//

विश्व

उत्तर कोरियासंग अमेरिकाको दोस्रो वार्ता

२०७५ असोज ९ मंगलबार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् ।  ... बाँकी अंश»

भारत र पाकिस्तानबीच वार्ता स्थगित भएको भोलिपल्ट काश्मिरमा छ जनाको मृत्यु

२०७५ असोज ८ सोमबार, श्रीनगर, भारत। भारत र पाकिस्तानबीचको दुई पक्षीय उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्ट भारतको काश्मिरमा छ जना मारिएका छन्। मारिने मध्ये एक जना सुरक्षाकर्मी र अरु पाँच जना लडाकू रहेको समाचारमा जनाइएको छ। ... बाँकी अंश»

‘अमेरिकी संरक्षणवादले विश्व आर्थिक प्रणालीलाई अवमुल्यन गर्‍यो’

२०७५ असोज ८ सोमबार, बेइजिङ, चीन । अमेरिकी सरकारले व्यापार संरक्षणको कठोर उपाय गरेको र यसले विश्वको आर्थिक प्रणालीलाई नै अवमुल्यन गरेको चिनियाँ विदेश परिषद्को सूचना कार्यालयले सोमबार जारी स्वेतपत्रमा बताइएको छ । ... बाँकी अंश»

त्रिपोलीका पाँच लाख बालबालिका उच्च जोखिममा

२०७५ असोज ८ सोमबार, त्रिपोली । लिवियाको राजधानी त्रिपोलीमा अहिले झण्डै पाँच लाख बालबालिका उच्च जोखिमा रहेको पाइएको छ । ती बालबालिकाहरु विभिन्न प्रकारका जोखिमबाट लडिरहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जनाएको छ । ... बाँकी अंश»

करिब २ सय अर्ब डलरका चिनियाँ सामानमा करवृद्धि शुरु

२०७५ असोज ८ सोमबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गरेको घोषणा सोमबारदेखि लागू भएको छ । सो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ । ... बाँकी अंश»

विश्व बजारमा तेलको मूल्य चारवर्ष यताकै उच्च

२०७५ असोज ८ सोमबार, लन्डन । ब्रेन्ट कच्चातेलको मूल्य सोमबार चार वर्षयताकै उच्च मूल्य अर्थात् ८१ अमेरिकी डलरको हाराहारीमा पुगेको छ । यो सन् २०१४ को नोभेम्बर यताकै उच्च हो । ... बाँकी अंश»

समस्यामा ट्रम्प : सर्वोच्च अदालतको उच्च न्यायाधीशमा छानिएका व्यक्तिमाथि अर्को आरोप 

२०७५ असोज ८ सोमबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायधीशका लागि छानेका ब्रेट काभानौघमाथि अर्को आरोप लगेको छ । ... बाँकी अंश»

सिरियामा अमेरिकी गठबन्धन सेनाको आक्रमणमा परी ३३ सयको मृत्यु

२०७५ असोज ८ सोमबार, काठमाडौं । सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)को विरुद्धमा अमेरिकाको गठबन्धन सेनाले पछिल्लो चार वर्षमा गरेको आक्रमणमा परी तीन हजारभन्दा बढी मानिसहरुको ज्यान गएको छ । ... बाँकी अंश»

माल्दिभ्स राजनीतिमा भारत उदय, चीन पछारियो

२०७५ असोज ८ सोमबार, काठमाडौं । माल्दिभ्सको विपक्षी मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)का उम्मेदवार इब्राहिम मोहम्मद सोलिहले आइतबार भएको राष्ट्रपतिको निर्वाचनमा जित हासिल गरेका छन् । ... बाँकी अंश»

विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा 'मोदीकेयर' कार्यक्रम भारतमा आरम्भ

२०७५ असोज ७ आइतबार, नयाँदिल्ली। भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताए। 'मोदीकेयर' उपाधि दिइएको यो कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख (करिब ६ हजार ९०० डलर) बराबरको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ। ... बाँकी अंश»

