//

विश्व

विष्फोटमा परी कम्तीमा ३९ को मृत्यु

२०७५ श्रावण २८ सोमबार, काठमाडौं । सिरियाको उत्तरपश्चिमी इडलिब प्रान्तमा भएको विष्फोटमा परी १२ बालबालिकासहित ३९ जना मानिसहरुको ज्यान गएको छ । ... बाँकी अंश»

नेतन्याहुद्वारा गाजामा ‘पूर्ण’ युद्धविरामको माग

२०७५ श्रावण २८ सोमबार, जेरुसेलम। गाजामा हमासका पक्षबाट ‘पूर्णरूपमा’ युद्धविरामको माग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार गरेका छन्। इजरायल तथा हमास पक्षबीचको विवादबारे सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै नेतन्याहुले उक्त कुरा गरेका हुन्। ... बाँकी अंश»

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

२०७५ श्रावण २८ सोमबार, साङ्घाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि “अमेरिकी सामान खरिद गर्न” दबाब दिनु थियो, तर अमेरिकाबाट वर्षैपिच्छे करोडौं मूल्यको मासु आयात गर्ने चीनको रोजाईमा आजभोलि अरु नै देश पर्न थालेका छन्। ... बाँकी अंश»

म्यानचेस्टर शहरमा गोली काण्ड, १० घाइते

२०७५ श्रावण २८ सोमबार, लण्डन, बेलायत। बेलायती शहर म्यानचेस्टरमा भएको गोली काण्डमा कम्तीमा १० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय समयअनुसार आइतबार (बिहान २:३० बजे) मोससाइड क्षेत्रको क्लेयरमाउन्ट रोडमा चलेको गोली लागी उनीहरू घाइते भएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ। ... बाँकी अंश»

हतियार भण्डारमा विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु

२०७५ श्रावण २८ सोमबार, बेरुत, लेबनान। सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन्। ... बाँकी अंश»

क्यास्पियन सागरः तेल र ग्यासको भण्डार

२०७५ श्रावण २७ आइतबार, आक्टु, कजाखस्तान । अजरबैजान, इरान, कजाखस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरु क्यास्पियन सागरका विषयमा लामो समयदेखि रहेको विवाद सुल्झाउने गरी तयार पारिएको एक सम्झौतामा हस्ताक्षर गर्न कजाखस्तानको तटीय सहर आक्टुमा भेला भएका छन् । ... बाँकी अंश»

इमरान खानको सपथग्रहण समारोहमा नभजोत सिद्धु सहभागी हुने

२०७५ श्रावण २७ आइतबार, चन्डीगढ, भारत ।भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । ... बाँकी अंश»

मोदीले गरे विपक्षीलाई खवरदारी (अन्तर्वार्तासहित)

२०७५ श्रावण २७ आइतबार, काठमाडौं । भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले देशमा पछिल्लो एक वर्षमा एक करोडभन्दा बढी रोजगारी पैदा भएको बताएका छन् ।  ... बाँकी अंश»

आगामी निर्वाचनमा मेरो जित सुनिश्चत : मोदी 

२०७५ श्रावण २७ आइतबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१९ को निर्वाचनमा आफ्नो पार्टीले  सबैभन्दा बढी सिट जित्ने दाबी गरेका छन् । ... बाँकी अंश»

‘अमेरिकाको स्पेस फोर्सको योजनाले हतियारको नयाँ दौड सुरु’

२०७५ श्रावण २७ आइतबार, काठमाडौं । अमेरिकाले सन् २०२० सम्मको अवधिमा आफ्नो अन्तरिक्ष सैन्य बल बनाउने निर्णय गरेको छ । ... बाँकी अंश»

नोबेल पुरस्कार विजेता नायपालको निधन, जसले स्कुले जीवनमै आत्महत्या गर्न खोजेका थिए 

२०७५ श्रावण २७ आइतबार, काठमाडौं । नोबेल शान्ति पुरस्कार बिजेता विद्याधर सुरजप्रसाद (बीएस) नायपालको निधन भएको छ । इंगल्याण्डको लन्डनमा बसोबास गर्दै आएका भारतीय मूलका नायपालको ८५ बर्षको उमेरमा निधन भएको हो ।  ... बाँकी अंश»

रोमानिया विरोध प्रदर्शनमा ४ सय ५० भन्दा बढी घाइते

२०७५ श्रावण २६ शनिबार, बुखारेस्ट, रोमानिया। रोमानियाको राजधानी बुखारेस्टमा गरिएको विशाल प्रदर्शनमा ४ सय ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ३० प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको रोमानियाली प्रहरीले शनिबार जनाएको छ। ... बाँकी अंश»

सपथग्रहणमा भारतीय क्रिकेटर र आमिर खानलाई बोलाउन चाहने को हुन् इमरान खान ?

