विश्व

अमेरिकी हत्याकाण्डको विरोधमा फ्रान्सको आइफेल टावर रङ्ग्याइने

२०७३ जेठ ३१ सोमबार, पेरिस । अमेरिकाको ओल्र्याण्डोमा भएको हत्याकाण्डको विरोध तथा अमेरिकी नागरिकप्रति ऐक्यवद्धता जनाउन सोमबार राति फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टाउरमा अमेरिकी झण्डाको रङ्गमा रङ्ग्याइने भएको छ ।    सोमबार साँझ अमेरिकाको झण्डाको रङ्ग रातो, सेतो र नीले रङ्गले आइफेल टाउरलाई उज्यालो पारिने भएको पेरिसबाट प्राप्त समाचारमा जनाइएको छ । पेरिस नगरले सोमबार सो कार्यक्रम राखेको विज्ञप्तिमार्फत जानकारी दिएको समाचारमा जनाइएको छ । त्यसैगरी पेरिस ... बाँकी अंश»

अमेरिकाको फ्लोरिडामा गोली हान्ने व्यक्ति समलिङ्गी विराधी

२०७३ जेठ ३१ सोमबार, फ्लोरिडा (संयुक्त राज्य अमेरिका) । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहरमा अवस्थित रात्रि क्लबमा गोली चलाएर ५० जनाको हत्या गर्ने व्यक्ति समलिङ्गी विरोधी रहेको खुलेको छ । सो रात्रि क्लबमा एक जना सशस्त्र बन्दुकधारीले आइतबार गोली चलाउदा कम्तीमा पनि ५० जनाको मृत्यु भएको थियो । अरु दर्जनौँ घाइते भएका छन् ।    अफगान मूलको अमेरिकी नागरिक ओमार मातिनले सुरुमा सो क्लबमा मनोरञ्जनरत रहेका केही युवालाई बन्धक बनाएको र उनीहरुलाई छुटाउ ... बाँकी अंश»

९० बर्ष पुगिन् महारानी एलिजाबेथ

२०७३ जेठ ३० आइतबार, लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितियाले आइतबार ९०औँ जन्मदिन मनाएकी छन् । लन्डनमा बकिङ्गघम दरवार परिसरमा हजारौँ व्यक्तिको सहभागीतामा महारानीले आफ्नो जन्मदिन मनाएकी हुन् ।    सो जन्मदिन समारोहमा १० हजार भन्दाबढी व्यक्ति जम्मा भएका अनुमान गरिएको छ । उक्त समारोहमा उनका पति राजकुमार फिलिप र नातिहरु राजकुमार विलियम र हेरी पनि उपस्थिति रहेको बताइएको छ ।    राजसंस्था आवद्ध सङ्गठनकर्मीलाई समारोहमा सहभागीताको लागि १५० पाउण्ड बराबरको टि ... बाँकी अंश»

अमेरिकाले अफगानिस्तानमा थप सेना पठाउनसक्ने

२०७३ जेठ २९ शनिबार, वासिङ्टन । अफगानिस्तानमा अमेरिकाले थप सैन्य विस्तार गर्नसक्ने सङ्केत गरेको छ । शुक्रबार अमेरिकी रक्षामन्त्रीले सो सङ्केत गरेका हुन्  । अमेरिकी रक्षामन्त्री आस्तोन कार्टरले शुक्रबार सो सङ्केत दिएको शनिबार प्राप्त समाचारमा जनाइएको छ ।    उनले स्पष्ट रुपमा अफगानिस्तानमा अमेरिकी सैनिक पठाइने विषय नभने पनि अमेरिकाले अफगानिस्तानमा अहिलेको भन्दा थप र प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने बताए ।    उनले भने , अफगानिस्तानको शान्ति व्यवस्थ ... बाँकी अंश»

मेक्सिकोमा बन्दुकधारीद्वारा एकै परिवारका ११ जनाको हत्या

२०७३ जेठ २९ शनिबार, पुब्ला (मेक्सिको) । मेक्सिकोको एक ग्रामीण क्षेत्रमा एकजना बन्दुकधारीले गोलीहानी एकै परिवारका ११ जनाको हत्या गरेको समाचार छ । सो बन्दुकधारीले पारिवारिक विवादका कारण यसरी एकै परिवारका सबैजनाको हत्या गरेको प्रहरीले प्रारम्भिक रुपमा गरेको अनुसन्धानमा खुलेको जनाएको छ ।    मारिनेमा दुई जना साना नानी पनि छन् । त्यसैगरी पाँच महिला र चारजना पुरुष मारिनेमा परेका छन् ।  पुब्ला राज्यको मध्यभागमा बसोबास गरिरहेको एल मिरादा समुदायको परिवारमा सो हत्याक ... बाँकी अंश»

