विश्व

इराकको राजधानी बग्दादमा सिया मुस्लिमको धार्मिक भेलामा विष्फोट, ३० बढीको मृत्यु

२०७३ असोज २९ शनिबार, एजेन्सी । इराकको राजधानी बग्दादमा सिया मस्लिमहरुको धार्मिक भेलामा विष्फोट भएको छ । विष्फोटमा परी कम्तिमा ३० बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।    विष्फोटमा परी ६० बढी घाइते भएका छन् । सरकारी अधिकारीहरुका अनुसार घाइते अधिकांशको अवस्था नाजुक रहेकाले  मृतकको संख्या बढ्न सक्ने छ ।   बग्दादको उत्तरी जिल्लाको व्यस्त बजारमा विष्फोट भएको बताइएको छ । त्यहाँ पैगम्बर मोहम्मदका छोरा इमाम हुसैनको मृत्युको शोक कार्यक ... बाँकी अंश»

भारत र रुसबीच महत्वपूर्ण १६ बुँदामा सम्झौता

२०७३ असोज २९ शनिबार, काठमाडौं । ब्रिक्स सम्मेलनमा सहभागि हुन भारत पुगेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच १६ बुँदे सम्झौता भएको छ । आत्मरक्षा, भौतिक पूर्वाधार, विद्युतीइ शक्ति, विज्ञान तथा अनुसन्धान लगायतका १६ बुँदामा सम्झौता भएको भारतीय सञ्चारमाध्यम नवभारत टाईम्सले जनाएको छ ।    शनिबार गोवामा भएको दुईपक्षीय छलफल पछि तीन मुख्य बुँदा सहित कूल १६ बुँदामा सम्झौता भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुई राष्ट्रबीच भ ... बाँकी अंश»

चीनमा दुई करोड कार प्रयोगमा, ट्राफिक समस्या बढ्दो

२०७३ असोज २८ शुक्रबार, बेइजिङ । सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्म चिनियाँ सरकारले चीनभर जम्मा एक करोड ९० लाख कार प्रयोगकर्ता रहेको जनाएको छ ।    चीनभर प्रयोगमा आएका जम्मा इन्धन र इन्जिनबाट सञ्चालन हुने यातायात दुई करोड ८० लाखमध्ये कारको सङ्ख्या एक करोड ९० लाख पुगेको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत् जनाएको छ ।    मन्त्रालयको ट्राफिक व्यवस्थापन विभागद्वारा जारी उक्त विज्ञप्तिमा आर्थिक वर्षको तेस्रो चौमासिकमा थप ६१ लाख ८० हजा ... बाँकी अंश»

सेतोकालो पोशाक लगाएर थाईल्याण्डका जनताद्वारा शोक व्यक्त

२०७३ असोज २८ शुक्रबार, बैंकक। बैंककमा रहेका नागरिकले आफ्ना प्रिय राजा भूमीबोल अदुल्यादेजको निधनमा निङ्ख्खुर कालो तथा कालो र सेतो मिश्रण पोशाक लगाएर शुक्रवार शोक व्यक्त गरेका छन् ।    विश्व कै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा अदुल्यादेजको बिहीबार ८८ वर्षको उमेरमा देहान्त भएको थियो ।    थाइल्याण्डका सवै वेभसाइटमा सेतोकालो पोतिएको छ भने सपिङ मलका स्क्रिनमा ठुला–ठुला अक्षरमा “राजाप्रति गहिरो शोक” भनि लेखेको सञ्चार माध्यमले जनाएका छन्  ... बाँकी अंश»

थाइ नरेश चीरनिद्रामा, नागरिक परे शोकमा

२०७३ असोज २७ बिहिबार, बैंकक । थाइ नरेश भुमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।    विश्वकै सबैभन्दा बढी समय राज गर्न सफल अदुल्यादेजको बैंककको एक अस्पतालमा निधन भएको हो ।    केही वर्षदेखि बिरामी रहेका नरेश अदुल्यादेजको निधनले सम्पूर्ण थाइल्याण्ड शोकमा डुबेको छ ।    विश्वकै राजपरिवारलेसमेत शोकमा साथ दिने प्रयास गरेका छन् । उनीहरुले राजा अदुल्यादेजको आत्माको शान्तिको कामनासमेत गरेका छन् ।    राजा अदुल्यादेजको निधन भएपछि उनका छोर ... बाँकी अंश»

