विश्व

चीनमा सरकारको विरोध गर्नेलाई १९ वर्ष जेल

२०७२ माघ ८ शुक्रबार, बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीको विरोध गर्ने एकजना चिनियाँ अधिकारवादीलाई १९ वर्षको जेल सजाय सुनाइएको समाचार छ । उनले चिनियाँ कम्युनिष्ट पार्टी, सत्तारुढ दलको आलोचना गरी इन्टरनेटमा सामग्री पोस्ट गरेको आरोप लगाइएको छ । उनी चीनको उत्तरपश्चिमी क्षेत्र सिनजियाङका एकजना अधिकारवादी हुन् ।    उनले विदेशी मिडियालाई पनि सरकारको विरोधमा अन्तरवार्ता दिएको आरोप सरकारको छ । चीनको क्षेत्रीय एक अदालतले सरकारले उनीमाथि लगाएको आरोप प्रमाणित भएको भन् ... बाँकी अंश»

देशभरिका विद्यालयमा आक्रमण गर्ने तालिवानको धम्की

२०७२ माघ ८ शुक्रबार, इस्लामावाद । पाकिस्तानी तालिवानको एक समूहले शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा उनीहरुले पाकिस्तानका थप विद्यालयहरुमा पनि आक्रमण गर्ने धम्की दिएका छन् । उनीहरुले हालैमात्र पेसावरको एक विश्वविद्यालयमा हमला गरी २१ जनाको ज्यान लिएका थिए । त्यसमा अधिकांश विद्यार्थी परेका थिए । सो हमलाको दुई दिनपछि उनीहरुले शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा सो धम्की दिएका जनाइएको छ ।    पाकिस्तानी तालिवानको एक समूह तेहरिक ए तालिवान (टीटीपी) ले हालै विश्वव ... बाँकी अंश»

म्यानमारमा १०१ जना राजनितिक बन्दीहरु मुक्त

२०७२ माघ ८ शुक्रबार, याङ्गुन। म्यानमार सरकारले शुक्रबार देशको विभिन्न कारागारमा रहेका १०१ जना राजनितिक बन्दीहरुलाई मुक्त गरेको समाचार छ ।    राष्ट्रपति कार्यालयले गरेको निर्णयअनुसार सो राजनितिक बन्दीहरु मुक्त भएका बताइएको छ । आगामी फेब्रुअरीमा हुन गई रहेको संसदको पहिलो अधिवेशनभन्दा अगाडी ती राजनितिक बन्दीहरु मुृक्त भएका हुन ।  गत नोभेम्बर ८ मा भएको आमनिर्वाचनपछि संसदको पहिलो अधिवेशन हुन गई रहेको बताइएको छ ।    यसरी राजनितिक बन्दी मुक्त कार्यबाट सामा ... बाँकी अंश»

भारतमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सुरक्षा व्यवस्था कडा

२०७२ माघ ८ शुक्रबार, नयाँ दिल्ली। भारतमा यही जनवरी २६ मा आयोजना गरिने गणतन्त्र दिवसको विशेष कार्यक्रममा आक्रमण हुनसक्ने आशङ्कामा सुरक्षा व्यवस्था कडा पारिएको समाचार छ । भारतमा जनवरी २६ मा पर्ने गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सोही समारोहलाई लक्ष्यगरी सुरक्षामा कडाई गरिएको हो ।    सो समारोहमा सहभागी हुन आउने विदेशी व्यक्तित्व एवम् देशका प्रमुख व्यक्तिहरुको सहभागितालाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था अपनाउने गरिन्छ । सोही का ... बाँकी अंश»

भारतमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सुरक्षा व्यवस्था कडा

२०७२ माघ ८ शुक्रबार, नयाँ दिल्ली। भारतमा यही जनवरी २६ मा आयोजना गरिने गणतन्त्र दिवसको विशेष कार्यक्रममा आक्रमण हुनसक्ने आशङ्कामा सुरक्षा व्यवस्था कडा पारिएको समाचार छ । भारतमा जनवरी २६ मा पर्ने गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सोही समारोहलाई लक्ष्यगरी सुरक्षामा कडाई गरिएको हो ।    सो समारोहमा सहभागी हुन आउने विदेशी व्यक्तित्व एवम् देशका प्रमुख व्यक्तिहरुको सहभागितालाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था अपनाउने गरिन्छ । सोही का ... बाँकी अंश»

