विश्व

तेल प्रशोधन केन्द्रमा आक्रमणपछि तेल उत्पादनमा आधा कमी आउने : साउदी अरब

२०७६ भदौ ३० सोमबार, रियाद, साउदी अरब। साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ। साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ। यो साउदी अरबले गर्ने कुल उत्पादनको झन्डै आधा हो। ... बाँकी अंश»

निर्वाचनको सङ्घारमा इजरायलद्वारा वेस्ट बैंकमा दुई नयाँ वस्ती स्थापना गर्ने घोषणा

२०७६ भदौ ३० सोमबार, जेरूसेलम। इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुको सरकारद्वारा निर्वाचनको सङ्घारमा आएर वेस्ट बैंकमा दुई नयाँ वस्ती बसाल्ने प्रस्तावलाई अनुमोदन गरेको छ। यसलाई प्रधानमन्त्री नेतन्याहुले निर्वाचनमा आफ्नो पक्षमा मत तान्ने रणनीति भनी कतिपय इजरायली विश्लेषकहरूले बताएका छन्। आगामी दुई ... बाँकी अंश»

भारतमा वर्षाले तोड्यो ७५ वर्ष पुरानो रेकर्ड

२०७६ भदौ ३० सोमबार, काठमाडौं । भारतको मध्यप्रदेशस्थित मन्दसौरमा वर्षाले ७५ वर्ष पुरानो रेकर्ड तोडेको छ । यसपटक मनसुनमा अहिलेसम्म ७७.५ इन्च वर्षा भइसकेको छ । ... बाँकी अंश»

कच्चा तेलको मूल्य उच्च विन्दुमा, विश्वमै असर

२०७६ भदौ ३० सोमबार, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेको छ । ... बाँकी अंश»

आन्ध्र प्रदेशमा डुंगा डुबेर १२ को मृत्यु, ३१ बेपत्ता

२०७६ भदौ २९ आइतबार, काठमाडौं । भारतस्थित आन्ध्रप्रदेशको पूर्वी गोदावरी जिल्लामा पर्यटक सवार डुंगा डुबेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

छतबाट खसेर २२ घाइते

२०७६ भदौ २९ आइतबार, न्युयोर्क। अमेरिकामा एक बहुतले भवनको छतबाट खसेर शनिबार बेलुका कम्तीमा २२ जना घाइते भएका छन्। स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम्मेलन चलिरहेका बेला घटना भएको जनाइएको छ। ... बाँकी अंश»

जम्मु काश्मिरका गाउँमा सुरक्षा दललाई सैन्य तालिम

२०७६ भदौ २९ आइतबार, नौशेरा (जम्मु—काश्मिर)। भारतीय सेनाले जम्मु काश्मिरको नौशेर क्षेत्रको गाउँ सुरक्षा दललाई शनिबार सैन्य तालिम दिएको छ। स्वयमसेवकको रुपमा काम गर्नेगरी उनीहरुलाई तालिम दिइएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन्। ... बाँकी अंश»

साउदी आक्रमणबारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

२०७६ भदौ २९ आइतबार, तेहरान। साउदी अरेबियाका तेल उद्योगमा मानवरहित यन्त्र (ड्रोन) बाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाई असत्य रहेको इरानले बताएको छ। ... बाँकी अंश»

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

२०७६ भदौ २९ आइतबार, आयबाक, अफगानिस्तान। सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन्। सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले तालिबान विरुद्ध सरकारी फौजले हवाई कारबाही गरेको बताए। द्वन्द्वग्रस्त यस प्रान्तमा तालिबान विद्रोहीको निकै बलियो प्रभाव र पकड रहेको छ। ... बाँकी अंश»

भारतीय जलमार्गमा दोस्रो टर्मिनलको शिलान्यास, नेपाललाई फाईदा हुन सक्ने

२०७६ भदौ २९ आइतबार, राँची, भारत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्डस्थित साहेबगन्जमा जलमार्गको बहुउदेेश्यिय टर्मिनलको शिलान्यास गरेका छन्। भारतीय जलमार्गको टर्मिनलमा यो दोस्रो हो । ... बाँकी अंश»

