विश्व

काश्मिरी विद्रोही समूहलाई सहयोग नगर्न पाक संसदको सरकारलाई सुझाव

२०७२ माघ १९ मंगलबार, इस्लामावाद (पाकिस्तान)। पाकिस्तानको एक संसदीय समितिले सरकारलाई सीमा क्षेत्रमा विद्रोही समूहलाई उत्तेजित पार्ने किसिमको कुनै सहयोग नगर्न निर्देशन दिएको छ । पाकिस्तानको विदेश मामिला हेर्ने नेसनल एसेम्ब्ली स्टान्डिङ कमिटीले सोमबार कश्मिरका सम्बन्धमा चार पृष्ठ लामो निर्देशन जारी गरेको यहाँको एक्सप्रेस ट्रिबुनको मङ्गलबारको अङ्क प्रकाशन गरेको छ ।    संसदले काश्मिरमा भएका गतिविधिमाथि अन्तर्राष्ट्रिय चासो बढेको बताउँदै कुनै पनि समूहलाई गैर ... बाँकी अंश»

मलाला पढ्ने विद्यालयमै आक्रमण गर्ने आतङ्कवादी चेतावनी

२०७२ माघ १९ मंगलबार, एजेन्सी । संयुक्त अधिराज्य (बेलायत)मा सञ्चालनमा रहेका विभिन्न आठ विद्यालयमा बम आक्रमणको चेतावनी आएको छ । बम आक्रमणको चेतावनी आएका आठ विद्यालयमध्ये एउटा पाकिस्तानी अधिकारकर्मी तथा विश्व प्रसिद्ध नोबेल पुरस्कार विजेता मलाला युसुफजईले छात्राका लागि मात्र चलाएको एडवास्टन माध्यमिक विद्यालय पनि परेको बताइएको छ ।    यस सम्बन्धमा सम्बन्धित विद्यालयले सरकारी अधिकारीलाई तत्कालै समिति बनाई यसबारे छानबिन तथा सुरक्षाका लागि अनुरोध गरेका छन् । इङ ... बाँकी अंश»

भारतमा तेह्र विद्यार्थीको समुद्रमा डुबेर मृत्यु

२०७२ माघ १८ सोमबार, मुम्बई (भारत) । भारतका महाराष्ट्र राज्यस्थित मुम्बईको दक्षिण क्षेत्रमा अवस्थित पश्चिमी समुद्रीतटमा पौडी खेल्ने क्रममा १३ विद्यार्थीको डुबेर मृत्यु भएको  प्रहरीले सोमबार जनाएको छ । उनीहरु पुनेको अबेदा इनामदार कलेजबाट वनभोजका लागि राइगढ जिल्लाको मुरदतटमा गएका थिए । यस दुखान्त घटनामा परेका विद्यार्थी १९ देखि २३ वर्षबीचका रहेको सहायक प्रहरी निरीक्षक अरविन्द पटेलले बताए  । मृत्यु हुनेमा १० जना छात्रा र तीन जना छात्र रहेका छन्  ।    पुनेबाट ... बाँकी अंश»

आङ सान सुकीको प्रजातान्त्रिक दल संसदमा प्रवेश

२०७२ माघ १८ सोमबार, नाइपिद्व (म्यानमार)। म्यानमारको राजनीति नयाँ युगमा प्रवेश गरेको बताइएको छ । सोमबार सुरु भएको नयाँ संसदको कार्यभारसँगै यो चित्रण गरिएको हो ।  म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको प्रजातान्त्रिक दल सोमबार नयाँ संसदमा प्रवेश गरेको छ । सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीले गत नोभेम्बरमा भएको आमनिर्वाचनमा अत्यधिक बहुमत ल्याएको थियो । सोही दलले सोमबारदेखि संसदमा आफ्नो सबैभन्दा ठूलो दलको कार्यभार थालेको बताइएको छ । यो सँगै म्यानमारको रा ... बाँकी अंश»

करिब दश हजार आप्रवासी बालबालिका बेपत्ता ः युरोपोल

२०७२ माघ १७ आइतबार, द हेग (नेदरल्यान्ड) । युरोपमा विभिन्न मुलुकबाट युरोप आइपुगेका र आफ्ना अभिभावकको सहारा नपाएका करिब १० हजार बालबालिका बेपत्ता भएको युरोपेली युनियन प्रहरी संस्था युरोपोलले आइतबार जनाएको छ । युरोपालले बेपत्ता मानिँदै आएका कैयौँ बालबालिकालाई यौनजन्य गतविधिमा प्रयोग गरिँदै आएको हुनसक्ने बताएको छ ।    युरोपोलको सञ्चार कार्यालयले यो तथ्याङ्कबारे अन्तर्राष्ट्रिय समाचार संस्था (एएफपी) लाई पुष्टि गर्दै जानकारी गराएको र यो बेलायती पत्रिका ‘द अब्ज ... बाँकी अंश»