अमेरिकी चुनावमा कडा प्रतिस्पर्धा

२०७२ माघ ७ बिहिबार, वासिङटन डिसी। अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियान तपाईंलाई निकै रहस्यमय लागेको भए चुनावी नतिजाका बारेमा प्रक्षेपण गर्नेहरुभन्दा तपाईंमा सम्भवतः बढी ज्ञान हुन सक्छ । दुवै मुख्य राजनैतिक दलहरु राज्य स्तरमा आ–आफ्ना उम्मेदवार छनौट गर्ने अन्तिम चरणमा छन्, तर यही उम्मेदवार विजयी होला भन्ने ठोकुवा गर्न सकिने अवस्था अद्यापि छैन, र केबल अनुमानहरु मात्र भइरहेका छन् ।    फेब्रुअरी १ मा इवोआ राज्यमा हुने पहिलो मुख्य प्रतिस्पर्धाका बारेमा नै पूर्व ... बाँकी अंश»

बुर्किनाफासो होटेल आक्रमणमा ६ आतङ्ककारी रहेको पुष्टी

२०७२ माघ ७ बिहिबार, पेरिस । बुर्किनाफासोको एक होटलमा गत शुक्रबार भएको आक्रमणमा ६ जना आतङ्ककारी रहेका फ्रान्सका प्रधानमन्त्री म्यानुएल भलास्ले बताउनुभएको छ । प्रधानमन्त्री म्यानुएल भलास्ले फ्रेन्च राष्ट्रियसभामा प्रहरीले गरेको कारबाहीमा तीन आतङ्ककारी मारिएका र तीन जनाको अवस्था भने अज्ञात रहेको बताउनुभएको हो । यस आक्रमणमा परी कम्तीमा ३० जनाको ज्यान गएको छ । यस आक्रमणको अल कायदासँगआवद्ध अलकायदा इन द माग्रेब (आईक्यूआईएम) ले दाबी गरेका थिए ।    आईक्यूआईएमले बुर ... बाँकी अंश»

बन्दुकधारीद्वारा पाकिस्तानको एक विश्वविद्यालयमा आक्रमण

२०७२ माघ ६ बुधबार, पेसावर (पाकिस्तान) । उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावरको एक विश्वविद्यालयमा बुधबार बन्दुकधारीहरुले आक्रमण गरी एकजना प्राध्यापकको हत्या गरेका छन् ।  उनीहरुले बुधबार बिहान गरेको सो बन्दुक हमलामा परी कम्तीमा पनि एकजना प्राध्यापकको ज्यान दिएका बताइएको छ । मारिने प्राध्यापक केमिस्टिका प्राध्यापक र सो बिभागका प्रमुख हुन् । यसमा दर्जनौँ विद्यार्थी घाइते भएका छन् । घाइते हुनेको सङ्ख्या अझै स्पष्ट हुन सकिरहेको छैन । पाकिस्तानी प्रहरी अधिकारीहरुले ... बाँकी अंश»

यमनमा न्यायाधीशको हत्या

२०७२ माघ ५ मंगलबार, आदेन । यमनी दक्षिणी नगर आदेनमा सोमबार एकजना न्यायाधीशको हत्या भएको समाचार छ । आतङ्कवादविरोधी एक स्थानीय अदालतका न्यायाधीशको सोमबार साँझ हत्या भएको समाचारमा जनाइएको छ । यमनमा जारी रहेको हत्या हिंसाको शृंखलाअन्तर्गत सोमबार सो हत्या भएको समाचारमा जनाइएको छ । अल कायदाका लडाकूहरुले न्यायाधीश हादी मुल्फीको हत्या गरेका हुन् । प्रहरीले सो हत्यामा अल कायदाकै हात रहेको जनाएको छ । तर यमनमा रहेको अल कायदाको समूहले भने यस विषयमा केही बताएको छैन ।    दक् ... बाँकी अंश»

जकार्तामा शान्तिका लागि र्‍याली तथ्यको नजिक पुगेको प्रहरीको दाबी

२०७२ माघ ३ आइतबार, जकार्ता । इस्लामिक स्टेट्स, आइएसद्वारा इन्डोनेसियाको राजधानी जकार्तामा बिहीबार शृङ्खलाबद्ध रुपमा विस्फोट गराई सातजनाको हत्या गरिएपछि जकार्तामा दिनहुजसो शान्तिका लागि र्‍यालीको आयोजना गरिएका छन् । शान्ति र सद्भाव कायम राख्न भन्दै विभिन्न संघ संस्था एवम् इन्डोनेसियाली नागरिकले ती र्‍यालीको आयोजना गरिएको हो । एकातर्फ सो हमलापछि इन्डोनेसियाली सरकारले उच्च सुरक्षा सतर्कता अपनाइरहेको छ भने अर्कातर्फ नागरिकले शान्ति र सद्भावका लागि देशव्यापी ... बाँकी अंश»

