विश्व

श्रीलङ्काली प्रधानमन्त्रीको चीन भ्रमण

२०७२ चैत २३ मंगलबार, बेइजिङ। श्रीलङ्काली प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको छ । उहाँले यही अप्रिल ६ देखि ९ सम्म चीन भ्रमण गर्न लाग्नुभएको हो ।   चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा विक्रमसिङ्घे चीन भ्रमणका गर्न यही बुधबार जानुहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ्ग लिले जानकारी दिनु भएको छ ।   श्रीलङ्काली ६७ बर्षीय प्रधानमन्त्री यस अघि पनि १९९३ देखि १९९४ सम्म, २००१ देखि २००४ सम्म र सन् २०१५ को जनवरीमा ते ... बाँकी अंश»

पाकिस्तानमा भीषण बाढी, ६० जनाको मृत्यु

२०७२ चैत २२ सोमबार, एजेन्सी । पाकिस्तानमा भारी वर्षापछि आएको बाढीको चपेटामा परी कम्तिमा पनि ६० जनाको मृत्यु भएको छ । अधिकारीहरुले खैबर पख्तून ख्वाहका केही क्षेत्र, पाकिस्तान प्रशासित कश्मीर र गिलगित–बल्तिस्तानमा शनिबार वर्षा सुरु भएको बताएका छन् । मनसुन सुरु हुनु भन्दा पहिले नै भएको वर्षाले पाकिस्तानको देहाती क्षेत्रमा बढी क्षति पुर्याएको र स्थानीयलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको अधिकारीहरुको भनाई छ ।    राष्ट्रिय विपद् व्यवस्थापन विभागका अ ... बाँकी अंश»

विश्वका शक्तिशाली व्यक्तिले कालो धनलाई सेतो बनाउन प्रयोग गरेका गोप्य दस्तावेज सार्वजनिक

२०७२ चैत २२ सोमबार, एजेन्सी । विश्वका शक्तिशाली व्यक्तिहरुले अपनाउने कर छलीको तरिका र सम्पत्ति लुकाउनेबारे कम्तिमा पनि ११ मिलियन गोप्य दस्तावेज सार्वजनिक भएका छन् । जसले ठूला र शक्तिशाली व्यक्तिको कर छलिको पर्दाफास भएको छ । पानामाको एउटा अति गोप्य कानुनी फर्म मोस्याक फोन्सेकासंग भएका दस्तावेज सार्वजनिक भएपछि यस विषयको सतही चर्चा भएको हो । सो ल फर्मले कालो धनलाई सेतो बनाउन, कर र विभिन्न प्रतिबन्धहरु छल्न आफ्ना सेवाग्राहीलाई सहयोग गरेको खुलेको छ ।    कम्पनिले भ ... बाँकी अंश»

विश्वकै शक्तिशाली रुसी राष्ट्रपति पुटिनको प्रेमिका शौख

२०७२ चैत २१ आइतबार, एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको २३ बर्षीय एलिशा खार्चेवासँग प्रेमको चर्चा हुन थालेको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति पुटिनले मस्को नजिकै ब्यूटी क्वीन एलिशा खार्चेवाको लागि सुविधा सम्पन्न फ्ल्याट गिफ्ट दिएका छन्। एलिशा उमेरमा पुटिन भन्दा चालीस वर्ष कान्छि छिन्। ... बाँकी अंश»

अफगानिस्तानमा जारी द्वन्द्वमा सुरक्षा अधिकारीसहित छको मृत्यु

२०७२ चैत २१ आइतबार, पुल ए खुम्री (अफगानिस्तान) । उत्तरी बाघलान प्रान्तमा दाँद ए साहाबुदिन जिल्लामा तालिवान र सुरक्षा अधिकारीबीच सुरु भएको एक झडपमा पाँच आतङ्ककारी र एक सुरक्षा अधिकारीको मृत्यु भएको समाचार छ ।    प्रान्तीय प्रहरी प्रवक्ता जाबिहुल्लाह सुजाले आइतबार सो जानकारी दिएका छन् । साहाबुदिन जिल्लामा सरकारी सुरक्षाबलले तीन अगाडिदेखि सुरु गरेको तालिवान विरुद्ध कारबाहीको क्रममा पाँच सशस्त्र आतङ्ककारी मारिएका हुन् ।    सो कारबाहीको क्रममा अन्य पाँच आत ... बाँकी अंश»

