//

विश्व

विकिलिक्सका संस्थापक जुलियन असान्जको सञ्चार आंशिक खुला

२०७५ असोज २९ सोमबार, लन्डन। इक्वेडर सरकारले लन्डनस्थित आफ्नो मुलुकको राजदूतावासमा रहेका जुलियन असान्जको सञ्चारलाई आंशिक रुपमा खुला गर्न लागेको विकिलिक्सले जनाएको छ। विकिलिक्सका संस्थापक असान्ज सन् २०१२ देखि इक्वेडरको राजदूतावासमा शरण लिइरहेका छन्। गत मार्चदेखि इक्वेडर सरकारले असान्जमाथि बाह्य सम्पर्कका लागि इन्टरनेट वा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। ... बाँकी अंश»

इन्डोनेसियालाई विश्व बैंकको एक अर्ब डलर ऋण सहयोग

२०७५ असोज २९ सोमबार, नुसा डुआ, इन्डोनेसिया। विश्व बैंकले प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति व्यहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने आइतबार घोषणा गरेको छ। ... बाँकी अंश»

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बच्चाहरुले तालिम लिन थाले

२०७५ असोज २९ सोमबार, सोवेतो, दक्षिण अफ्रिका। दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नु पर्दछ भन्ने सिक्दैछन् । “थाहा छ यो बलात्कारीको अण्डकोश हो,” प्रशिक्षक डिमाकाट्सो मोनोकोली एउटा प्याड देखाउँदै भन्छिन् ।  ... बाँकी अंश»

बीआरआईः विकासको लागि महत्वपूर्ण, आर्थिक हिसाबमा जोखिम

२०७५ असोज २९ सोमबार, काठमाडौं । चीनको महत्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मुलुकको संरचना निर्माणको हिसाबमा निकै राम्रो कदम भए यसले विभिन्न मुलुकहरुलाई ऋणको जोखिम बढाउने विश्व बैंकले बताएको छ । ... बाँकी अंश»

विमानको गेट बन्द गर्दा खसिन् एयर होस्टेस, अवस्था गम्भीर 

२०७५ असोज २९ सोमबार, काठमाडौं । एयर इन्डिया विमानबाट बिहान एयर होस्टेस खस्दा अवस्था गम्भीर रहेको छ । भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनलबाट दिल्ली जाने तयारीमा रहेको एआई ८६४ विमानबाट ५३ वर्षीया एयर होस्टेस विमानको ढोका लगाउने क्रममा खसेकी थिइन् ।  ... बाँकी अंश»

एक वर्षमै किन दुईपटक भियतनामको भ्रमण गर्दैछन् अमेरिकी रक्षामन्त्री ? 

२०७५ असोज २९ सोमबार, काठमाडौं । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस सन् २०१८ मा दोस्रोपटक भियतनामको भ्रमण गर्दैछन् । ... बाँकी अंश»

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीनको मृत्यु

२०७५ असोज २९ सोमबार, काठमाडौं । मध्य जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालक र दुई महिला गरी तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । ... बाँकी अंश»

२०१९ जनवरी देखि विमान उडान नगर्ने चेतावनी

२०७५ असोज २८ आइतबार, जेरूसेलम, इजरायल। सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने केही विमान कम्पनीद्वारा सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको इजरायली स्थानीय सञ्चारमाध्यमहरूले आइतबार जनाएका छन् । ... बाँकी अंश»

अमेरिका हार्‍यो : हसन रौहानी

२०७५ असोज २८ आइतबार, तेहरान। इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय भएको इरानका प्रधानमन्त्रीले आइतबार बताए। अमेरिकासहितका विश्वका छ शक्तिराष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट ... बाँकी अंश»

म्याटिस रक्षमन्त्रीबाट ‘बिदा हुन सक्ने’: ट्रम्प

२०७५ असोज २८ आइतबार, वासिङ्टन। अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भन्दै उनलाई बिदा उक्त जिम्मेवारीबाट बिदा दिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन्। ... बाँकी अंश»