२०७५ श्रावण २६ शनिबार, काठमाडौँ । पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पुर्‍याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिने उनको पार्टीले शुक्रबार जानकारी दिएको छ । त्यस्तो कुनै अप्रिय घटना भएन भने यही अगष्ट १४ अगावै उनले सपथ लिने अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको थियो । ... बाँकी अंश»

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच के कुरा भयो ?

२०७५ श्रावण २६ शनिबार, वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोबीच शुक्रबार साँझ फोनवार्ता भएको छ। उनीहरुबीच व्यापार साझेदारी, सुरक्षा मुद्धा र हालैमात्र इरानसँग विकसित पारमाणविक मुद्धा र मध्यपूर्वका विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उक्त विज्ञप्तिमार्फत जानकारी दिएको छ। ... बाँकी अंश»

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब विरुद्धको मुद्धामा फेब्रुअरीमा सुनुवाई हुने

२०७५ श्रावण २६ शनिबार, क्वालालमपुर। मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई लागेको भ्रष्टाचारसम्वन्धी मुद्दामा आउँदो फेब्रुअरीमा मात्रै सुनुवाई हुने भएको छ। ठूलो परिणाममा आर्थिक दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोग लागेका नाजिबको सुनुवाई फेब्रुअरीमा सुरु हुने अदालतले शुक्रबार जनाएको हो। ... बाँकी अंश»

क्यानडा बन्दूक आक्रमणमा दुई प्रहरीसहित चारको मृत्यु

२०७५ श्रावण २६ शनिबार, मन्टेरियल, क्यानडा। क्यानडाको पूर्वी शहर फेडिरिक्टनमा शुक्रबार एक अज्ञात समूहले गरेको बन्दूक आक्रमणमा परी दुई प्रहरीसहित चारजनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार विहानै ब्रुकसाइड नजिकै दर्जनौँ गोलीको आवाजसँगै आफूहरू ब्युझिएको बताएपछि सुरक्षा अधिकारीले आक्रमणकारीलाई प्रहरीले पछ्याइरहेको भन्दै सबै स्थानीयलाई घरभित्रै रहन ट्वीटरमार्फत आग्रह गरिएको थियो। ... बाँकी अंश»

ऋणमा डुवेको एअर इन्डिया कम्पनीले कर्मचारीको तलब समयमा बुझाउन असमर्थ

२०७५ श्रावण २६ शनिबार, नयाँ दिल्ली, भारत। ऋणमा डुवेको एअर इन्डिया कम्पनीले कर्मचारीको तलब निरन्तर पाँचौँ पटक समयमा बुझाउन असमर्थ भएको छ। भारतको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीमा कार्यरत कर्मचारीले अगस्टको १० दिन काटिसक्दा पनि जुलाईको तलब पाउन सकेका छैनन्। ... बाँकी अंश»

इबोलाका कारण थप दशको मृत्यु

२०७५ श्रावण २६ शनिबार, बेनी, कङ्गो। लोकतान्त्रीक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशङ्का गरिएको छ। ... बाँकी अंश»

सात बर्षीया बालिकाको बलात्कार विरुद्ध दिल्लीमा प्रदर्शन

२०७५ श्रावण २५ शुक्रबार, नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा रहेको एक सरकारी विद्यालयमा सात बर्षीया बालिकालाई बलात्कार भएको घटनाका विरुद्धमा शुक्रबार प्रदर्शन भएको छ। बालिकाका बाबुआमा सहित आफन्त र अधिकारकर्मीहरूले विद्यालय भवन अगाडी प्रदर्शन गरेको प्रहरीले जनाएको छ। ... बाँकी अंश»

अमेरिकी प्रतिबन्धको उत्तर कोरियाद्वारा विरोध

२०७५ श्रावण २५ शुक्रबार, सिओल । उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ । ... बाँकी अंश»

नयाँ