सुरक्षा परिषद्ले सिरिया र यमनको मुद्दा हेर्ने

२०७२ चैत २० शनिबार, संयुक्त राष्ट्रसंघ । राष्ट्रसंघीय सुरक्षा परिषदले सिरिया र यमनको विषयमा हाल भइरहेको प्रगतिको मुद्दा हेर्ने भएको छ । अप्रिल महिनामा राष्ट्रसंघीय सुरक्षा परिषदको अध्यक्षता चीनले गर्दैछ । यसै महिनादेखि नै चीनको अध्यक्षताको यस परिषदले हालैका दिनमा सिरिया र यमनमा भइरहेको प्रगतिका बारेको मुद्दा हेर्ने भएको हो ।    साथै उक्त परिषदले अन्य मध्यपूर्वी राष्ट्रहरुका आन्तरिक द्वन्द्वको मुद्दा पनि हेर्ने भएको बताइएको छ । चीन संयुक्त राष्ट्रसंघको स् ... बाँकी अंश»

जापानमा ६.१ रिक्टर स्केलको भूकम्प

२०७२ चैत १९ शुक्रबार, टोकियो । जापानको मिए प्रान्तमा शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको मौसम विज्ञान निकायले जनाएको छ । जापानको प्रमुख द्वीप होन्सुको कन्साई क्षेत्रमा सो भूकम्प गएको बताइएको छ ।    यस भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रको १० किलोमिटर गहिराईमा ३३.४ डिग्री उत्तरी आक्षांस र १३६.४ पूर्वी देशान्तरमा रहेको बताइएको छ ।    तर यस भूकम्पपछि सुनामी चेतावनी भने नदिएको बताइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय र एवम् भौतिक सम्पत्ती क्षतिको भन ... बाँकी अंश»

भारतमा आकाशेपुल भत्किँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

२०७२ चैत १९ शुक्रबार, कोलकाता । भारतीय उत्तरी राज्य कोलकाताको मध्यभागमा बिहीबार फ्लाइओभर (आकासेपुल) भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । पुल भत्किएको सो स्थानमा कैयौँ व्यक्ति अझै पुरिएको आशङ्का भएकाले सयौँ उद्धारकर्ता बिहीबार राति पनि उद्धारकार्यमा व्यस्त रहेका बताइएको छ ।    व्यस्त सडकमा भएको यस दुर्घटनामा करिब १०० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । भारतको कोलकातामा निर्माणाधीन सो आकासेपुल बिहीबार भत्किएको हो । पुल भत्किँदा कम्तीमा २२ व्यक् ... बाँकी अंश»

भारतमा आकाशे पुल भत्किँदा दशको मृत्यु, कयौँ च्यापिएको अनुमान

२०७२ चैत १८ बिहिबार, नयाँ दिल्ली। भारतको कोलकातामा बिहीबार  आकाशे पुल (फ्लाईओभर) भत्किँदा कम्तीमा पनि दशजनाको ज्यान गएको  छ । भारतीय उत्तरी राज्य कोलकातामा निर्माणाधीन अवस्थामा रहेको सो आकाशे पुल भत्किँदा दशको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुकाअनुसार भत्किएको सो स्थानमा कैयौँ व्यक्ति पुरिएर रहेका पाइएको बताइएको छ । उक्त भत्किएको संरचनाबाट कम्तीमा पनि दशवटा शव निकालिएको छ ।  ... बाँकी अंश»

संसारकै धनी राजा

२०७२ चैत १७ बुधबार, काठमाडौं। विश्वमा सबैभन्दा लामो समय शासन गर्ने राज्य प्रमुख, असीमित शक्ति सहित जनताका लोकप्रिय राजाका रुपमा थाइयाण्डका राजा भूमिबल अतुल्यतेजसले ख्याती नै कमाएका छन् । त्यसबाहेक उनको अर्को परिचय पनि छ, जसबारे धेरैलाई जानकारी नहुन सक्छ । उनी संसारकै धनी राजा पनि हुन । टाइम्स म्यमगजिनका अनुसार उनको सम्पत्ति ३० अर्ब अमेरिकी डलर छ । ८८ वर्ष पुगेका उनी संसारका सबैभन्दा धनी राजाको शीर्षस्थानमा छन् ।  ... बाँकी अंश»

म्यानमारका राष्ट्रपतिले बुधबार सपथ लिँदै

२०७२ चैत १७ बुधबार, नेपित्व । म्यानमारका नवनियुक्त राष्ट्रपति टिन च्योले बुधबार आफ्नो पदको सपथ लिने भएका छन् । बुधबार राजधानी नेपित्वमा विशेष कार्यक्रमका साथ च्योलाई सपथ गराइने कार्यक्रम रहेको छ ।  म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको प्रमुख सहयोगीका रुपमा रहेका च्यो  लामो समयपछि म्यानमारको नागरिक सरकारको नेतृत्वकर्ताका रुपमा आएका हुन‍् ।   म्यानमारमा प्रजातन्त्रका लागि आफ्नो आजसम्मको जिवन अर्पण गरेकी ७० वर्षीया नेत्री सुकीलाई म्यानमारको व ... बाँकी अंश»

