विश्व

पुटिन र ट्रपबीच भेट हुने सम्भावना

२०७४ असार ८ बिहिबार, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका  अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ ।  ... बाँकी अंश»

सिरियामा तीन सय लडाकू मारिए

२०७४ असार ८ बिहिबार, दमासकस ।  सिरियाको राका प्रान्तमा दुई हप्ताभित्र तीन सयभन्दा बढी इस्लामिक स्टेट्स (आईएस) लडाकू मारिएका छन् ।  ... बाँकी अंश»

संदिग्ध आत्मघाती बम हमलाकारीको गोली हानी हत्या 

२०७४ असार ७ बुधबार, ब्रसेल्स । बेल्जियममा संदिग्ध आत्मघाती बम हमलाकारीलाई गोली हानी मारिएको छ । ... बाँकी अंश»

विश्व योग दिवस विश्वभरमै मनाइदै, नेपालमा पनि योगको जोग

२०७४ असार ७ बुधबार, काठमाडौं । जुन २१ तारिख अर्थात् विश्व योग दिवस । ... बाँकी अंश»

उत्तर कोरियामा चरम यातनाबाट अमेरिका फर्किएको एक हप्तामै मृत्यु

२०७४ असार ६ मंगलबार, काठमाडौं । १५ महिना उत्तर कोरियाको कारागार जीवन बिताई हालै रिहा भइ एक हप्ताअघि अमेरिका घरमा पुगेका एक अमेरिकी युवकको मृत्यु भएको छ । ... बाँकी अंश»

भाजपाले बनायो दलितलाई राष्ट्रपतिको उम्मेदवार

२०७४ असार ५ सोमबार, नयाँदिल्ली। भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले सवै भन्दा तल्लो जातको मानिने दलित समुदायको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदबार बनाएको छ। पिछडिएको समुदायलाई अगाडी बढाउन भन्दै दलित समुदायका एक व्यक्तिलाई भाजपाले सोमबार राष्ट्रपति पदका लागि उम्मेदबारी दर्ता गर्न लगाएको जनाएको छ। ... बाँकी अंश»

बाढीबाट असाममा ६९ हजार प्रभावित

२०७४ असार ५ सोमबार, नयाँदिल्ली। भारतको उत्तरपूर्वी राज्य असाममा आएको बाढीको कारण ६९ हजार व्यक्ति प्रभावित हुनुको साथै अन्य ४ हजार भन्दा बढी विस्थापित भएका छन्। भारतीय सरकारी रेडियो अल इन्डिया रेडियो (एआइआर) ले सोमबार यस विषयमा जानकारी दिएको छ । सो रेडियोले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बाढीबाट असामको पाँच वटा जिल्ला प्रभावित भएको जानकारी दिएका छन् । ... बाँकी अंश»

बीस बर्षीया भारतीय महिलाले आकासमै जन्माईन बच्चा

२०७४ असार ५ सोमबार, मुम्बइ। एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकासमै बच्चा जन्माएकी छिन्। अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेका बेला विमानमा नै उनले छोरा जन्माएकी हुन्। नाम नखुलाइएकी एक २० बर्षीया भारतीय महिलाले उनलाई चिकित्सकले दिएको समय भन्दा अगावै सो बच्चा जन्माएको बताइएको छ। ... बाँकी अंश»

विश्वमा शरणार्थीको सङ्ख्या बढ्दै: सन् २०१६ को अन्त्यसम्म ६ करोड ५६ लाख आन्तरिक र बाह्य शरणार्थी

२०७४ असार ५ सोमबार, जेनेभा। विश्वमा आन्तरिक तथा बाह्य रुपमा विस्थापित हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ। सन् २०१६ को अन्त्यसम्मको तथ्याङ्क हेर्दा विश्वका विभिन्न देशबाट आन्तरिक तथा बाह्य रुपमा विस्थापित भएर शरणार्थी बन्नेको सङ्ख्या ६ करोड ५६ लाख पुगेको छ। ... बाँकी अंश»

थाइल्याण्ड बम विस्फोटमा ६ सैनिकको मृत्यु

२०७४ असार ५ सोमबार, बैंकक। दक्षिणी थाइल्याण्डमा सोमबार भएको बम विस्फोटमा परी छ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरीले स्रोतले जनाएको छ। थाइल्याण्डको राजधानी बैंककबाट १ हजार ५५ किलोमिटर दक्षिणमा पर्ने पत्तानी प्रान्तको थुङयाङ दाएङ सडकमा स्थानीय आतङ्ककारीहरुले बम आक्रमण गरेका थिए। ... बाँकी अंश»

आमहड्तालका कारण दार्जिलिङका होटलहरु खाली

२०७४ असार ५ सोमबार, कोलकाता। गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ। होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्काेतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् ... बाँकी अंश»

कतार संकटमा अमेरिकाको स्वार्थ के ?