अमेरिकासँग चीनले माग्यो आफ्नो सेनामाथि प्रतिबन्धको कारण

२०७५ असोज ७ आइतबार, बेइजिङ, चीन । चीनका लागि अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ । ... बाँकी अंश»

उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

२०७५ असोज ७ आइतबार, सिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै छन् । उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्ने अपेक्षा गरिएको छ । ... बाँकी अंश»

फ्रान्ससँग भारतले लडाकू विमानको खरिद सम्झौता नरोक्ने

२०७५ असोज ७ आइतबार, नयाँदिल्ली । भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको स्पष्ट गरेका छन् । उनले राफेल विमानको मूल्य बढी वा कम भएको भन्ने बारेमा भारतीय महालेखा परीक्षकले जाँच गर्न सक्ने बताए । ... बाँकी अंश»

माल्दिभ्समा मतदान सुरु, विपक्षीले निर्वाचन प्रक्रियामा उठाए प्रश्न 

२०७५ असोज ७ आइतबार, काठमाडौं । माल्दिभ्समा विवादास्पद राष्ट्रपति निर्वाचन सुरु भएको छ । ... बाँकी अंश»

चल्यो विवादास्पद चीन–हङकङ बुलेट ट्रेन 

२०७५ असोज ७ आइतबार, काठमाडौं । चीन र हङकङको भूमि जोड्ने विवादास्पद बुलेट ट्रेन सेवा सुरु भएको छ । स्वतन्त्र हङकङ पक्षधर र केही अधिकारवादीको विरोधका बीच यो रेल सेवा सुरु भएको हो ।  ... बाँकी अंश»

भारत–पाक रडाको, शान्ति वार्ताका लागि ‘नोकझोंक’

२०७५ असोज ७ आइतबार, काठामडौं । भारत र पाकिस्तानबीचको वार्ताका लागि अनेकथरि अड्कलबाजी भइरहेका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले वार्ताका लागि आब्हान गरेपछि भारतले जवाफ दिएको छ – जहिलेसम्म हाम्रा जवानहरु शहीद हुने क्रम जारी रहन्छ तबसम्म पाकिस्तानसंग वार्ता हुँदैन ।  ... बाँकी अंश»

राष्ट्रसंघीय महासभामा कोफी अन्नानको सम्झना

२०७५ असोज ६ शनिबार, संयुक्त राष्ट्रसंघ ।“संयुक्त राष्ट्रसंघ र कोफी अन्नान एक अर्काका परिपुरक हुन्, एउटालाई भुलेर अर्को अपुरो हुन्छ,” राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनिओ गुटेर्रेसले पूर्व महासचिव अन्नानलाई सम्झदै शुक्रबार भने । ... बाँकी अंश»

सेनाको परेड कार्यक्रममा आक्रमण, ८ सैनिकसहित २४ को मृत्यु

२०७५ असोज ६ शनिबार, तेहरान । इरानको दक्षिणपश्चिम प्रान्त खुजेस्तानमा जारी सेनाको परेड कार्यक्रममा शनिबार भएको आक्रमणमा परी कम्तीमा आठ सैनिक सहित २४ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

मेक्सिकोमा पत्रकारमाथि गोली प्रहार, यसै वर्ष नौ पत्रकारको हत्या

२०७५ असोज ६ शनिबार, मेक्सिको । बन्दुकमेक्सिको । बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् । यो घटनासँगै यस वर्ष अर्थात सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारहरुको संख्या मेक्सिकोमा नौ पुगेको छ ।धारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् । यो घटनासँगै यस वर्ष अर्थात सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारहरुको संख्या मेक्सिकोमा नौ पुगेको छ । ... बाँकी अंश»

भारत अधीनस्थ काश्मिरका प्रहरी अधिकारीले असुरक्षाका कारण दिए राजिनामा

२०७५ असोज ६ शनिबार, नयाँ दिल्ली । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् । उक्त क्षेत्रका दुई दर्जन प्रहरी अधिकारीले आफ्नो पदबाट राजिनामा दिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ... बाँकी अंश»

नयाँ