ।    अहिलेस ... बाँकी अंश»

संयुक्त राष्ट्रसङ्घ महासभा अध्यक्षद्वारा कास्ट्रोको निधनप्रति श्रद्धाञ्जलि व्यक्त

२०७३ मङ्सिर १२ आइतबार, युनाइटेड नेशन्स । संयुक्त राष्ट्रसङ्घ महासभा प्रमुख पिटर थमसनले क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधनको खबरले आफु दुखी बनेको बताउँदै उनिप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।    शनिबार जारी विज्ञप्तिमा थमसनले भनेका छन् , “म मृतकको परिवारजन, फिडेल कास्ट्रोका भाई तथा क्यूवाका राष्ट्रपति राहुल कास्ट्रो, क्यूवा सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”    विज्ञप्तिमा क्युवाका पूर्वराष्ट्रपति फिड ... बाँकी अंश»

फिडेल क्यास्ट्रो : एक क्रान्तिकारी नेता

२०७३ मङ्सिर ११ शनिबार, हवाना । ९० वर्षको उमेर पार गर्नुभएका क्युबाका पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको गएराति निधन भएको छ । स्वर्गिय क्यास्ट्रोका पिता स्पेनबाट बसाइ सर्दै आएर पूर्वी क्युबाको चर्चित चिनी उत्पादन क्षेत्रमा बसोबास गर्ने आप्रबासी हुनुहुन्थ्यो र सुरु शुरुमा अमेरिकी चिनी उत्पादक कम्पनीहरुलाई श्रमिक आपूर्ति गर्ने ठेकेदारी काम गर्दै पैसा कमाउनु भएपछि आफैँले ठूलो लगानीमा उखुको खेती गर्ने र चिनी उत्पादन गर्ने कारखाना खोली उत्पादित ... बाँकी अंश»

रहेनन् क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रो

२०७३ मङ्सिर ११ शनिबार, एजेनुसी ।  क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा निधन भएको छ । कास्ट्रोको शुक्रबार राति निधन भएको हो ।  उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्दै भने , “क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भएको छ ।  क्यास्ट्रो सन् १९५९ देखि १९७६ सम्म  क्युबाक ... बाँकी अंश»

तलब बढाउन माग गर्दै लुफ्थान्साका पाइलट हडतालमा

२०७३ मङ्सिर ११ शनिबार, बर्लिन (जर्मनी) । जर्मनीको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी लुफ्थान्साका विमान चालकले आफ्नो तलब र सुविधा वृद्धिका लागि भनी बिहीबारदेखि सुरु गरेको हड्ताल शुक्रबार पनि नरोकिँदा आन्तरिक तथा बाह्य यात्रुगरी लाखौँ प्रभावित बनेका कम्पनीले जनाएको छ ।    हडतालका कारण शनिबारका लागि तय भएका १३७ लामो दुरीका उडानसहित झन्डै आठ सयको हाराहारीमा छोटो दुरीका उडान रद्द भएका छन् । हड्तालका कारण कम्पनीले तीन दिनमा तीन करोड १५ लाख अमेरिकी डलरको घाटा भएको जनाएको ... बाँकी अंश»

जापानी वृद्धवृद्धालाई गाडी नचलाउन प्रहरीको आग्रह, चाउचाउमा बिषेश छुट

२०७३ मङ्सिर १० शुक्रबार, टोकियो (जापान)। बुढ्यौलीका कारण आँखा कमजोर हुने र शारीरिक तन्दुरुस्ती पनि युवाअवस्थामा जस्तो सक्रिय नहुने जनाउँदै जापानी प्रहरीले यहाँका गाडी चलाउने अनुमतिपत्र प्राप्त वृद्धवृद्धालाई गाडी नचलाई जापानमा पछिल्लो समय देखिएका सडक दुर्घटनामा नियन्त्रण गर्न सहयोगी भूमिका खेलिदिन अनुरोध गरेको छ ।    प्रहरीले उनीहरुलाई रेस्टुरेन्टसँगको सहकार्यमा चाउचाउमा छुट दिई बुढो शरीरमा ऊर्जा थप्न मद्दत गर्ने बताएको छ । सवारीचालक अनुमतिपत्र प्राप्त चालक ... बाँकी अंश»

नयाँ