//

विश्व

‘खाशोग्गीको शव वाणिज्यदूतको घरमा’

२०७५ कार्तिक ७ बुधबार, काठमाडौं । साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको शवको टुक्रा इस्तानबुलमा साउदीका महावाणिज्यदूतको घरमा फेला परेको बेलायती सञ्चारमाध्यमहरुले बताएका छन् । ... बाँकी अंश»

मिटु अभियान:  २०१ शक्तिशाली व्यक्तिको जागिर खुस्कियो

२०७५ कार्तिक ७ बुधबार, काठमाडौं । महिलाहरुले आफूमाथि यसअघि भएको दुव्र्यवहारको घटनालाई बाहिर ल्याउनको लागि ल्याएको अघि सारेको मिटु अभियानले अमेरिकामा दुई सयभन्दा बढी मानिसहरुको रोजगारी गुमेको न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ ।  ... बाँकी अंश»

पत्रकार खशोग्गीको हत्यारालाई कडा सजाय : साउदी अरब

२०७५ कार्तिक ६ मंगलबार, रियाद। पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ।” ... बाँकी अंश»

ज्यान लिने योजना भन्दा अगाडि खशोग्जीको हत्या : टर्की

२०७५ कार्तिक ६ मंगलबार, अङ्कारा, टर्की। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्जीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गरेका छन्। ... बाँकी अंश»

तीन वर्षमा ५० हजारको रेलले किचेर मृत्यु

२०७५ कार्तिक ६ मंगलबार, नयाँ दिल्ली। भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ। रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो सङ्ख्यामा नागरिकका मृत्यु भएको बताइएको हो। भारतीय रेलसेवाले मङ्गलबार सो तथ्याङ्क सार्वजनिक गरेको हो ... बाँकी अंश»

आफैले बनाएको बम विस्फोटमा परी ११ तालिबानी मारिए

२०७५ कार्तिक ६ मंगलबार, कलात, अफगानिस्तान। दक्षिण आफगानिस्तानमा आफैले बनाएको विस्फोटक पदार्थ विस्फोटमा परी कम्तीमा एघार तालिबान आतङ्ककारी मारिएका छन्। स्थानीय अधिकारीहरुले मङ्गलबार सो जानकारी दिएका छन्। सोमबार अबेर राती मिजान र छिमेकमा पर्ने अर्घान्दाब जिल्लामा आतङ्ककारी दुई समूहले सुरक्षा अधिकारी लक्षित यो विस्फोटक पदार्थ बोकेका थिए। ... बाँकी अंश»

म्यान्मारका पाँचजना उच्च सैनिक बिरुद्ध प्रतिबन्ध

२०७५ कार्तिक ६ मंगलबार, सिड्नी। अस्ट्रेलियाली सरकारले रोहिङ्ग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका पाँचजना उच्च सैनिक अधिकृतका बिरुद्ध मङ्गलबार प्रतिबन्धहरु घोषणा गरेको छ। ... बाँकी अंश»

चिनियाँ राष्ट्रपतिद्वारा ५५ किलोमिटर लामो पुलको उद्घाटन

२०७५ कार्तिक ६ मंगलबार, जुहाई, चीन। चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन्। सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ। चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ। ... बाँकी अंश»

मध्य अमेरिकालाई उपलब्ध सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

२०७५ कार्तिक ६ मंगलबार, मेक्सिको। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरुलाई उपलब्ध गराइआएको सहायता रकम कटौती गरिने चेतावनी दिएका छन्। होन्डुरसका नागरिक अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो। ... बाँकी अंश»

२० अर्ब डलर लगानीमा सबैभन्दा लामो समुद्री पुल

२०७५ कार्तिक ६ मंगलबार, काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वको सबैभन्दा लामो समुद्री पुलको उद्घाटन गरेका छन् । निर्माण सुरु भएको नौ वर्षपछि आधिकारिकरुपमा यो पुल खुला गरिएको हो । ... बाँकी अंश»

