विश्व

भारतको झारखण्डमा प्रहरीको गोलीबाट चारको मृत्यु

२०७३ असोज १६ आइतबार, नयाँ दिल्ली । पूर्वी भारतको झारखण्ड राज्यमा प्रहरीले गोली प्रहारबाट चार गाउँलेको मृत्यु भएको छ । यस घटनामा परी प्रहरीअधिकारीसहित १२ भन्दाबढी घाइते भएका सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् ।    ‘नेसनल थर्मल पावर कर्पोरेसन’ स्थापना गर्न लागिएको विरुद्धमा स्थानीयबासीले गरेको आन्दोलन क्रममा प्रहरीद्वारा जारी कारबाहीमा ती सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।    झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीदेखि ८० किलोमिटर उत्तरतर्फ ह ... बाँकी अंश»

अफगान हवाई आक्रमणमा आफ्नै सुरक्षा अधिकारी मारिए

२०७३ असोज १६ आइतबार, काबुल । पश्चिमी अफगानिस्तानमा अफगान वायुबलद्वारा भएको हवाई आक्रमणमा पाँच सैनिक र एक प्रहरी अधिकारीको मृत्यु भएको छ । एक सरकारी अधिकारीले शनिबार उक्त जानकारी दिएका छन् । अफगान हेलिकप्टरले भूलबस आफ्नै सुरक्षाबलमाथि बमबारी गरेको बताइएको छ ।    अफगानिस्तानको फराह प्रान्तको केनस्क क्षेत्रका तालिवानी आतङ्ककारीसँग झडप र हवाई युद्धमा सहयोग पुर्‍याइरहेका ती सुरक्षा अधिकारीहरू आफ्नै सहकर्मीहरूले गरेको बमबारीमा मारिएका अफगान प्रतिरक्षा मन्त्र ... बाँकी अंश»

भारत-पाकलाई लिएर संयुक्त राष्ट्रसङ्घका प्रमुख मुनद्वारा चिन्ता व्यक्त

२०७३ असोज १५ शनिबार, संयुक्त राष्ट्रसङ्घ। भारत र पाकिस्तानबीच क्रमिकरुपमा बढ्दै गएको तनावको विषयमा संयुक्त राष्ट्र सङ्घीय महासचिव बान कि मुनले शुक्रबार गहिरो चिन्ता व्यक्त गरेका छन् ।    बिगतमा भारत र पाकिस्तानले आ–आफ्ना सीमा क्षेत्र निर्धारण गरी सीमा नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) कायम गरेपश्चात् युद्ध विराम भइसकेपछि पनि पुनः आक्रमण हुनुलाई दुर्भाग्यपूर्ण भन्ने सङ्ज्ञा दिँदै महासचिव मुनले चिन्ता प्रकट गरेका हुन् ।    लाइन अफ कन्ट्रोलले काश्मिरला ... बाँकी अंश»

भारतले काश्मिरका मानव बस्ती खाली गरायो

२०७३ असोज १५ शनिबार, हक अल्लाहबक्स (भारत)। भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् ।    दुई देशबीच तनाव अत्यन्त चुलिएकोले सम्भावित खतराबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न उनीहरूलाई सार्नु परेको भारतीय अधिकारीहरूको कथन छ ।    सीमा पारीबाट हुनसक्ने बम, गोला प्रहारबाट जोगिनका लागि काश्मिरका कतिपय ग्रामीण इलाकाका बासिन्दालाई ... बाँकी अंश»

यसरी गरियो नोबेल पुरस्कार विजेता पेरेजको अन्तिम बिदाइ

२०७३ असोज १४ शुक्रबार, जेरुसेलम (इजरायल) । नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति सिमोन पेरेजलाई विश्वनेताले शुक्रबार अन्तिम श्रद्धाञ्जलि दिएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायतका राजकुमार चाल्र्सलगायतका विश्व नेताले कडा सुरक्षा व्यवस्थाबीच पेरेजलाई श्रद्धाञ्जलिसहित बिदाइ गरेका हुन् ।    प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बास पनि श्रद्धाञ्जलि समारोहको अघिल्लो लहरमा थिए । उनले पेरेजलाई सम्झौता गर्न वार्ता गर्ने नेताको रुपमा न ... बाँकी अंश»