आठौं ब्रिक्स शिखर सम्मेलन भारतमा

२०७३ असोज २७ बिहिबार, बेइजिङ्ग। भारतको गोवामा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहान चीनबाट प्रस्थान गरेका छन्। शिखर सम्मेलन शुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण पनि गर्दै छन्।   शिखर सम्मेलन स्थलतर्फ जाने बाटोमा पर्ने चीनका मित्र राष्ट्रप्रमुखहरुः कम्बोडियाका नरेश नरोडम सिंहामोनि र बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले चिनियाँ राष्ट्रपतिलाई आ(आफ्नो मुलुक भ्रमण गर्न औपचारिक निमन्त ... बाँकी अंश»

सिल्क रोडको निर्माणमा युक्रेनले पनि सम्भावना देख्यो

२०७३ असोज २७ बिहिबार, किभ। चीनले निर्माण गर्न लागेको एक ठूलो आयोजना सिल्क रोडको निर्माणमा युक्रेनले पनि भूमिका निर्वाह गर्नसक्ने सम्भावना देखेको जानकारी दिएको छ।   यस सिल्क रोडको निर्माण चीनले सुरु गरेको छ। यसले युरोप, अफ्रिका र एसियाका दर्जनौँ देशलाई छुनेछ। सो आयोजनामा युक्रेनको पनि सहयोग र सम्लग्नताको कुरा आएको हो।   चीनको यो सिल्करोड आयोजनामा युक्रेन पनि सम्लग्न हुनसक्ने र यसबाट उसले पनि फाइदा लिनसक्ने जानकारी एकजना युक्रेनी उच्च अधिकारीले दिएका छन्।   ... बाँकी अंश»

सिरियामा भएको हवाइ आक्रमणमा कम्तीमा सातको मृत्यु

२०७३ असोज २७ बिहिबार, बेरुत । सिरियाको दोस्रो सहर अलेप्पोमा विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी बुधबार गरिएको हवाई आक्रमण र गोली प्रहारमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको मानवअधिकारीवादी समूहले जानकारी दिएको छ ।    द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार यस आक्रमण परी घाइते भएका व्यक्तिहरुको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्यामा पनि बढ्ने अनुमान गरिएको छ ।    बेलायतसँग आवद्ध मानवअधिकारवादी समूह द सिरियन अब्जरभेटरी फर ... बाँकी अंश»

बङ्गलादेशको सीमा क्षेत्रमा आक्रमण म्यानमारका नौ प्रहरीको मृत्यु

२०७३ असोज २५ मंगलबार, याङ्गुन। बङ्गलादेशको सीमा क्षेत्रका आइतबार बिहान सबेरै भएको एक आतङ्ककारी आक्रमणमा नौ म्यानमारका प्रहरी अधिकारीहरु मारिएका छन्.।   हालसम्म घटनाको कसैले जिम्मा नलिए पनि म्यानमारका एक जना स्थानीय वरिष्ठ अधिकारी वर्षौंसम्म निस्क्रिय रहेको अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदायका सशस्त्र लडाकूउपर आशङका गरिएको बताएका छन्।   बिहानै करिब १:३० मा भएको उक्त आक्रमणबाट पश्चिमी म्यानमारको राखिन राज्यमा अवस्थित मोङ्गदाओनजिक रहेका तीनवटा सीमा सु ... बाँकी अंश»

यमनमा भएको सैन्य हमलामा कम्तीमा १४० जनाको मृत्यु

२०७३ असोज २३ आइतबार, साना । यमनको राजधानी सानामा भएको सैन्य आक्रमणमा कम्तीमा १४० जनाको मृत्यु भएको छ । घटनामा ५०० बढी घाइते भएका छन् ।  साउदी गठबन्धन सेनाले गरेको हवाइ आक्रामणमा त्यति ठूलो संख्यामा ज्यान गएको हो ।    सेनाले गरेको आक्रमणमा मारिनेहरु विद्रोही हूती समूहका हुन् । शोकमा सामेल हुन जम्मा भएकाहरुमाथि आक्रमण गरिएको संयुक्त राष्ट्रसंघका  एक उच्च अधिकारीले बताएका छन् ।    साउदी गठबन्धन सेनाको यो पछिल्लो एक वर्षको सर्वाधिक सफल आक्रमण हो ।    अ ... बाँकी अंश»

