//

विश्व

साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ दक्षिण कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

२०७५ असोज १५ सोमबार, सिओल, दक्षिण कोरिया । दक्षिण कोरियाको प्रहरीले आफ्ना पूर्व प्रमुख चो ह्युन–ओलाई साइबरको प्रयोग गरी नागरिकको आम धारणालाई अनुदारवादीहरूको पूर्व सरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । ... बाँकी अंश»

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा, साहित्यतर्फ विवाद

२०७५ असोज १५ सोमबार, स्टकहोम । दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । ... बाँकी अंश»

तेलको मूल्य १०० डलर प्रतिब्यारेल कट्दा विश्व अर्थतन्त्रमा कस्तो असर पर्ला ? 

२०७५ असोज १५ सोमबार, काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा छ । सन् २०१४ यता पहिलो पटक कच्चा तेलको मूल्य १०० अमेरिकी डलरप्रतिब्यारेलमा पुग्नसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । ... बाँकी अंश»

युरोजोनका १९ देशमा बेरोजगारी दर घट्यो

२०७५ असोज १५ सोमबार, ब्रसेल्स । युरोपेली क्षेत्र (युरोजोन)मा आबद्ध १९ वटा मुलुकको बेरोजगारी दरमा गत अगष्ट महिनामा ८.१ प्रतिशतले कमी आएको छ । विश्व आर्थिक सङ्कट पश्चात् सन् २००८ नोभेम्बर यताकै यो सबैभन्दा बढी हो । ... बाँकी अंश»

आधा रातमा बेलाए ट्रुडोले क्याबिनेट बैठक, अमेरिका–क्यानडाबीच नाफ्टा सम्झौतामा सहमति 

२०७५ असोज १५ सोमबार, काठमाडौं । अमेरिका र क्यानडाको बीचमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)को विषयमा सहमत भएका छन् । ... बाँकी अंश»

भारत फकाउँदै ट्रम्प, अमेरिका व्यापार सम्झौताको लागि इच्छुक 

२०७५ असोज १५ सोमबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भारतसँग व्यापार सम्झौताको लागि इच्छुक रहेको बताएका छन् । ... बाँकी अंश»

साउदी अरबको बजेट घाटा कुल ग्राहस्थ उत्पादनको ९.३ प्रतिशतमा झर्‍यो

२०७५ असोज १४ आइतबार, रियाद, साउदी अरब। साउदी अरबले आफ्नो बजेट घाटालाई सन् २०२३ सम्म सन्तुलनमा ल्याउने आइतबार जनाएको छ। तेलको मुल्य वृद्धिका कारण राजतन्त्रात्मक खाडी मुलुकमा राजस्व सङ्कलन र खर्चबीच असन्तुलन रहँदै आएको छ। ... बाँकी अंश»

मोहमद सोलिहको अनुरोधपछि मालदिभ्सका पूर्व राष्टपति गयूम जेल मुक्त 

२०७५ असोज १४ आइतबार, माले। मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ। मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उनका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो। ... बाँकी अंश»

इन्डोनेसियामा भूकम्पपछि आएको सुनामीबाट मृत्यु हुनेको संख्या ८३२ पुग्यो 

२०७५ असोज १४ आइतबार, काठमाडौं । इन्डोनेसियाको सुलावेसी द्वीपमा ७.५ रेक्टर स्केलको भूकम्पपछि आएको सुनामीबाट मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । ... बाँकी अंश»

भारत निरन्तर अमेरिकालाई चिढाउँदै, रुससँग मिसाइल सम्झौता 

२०७५ असोज १४ आइतबार, काठमाडौं । भारतले रसियासँग एस–४०० मिसाइल प्रणाली खरिदको सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । ... बाँकी अंश»

टेस्लाको अध्यक्ष पदबाट राजीनामा दिँदै मस्क, २ करोड डलर जरिवाना बुझाउन तयार

२०७५ असोज १४ आइतबार, काठमाडौं । चर्चित विद्युतीय कार निर्माता कम्पनी टेस्लाका अध्यक्ष एलोन मस्कले पदबाट राजीनामा दिने भएका छन् । ... बाँकी अंश»

इन्डोनेसियामा भूकम्पका कारण ४ सयको मृत्यु

२०७५ असोज १३ शनिबार, पालु, इन्डोनेसिया। इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ। सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। ... बाँकी अंश»

मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापनाको चर्चा, राष्ट्रपतिको सपथग्रहणमा मोदीलाई निम्तो

२०७५ असोज १३ शनिबार, काठमाडौं। मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी भएका छन्। उनको यो विजयलाई भारत र अमेरिकाले मालदिभ्समा पुनः प्रजातन्त्र आएको टिप्पणी गरेका छन्। ... बाँकी अंश»

‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना

२०७५ असोज १३ शनिबार, बेइजिङ, चीन। चीन–अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दै चीनले ‘दूरदर्शी तथा सञ्तुलित’मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ। ... बाँकी अंश»

विदेशी मुद्रा विनिमयमा समस्यापछि श्रीलङ्काले गर्‍यो कार आयातमा कडाई

२०७५ असोज १३ शनिबार, कोलम्बो, श्रीलङ्का । विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाई गर्ने श्रीलङ्काले शनिबार घोषणा गरेको छ । ... बाँकी अंश»

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई जेलमै अन्तर्वार्ता दिन अदालतको अनुमति

२०७५ असोज १३ शनिबार, ब्राजिल । कारावासको सजाय भोगीरहेका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ । ... बाँकी अंश»

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ को मृत्यु, ३६५ जना घाइते

२०७५ असोज १३ शनिबार, जाकार्ता। मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ। त्यसैगरी अन्य ३ सय ६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए। ... बाँकी अंश»

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा

२०७५ असोज १३ शनिबार, जाकार्ता। इन्डोनेसियामा आएको भूकम्पम परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु दशभन्दा बढी घाइते भएका छन्। इन्डोनेसियाको जलवायु सम्वन्धी कार्यालयले सुनामी समेत आउने चेतावनी दिदै सतर्कता अप्नाउन आह्वान गरेको छ। अधिकारीहरूका अनुसार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि मध्य सुलावेसी प्रदेश र देशको मध्य भागमा यस्तो चेतावनी दिइएको हो। ... बाँकी अंश»

प्रशान्त महासागरमा पिएनजीको जहाज खस्यो, सबै यात्रुको सकुशल उद्धार

२०७५ असोज १३ शनिबार, वेलिङ्टन, न्यूजिल्यान्ड। प्रशान्त महासागरको तटीय किनाराको झिलमा पपुआ न्यू गिनी (पिएनजी)को एउटा हवाइजहाज शुक्रबार दुर्घटनाग्रस्त भएको छ। माइक्रोनेसियाको हवाइ मैदानमा उत्रन लाग्दा पिएनजीको जहाज विमानस्थल नजिकको झिलमा खसेको थियो। ... बाँकी अंश»

प्रबिधि चोरेको भन्ने अमेरिकी दावीको चीनद्वारा खण्डन

२०७५ असोज १२ शुक्रबार, न्यूयोर्क, अमेरिका । प्रबिधि चोरेको भन्ने अमेरिकी दावीको चीनले खण्डन गरेको छ । शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी कम्पनीबाट प्रबिधि चोरिरहेको भन्ने दावीको अस्वीकार गरे । ... बाँकी अंश»

नयाँ