फ्रान्सेली राष्ट्रपतिद्वारा बुर्किनाफासोमा भएको आक्रमणको निन्दा

२०७२ माघ २ शनिबार, पेरिस । फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले बुर्किनाफासोमा भएको आतङ्ककारी हमलाको निन्दा गर्नुभएको छ ।  बुर्किनाफासोमा अल कायदाका लडाकूहरुले शनिबार बिहान एक होटललाई घेरामा हाली त्यहाँ रहेका कम्तीमा पनि २० जनाको हत्या गरेका छन् । यस आक्रणमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको समाचार दुःखद भन्दै राष्ट्रपति अल्याण्डले सो आतङ्ककारी हमलामा सम्लग्नलाई कानुनी कठघरामा ल्याउन माग पनि गर्नुभएको छ । उहाँले सो आक्रमणलाई कायर घटनाको संज्ञादिँदै यस घ ... बाँकी अंश»

होटल घेराहाली अल कायदाको आक्रमण, २० को मृत्यु

२०७२ माघ २ शनिबार, औगादुगु। बुर्किनाफासोमा अल कायदाका लडाकूहरुले शनिबार बिहानैदेखि एक होटललाई घेरामा हाली त्यहाँ रहेका व्यक्तिको हत्या प्रयास गरेका छन् । यस आक्रणमा परी कम्तीमा पनि २० जनाको ज्यान गइसकेको समाचारमा जनाइएको छ । त्यसमा परी अरु ३३ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशलाई गोली लागेको जनाइएको छ । सेना र प्रहरीले गरेको कैयौँ घन्टाको प्रयासपछि होटलभित्र रहेका ६३ जनालाई मुक्त गराएको छ ।    ती सबैलाई अल कायदाका लडाकूहरुले कब्जामा लिएर आक्रमण थालेका थ ... बाँकी अंश»

चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता साउदी अरब जादै

२०७२ माघ २ शनिबार, बेइजिङ (चीन) । चीनका राष्ट्रपति सी जिनपिङले अर्को हप्ता साउदी अरब, इजिप्ट र इरानका लागि पाँचदिने भ्रमणमा जानु हुने भएको चीनको विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । चीन अर्थतन्त्रका हिसाबले विश्वको दोस्रो शक्तिशाली राष्ट्र भएको र यसको विश्वका अन्य मुलुकसँगको कूटनीतिक सम्बन्ध थप मजबुत पार्ने उद्देश्यका साथ उहाँको भ्रमण तय विदेश मन्त्रालयले बताएको हो । पाँचदिने भ्रमणका क्रममा राष्टपति सीले मध्यपूर्वका तीन राष्ट्रको भ्रमण गर्ने कार्यक्रम तय भएको ... बाँकी अंश»

फ्रान्सेली राष्ट्रपतिद्वारा बुर्किनाफासोमा भएको आक्रमणको निन्दा

२०७२ माघ २ शनिबार, पेरिस, २ माघ । फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले बुर्किनाफासोमा भएको आतङ्ककारी हमलाको निन्दा गर्नुभएको छ ।  बुर्किनाफासोमा अल कायदाका लडाकूहरुले शनिबार बिहान एक होटललाई घेरामा हाली त्यहाँ रहेका कम्तीमा पनि २० जनाको हत्या गरेका छन् । यस आक्रणमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको समाचार दुःखद भन्दै राष्ट्रपति अल्याण्डले सो आतङ्ककारी हमलामा सम्लग्नलाई कानुनी कठघरामा ल्याउन माग पनि गर्नुभएको छ । उहाँले सो आक्रमणलाई कायर घटनाको संज्ञादिँद ... बाँकी अंश»

जापानमा पर्यटक बस दुर्घटनामा १४ को मृत्यु

२०७२ माघ १ शुक्रबार, टोकियो । जापानमा शुक्रबार बिहान पर्यटक बस दुर्घटना हुदा त्यसमा रहेका १४ को मृत्यु भएको र अरु ३० जना घाइते भएका छन् । जापानी अधिकारीहरुले दिएको पछिल्लो समाचारमा उक्त दुर्घटनामा परी १४ जनाको ज्यान गएको जनाइएको छ । जापानको नागानो जिल्लामा रहेको एक रिसोर्टतर्फ जान लागेको सो बस बाटोमै दुर्घटनामा परेको बताइएको हो ।    जापान सरकारका प्रवक्ता एवम् प्रमुख सचिव योसिहिदे सुगाले उक्त दुर्घटनामा परी १४ जना यात्रुको ज्यानगएको र अरु ३० जना नराम्ररी घाइते भ ... बाँकी अंश»