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्‍याली

२०७५ असोज २८ आइतबार, सिकागो । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । ... बाँकी अंश»

आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु

२०७५ असोज २८ आइतबार, मोगादिसु, सोमालिया । शक्तिशाली दुई ओटा आत्मघाती बम विस्फोटनमा परी सोमालियामा १४ जनाको मृत्यु भएको छ । सोमालियाको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार भएको घटनामा परी अरु २० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । ... बाँकी अंश»

ब्रेक्जिट : थेरेसा मेको प्रस्तावको विपक्षमा पूर्व ब्रेक्जिट सचिव

२०७५ असोज २८ आइतबार, काठमाडौं । पूर्व ब्रेक्जिट सचिव डेभिड डेभिसले बेलायती क्याबिनेटका मन्त्रीहरुले प्रधानमन्त्री थेरेसा मेको प्रस्तावको विरोध गर्नुपर्ने बताएका छन् ।  ... बाँकी अंश»

हुर्रिकेनको मारमा पोर्चुगल

२०७५ असोज २८ आइतबार, काठमाडौं । पोर्चुगलमा शक्तिशाली हुर्रिकेनको आँधीबाट १५ हजार घरहरुको विद्युत्र काटिएको छ भने सयौं रुखहरु ढलेका छन् । ... बाँकी अंश»

व्यापार युद्धको प्रभाव : फोर्डको चीनको व्यापार खस्कियो

२०७५ असोज २८ आइतबार, काठमाडौं । अमेरिकी कार निर्माता फोर्डको चीनको व्यापारमा गत सेप्टेम्बर महिनामा ४३ प्रतिशतको गिरावट आएको छ । ... बाँकी अंश»

पत्रकार हत्यामा साउदी सरकार जिम्मेवार पाइए बहिस्कार गर्ने बेलायत र अमेरिकाको चेतावनी 

२०७५ असोज २८ आइतबार, काठमाडौं । बेलायत र अमेरिकाले पत्रकार हत्यामा साउदी अरेबिया सरकार दोषी पाइए साउदीमा हुन लागेको उच्चस्तरीय सम्मेलन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।  ... बाँकी अंश»

बडीगार्डले न्यायाधीशकी पत्नी र छोरालाई हान्यो गोली

२०७५ असोज २८ आइतबार, काठमाडौं । भारतको गुरुग्राममा न्यायाधीशको सुरक्षामा खटिएको एक सुरक्षाकर्मीले न्यायाधीशकी श्रीमती र छोरालाई गोली हानेको छ । ... बाँकी अंश»

भारतीय सेनाको रणनीतिमा मेगा चेन्ज, फोकस चीन र पाकिस्तान

२०७५ असोज २७ शनिबार, नयाँ दिल्ली। भारतीय स्थल सेनाले आफ्नो रणनीतिमा व्यापक परिवर्तन गरेको छ। प्रधानसेनापति विपिन रावतको नेतृत्वमा लामो समय देखि अध्ययनमा जुटेको भारतीय सेनाले समय अनुसारको अन्तराष्ट्रिय सम्बन्ध, सीमा विवादको समस्या, आन्तरिक संगठनको चुस्तता आदि विषयको लागि नीतिमा व्यापक हेरफेर गरेको छ।  ... बाँकी अंश»

काँग्रेस पार्टीको मान्यता खारेज गर्न भाजपाको माग 

२०७५ असोज २७ शनिबार, नयाँ दिल्ली । भारतीय जनता पार्टी मध्यप्रदेशले काँग्रेसको चुनावी मान्यता खारेज गर्नको लागि माग गरेको छ । चुनाव आयोज जस्तो ... बाँकी अंश»

भारतमा आएको आँधीबाट २१ को मृत्यु

२०७५ असोज २७ शनिबार, नयाँदिल्ली। भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन्। उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ। गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबार सम्ममा २१ व्यक्तिको मृत्यु भएको छ। ... बाँकी अंश»

नयाँ