जापानमा ज्वालामुखी विस्फोट

२०७३ असोज २२ शनिबार, टोक्यो। दक्षिणी जापानको क्युशु द्विपमा अवस्थित आसोपर्वत श्रृङ्खलामा गतः मध्यरात पछि ज्वालामुखी विस्फोटन भएको जापानी जलवायु विज्ञान समितिले जनाएको छ ।   स्थानीय समयानुसार शनिबार बिहान १:४६ मा सो पर्वतमालाको एउटा शिखरबाट ज्वालामुखी निस्किइ ११ हजार मिटर आकाश माथिसम्म खरानी र आगोको लप्का उठेको थियो ।   जलवायु विज्ञान समितिले उक्त ज्वालामुखी विस्फोटन ५ औं स्केलको तेस्रो लेभलको मापन गरेको छ । विस्फोटनका कारण पर्वतबाट ठूला ठूला चट्टानहरु खस ... बाँकी अंश»

हैटीमा म्याथ्यु आँधीमा मृत्यु हुनेको संख्या आठ सय नाघ्यो

२०७३ असोज २२ शनिबार, हैटी । क्यारेबियाली राष्ट्र हैटीमा  ‘म्याथ्यु’ आँधीका कारण मृत्यु हुनेको संख्या आठ सय नाघेको छ ।   संयुक्त राष्ट्रसंघले हैटीमा आँधीले गरेको क्षतिको यकिन विवरण आउन समय लाग्नसक्ने जनाए पनि मृतकको संख्या भने बढ्ने निश्चित छ ।    आँधीका कारण हैटीको दक्षिणी क्षेत्रमा बढी प्रभाव परेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको छ ।   बढी प्रभावित भएका केही सहरमा हवाई तथा जलमार्गबाटमात्र पुग्न सकिने विश्व खाद्य कार्यक्रम डब् ... बाँकी अंश»

कोलम्बियाका राष्ट्रपतिलाई नोवेल शान्ति पुरस्कार

२०७३ असोज २२ शनिबार, ओस्लो । यस वर्षको नोवेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषलाई  दिइने भएको छ ।    कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्य गरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप उनलाई सो पुरस्कार दिइएको जनाइएको छ ।    कोलम्बियामा विगत लामो समयदेखि जारी रहेको हिंसाको अन्त्यका लागि कोलम्बियाली राष्ट्रपति सातोषको योगदान महत्वपूर्ण रहेको सो पुरस्कार छनोट समितिले जनाएको र सो पुरस्कार ... बाँकी अंश»

(अपडेट) म्याथ्यु आँधीमा परी हैटीमा २६४ जनाको मृत्यु, हजारौं बेपत्ता, अमेरिकामा पनि खतरा

२०७३ असोज २१ शुक्रबार, हैटी । क्यारेबियाली देश हैटीमा आएको शक्तिशाली आँधी ‘म्याथ्यु’ मा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हैटी सरकारले दुई सय ६४ जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।    हजारौं बेपत्ता भएकोसमेत जनाइएको छ ।    हैटीको दक्षिणी सहर रासे–ए–बातुमामात्र कम्तीमा ५० जनाको मृत्यु भएको छ ।    दक्षिणी–पश्चिम क्षेत्रमा देशको सम्पर्क नै टुटेको छ । क्यारेबियाली राष्ट्रहरुमा आएका पछिल्ला आँधीमा म्याथ्युलाई सबैभन्दा शक्तिशाल ... बाँकी अंश»

हैटीमा आएको म्याथ्यु आँधीमा परी सय बढीको मृत्यु, हजारौं बेपत्ता

२०७३ असोज २१ शुक्रबार, हैटी । क्यारेबियाली देश हैटीमा आएको शक्तिशाली आँधी ‘म्याथ्यु’ मा परी कम्तीमा सय जनाको मृत्यु भएको छ ।      हैटीका गृहमन्त्रीलाई उधृत गर्दै समाचार एजेन्सी एएफ्पीले आँधीका कारण १०८ जनाको मृत्यु भएको पुष्टि गरे ।      हैटीको दक्षिणी सहर रासे–ए–बातुमामात्र कम्तीमा ५० जनाको मृत्यु भएको छ ।    दक्षिणी–पश्चिम क्षेत्रमा देशको सम्पर्क नै टुटेको छ । क्यारेबियाली राष्ट्रहरुमा आएका पछिल्ला आँधीमा म्याथ्युलाई सबैभन्दा शक्त ... बाँकी अंश»

