//

विश्व

जेलकै खाना विषाक्त परेपछि ८५ जना सिकिस्त

२०७५ श्रावण ५ शनिबार, नयाँ दिल्ली। भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा जेलमा रहेका करिब ८५ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन्। सो खाना खाएपछि उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएको र अस्पताल भर्ना गरिएको उक्त जेलका अधिकारीले जनाएका छन्। ... बाँकी अंश»

अतिवाद र सैन्यत्रासको छायाँमा पाकिस्तानी चुनाव

२०७५ श्रावण ५ शनिबार, काठमाडौं। गत बुधबार राजधानी इस्लामावादमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ता असिफ गफुरले भने, “यो आमनिर्वाचनमा सेनाको प्रत्यक्ष भूमिका वा राजनीतिक चासो छैन, हामी सरकार र निर्वाचन आयोगको आदेश र खटनमा काम गरिरहेका छौँ।” ... बाँकी अंश»

डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिले गुमाए ज्यान

२०७५ श्रावण ५ शनिबार, वासिङ्टन । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ । पर्यटक बोकेको यस डुङ्गा दुर्घटना हुँदा त्यसमा सवार रहेका १७ पर्यटकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । ... बाँकी अंश»

रुसको जनमत संग्रहको प्रस्तावपछि युक्रेनमा अमेरिकी सैन्य सहयोग

२०७५ श्रावण ५ शनिबार, वासिङ्टन । युक्रेनको सैन्य सुधारका लागि अमेरिकाले २० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ । सो कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शुक्रबार सार्वजनिक गरेको छ । ... बाँकी अंश»

दक्षिणी सिरियाली द्वन्द्वबाट विस्थापित हुने झन बढे

२०७५ श्रावण ५ शनिबार, अम्मान। गएको सात वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण नागरिक विस्थापित हुने क्रम झनै बढेको छ। उक्त द्वन्द्वका कारण सो क्षेत्रबाट गएका केही महिनायता मात्र पनि दुई लाख ७० हजार जना विस्थापित भएका छन्। ... बाँकी अंश»

युक्रेनलाई सुरक्षा सहायताका लागि २० करोड डलर : पेन्टागन

२०७५ श्रावण ५ शनिबार, वासिङ्टन। युक्रेनको सैन्य सुधारका लागि अमेरिकाले २० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ। सो कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शुक्रबार सार्वजनिक गरेको छ। अमेरिकी रक्षामन्त्रालय, पेन्टागनले युक्रेनलाई सुरक्षा सहायता कार्यक्रम अन्तर्गत पहिलो चरणमा २० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएको विज्ञप्तिमार्फत जानकारी गराएको हो। ... बाँकी अंश»

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई ३२ वर्षको जेल सजाय

२०७५ श्रावण ५ शनिबार, सोल। दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ। सोलस्थित एक अदालतले शुक्रबार उनलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपिएको हो। उनले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो। ... बाँकी अंश»

जब राहुल गान्धीले मोदीलाई अँगालो हाले ......

२०७५ श्रावण ४ शुक्रबार, काठमाडौ । भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेस आईका अध्यक्ष राहुल गान्धी सरकारको विरुद्धमा निकै खरो रुपमा प्रस्तुत हुने गर्छन् । ... बाँकी अंश»

४ वर्षमा मोदीको ८४ देशको भ्रमण, २४ अर्बको खर्च

२०७५ श्रावण ४ शुक्रबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा सन् २०१४ यता झण्डै २४ अर्ब नेपाली रुपैयाँबराबरको खर्च भएको विवरण सार्वजनिक भएको छ । उनको भ्रमणको क्रममा हवाई विमानहरुको मर्मत, चार्टर तथा हटलाइन सुविधाको लागि उक्त रकम खर्च भएको भारतको सरकारले जानकारी दिएको छ ।  ... बाँकी अंश»

रुससँगको सम्बन्ध बिगार्ने तत्व अमेरिकामै

२०७५ श्रावण ४ शुक्रबार, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामा रहेका केही मानिसहरुको कारण दुई मुलुकको सम्बन्धमा सुधार आउन नसकेको बताएका छन् । गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकपछि पुटिनको तर्फबाट यस किसिमको भनाइ आएको हो ।  ... बाँकी अंश»