आफ्नो संरक्षण गर्न पाकिस्तान तयार छ: प्रधानमन्त्री सरिफ

२०७३ असोज १४ शुक्रबार, काठमाडौ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आफ्नो संरक्षण गर्न पाकिस्तान तयार रहेको बताएका छन् । शुक्रवार संघिय मन्त्रीस्तरीय बैठकमा बोल्दै प्रधानमन्त्री सरिफले जनता र राज्यको अखण्डतालाई कुनै उदण्डताबाट जोगाउन पाकिस्तानले आवश्यक कदम चाल्ने बताएका छन् ।    सरिफले भने, ‘हामी हाम्रो मातृभूमीलाई कुनै पनि उदण्डताबाट जोगाउँछौं । पुरै राष्ट्र सैनिक बलसँगै काँधमा काँध मिलाएर बसेको छ’ ।    पछिल्लो समय छिमेकी राष्ट्र भारतसँगको बिग्र ... बाँकी अंश»

एकाधिकार तोडिएको विरोधमा बस सञ्चालकले गरे हड्ताल

२०७३ असोज १४ शुक्रबार, त्रिशूली(नुवाकोट)। नुवाकोट र रसुवामा आफ्नो एकाधिकार तोडिएको विरोधमा पासाङल्हामु यातायात सेवा समितिले शुक्रबार नुवाकोट र रसुवामा यातायात ठप्प पारेको छ । समितिले आफू मातहतका सबै सार्वजनिक बस बन्द गरेको छ भने काठमाडौं केरुङ यातायात प्रालिका बस चल्न दिएको छैन ।   पासाङल्हामु राजमार्गको काठमाडौं–त्रिशूली–धुन्चे र नुवाकोट र रसुवामा अन्य ग्रामीण सडकमा पासाङल्हामु यातायात सेवा समितिको एकाधिकार तोड्दै एक महिनादेखि काठमाडौँ–केरुङ यातायात प ... बाँकी अंश»

फिलिपिन्सका राष्ट्रपतिले भने, ‘३० लाख मानिस मार्न इच्छुक छु’

२०७३ असोज १४ शुक्रबार, काठमाडौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टीले आफुलाई तत्कालिन जर्मन तानासाही हिटलरसँग तुलना गर्दै आफु लागुऔषदमा लागेका ३० लाख मानिसको हत्या गर्न इच्छुक रहेको बताएका छन् ।    शुक्रवार राष्ट्रपति डुटर्टीले आफुलाई हिटलरसँग तुलना गर्दे हिटलरले यहुदीहरुको हत्या गरेझैं आफुले पनि लाखौं लागुऔंषद सेवन गर्नेहरुको हत्या गर्ने बताएका छन् ।  डबाव सहरस्थित आफ्नो गाउँमा दिएको भाषणमा डुटर्टीले हिटलरले ३० लाख यहुदीहरुको हत्या गरेको कुरालाई ज ... बाँकी अंश»

भारत–पाकिस्तानबीच गृहयुद्ध कि जिस्काउने उपाय ?

२०७३ असोज १४ शुक्रबार, नयाँदिल्ली । भारतले बुधबार र बिहीबार राति गरी कश्मीरको पाकिस्तानको कब्जामा रहेको क्षेत्रमा तीन किलोमिटर भित्रसम्म प्रवेश गरी सात क्याम्प ध्वस्त पारिदिएको छ । सो क्रममा ३८ जनाको ज्यान लिएको छ ।   स्थानीय समयअनुसार राति १२ः३० देखि बिहान ४ बजेसम्म अप्रेशन गरी भारतीय सेना पुनः सीमामा तैनाथ भएको छ ।      भारतको यो क्रियाकलापको भारतभित्रै पनि आलोचना भएको छ । अहिले आएर किन किन आक्रामण गर्नुपरेको भनेर ।      अर्थात् उडी आक्रमणमा १ ... बाँकी अंश»

अमेरिकामा भयानक रेल दुर्घटना, एक जनाको मृत्यु, १०८ घाइते

२०७३ असोज १४ शुक्रबार, न्युयोर्क । अमेरिकामा भयानक रेल दुर्घटना भएको छ । न्युयोर्कबाट न्युजर्सीका लागि छुटेको रेल हेबोकनमा दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन् ।    घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको न्युजर्सी रेल स्टेसनका प्रवक्ता जेनिफर नेलसनले जनाएका छन् ।     एक प्रत्यक्षदर्शीका अनुसार रेल र स्टेसनको पर्खालमा च्यापिएकी महिलाको मृत्यु भएको हो ।    घटनापछि हेबोकन रेल स्टेसनबाट सम्पूर्ण रेलसेवा बन्द गरिएको छ । ... बाँकी अंश»