तालिवान विरुद्धको कारबाहीमा ४४ तालिवान मारिए

२०७२ माघ १७ आइतबार, काबुल । अफगानिस्तानका विभिन्न क्षेत्रमा अफगान सुरक्षा निकायले गरेको तालिवान विरुद्धको कारबाहीका क्रममा कम्तीमा पनि ४४ जना तालिवान मारिएको समाचार छ । समाचारमा जनाइएअनुसार अफगान सेनाको नेतृत्वमा रहेको सुरक्षा निकायले शनिबार बिहानैदेखि सो कारबाही सुरु गरेको थियो । अफगानिस्तानको रक्षामन्त्रालयले जनाएअनुसार यसरी जारी राखिएको कारबाहीका क्रममा ४४ जना तालिवान मारिएका छन् भने अरु करिब २७ जना घाइते पनि भएका छन् ।    कान्दाहार प्रान्तको वारदाक ... बाँकी अंश»

सिरिया वार्ताको समीक्षाका लागि अमेरिका-रसिया बीच वार्ता हुने

२०७२ माघ १७ आइतबार, मस्को । सिरियाको वार्ताका विषयमा रसिया र अमेरिकाले पुन वार्ता गर्ने भएका छन् । यी दुई देशका विदेशमन्त्रीबीच सो वार्ताको समीक्षाका लागि अर्को वार्ता हुने जनाइएको हो । रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले आगामी फेब्रुअरी महिनामा अमेरिकी विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गर्नुहुने बताइएको हो ।    रसियाली विदेशमन्त्रालयले दिएको जानकारी अनुसार फेब्रुअरी ११ मा विदेशमन्त्री लाभरोभले अमेरिकी विदेशमन्त्री केरीसँग सिरियाका विषयमा जेनेभामा ... बाँकी अंश»

टर्कीमा तेत्तीस शरणार्थीको डुबेर मृत्यु

२०७२ माघ १६ शनिबार, टर्की । विभिन्न मध्यपूर्वी मुलुकबाट शरणार्थीको रुपमा युरोप जाने क्रममा कम्तिमा ३३ आप्रवासीको शनिबार टर्कीको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा डुबेर मृत्यु भएको छ । टर्कीको राज्यद्वारा सञ्चालित समाचार संस्था, एनाटोलियाका अनुसार उनीहरु सिरिया, म्यानमार, अफगानिस्तान तथा अन्य मध्यपूर्वी मुलुकबाट टर्कीको बाटो हुँदै ग्रीस हिँडेका थिए ।    टर्कीको कानाकाल प्रान्तबाट ग्रीसको लेसबसस्थित एक टापु पुग्ने लक्ष्यका साथ डुङ्गामा हिँडेका थिए । भा ... बाँकी अंश»

आइएसविरुद्ध लिबियामा कारबाही गर्न सुझाव लिदै राष्ट्रपति ओबामा

२०७२ माघ १६ शनिबार, वासिङ्टन । संयुक्त राज्य अमेरिकाले आइएस विरुद्धको कारबाहीलाई लिबियामा पनि सुरु गर्ने सङ्केत गरेको छ । प्राप्त पछिल्लो समाचारअनुसार राष्ट्रपति ओबामाले आफ्ना सहयोगीहरुलाई लिबियामा पनि आइएस विरुद्धको कारबाही सुरु गर्ने विषयमा आवश्यक सुझाव दिन आह्वान गर्नुभएको छ । गएको करिब १८ महिनादेखि अमेरिकाले अरु केही पश्चिमा मुलुकहरुको पनि सहयोगमा इराक र सिरियामा आइएस विरुद्ध हवाई कारबाही गर्दै आएको छ ।    ह्वाइट हाउसमा शुक्रबार राष्ट्रपति ओबामाले पछ ... बाँकी अंश»

जेनेभा वार्तामा सिरियाली विपक्षी पनि सहभागी हुदै, अमेरिका र अरेबियाद्वारा स्वागत

२०७२ माघ १६ शनिबार, जेनेभा । स्वीजरल्याण्डको जेनेभामा हुन लागेको सिरियासम्बन्धी शान्ति वार्तामा सिरियाली विपक्षी समूह पनि सहभागी हुने भएको छ ।  सो वार्तामा सहभागी नहुने बताउदै आएको सिरियाको मुख्य विपक्षी समूहले शुक्रबारबाट जेनेभामा सुरु भएको सो शान्तिवार्तामा सहभागिता जनाउने निर्णय शुक्रबार अबेरतिर मात्र गरेको छ । शुक्रबार जेनेभामा संयुक्त राष्ट्रसंघीय अधिकारी, सिरियाली प्रतिनिधि र साउदी अरेबियाका मध्यस्थकर्ताहरु भेट्ने जनाइएको थियो । तर विपक्षी समूहका प् ... बाँकी अंश»

