विश्व

२०१७ लाई फर्केर हेर्दा : ज-जसले विश्व हल्लाए

२०७४ पौष १६ आइतबार, काठमाडाैं । सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद वहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । ... बाँकी अंश»

इरानमा चर्कियो सरकार विरोधी आन्दोलन, २ को मृत्यु, दर्जनौं पक्राउ

२०७४ पौष १६ आइतबार, काठमाडौं । इरानमा भएको सरकार विरोधी आन्दोलनमा दुई जनाको मृत्यु भएको छ । सरकारले मुल्यवृद्धि गरेपछि त्यसको विरोधमा भएको प्रदर्शनमा कम्तिमा दुई प्रदर्शनकारी मारिएका हुन् । ... बाँकी अंश»

पाकिस्तानमा संसदीय निर्वाचनका लागि कसरत शुरु

२०७४ पौष १५ शनिबार, इश्लामावाद, पाकिस्तान। पाकिस्तानका राजनीतिक दलहरूले अर्को बर्षको जुलाईमा संसदीय निर्वाचन गर्नका लागि पूर्णतया तयारी शुरु गरेका छन्। प्रधानमन्त्री शाहिद खाकन अब्वासीले आगामी जुलाईका लागि आम निर्वाचनको तिथि तोके पछि पाकिस्तानमा संसदीय निर्वाचनका बिषयमा व्यक्त हुँदै आएका अनिश्चिततालाई अब तोडेकाछन्। ... बाँकी अंश»

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई अर्को तीन बर्ष जेल सजाँय

२०७४ पौष १५ शनिबार, काएरो, इजिप्ट। इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार तीन बर्ष जेल सजाँय तोकिएको यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । ... बाँकी अंश»

इजिप्टमा भएको चर्च आक्रमणको आइएसले लियो जिम्मा

२०७४ पौष १५ शनिबार, कायरो । इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको इस्लामिक स्ट्टेस आइएस समूहले जिम्मा लिएको छ । सो आक्रमणमा नौ व्यक्तिको मृत्यु भएको जनाइएको छ । ... बाँकी अंश»

इजिप्टको चर्चमा भएको आक्रमणको ट्रम्पले गरे निन्दा

२०७४ पौष १५ शनिबार, वासिङटन । इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार निन्दा गरेका छन् । ... बाँकी अंश»

इजरायली लडाकू विमानद्वारा गाजाक्षेत्रमा हवाइ आक्रमण

२०७४ पौष १४ शुक्रबार, जेरुसेलम, इजरायल। प्यालेष्टिनी अधिनस्थ क्षेत्रबाट इजरायलको दक्षिणी भूभागलाई लक्षित गरी रकेट आक्रमण गरेपछि इजरायली लडाकू टैङ्कर तथा विमानद्वारा गाजाक्षेत्रमा आक्रमण शुरु भएको सैनिक स्रोतले जनाएको छ। ... बाँकी अंश»

निर्वाचनको समीक्षा गर्न राहुल गान्धी हिमाचल जादै

२०७४ पौष १४ शुक्रबार, नयाँ दिल्ली। भारतीय राष्ट्रिय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी हालै सम्पन्न विधानसभाको निर्वाचनपछि उक्त निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्न शुक्रबार हिमाचल प्रदेश जाँदै छन्। विधानसभाको हालै सम्पन्न निर्वाचनमा हिमाचल प्रदेशमा सो पार्टीले पराजय भोगेको थियो। निर्वाचनको समीक्षाको लागि उनी त्यहाँ पुग्न लागेको समाचारमा बताइएको छ। ... बाँकी अंश»

आप्रवासी समस्य : युरोपको रोग एसिया सर्दै

२०७४ पौष १४ शुक्रबार, काठमाडौं। पछिल्ला वर्षहरुमा विकराल समस्याको रुपमा बढ्दै गएको अवैध आप्रवासी र शरणार्थी सङ्ख्या सन् २०१७ मा केही घटेको देखिएको छ, तर यो समस्याले सम्रग विश्वलाई तरङ्गित बनाउन भने छोडेको छैन सम्बन्धित ... बाँकी अंश»

चीनको भारतलार्इ चेतावनी : २०१८मा पनि पुरानै हर्कत नदोहोर्‍याउ

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । भारत र चीनबीचको सम्बन्धका लागि  २०१७ ऐतिहासिक साल बनेको छ। डोकलामको गतिरोधले दुर्इ ... बाँकी अंश»

फुटबलर बने राष्ट्रपति

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । एक फुटबल खेलाडी राष्ट्रपति बनेका छन् । अफ्रिकी मुलुक लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबलर जर्ज वेह निर्वाचित भएका हुन् । ... बाँकी अंश»