चीनको कुनमिङ नजिकै १९ व्यक्तिको हत्या

२०७३ असोज १३ बिहिबार, साङघाई (चीन) । चीनको प्रहरीले बिहीबार १९ जनाको हत्या गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।    युनान प्रान्तको कुनमिङ सहर नजिकैको एक गाउँका २६ वर्षीय याङ क्वीनपेईले आफ्नै गाउँका १९ जनालाई बुधबार राति आक्रमण गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।    चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले बिहीबार बिहानै १९ जना गाउँले उनीहरुकै घरमा मृत अवस्थामा फेला परेका जनाएको थियो । मृतकमध्ये ११ जना पुरुष र आठ जना महिला रहेको बत ... बाँकी अंश»

थप सैनिक पठाउन इराकद्वारा अमेरिकालाई आग्रह

२०७३ असोज १३ बिहिबार, बग्दाद । आफ्नो मुलुकमा थप अमेरिकी सैनिक प्रशिक्षक र सल्लाहकार पठाई सहयोग गर्नका लागि इराकले वासिङटनलाई आग्रह गरेको छ ।  हाल इस्लामिक स्टेट आतङ्कबादी समूहको कब्जामा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई इस्लामिक स्टेटको कब्जाबाट मुक्त गर्नका लागि सहयोगको आग्रह गरिएको प्रधानमन्त्री कार्यालयले बुधबार जानकारी दिएको छ ।   मोसुललाई मुक्त गराई पूर्णतः सरकारी अधिनमा ल्याउन इराकी सुरक्षा बललाई सामरिक सल्लाह, सुझाव र तालिमका लागि पर्याप्त कुशल र ... बाँकी अंश»

भारत र पाकिस्तान सेनाबीच गोली हानाहान, २ पाकिस्तानी सैनिकको मृत्यु

२०७३ असोज १३ बिहिबार, एजेन्सी । भारत सिमावर्ती क्षेत्र जम्मुकाश्मिरमा बिहीवार भारतीय र पाकिस्तानी सैनिकबीच गोली हानाहान हुँदा कम्तिमा पनि दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । पाकिस्तानी संचार माध्यमका अनुसार बिहीवार विहान २ः३० बजेबाट सुरु भएको दोहोरो भिडन्त कम्तिमा पनि चार घण्टा सम्म चल्यो ।    यता भारतले पनि विहिबारको दोहोरो हमलाबारे पुष्टि गरेको छ । भारतले विहिबारको हमला राष्ट्र रक्षाको लागि गरेको भारतीय सैनिक बल डिजीएमओका लेफ्टेनेन्ट जनरल रनवीर सिं ... बाँकी अंश»

चीनले ग्रेटवाल मुनि रेलवे स्टेसन बनाउने

२०७३ असोज १३ बिहिबार, एजेन्सी। चीनले विश्वको सात आश्चर्य मध्यमा पर्ने ग्रेटवालको मुनि गहिरो, ठूलो र द्रुत गतिको रेलवे स्टेसन निर्माण गर्ने भएको छ। चीनले आफुले आयोजना गर्ने सन् २०२२ को हिउँदे ओलम्पिकको पूर्वतयारीलाई लिएर सो रेलवे निर्माण गर्न लागेको त्यहाँको राज्य मिडियालाई उद्रित गर्दे रोयटर्सले जनाएको छ।    उक्त स्टेसन राजधानी बेजिङदेखि ८० किलोमिटर उत्तरी पश्चिममा रहेको ग्रेटवालको बढी घुमिने खण्ड बडलिङमा निर्माण हुनेछ । चीन राष्ट्रिय पर्यटन प्रशासनका अनुसा ... बाँकी अंश»

सार्क बैठकमा भाग नलिनेमा अफगानिस्तान पनि, बैठक हुनेमा नेपाल विश्वस्त रहेको भन्दै भारतमा चर्चा

२०७३ असोज १२ बुधबार, काठमाडौं । पाकिस्तानको इस्लामावादमा हुने भनिएको १९औं सार्क शिखर सम्मेलनमा भाग नलिने मुलुकको विषयलाई लिएर भारतमा सनसनी फैलिएको छ ।    यसअघि भारत, बंगलादेश र भुटान सहभागि नहुने भनेकामा अब अफगानिस्तान समेत थपिएको चर्चा भएको छ । भारतीय संचारमाध्यले यी चार मुलुकले सार्क शिखर बैठकमा सहभागिता नजनाउने निर्णय लिइसकेको उल्लेख गरेका छन् ।    बीबीसी हिन्दी सेवाको अनलाईन पोर्टलले अहिले अध्यक्षता गरिरहेको नेपालको परराष्ट्रमन्त्रालयका सह–सचिव ... बाँकी अंश»