नाटकीय रुपमा इजिप्ट एयरकाे विमान अपहरण गर्ने २७ वर्षीय मुस्तफा पक्राउ

२०७२ चैत १६ मंगलबार, एजेन्सी । इजिप्ट एयरलाइन्सको जेट विमान अपहरण गर्ने व्यक्ति पक्राउ परेका छन् । विमान अपहरण गर्ने २७ वर्षीय सेफ–एल्दिन–मुस्तफा रहेको सीएनएनले जनाएको छ । इजिप्टको अलेक्जान्ड्रियाबाट कायरोका लागि उडेको विमान अपहरण पछि साइप्रसको लार्नाकामा आकस्मिक अवतरण गराइएको थियो ।    अपहरणमा परको फ्लाइट MS181  Airbus A320 मा रहेका ८१ यात्रु मध्ये केहीलाई अवतरणपछि छाडिएको थियो । चालक दलका सदस्य र चार यात्रुलाई अपहरणकारीले लामो समयसम्म विमानमै राखेका थिए । मुस्त ... बाँकी अंश»

पुर्व पत्निकालागि इजिप्ट एयर अपहरण !

२०७२ चैत १६ मंगलबार, एजेन्सी। कुनै ब्यक्तिले बिमान अपहरण किन गर्छ ? कुनै संगठनको माग पुरा गर्न जुन राजनैतिक वा धार्मिक वा अरु केही हुन्छ।  बिमान अपहरणगर्ने ब्यक्तीले आफ्नी पुर्व पत्नीलाई भेट्न त्यत्रो ठुलो अपराध गर्न सक्छ भन्ने विश्वास गर्न सकिन्न तर ईजिप्ट एयरको बिमान अपहरणकर्ताले त्यही कारण बताएको समाचार अन्तराष्ट्रिय संचारहरुले प्रशारण गरिरहेका छन्।    २७ बर्षिय  एलेक्जेन्ड्रिआ विश्वविद्यालयमा अध्यापन गर्ने सेफ–एल्दिन–मुस्तफाले आफ्नी पुर्व पत् ... बाँकी अंश»

अपहरणमा परेको इजिप्ट एयरको विमानबाट केही यात्रु मुक्त (अपडेट)

२०७२ चैत १६ मंगलबार, एजेन्सी । अपहरणमा परेको इजिप्ट एयरको विमानबाट केही यात्रु अपहरण मुक्त भएका छन् । बीबीसीका एक संवाददाताले केही यात्रु विमानबाट बाहिर निक्लिएको देखेका बताइएको छ । एक यात्रुका अनुसार अपहरण कर्ताले विष्फोटक बेष्ट पहिरिएका छन् । अपहरणकारीले केही माग राखेका छन् । चालक दलका सदस्यसहित केही विदेशी यात्रु विमानमै रहेको बीबीसीले उल्लेख गरेको छ । लार्नाका विमानस्थल बन्द गरिएको र उडान अनुसूचित उडान अन्यत्र डाइभर्ट गरिएको अधिकारीहरुले जनाएका छन् । अपहरणको ... बाँकी अंश»

हवाई आक्रमणमा तेह्र आतङ्ककारी मारिए

२०७२ चैत १५ सोमबार, कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको आर्ची जिल्लाको दसत ई इलाकामा लुकेर बसेका तालिवान लडाकूलाई लक्षित गरि सोमबार गरिएको हवाई आक्रमणमा एक दर्जन भन्दाबढी सशस्त्र आतङ्ककारी मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता हुज्रातुल्लाहले सोमबार सो जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।    दसत ई इलाकामा स्थानीय समयाअनुसार विहान ६ बजेबाट तालिवान लुकेर बसेको स्थानलाई लक्ष्यगरी सो आक्रमण गरिएको ब ... बाँकी अंश»