जकार्तामा शृंखलाबद्ध आक्रमण, चारको मृत्यु

२०७२ पौष ३० बिहिबार, जकार्ता । इन्डोनेसियाको राजधानी जकार्तामा बिहीबार शृंखलाबद्ध रुपमा विस्फोट र आक्रमण भएको समाचार छ । जकार्ताको मध्य सहरमा रहेका विभिन्न देशका दूतावासहरुका साथै संयुक्त राष्ट्रसंघीय कार्यालयको नजिक पारेर ती विस्फोट र बन्दुक हमला भएका छन् । साथै सहरको मध्य भागमा रहेको एक क्याफे लगायतका स्थानलाई पनि हमलाकारीले निशाना बनाएको प्रारम्भिक रुपमा देखिएको बताइएको छ । ती आक्रमणमा परी चार जनाको ज्यान गएको पुष्टि भएको छ । हमलाको बारेमा पूर्ण विवरण आइसकेको ... बाँकी अंश»

अन्तर्राष्ट्रिय प्रतिबन्धको संख्या बढाउदै संयुक्तराष्ट्र सुरक्षा परिषद

२०७२ पौष २९ बुधबार, (कोफी ए. अन्नान र किशोर महबुबानी),सिंगापुर । आज, संयुक्तराष्ट्र सुरक्षा परिषदसामु इतिहासमै सबैभन्दा बढी प्रतिबन्धको भारी छ । सन् १९९० को दशकमा यस्ता प्रतिबन्धको सङ्ख्या आठ मात्र थियो, र सन् २००० को दशकमा यो वृद्धि भएर १२ पुग्यो । आज, विश्वव्यापी यस्ता प्रतिबन्धको सङ्ख्या १६ पुगेको छ । यहाँ युरोपेली युनियन र संयुक्तराज्य अमेरिकाले लगाएका प्रतिबन्ध त समावेश नै छैनन् । यो वृद्धिबाट मूल्याङ्कन गर्दा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा प्रबद्र्धन गर्न अपन ... बाँकी अंश»

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, १४ सुरक्षाकर्मीको मृत्यु

२०७२ पौष ३० बिहिबार, इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानको क्वेटा सहरमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा १४ सुरक्षा अधिकारीको मृत्यु भएको समाचार छ । बलुचिस्तानका गृहमन्त्री सरफाज बुग्तीले उक्त विस्फोटमा मारिनेमा १३ जना प्रहरी र अर्का एकजना अर्धसैन्य बल रहेको जानकारी दिनुभएको छ ।    उहाँले प्रारम्भिक रुपमा हेर्दा सो विस्फोट एकदमै शक्तिशाली देखिएको र यसमा परी अरु १२ जना सुरक्षाकर्मी घाइते भएको पनि जानकारी दिनुभयो । स्थानीय सञ्चारमाध ... बाँकी अंश»

डोनाल्ड ट्रम्पको अभियान सस्तो लोकप्रियताका लागिः अमेरिकी राष्ट्रपति ओबामा

२०७२ पौष २९ बुधबार, वाशिङटन (अमेरिका)। अमेरिकी राष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको अभियानलाई सस्तो लोकप्रियता कमाउने प्रयासमा आएको दाबी गर्नुभएको छ ।    मङ्गलबार एक अमेरिकी टेलिभिजनलाई दिनुभएको अन्तरवार्तामा राष्ट्रपति ओबामाले रिपब्लिकन पार्टीका अग्रपङ्तिका नेता ट्रम्पले अमेरिकी जनताको भविष्यका बारेमा देखाउनुभएको डर र अनिश्चिततालाई लोकप्रियता कमाउने सस्तो प्रचार भएकोे आरोप लगाउनुभयो ।    रिपब्लिकन पार्टीका नेता ट्रम्प चुनावी अभियानमा गम् ... बाँकी अंश»

इस्तानबुलमा आत्मघाती बम आक्रमण,१० जनाको मृत्यु

२०७२ पौष २८ मंगलबार, अङ्कारा (टर्की) । टर्कीको पुरानो सहर इस्तानबुलको पर्यटकीय इलाकामा मङ्गलबार भएको आत्मघाती बम हमलामा आत्मघाती बम आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् । आक्रमणमा परी उक्त इलाकामा रहेका केही संरचनामा समेत नोक्सान भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।      सिरियाली नागरिकको संलग्नता:एर्डोगान    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इस्तानबुलको पर्यटकीय इलाकामा मङ्गलबार भएको आत्मघाती बम हम ... बाँकी अंश»

नयाँ