रहेनन् नोवेल शान्ति पुरस्कार विजेता तथा इजरायलका पूर्वराष्ट्रपति शिमोन पेरेज, विश्व समुदायबाट दु:ख व्यक्त

२०७३ असोज १२ बुधबार, इजरायल । नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ । दुई साता अघिदेखि सिकिस्त विरामी भएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ३ बजे निधन भएको पेरेजका छोरी–ज्वाइँ रफी वालडेनले बताए  ।    पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बनेका थियो भने जीवनको उत्तरार्धसम्म पनि सक्रिय राजनीतिज्ञकारुपमा क्रियाशिल थिए ।    प्यालेस्टिनीसँग शान्ति सम्झौता गराउ ... बाँकी अंश»

अफगानिस्तानमा अमेरिकी हवाई हमला, १८ को मृत्यु

२०७३ असोज १२ बुधबार, एजेन्सी । अफगानिस्तानमा  चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसविरुद्ध गरिएको अमेरिकी हवाई हमला परी कम्तिमा पनि १८ जनाको मृत्यु भएको छ ।    मृत्यु हुनेमा अधिकांश विद्रोही रहेपनि केही स्थानीय समेत रहेका हुनसक्ने एक अफगान अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।    नानगाहरमा वुधवार भएको सो हमलामा परी मर्ने मध्ये १५ जना विद्रोही पक्षका र ३ जना स्थानीय रहेको अचिन जिल्लाका प्रहरी प्रमुख महमद अलीले जनाएका छन् ।    कावुमा रहेको अमेरिकी स ... बाँकी अंश»

अस्ताए इजरायलका पूर्व राष्ट्रपति सिमोन पेरेस

२०७३ असोज १२ बुधबार, काठमाडौ । इजरायलका पूर्व राष्ट्रपति सिमोन पेरेसको ९३ वर्षको उमेरमा निधन भएको छ । पेरेसको बुधवार टेल अभिवस्थित अस्पतालमा निधन भएको हो ।    पेरेस इजरायलका लागि दुईपटक प्रधानमन्त्री र एकपटक राष्ट्रपति भएका थिए । इजरायललाई नयाँ राष्ट्रको रुपमा स्थापित गराउन पेरेसको उल्लेखनीय भूमिका रहेको छ ।    पेरेसले सन् १९९४ मा नोबल शान्ति पुरस्कार पनि प्राप्त गरेका छन् । १९९० को दशकमा पेलेस्टाइनसँग शान्ति विस्तार गर्नका लागि वार्ताको वातावरण बनाउन पे ... बाँकी अंश»

नोबेल पुरस्कार विजेता पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन

२०७३ असोज १२ बुधबार, काठमाडौं । नोबेल शान्ति पुरस्कारबाट सम्मानित इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको ९३ वर्षको उमेरमा निधन भएको छ ।    दुर्इ साता पहिले हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएका शिमोनको मंगलबार निधन हुनुअघि स्वास्थ्य सुध्रिएको अस्पतालले जनाएको बीबीसीले उल्लेख गरेको छ ।    इजरायलको स्थापना कालका राजनेताहरूमा अन्तिम पेरेज दुर्इ पटक प्रधानमन्त्री र एक पटक राष्ट्रपति भएका थिए ।   उनलार्इ  ओस्लो सम्झौताबाट प्यालेस्टाइनमा शान्ति स्था ... बाँकी अंश»

क्लिन्टन र ट्रम्पबीच जुहारी, एक अर्कामा आरोप प्रत्यारोप

२०७३ असोज ११ मंगलबार, एजेन्सी । आगामी नोभेम्बरको राष्ट्रपति चुनावअघि भएको पहिलो प्रत्यक्ष बहसमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच जुहारी चलेको छ । जुहारीमा दुवैले एक अर्काको चर्को आलोचना गरेका छन्।   मंगलबार भएको उक्त बहस अर्थतन्त्र, कर प्रणाली, जातीगत मुद्दा र सुरक्षामाथि केन्द्रित थियो । यद्यपि, बहसका क्रममा क्लिनटनले बोलेका कुरालाई ट्रम्पले रोक्न खोजेका थिए ।   क्लिन्टनले उक्त बहसको तयार ... बाँकी अंश»

नयाँ