मेक्सिकोमा भएको पत्रकार हत्याको रिपोर्टर्स् विदाउट बोर्डरद्वारा निन्दा

२०७२ माघ १६ शनिबार, मेक्सिको सिटी । मेक्सिकोमा हालै भएको पत्रकार हत्याको पत्रकारिताका अन्तर्राष्ट्रिय संघ संस्थाहरुले व्यापक विरोध र निन्दा गरेका छन् ।पत्रकार र पत्रकारिता अधिकारसमबन्धी एक अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स् विदाउट बोर्डरले मेक्सिकोमा भएको सो पत्रकार हत्याको विरोध र निन्दा गरेको हो । पत्रकारहरुमाथि भएको यो पछिल्लो हत्या हिंसाको कार्य निन्दनीय छ भन्दै यस्तो हिंसाले व्यक्तिको ज्यानजाने मात्र नभई नागरिकको विचार अभिव्यक्तिको स्वतन्त्रताकै हनन ... बाँकी अंश»

जापान र अमेरिकाका विदेशमन्त्रीबीच छलफल

२०७२ माघ १५ शुक्रबार, टोकियो । जापानी विदेशमन्त्री फुमिओ किसिदा र अमेरिकी विदेशमन्त्री जोन केरीबीच शुक्रबार उत्तर कोरियाका विषयमा कुराकानी भएको समाचार छ । उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गर्नसक्ने भन्ने सम्भावनाको विषयमा उहाँहरुबीच छलफल भएको समाचारमा जनाइएको छ ।    दुई नेताबीच भएको टेलिफोन वार्तामा सो कुरा भएको बताइएको छ । ‘हामी अमेरिकासँग आफ्नो जनताको रक्षाको लागि नजिक भएर काम गर्नेछौँ’ केरीसँग टेलिफोन वार्तापछि किसिदाले स्थानीय सञ्चार माध्यमला ... बाँकी अंश»

बिरामी बोकेको एयर एम्बुलेन्स दुर्घटनामा पाँचको मृत्यु

२०७२ माघ १४ बिहिबार, अस्ताना (कजाखस्तान) । एकजना बिरामी बालिका बोकेर अस्पताल लैजाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको खबर छ । कजाखस्तानमा भएको सो दुर्घटनामा परी ती बालिकासहित त्यसमा रहेका पाँच जनाको ज्यान गएको छ । रक्त क्यान्सर लागेकी ती बालिकालाई आकस्मिक रुपमा अस्पताल पुर्‍याउन सो हेलिकोप्टरलाई एयर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको थियो ।    बिहीबार काजखस्तामा सो दुर्घटना भएको हो । सो हेलिकोप्टरमा रहेका चिकित्सक, हेलिकोप्टर चालक, ती बिरामी बालिका र उनकी आमा ... बाँकी अंश»

छत्तिसगढमा सरकारी प्रहरी र विद्रोहीबीच दोहोरो गोली हानाहान, तीन विद्रोहीको मृत्यु

२०७२ माघ १४ बिहिबार, नयाँ दिल्ली । भारतको मध्य भागमा पर्ने राज्य छत्तिसगढमा सरकारी प्रहरी र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको समाचार छ । प्रान्तीय राजधानी रायपुरदेखि ३६७ किलामिटर दक्षिणमा पर्ने दन्टेवादा जिल्लामा सो गोलीहानाहान भएको जनाइएको छ । जङ्गलको पहाडी इलाकामा भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएको छ ।    जिराम उपत्यकामा विद्रोहीहरुले गरेको एम्बुस आक्रमणमा कम्तीमा ३१ व्यक ... बाँकी अंश»

केरी चीनमा, उत्तर कोरियाविरुद्ध नाकाबन्दी सम्बन्धमा नेतृत्व लिन आग्रह गर्ने

२०७२ माघ १३ बुधबार, बोइजिङ (चीन) । मङ्गलबार चीनको बेइजिङ आइपुग्नुभएका अमेरिकी विदेशमन्त्री जोन केरीले उत्तर कोरियाले केही दिन पहिले गरेको हाइड्रोजन बम परीक्षण तथा अन्य आणविक परीक्षणलाई लिएर उत्तर कोरियामा आर्थिक नाकाबन्दी लगाउने कुरामा चीनले पहलकदमी लिन आग्रह गर्ने हुनुभएको छ । केही हप्ता पहिले अर्थात् जनवरी ६ मा उत्तर कोरियाले गरेको हाइड्रोजन बम परीक्षणपछि अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्दै आएका छन् यद्यपि उनीहरु यसम ... बाँकी अंश»