चिकित्सकको घरबाट २,००० बढी मानव भ्रुणका अवशेष बरामद

२०७६ भदौ २९ आइतबार, जोलियाट, इलिनोइस। अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन्। गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ। डा उल्रीच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ। ... बाँकी अंश»

ड्रोन आक्रमणका कारण साउदी तेल उत्पादनमा आधा कटौती

२०७६ भदौ २९ आइतबार, दुबई। यमनका हुथी विद्रोहीहरुले गरेको ड्रोन आक्रमणबाट साउदी अरेबियाको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ। आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ। ... बाँकी अंश»

कोलम्बियाद्वारा सन् २०३० को विश्वकप सहआयोजक हुन इच्छा व्यक्त

२०७६ भदौ २९ आइतबार, कोलम्बिया। कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताएका छन्। उनले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताए। इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु ... बाँकी अंश»

ड्रोन आक्रमणपछि साउदीमा दैनिक ५.७ ब्यारल तेल र ग्यास उत्पादनमा कटौती 

२०७६ भदौ २९ आइतबार, काठमाडौं । ड्रोन आक्रमणपछि साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा ब्यापक कटौती गरेको छ । ... बाँकी अंश»

जम्मू–कश्मीर मुद्धा अन्तर्राष्ट्रिय न्यायालय लैजान भारतको सहमति जरुरी

२०७६ भदौ २९ आइतबार, काठमाडौं । पाकिस्तानी कानुन मन्त्री फरोघ नसिमले कुनै एक देशले चाहेर मात्र कश्मीर मुद्दा अन्तर्राष्ट्रिय न्यायालय आइसीजे लैजान नसकिने बताएका छन् । ... बाँकी अंश»

अमेरिकी व्यापार नीति उसकै लागि अहितकर

२०७६ भदौ २८ शनिबार, बेइजिङ। वर्तमान् अमेरिकी व्यापार नीति वासिङ्टनका लागि नै अहितकर हुने एक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ। अमेरिकी उपभोक्ता प्रेस तथा व्यवसायिक टेलिभिजन च्यानल (सीएनबीसी)ले शुक्रबार सार्वजनिक गरेको एक सर्भेक्षणको नति ... बाँकी अंश»

‘अमेरिका र तालिवानबीच पुनः वार्ता हुनेमा रूस आशावादी’

२०७६ भदौ २८ शनिबार, मस्को। अफगानी तालिवान समूहसँग भएका वार्ता प्रयासलाई अमेरिका र अफगानिस्तान दुवैले थप पहल गर्नुपर्ने रूसले शनिबार जनाएको छ। शनिबार रूसी विदेश मन्त्रालयको प्रेस विभागबाट प्राप्त जानकारीअनुसार अफगानिस्तान मामिला रूसी राष्ट्रपतिका विशेष प्रतिनिधि ... बाँकी अंश»

ड्रोन आक्रमण आफूले गराएको यमनी हुथी समूहको दावी

२०७६ भदौ २८ शनिबार, साना, यमन। यमनको हुथी समूहले स्थानीय समयअनुसार शनिबार बिहानै साउदी अरबको पेट्रोलजन्य इन्धन कम्पनीमा गरेको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। ... बाँकी अंश»

सिरियामा छ सर्वसाधारण मारिए

२०७६ भदौ २८ शनिबार, बेरुत। पश्चिमी सिरियाको इद्लिब प्रान्तमा सरकारी पक्ष र रुसले गरेको गोलाबारीमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ। सिरियाको युद्धलाई निरीक्षण गरिरहेका मानवअधिकारवादी समूहले शनिबार दिएको जानकारीअनुसार जिहादीको बलियो प्रभाव रहेको क्षेत्रमा मस्कोले युद्धविराम घोषणा गरेको दुई हप्तापछि पुनः यो आक्रमण भएको हो। ... बाँकी अंश»

ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

२०७६ भदौ २८ शनिबार, रियाद। शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ। साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको छ। ... बाँकी अंश»

नयाँ