डेनिस पर्यटकलाई बलात्कार गर्ने पाँच भारतीयलाई जन्मकैद

२०७३ जेठ २९ शनिबार, नयाँ दिल्ली । सन् २०१४ को जनवरी १४ मा भारतको राजधानी नयाँ दिल्लीमा डेनमार्ककी एक महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच भारतीय नागरिकलाई आजीवन कारबासको सजाय सुनाइएको छ ।    मुद्दामाथि अन्तिम फैसला सुनाउँदै न्यायाधीश रमेश कुमारले बलात्कार आरोपमा मुद्दा चलाइएका २३ देखि ३० वर्ष उमेर समूहका ती युवामाथि सामूहिक बलात्कार, अपहरणलगायतका अभियोग साँचो रहेको ठहरका साथ उनीहरुलाई यो सजाय तोकिएको बताए ।    डेनिस महिलाले कोनाउटस्थित एक प्रसिद्ध बज ... बाँकी अंश»

बङ्गलादेशमा हिन्दू धर्मावलम्बीको हत्या बढ्यो, यस हप्तामात्र दुई पुजारीको हत्या

२०७३ जेठ २८ शुक्रबार, ढाका । बङ्गलादेशमा पछिल्लो समयमा यहाँ रहेका अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीको हत्याको शृंखलामा व्यापक मात्रामा बृद्धि भएको समाचार छ ।    शुक्रबारमात्र पनि एकजना हिन्दू धर्मका पुजारीको हत्या भएको छ । उनी बङ्गलादेशमा हिन्दू धर्मका मठ मन्दिरमा पाठपूजाको कामगर्ने गर्थे ।    अज्ञात व्यक्तिको एक समूहले ६२ वर्षीय ती पुजारी नित्यरन्जन पाण्डेको शुक्रबार बिहान हत्या गरेका हुन् । उत्तरपश्चिमी बङ्गलादेशको पबना जिल्लामा आफ्नै घर नजिकै उनको हत् ... बाँकी अंश»

हिलारी क्लिन्टन जितनजिक पुगेसँगै अमेरिकामा खुशीयाली

२०७३ जेठ २७ बिहिबार, वासिङटन । अमेरिकी डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी पाउनका लागि नेत्री हिलारी क्लिन्टनलाई आवश्यक डेलिगेट्स (प्रतिनिधि) सङ्ख्या प्राप्त भएको उनका समर्थकले जनाएका छन् ।    समर्थकको दावीकाबीच डेमोक्रेटिक पार्टीभित्रको पार्टीगत चुनावमा रहेका छ अमेरिकी राज्यमा उनलाई उम्मेदवारी दिन पक्का पक्की गर्नका लागि आवश्यक बल भने क्यालिफोर्नियाले दिनेछ । क्यालिफोर्नियामा क्लिन्टनका प्रतिद्वन्द्वी वर्नी स्यान्डर्सले उक्त राज्यमा आफुलाई स्पष ... बाँकी अंश»

उत्तरी अफगानिस्तानमा बसमा सवार ४७ यात्रु अपहरित

२०७३ जेठ २६ बुधबार, कुन्दुज (अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा बुधबार सशस्त्र आतङ्ककारीहरुले यात्रुवाहक एक बस बाटोमै रोकेर बसमा सवार कैयौँ यात्रुलाई अपहरण गरेका छन् । आतङ्ककारीहरुले कुन्दुज प्रान्तको खान आबाद जिल्लाको लुदिन क्षेत्रको कुन्दुज तखार राजमार्गमा बुधबार बिहान सबेरै लामो दुरीका लागि छुटेको सो बसमा रहेका कम्तीमा ४७ जना यात्रुलाई अपहरण गरेका सुरक्षा स्रोतले जानकारी दिएको छ ।    सो बाटो भएर नियमित रुपमा आवातजावत गरीरहने तीनजना य ... बाँकी अंश»

इस्तानबुल आक्रमणमा सात प्रहरीसहित एघारको मृत्यु

२०७३ जेठ २६ बुधबार, इस्तानबुल । इस्तानबुलको मध्यभागमा अवस्थित बेयाजित क्षेत्रमा अज्ञात समूहद्वारा मङ्गलबार गराइएको बम विस्फोटमा कम्तिमा सात प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको छ ।    पर्यटकीय क्षेत्र नजिकै गरिएको उक्त आक्रमणमा ३६ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा प्रहरी वा सामान्य नागरिक को हुन् भन्नेबारे खुलाइएको छैन ।    घटनाको समाचार तयार पार्ने बेलासम्म कुनै समूहले जिम्मेवारी लिइसकेको छैन ।    कुर्दिस्तान पार्टीको संलग्नता दावी  ... बाँकी अंश»