'इरानमा बालबालिकालाई फाँसी सजाय उच्च'

२०७२ माघ १३ बुधबार, लन्डन । एम्नेस्टी इन्टरनेसनलले बालबालिकालाई फाँसीको सजाय सुनाउने मुलुकहरुमा इरान अग्रस्थानमा पर्ने भन्दै मङ्गलबार इस्लामिक गणतन्त्र इरानप्रति चासो व्यक्त गरेको छ । बालबालिकालाई पापबाट मुक्ति पाउन भनी यातना र दुव्र्यवहार दिइने गरेको भन्दै इरानमाथि एम्नेस्टी इन्टरनेसनलले मङ्गलबार आफ्नो दाबी सर्वाजनिक गरेको छ ।    मानवअधिकारवादी उक्त संस्थाका अनुसार इरानले किशोरकिशोरीलाई दिइएका यस्ता सजाय विश्वका अन्य राष्ट्रको तुलनामा इरानमा उच्च भ ... बाँकी अंश»

शान्ति, स्थायित्व र विकासमा भारतीय राष्ट्रपतिको जोड

२०७२ माघ १२ मंगलबार, काठमाडौँ । भारतका राष्ट्रपति प्रणव मुखर्जीले मुलुकको शान्ति, स्थायित्व र छिमेकको विकासमा जोड दिनुभएको छ । भारतको ६७औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रका नाममा दिनुभएको सन्देशमा उहाँले उक्त कुरामा जोड दिनुभएको हो । यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित समारोहमा नेपालका लागि उक्त मुलुकका राजदूत रणजित रायले राष्ट्रिय झन्डा फहराई भारतीय राष्ट्रपतिको सन्देश वाचन गर्नुभएको थियो ।    कार्यक्रममा राजदूतावासको रक्षा विभागद्वारा नेपालमा बस्न ... बाँकी अंश»

फ्रान्सेली राष्ट्रपति अल्याण्ड आइतबार भारत आउदै

२०७२ माघ १० आइतबार, नयाँ दिल्ली । फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले भारतले फ्रान्ससँग किन्ने भनेको जेट विमानको खरिदका लागि आवश्यक सम्झौता गर्न समय लाग्ने बताउनुभएको छ ।  भारतले फ्रान्ससँग ३६ वटा नयाँ युद्धक विमान किन्ने विषयमा वार्ता सुरु गरेको थियो । तर पनि ती विमान किन्ने अन्तिम सम्झौताका लागि भने समय लाग्ने जानकारी उहाँले दिनुभएकोे हो । उहाँ आइतबारै भारतको तीन दिने भ्रमणका लागि नयाँ दिल्ली आउदै हुनुहुन्छ ।   नयाँ दिल्ली आउनुअघि भारतीय समाचार समिति, प् ... बाँकी अंश»

बम राखेको आशङ्कामा विमान आकस्मिक अवतरण

२०७२ माघ ९ शनिबार, नयाँ दिल्ली । शनिबार बिहान पूर्वीभारतको भुबनेश्वरबाट मुम्बाईतर्फ आइरहेको एक विमानमा बम राखेको समाचार प्राप्त भएपछि मध्यभारतीय राज्य नाग्पुरमाआकस्मिक अवरतरण गर्नुपरेको समाचार छ । भारतको स्थानीय सञ्चार माध्यमले शनिबार नै सो जानकारी दिएको छ ।    ‘गोएयर’ नामक विमानमा सवार रहेका सबै यात्रुलाई विमानबाट उतारिएको र कोही यस्तो आशङ्कित व्यक्ति उक्त विमानमा नभेटिएको बताइएको छ । भारतमा आगामी २६ जनवरीमा हुन गइरहेको गणतन्त्र दिवस अगाडि आतङ्ककारी ... बाँकी अंश»

चीनमा सरकारको विरोध गर्नेलाई १९ वर्ष जेल

२०७२ माघ ८ शुक्रबार, बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीको विरोध गर्ने एकजना चिनियाँ अधिकारवादीलाई १९ वर्षको जेल सजाय सुनाइएको समाचार छ । उनले चिनियाँ कम्युनिष्ट पार्टी, सत्तारुढ दलको आलोचना गरी इन्टरनेटमा सामग्री पोस्ट गरेको आरोप लगाइएको छ । उनी चीनको उत्तरपश्चिमी क्षेत्र सिनजियाङका एकजना अधिकारवादी हुन् ।    उनले विदेशी मिडियालाई पनि सरकारको विरोधमा अन्तरवार्ता दिएको आरोप सरकारको छ । चीनको क्षेत्रीय एक अदालतले सरकारले उनीमाथि लगाएको आरोप प्रमाणित भएको भन् ... बाँकी अंश»

नयाँ