२०७४ असार ५ सोमबार, काठमाडौं। अमेरिका विश्वको धेरैजसो स्थानमा आफ्नो प्रभाव विस्तार गरिसकेको मुलुक हो। जसको कारण विश्वका धेरै मुलुकरुमा अमेरिकाको प्रभाव रहनु अस्वाभाविक होइन। विश्वको जुनसुकै घटना हुँदा पनि अमेरिकाको वा ईयूको के सम्बन्ध छ? ... बाँकी अंश»

भारतीय गृहमन्त्री सिंहको खुट्टा भाँचियो, उपचारपछि घर फिर्ता

२०७४ असार ५ सोमबार, नयाँ दिल्ली। भारतीय गहृमन्त्री राजनाथ सिंहको आइतबार नियमित शारीरिक अभ्यासका क्रममा हिँडिरहेका बेला सरकारी निवास नजिकै खुट्टा भाँचिएको उनको निकट सहयोगीले बताएका छन्। ... बाँकी अंश»

पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा बीस जना घाइते

२०७४ असार ५ सोमबार, बेइजिङ। ‘चाइना इस्टर्न एयरलाइन्स’ को फ्रान्सको राजधानी पेरिसबाट चीनका लागि छुटेको विमान अवतरण गर्न आकाशबाट तल झर्ने क्रममा टर्बुलेन्समा ठोक्किँदा विमानभित्र रहेका २० जना यात्री घाइते भएका छन्। ... बाँकी अंश»

दार्जलिङको विरोधलाई हिंसात्मक नबनाई वार्तामा आउन भारतीय गृहमन्त्रीको आग्रह

२०७४ असार ५ सोमबार, नयाँ दिल्ली। दार्जलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम्)का कार्यकर्ता तथा दार्जलिङबासीलाई आइतवार आफ्ना माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न भारतीय केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहले आग्रह गरेका छन्। ... बाँकी अंश»

साउदी नेतृत्वको हवाई आक्रमणमा यमनमा २५ जना मारिए

२०७४ असार ५ सोमबार, साना। साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी प्रदेश सादामा गरेको हवाई आक्रमणमा परी २५ सर्वसाधारणको मृत्यु भएको छ। हुथीहरुको नियन्त्रणमा रहेको ठाँउमा आक्रमण भएको राज्यद्वारा सञ्चालित साबा सामाचार संस्थाले आइतबार जनाएको छ। ... बाँकी अंश»

बेलायतको मस्जिद नजिकै पैदलयात्रुलाई ठक्कर, दुई जनाको मृत्यु 

२०७४ असार ५ सोमबार, लण्डन । बेलायतको लण्डनमा मस्जिद नजिकै एउटा भ्यानले पैदलयात्रुको समूहलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

फ्रान्सका राष्ट्रपति माक्रोंको दललाई स्पष्ट बहुमत

२०७४ असार ५ सोमबार, पेरिस । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंको दलले संसदीय चुनावमा स्पष्ट बहुमत हासिल गरेको छ । ... बाँकी अंश»

अफगानिस्तानमा पाकिस्तानी कुटनितिज्ञ बेपत्ता

२०७४ असार ४ आइतबार, इस्लामाबाद । अफगानिस्तानमा रहेको पाकिस्तानको वाणिज्य दूतावासका दुई कूटनीतिज्ञ गत शुक्रबारबाट बेपत्ता भएका पाकिस्तानले पुष्टि गरेको छ ।  ... बाँकी अंश»

दक्षिण कोरियामा पहिलो महिला विदेश मन्त्री

२०७४ असार ४ आइतबार, सोल । संयुक्त राष्ट्रसङ्घमा जिम्मेवारी सम्हालेर कुटनीतिक मामिलाकी अनुभवी व्यक्तित्व दक्षिणी कोरियाको पहिलो महिला विदेश मन्त्री भएकी छन् ।  ... बाँकी अंश»

नयाँ