बेलायतद्वारा आफ्ना नागरिकलाई युरोकपमा फ्रान्स जाँदा सावधानी अपनाउन आग्रह

२०७३ जेठ २५ मंगलबार, लन्डन । बेलायतले फ्रान्समा हुनगइरहेको युरोकप–२०१६ मा इस्लामिक स्टेट (आईएस) समूहबाट आतङ्ककारी आक्रमण गराइन सक्ने खबर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत आएपछि आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेको छ ।    बेलायती विदेश मन्त्रालयले बेलायती नागरिकलाई फ्रान्समा हुने युरोकप–२०१६ को सिलसिलामा रङ्गशाला, फ्यान क्षेत्र र यातायात मार्गहरुमा सम्भावित आतङ्ककारी हमलाका लागि आईएस तथा अन्य आतङ्ककारी समूहले निशाना बनाउन सक्नेभन्दै सचेत हुन ... बाँकी अंश»

युरोकप २०१६ मा आक्रमण गर्ने योजना बनाएको आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ

२०७३ जेठ २५ मंगलबार, मस्को । युक्रेनको गुप्तचर संस्थाले फ्रान्समा आयोजना भइरहेको युरोपियन च्याम्पियनसीप फुटबल प्रतियोगितामा आक्रमण प्रयास हुनसक्नेमा सम्बद्ध सबैलाई सचेत गराएको छ ।    युक्रेनले एक फ्रान्सेली नागरिकलाई ठूलो हतियारसहित युरोपेली मुलुकमा प्रवेश गर्न खोजिरहेको अवस्थामा सोमबार उनलाई पक्राउ गरेपछि आक्रमणको सम्भावनाबारे बताएको हो ।    युक्रेनी सुरक्षा सेवा (एएबीयू) ले पक्राउ परेका आरोपित व्यक्तिलाई सन् २०१५ को डिसेम्बरदेखि पिछा गर्दै उनका ग ... बाँकी अंश»

फसेका बालबालिकाको उद्धार प्रयास जारी

२०७३ जेठ २४ सोमबार, बग्दाद। इराकको फालुजा सहरमा सुरक्षा फौज र अतिवादी सशस्त्र समूहबीचको द्वन्द्वका कारण फसेका बालबालिकाको उद्वार जारी रहेको छ । उक्त सहर कब्जा गर्ने क्रममा सुरक्षाबल र जिहादी समूहबीच भएको झडपमा कम्तीका २० हजार बालबालिका सो सहरमा रहेका बताइएको थियो ।    संयुक्त राष्ट्रसङ्घी्य बालकोषले गत बुधबार सो जानकारी दिएको थियो । त्यसै दिनदेखि यो उद्वारकार्यका लागि पहल भएको भए पनि उद्वारको काम सुरु भएको थिएन । सो झडपका कारण द्वन्द्वमा परी फसेका बालबालिकाल ... बाँकी अंश»

चीन अमेरिका मतान्तर कम गरौँ : राष्ट्रपति सि जिनपिङ

२०७३ जेठ २४ सोमबार, बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन अमेरिकाबीचको सम्बन्धका बीचमा देखिएका र देखिने गरेका मत मतान्तरहरुलाई कमगर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।    सिले दुवै देशलाई यो सुझाव दिएका हुन् । उनले भने – दुवै देशले कुनैपनि मत मतान्तर र सम्वेदनशिल विषयहरुको व्यवस्थापन उचित एवम् आवश्यकताका आधारमा गर्नुपर्छ ।    बेइजिङ्मा सोमबार सुरु भएको दुवै देशको एक उच्चस्तरीय मञ्चलाई सम्बोधन गर्दै उनले सो धारणा राखेको  समाचारमा जनाइएको छ ।    ... बाँकी अंश»

मुम्बाईमा सडक दुर्घटना सत्रको मृत्यु, ४३ घाइते

२०७३ जेठ २४ सोमबार, नयाँ दिल्ली । भारतको मुम्बाई पुणे राजमार्गमा आइतबार बिहान भएको एक सडक दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको समाचार छ । एक निजी बस अर्को दुई कारसँग ठोक्किँदा भएको यस दुर्घटनामा परी कम्तीका १७ व्यक्तिको मृत्यु हुनको साथै अन्य ४३ जना घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।  स्थानीय समयाअनुसार आइतबार बिहान ५:३० बजे एक रात्रिबस दुईवटा कारसँग ठोक्किँई सो घटना भएको बताइएको छ ।    यस दु्र्घटनामा एक छ महिने बालकसहित १७ जना व्यक्तिक ... बाँकी अंश»