दुई कोरिया र राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच सीमाक्षेत्रलाई निशस्त्र गर्न सहमति

२०७५ कार्तिक ६ मंगलबार, सिओल। दुई कोरिया र अमेरिकी नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच सीमाक्षेत्रको केही भागलाई निशस्त्र गर्न सहमति भएको छ। कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने प्रयासमा भएको सफल कुटनीतिक प्रयासबाट कोरियाली प्रायद्वीपलाई विभाजित गरेको व्यापक सुरक्षाकर्मी तैनाद रहेको उक्त सीमा क्षेत्रलाई निशस्त्रीकरण गर्ने सहमति भएको हो। ... बाँकी अंश»

आणविक सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दुई पटक सोच्नुपर्छ :चीन

२०७५ कार्तिक ६ मंगलबार, बेइजिङ। करिब ३० बर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’चीनले सोमबार जनाएको छ। ... बाँकी अंश»

अन्टार्टिकामा यस्तो देखियो असामान्य बरफको टुक्रा

२०७५ कार्तिक ६ मंगलबार, काठमाडौं । नासाका वैज्ञानिकहरुले अन्टार्टिकामा एक नियमित आकारको बरफको टुक्रा तैरिरहेको पत्ता लगाएका छन् । अन्टार्टिककाको ‘लर्सन सी’ भाग नजिकै बरफको यो टुक्रा देखिएको हो ।  ... बाँकी अंश»

जर्मनीले लगायो साउदीलाई बेच्दै आएको हतियारमा रोक 

२०७५ कार्तिक ६ मंगलबार, काठमाडौं । जर्मन चान्सलर एन्जेल मर्केलले साउदी अरेबियालाई बिक्री गरिँदै आएको हतियारमा रोक लगाउने घोषणा गरेकी छिन् । उनले अहिलेको अवस्थामा साउदीलाई हतियार बिक्री गर्न नसकिने बताउँदै यस्तो निर्णय गरेकी हुन् ।  ... बाँकी अंश»

भारत– चीन युद्धका कारण अरुणाञ्चलका गरिबहरु मालामाल !

२०७५ कार्तिक ५ सोमबार, नयाँ दिल्ली । कुनै पनि दुई मुलुकहरुबीच सीमा युद्ध हुँदा सीमाका नागरिकले सास्ती भोग्छन् त्यो सामान्य कुरा हो । ... बाँकी अंश»

मुलुककाे अार्थिक सङ्कटबारे किताब लेख्दा अर्थशास्त्री गिरफ्तार

२०७५ कार्तिक ५ सोमबार, कायरो ।  इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुक मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै पक्राउ परेका छन् ।  ... बाँकी अंश»

मारिएका पत्रकारका छोरालाई साउदी राजकुमारद्वारा समवेदना व्यक्त

२०७५ कार्तिक ५ सोमबार, काठमाडौं । साउदी राजकुमार मोहम्मद विन सलमानले साउदीले भर्खरै मात्र मृत्यु भएको पुष्टि गरेका पत्रकार जमाल खाशोग्गीका जेठा छोरालाई फोन गरी समवेदना व्यक्त गरेका छन् । ... बाँकी अंश»

२७ वर्षकै भयानक रेल दुर्घटना – १८ को मृत्यु, १८७ घाइते 

२०७५ कार्तिक ५ सोमबार, यिलान । ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिएका छन् । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको उक्त रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।  ... बाँकी अंश»

हिंसामा ५५ जनाको मृत्यु, कफ्र्यु जारी

२०७५ कार्तिक ५ सोमबार, अबुजा । नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कफ्र्यु) जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

दिल्लीको प्रदूषण 'अति खतरनाक', स्वास्थ्यमा गम्भीर समस्या 

२०७५ कार्तिक ४ आइतबार, नयाँ दिल्ली । दिल्लीको वातावरण प्रदूषण अति खतरनाक स्तरबाट माथि उठेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका ... बाँकी अंश»

नयाँ