भारतीय सैनिक क्याम्पमा हमला, ३ जना चरमपन्थीको मृत्यु

२०७३ असोज २० बिहिबार, एजेन्सी। भारत प्रशासित उत्तरी कास्मिरको कुपवारास्थित एक भारतीय सेनाको क्याम्पमा आक्रमण भएको छ । बिहीबार बिहान भएको सो आक्रमणमा परि तीन जना चरमपन्थी मारिएको एक सैनिक जवानलाई उद्रित गर्दै भारतीय संचार माध्यमले जनाएका छन् ।    सेनाका एक अधिकारीका अनुसार चरमपन्थीले क्याम्पमा बिहान ५ बजेतिर हमला गरेको थियो । उक्त आक्रमणपछि सेनाले जवाफी कार्वाही गर्दा तीन जना चरमपन्थी मारिएका छन् । भारतीय सेनापक्ष क्षति भएको भने कुनै विवरण आएको छैन ।     हम ... बाँकी अंश»

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार साभेज, स्टोडाट, फेरिङ्गालाई

२०७३ असोज २० बिहिबार, स्टकहोम । सन् २०१६ को रसायनशास्त्रतर्फको पुरस्कार सुक्ष्म अणु विकास गर्ने यन्त्रको निर्माण गरी भविष्यमा कृत्रिम मांसपेशी निर्माण गरी रोबोट वा कृत्रिम अङ्ग बनाई प्रयोगमा ल्याउन सक्ने अवस्था सिर्जना गरेकोमा फ्रान्स, बेलायत र नेदरल्यान्डका वैज्ञानिक त्रयलाई प्रदान गरिने पुरस्कार घोषणा समितिले जनाएको छ ।    फ्रान्सका जा पिएरे साभेज, बेलायतका जे फ्रेजर स्टोडार्ट र नेदरल्यान्डका बर्नाड फेरिङ्गालाई अणु यन्त्रको निर्माण गर्न पु¥याएको योगदान ... बाँकी अंश»

को-को छन् राष्ट्रसङ्घको महासचिव बन्ने दौडमा ?

२०७३ असोज १९ बुधबार, संयुक्त राष्ट्र सङ्घ । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिव पदका लागि भएको दौडले निर्णायक मोड लिएको छ । महाशक्ति राष्ट्रहरुले पहिलो पटक समर्थन गरेका उम्मेदवार बुल्गेरियाकी क्रिस्टालिना जर्जिएभाको अग्नि परीक्षा लिन राष्ट्रसङ्घीय महासभाले सोमबार जनसमक्ष प्रस्तुत गरेको थियो ।    महासचिब पदका अन्य उम्मेदवारहरुमा अर्थशास्त्री तथा कुटनीतिज्ञ जर्जिएभासँगसँगै बुल्गेरियाकै इरिना बोकोभासहित अन्य सात जना पनि छन् । राष्ट्रसङ्घको सुरक्षा परिषद् ... बाँकी अंश»

ओबामा तिमी नर्क जान सक्छौ : फिलिपिनी राष्ट्रपति डुटर्टी

२०७३ असोज १९ बुधबार, एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टीले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई तिमी नर्क जाउ भन्दै खरो जवाफ दिएका छन् । लागुऔषधविरुद्ध भएको क्रुर युद्धलाई लिएर ओबामाले फिलिपिन्सको आलोचना गरेपछि डुटर्टीले यस्तो जवाफ दिएका हुन् ।    डुटर्टीले भने, ‘हामीलाई सहयोग गर्नुको साटो सुरुमा आलोचना गर्नु राज्यको विभाग हो । त्यसकारण तिमी नर्क जान सक्छौं, ओबामा तिमी नर्क जान सक्छौं ।‘यस्तै, आलोचक युरोपियन युनियनलाई पनि डुटर्टीले मोक्ष छान्न ... बाँकी अंश»

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

२०७३ असोज १९ बुधबार, स्टकहोम । सन् २०१६ का लागि भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार यस बिधामा उल्लेख्य योगदान पु¥याएवापत डेभिड जे थाउलस, एफ डङ्कन एम हाल्डेन र जे मिखायल कोस्टर लिजलाई प्रदान गरिने भएको रोयल एकेडेमी अफ साइन्सेजले घोषणा गरेको छ ।    उनीहरुलाई भौतिक शास्त्रअन्तर्गतको सांस्थितिक अवस्थामा हुने परिवर्तन तथा महत्वका बारेमा सैद्धान्तिक अनुसन्धानात्मक अध्ययनका लागि गरेको भूमिकाको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।    पुरस्कार घोषणापछि छ ... बाँकी अंश»

नयाँ