सुडानमा विद्रोहीद्वारा २५ सैनिकको हत्या

२०७३ जेठ २२ शनिबार, खार्तुम । दक्षिण सुडानको विद्रोही समूहले शुक्रबार दक्षिण कोर्दोफान क्षेत्रमा विद्युतीय धरापमा पारी कम्तीमा पनि २५ जना सुरक्षाकर्मीको हत्या गरेका छन् ।    कोर्दोफको सडकमा उनीहरुले राखेको विद्युतीय धरापमा पारी सुडानका सैनिकको हत्या गरेका थिए । हत्यामा सो विद्रोही संगठनको हात रहेको जानकारी उक्त संगठनका प्रवक्ताले जनाएका छन् ।    उनले आफ्नो संगठनले थापेको विद्यूतीय धरापमा पारी २५ जना सरकारी सैनिक मारिएका र अरु कैयौं घाइते भएका जनाएका छ ... बाँकी अंश»

लिबियाली सामुद्रिक तटमा एक सय सत्र आप्रवासी मृत भेटिए

२०७३ जेठ २२ शनिबार, त्रिपोली (लिबिया) । लिबियाली सामुद्रिक तटीय इलाकामा अवस्थित ज्वारा सहर नजिकैबाट ११७ जना आप्रवासी शरणार्थीको मृत शरीर भेटिएको लिबियाली नौसेनाले शुक्रबार जनाएको छ ।    सामुद्रिक तटमा मृत शरीर यत्रतत्र छरिएर आएपछि तिनीहरुलाई सङ्कलन गरी व्यवस्थापन गरिएको लिबियाली नौसेनाका प्रवक्ता कोलोनेल अयोब आओसेमले बताए ।    सामुद्रिक तटमा बिहीबार बेलुकीदेखि मृत शरीर देखिन थालेका र बिहानसम्म त्यस्ता शवको सङ्ख्या १०४ पुगेको उनले बताए ।    उनले थ ... बाँकी अंश»

तस्कर र प्रहरीबीच झडपमा मृत्यु हुनेको संख्या २४ पुग्यो

२०७३ जेठ २१ शुक्रबार, नयाँ दिल्ली । उत्तरी भारतको मथुराक्षेत्रमा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म गैरकानुनीरुपमा सरकारी जग्गा नियन्त्रण गरी बसेका स्थानीय गाउँले तस्कर र प्रहरीबीच झडप हुँदा मृत्यु हुनेको संख्या शुक्रबार अपरान्हसम्म २४ पुगेको छ ।    घटनामा एक प्रहरी उपरिक्षक र अन्य एक प्रहरी अधिकृतको पनि ज्यान गएको छ । प्रहरीले घटनास्थलबाट ठूलो संख्यामा हतियार बरामद गर्नुका साथै करीब ३२० जनालाई पक्राउ गरेको जनाएको छ ।    शक्तिशाली हातहतिहार सहितरहेका ... बाँकी अंश»

भारतमा तस्करसँगको भिडन्तमा दुई प्रहरी र १९ तस्करको मृत्यु

२०७३ जेठ २१ शुक्रबार, नयाँ दिल्ली । उत्तरी भारतमा बिहीबार साँझ बिहान केही तस्कर र प्रहरीबीच व्यापक मात्रामा दोहोरो भिडन्त भएको समाचार छ । सो भिडन्तमा परी कम्तीमा पनि १९ जना तस्कर मारिएको प्रहरीले जनाएको छ । उक्त भिडन्तका क्रममा एकजना प्रहरी अधिकृत र अर्का एकजना प्रहरी कमाण्डर पनि मारिएका छन् ।    शक्तिशाली हातहतिहार समेत लिइरहेका तस्करहरुले गस्तीमा खटिएको प्रहरी समूहमाथि हमला गरेको बताइएको छ । प्रहरीकाअनुसार सो हमलाका क्रममा कम्तीमा पनि १९ जना तस्कर मारिएका छन् ... बाँकी अंश»

उत्तरपश्चिमी पाकिस्तानमा चट्याङबाट तेह्रको मृत्यु

२०७३ जेठ २० बिहिबार, इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावाद र उत्तरपश्चिमी राज्य खैबरमा चट्याङका कारण बुधबार १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले बताएका छन् ।    बुधबारको भीषण वर्षा र यसपछिको चट्याङमा परी अरू दर्जनौँ व्यक्ति सख्त घाइते भएको बताइएको छ ।    खैबर क्षेत्रको लगभग बाहिरी भागको विभिन्न स्थानमा बुधबार दिउँसोको भीषण वर्षा र चट्याङबाट सो दुर्घटना भएको हो । त्यस दुर्घटनामा परी घाइते भएका कैयौँ व्यक्तिलाई अस्पताल भर्ना गरिएको समाचारमा जन ... बाँकी अंश»

नयाँ