विस्फोटमा संलग्न एक संदिग्ध पक्राउ

२०७२ चैत १४ आइतबार, ब्रसेल्स  । बेल्जियमको दक्षिणपूर्वी नगर लिजको बाहिरी इलाकामा गत शनिबार लगातार तीन पटक बम विस्फोट भएको छ । यसैक्रममा एक संदिग्ध व्यक्ति पक्राउ परेको स्थानीय समाचार संस्थाले ला एभेनिरले जनाएको छ । उक्त विस्फोटबाट एक जना पैदल यात्रीलाई सामान्य चोटपटक लागेको र कसैले के कति कारणले उक्त विस्फोट गराएको हो, सो भने खुलाशा भएको छैन् । पहिलो विस्फोट दक्षिणीपूर्वी बेल्जियमको आङ्ग्लोर सहरमा रातको ११:४० बजे भएको थियो ।    त्यसको आधा घन्टापछि वेन होसेमा र ... बाँकी अंश»

बढी तौल भएकी महिलाबाट यौनआनन्द दिने संस्थाका मालिक पक्राउ

२०७२ चैत १३ शनिबार, टोकियो। जापानी प्रहरीले घरैमा बढी तौलयुक्त महिलाबाट यौनआनन्दको सेवा दिने संस्थाका मालिकलाई पक्राउ गरेको जानकारी सुरक्षा संस्थाका प्रवक्ताले मङ्गलबार दिएका छन्। यस सस्थाले १५० किलोग्राम तौलसम्म भएकी महिलाबाट यौनआनन्दको सेवा उपलब्ध गराउने गरेको बताइएको छ। प्रहरीले ४१ वर्षीय केइको साइतो तथा उनका कर्मचारीहरूले माकुसु बोदी (ठूलो शरीर) नामक वेश्यावृत्ति व्यवसाय सञ्चालन गरेको आशङ्का गरिएको जानकारी प्रहरीले दिए। यस संस्थाले ‘‘ठूला स्तन तथा न ... बाँकी अंश»

भारतीय नेता अरविन्द केजरीवाल विश्वका प्रसिद्ध बयालिसौँमा

२०७२ चैत १३ शनिबार, न्युयोर्क। भारतका दिल्ली प्रान्तका मुख्यमन्त्री तथा आम आदमी पार्टी प्रमुख अरविन्द केजरीवाल ‘फच्र्युन म्यागेजिन’ द्वारा गरिएको सर्वेक्षणमा वर्तमान समयमा विश्वका प्रसिद्ध ५० नेताको सूचीमा ४२ औँ स्थानमा पर्न सफल भएका छन् ।    उक्त सूचीमा प्रथम स्थानमा अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ फेजोज पर्नुभएको छ ।    उक्त पत्रिकाको सर्वेक्षणमा केजरीवाल भारतबाट वर्तमान् समयमा प्रसिद्ध ५० औँ विश्वनेताको सूचीभित्र पर्ने एक मात्र व्यक्ति भए ... बाँकी अंश»

होली मनाउँदा तीसको मृत्यु

२०७२ चैत १२ शुक्रबार, नयाँ दिल्ली । उत्तरी भारतीय राज्यमा होली मनाउने क्रममा भएको दङ्गामा परी कम्तीमा पनि ३० व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका राज्यद्वारा सञ्चालित अल इन्डिया रेडियो (एआइआर)ले शुक्रबार जानकारी दिएको छ । भारतीय राज्य उत्तर प्रदेशका विभिन्न भागमा भएको घटनामा ती व्यक्तिहरू मारिएका बताइएको छ । सो राज्यमा गत दुई दिनमा होली मनाउने क्रममा विभिन्न भागमा भएको घटनामा ती व्यक्ति मारिएका बताइएको छ ।    दुई समूहबीच भएको झडप र मादकपदार्थ सेव ... बाँकी अंश»

ब्रसेल्सका आक्रमणकारी आतङ्ककारीको सूचीमा पहिल्यै सूचीकृत

२०७२ चैत १२ शुक्रबार, वासिङ्टन । बेल्जियमको राजधानी ब्रसेल्समा हमला गर्नेहरु यसअघि नै अमेरिकाको आतङ्कवादीको सूचीमा सूचीकृत रहेको पाइएको छ । सो जानकारी अमेरिकी टेलिभिजन एनबिसीले बिहीबार सार्वजनिक गरेको हो । अमेरिकी अधिकारीहरुले बिहीबार यो रहस्य सार्वजनिक गरेका हुन् ।    यसै हप्ता बेल्जियमको राजधानीमा गरेको हमलामा सम्लग्न उनीहरु अमेरिकी अधिकारीहरुले तयार पार्ने गरेको आतङ्ककारीहरुको सूचीमा रहेको पाइएको समाचारमा जनाइएको छ । उक्त सूचीमा ती दुई भाई इब्राहिम र ख ... बाँकी अंश»

नयाँ