बेलायती प्रधानमन्त्रीको हत्याको प्रयास, यसरी भयो विफल

२०७५ श्रावण ४ शुक्रबार, काठमाडौं । इस्लामिक स्टेट आईएसका एक सदस्य बेलायती प्रधानमन्त्री थेरेसा मेको हत्याको षडयन्त्र रचेको आरोपमा पक्राउ परेका छन् । बंगलादेशी मूलका नागरिकले बेलायतको डाउनिङ स्ट्रिटमा प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको बताइएको छ ।  ... बाँकी अंश»

पुटिनलाई ट्रम्पको निम्तो

२०७५ श्रावण ४ शुक्रबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । राष्ट्रपति ट्रम्मकी प्रेस सल्लाहकार सारा स्यान्डर्सले भ्रमणको निम्तो दिएको पुष्टि गरेकी हुन् । ... बाँकी अंश»

रुसी महिलामाथि सामूहिक बलात्कृत गर्ने ६ भारतीय पक्राउ

२०७५ श्रावण ३ बिहिबार, नयाँ दिल्ली । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने ६ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो । ... बाँकी अंश»

भारतलाई चीनको अर्को झड्का, पाकिस्तानपछि म्यानमारमा लगानी विस्तार 

२०७५ श्रावण ३ बिहिबार, काठमाडौ । पछिल्लो समय पाकिस्तानसँग व्यापक लगानी गरिरहेको चीनको आँखा म्यानमारमा परेको छ । चीन म्यानमारसँग आर्थिक कोरिडोर निर्माण सम्झौताको नजिक पुगेको हो । ... बाँकी अंश»

दुई वर्षपछि सकियो टर्कीको आपतकालीन अवस्था

२०७५ श्रावण ३ बिहिबार, काठमाडौं । दुई वर्षपछि टर्कीको आपतकालीन अवस्था हटेको छ । विहीबार आपतकालीन अवस्था अन्त्य भएको बताइए पनि विपक्षीहरुले यसको सट्टामा सरकारले वैध तरिकाबाट नै थप दमनकारी नियम ल्याउनसक्ने आशंका व्यक्त गरेका छन् ।  ... बाँकी अंश»

भारतीय संसदमा अविश्वासको प्रस्तावको मौका, विपक्षीलाई प्रहार गर्ने अवसर

२०७५ श्रावण ३ बिहिबार, काठमाडौं । भारतमा नरेन्द्र मोदीको सरकारले लोकसभामा अविश्वासको प्रस्तावको लागि सहमति दिएको छ । सरकारले अविश्वासको मतको आधारमा पछिल्लो चार वर्षको उपलब्धिहरुको समीक्षा गर्नेछ । ... बाँकी अंश»

अमेरिकी राष्ट्रपतिसँग पुटिनको १३ औं भेट, कोसँग कस्ता कुरा भए ? 

२०७५ श्रावण २ बुधबार, काठमाडौं । रुस र अमेरिकाको बीचको सम्बन्ध खासै राम्रो रहेको इतिहास छैन । केही न केही विवाद यी दुई मुलुकहरुको बीचमा रहने गरेको छ । यस्तोमा यी दुई मुलुकका राष्ट्रप्रमुखहरुको बीचमा हुने भेटवार्ताले पनि निकै ठुलो अर्थ राख्ने गर्छ । ... बाँकी अंश»

भारतमा मोदी फेल ! 

२०७५ श्रावण २ बुधबार, काठमाडौं । भारतीय समाजवादी पार्टी (एसपी)का अध्यक्ष अखिलेश यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेल भएको बताएका छन् । उनले अब भारतलाई नयाँ प्रधानमन्त्रीको आवश्यकता रहेको बताएका हुन् ।  ... बाँकी अंश»

ट्रम्प झुठो सावित, रुसबारे एक दिनमै फेरे बोली 

२०७५ श्रावण २ बुधबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झुठो सावित भएका छन् । उनले रुसबारे एक दिनमै बोली फेरेर दुनियाँलाई अलमलमा पार्न खोजेका हुन् । ... बाँकी अंश»

आफ्नै देशको गुप्तचर संस्थालाई छाडेर ट्रम्प पुटिनको पक्षमा

२०७५ श्रावण १ मंगलबार, काठमाडौं । कुनै मुलुकको राष्ट्रप्रमुखका लागि आफ्नो देशको गुप्तचर विभाग निकै महत्वपूर्ण हुन्छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हकमा भने यो कुरा अपवाद साबित भएको छ । ... बाँकी अंश»

नयाँ