पुटिनद्वारा पुनः राष्ट्रपतिमा उम्मेदवारी दर्ता, स्टालिन पछि पुटिन लामो शासन गर्ने शासक

२०७४ पौष १३ बिहिबार, मस्को। रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गराएका छन्। आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको अधिकारीहरूले बताएका छन्। ... बाँकी अंश»

भारतद्वारा पराध्वनिक प्रतिरक्षात्मक क्षेप्यास्त्रको परीक्षण

२०७४ पौष १३ बिहिबार, नयाँ दिल्ली, भारत। भारतले मङ्गलबार पराध्वनिक अवरोधक क्षेप्यास्त्रको सफल परीक्षण गरेको भारतीय सरकारी स्रोतले जनाएको छ। स्वदेशी प्रविधिमा निर्माण गरिएको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली अन्तर्गत निर्माण भएको उक्त क्षेप्यास्त्रले जमिनबाट ३५ किलोमिटरको उचाइमा आक्रमण गर्न सकिने भारतीय रक्षा मन्त्रालय स्रोतले जनाएको छ। ... बाँकी अंश»

काबुलमा भएका श्रृङ्खलावद्ध आक्रमणमा ४१ जनाको मृत्यु

२०७४ पौष १३ बिहिबार, काबुल, अफगानिस्तान। अफगानिस्तानको राजधानी काबुलको नजिकै रहेको दास्त–आई–बार्ची भन्ने ठाउँमा रहेको सांस्कृतिक क्षेत्रमा एक पछि अर्को गर्दै भएका दुई आत्मघाती वम हमलामा परी कम्तीमा ४१ जनाको मृत्यु भएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन्। घटनामा ८४ जना घाइते भएका सुरक्षाकर्मीले मङ्गलबार बताएका छन्। ... बाँकी अंश»

अघिल्लो सम्झौताबाट दाशी मुद्दा समाधान हुदैन : कोरियाली राष्ट्रपति

२०७४ पौष १३ बिहिबार, सोल। दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशी राखेको विषयमा सन् २०१५ मा भएको सम्झौताबाट समस्याको समाधान नहुने बताएका छन्। जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाका महिलालाई यौनदाशी राखेको विषयमा यी दुई देशबीच बिगत लामो समयदेखि विवाद उत्पन्न भइआएको छ। ... बाँकी अंश»

किम जङका थप दुई सहयोगीमाथि अमेरिकाको प्रतिबन्ध

२०७४ पौष १२ बुधबार, वासिङ्टन। संयुक्त राज्य अमेरिकाले दुई जना उत्तर कोरियाली अधिकारीहरुमाथि अन्तरराष्ट्रिय रुपमा प्रतिबन्ध लगाएको समाचार छ। ती अधिकारीले आणविक क्षेप्यास्त्र निर्माणको काममा उत्तर कोरियामा अगुवाई गरेको भन्दै अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ। ... बाँकी अंश»

साम्प्रदायीक दंगामा परी दक्षिणी सुडानमा २० जनाको मृत्यु

२०७४ पौष १२ बुधबार, जाबा। दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायका बीचमा भएको झडपमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। घटनामा परी अन्य १८ जना घाइते भएको स्थानीय सरकारका अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। ... बाँकी अंश»

भारतमा एक महिनामा ६६० जना बेपत्ता

२०७४ पौष १२ बुधबार, नयाँदिल्ली। धेरै जनाको ज्यान लिनेगरी एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६६० जनाभन्दा धेरै माझी हराइरहेका छन्। श्रीलङ्कासँगको सिमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बुधबार बताएका छन्। ... बाँकी अंश»

नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण रेलसेवा अवरुद्ध

२०७४ पौष १२ बुधबार, नयाँ दिल्ली। नयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार यहाँको रेलसेवा अवरुद्ध भएको समाचार छ। भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। ... बाँकी अंश»

सन् २०१७ को ट्रम्प कार्यकाल  :  वर्षभरी विवादै विवाद

२०७४ पौष १२ बुधबार, काठमाडौं। यसवर्षको शुरुमै अर्थात् २० जनवरीमा राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा यतिखेर अमेरिकामा शुरु भएको छ। उनको कार्यकालको वार्षिक समीक्षा भइरहेको यस घडीमा अमेरिकी जनताले उनलाई बढी विवादास्पद राष्ट्रपतिका रुपमा चित्रण गरेका छन्। हुन त आफ्नो निर्वाचनको एजेण्डाका रुपमा अघि सारेका नीतिहरुकै घोषणा उनले गरेको हो तर ती कुनै पनि विवादरहित भने बन्न सकेनन्। ... बाँकी अंश»

नयाँ