विश्व

लिबियामा पानी जहाज दुर्घटना सातको मृत्यु पाँच सय व्यक्तिको उद्धार – इटालीयन नौसेना

२०७३ जेठ १३ बिहिबार, रोम । इटालीयन नौ सेनाले बुधबार करिब पाँच सय आप्रवासीको उद्धार गरेको छ ।   लिबियाको तटीय क्षेत्रमा आप्रवासीहरू सवार रहेका एक पानी जहाज दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच सयलाई भने उद्धार गरिएको छ ।    सो पानी जहाजले आफ्नो यात्रा सुरु गरेको केही समयपछाडि नै सो जहाज दुर्घटनाग्रस्त भएको बताइएको छ ।    यसमा क्षमताभन्दा बढी व्यक्ति सवार हुनु नै दुर्घटनाको कारण भएको नौ सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।    ... बाँकी अंश»

चट्याङ र आँधीबाट उत्तरी भारतमा २३ को मृत्यु

२०७३ जेठ १३ बिहिबार, नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आँधीबेरी र चट्याङ्का कारण कम्तीमा २३ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्. ।    उत्तर प्रदेशको पश्चिम र मध्यभागहरूमा गत सोमबार साँझबाट सुरु भएको चट्याङ र आँधीबेरीका कारण ती व्यक्तिहरूको् मृत्यु भएको बताइएको छ ।    उत्तर प्रदेशको ६ वटा जिल्लामा चट्याङ पर्नुका साथै आँधीबेरीबाट २३ व्यक्तिको मृत्यु भएको सो राज्यका एक अधिकारीले जानकारी दिएका छन् ।    सो प्रकोपका ... बाँकी अंश»

अखुन्जादा आतङ्ककारी संगठन तालिवानको प्रमुखमा नियुक्त

२०७३ जेठ १२ बुधबार, काबुल । अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुरमा मारिएपछि सो संगठनले नयाँ प्रमुख नियुक्त गरेको समाचार छ ।    उक्त संगठनले बुधबारै नेता मुल्लाहको निधनको पुष्टि गरेको थियो । उक्त समाचारको तालिवान संगठनले पुष्टि गरेसँगै उनको स्थानमा नयाँ नेता पनि नियुक्त गरिएको समाचारमा जनाइएको छ ।    मौलाबि हैबतुल्लाह अखुन्जादालाई सो आतङ्ककारी संगठनको नयाँ नेताका रुपमा चयन गरिएको समाचार सो संगठनले दिएको छ ।  ... बाँकी अंश»

मुल्लाहको मृत्युसँगै उनको उत्तराधिकारी खोज्दै अफगान तालिवान सुमूह

२०७३ जेठ १२ बुधबार, काबुल । अफगान तालिवान समूह तालिवानका नेता मुल्लाह अख्तर मन्सुरका उत्तराधिकारी खोज्न सङ्घर्षरत् रहेका आतङ्ककारी स्रोतले मङ्गलबार एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।    मन्सुर गत शनिबार पाकिस्तानमा भएको अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए । त्यसपछि उनको अनुयायी खोज्नमा तालिवान व्यस्त रहेका हुन् ।    उनी मारिएपछि उनको स्थान लिनको लागि तालिवान संस्थापकका छोरा मुल्लाह याकोउब र मन्सुरकै सहायक सिराजुद्दीन हक्कानी दुई जनाको नाम आएको थ ... बाँकी अंश»

सिरियामा आइएसको आक्रमणबाट १४८ को मृत्यु

२०७३ जेठ ११ मंगलबार, बेरुत । सिरियाली राष्ट्रपति बसर अल असदका समर्थक एवम् सरकारको हालसम्मको बलियो उपस्थिति मानिएका दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा पनि १४८ जनाको ज्यान गएको समाचार छ । आतङ्कवादी संस्था इस्लामिक स्टेट (आईएस) द्वारा गराइएका ती विस्फोटमा परी कम्तिमा पनि १४८ जनाको मृत्यु भएको समाचारमा जनाइएको हो ।    सो घटनामा सयौँको सङ्ख्यामा घाइते भएका छन् । उक्त समाचार सिरियाली राजधानी दमासकसबाट विभिन्न अन्तर्राष्ट्रिय समाचा ... बाँकी अंश»

उत्तरी भारतमा पहिरोबाट दशको मृत्यु

२०७३ जेठ ११ मंगलबार, नयाँ दिल्ली । भारतको उत्तराखण्डमा आइतबार गएको पहिरोमा परी १० जनाको ज्यान गएको यहाँको प्रहरीले बताएको छ । पहिरोका कारण कैयौँ घाइते भएका प्राप्त समाचारमा उल्लेख गरिएको छ ।    उत्तराखण्डको प्रान्तीय राजधानी देहरादूनको चक्रता क्षेत्रमा काम गरिरहेका श्रमिक अकस्मात आएको पहिरोपछि त्यहाँ थुनिएपछि नजिकैको सुरक्षितस्थलमा झुपडी बनाई बसेको स्थानीय प्रहरीले बताएको छ ।    दुई बालबालिकासहित उनीहरु सरकारी सडक योजनाअन्तर्गत निर्माण गरिँदै गरेको ... बाँकी अंश»

भारत , अफगानिस्तान र इरानद्वारा त्रिपक्षीय पारबहन सन्धिमा हस्ताक्षर

२०७३ जेठ ११ मंगलबार, तेहरान (इरान) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी , अफगानी राष्ट्रपति असरफ घानी तथा इरानी राष्ट्रपति हसन रौहानीले सोमबार इरानको दक्षिणी चावहर बन्दरगाह सञ्चालनार्थ पारबहन सम्झौता गरेका छन् ।    चावहर बन्दरगाह सञ्चालनसँगै इरानलाई भारत र अफगानिस्तानसँग जोड्दै मध्यएसियामा यी देशबीचको व्यापारिक तथा अन्य गतिविधि पुर्‍याउन महत्वपूर्ण मौका मिल्ने, इरानका राष्ट्रपतिको कार्यालयले आफ्नो वेबसाइटमा जनाएको छ ।    यसैबीच भारत र इरानबीच अतिवाद ... बाँकी अंश»

मुल्लाह मारिएको अमेरिकी राष्ट्रपति ओबामाद्वारा पुष्टि

२०७३ जेठ १० सोमबार, हनोई । अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिवानका नेता मुल्लाह अख्तर मन्सुरमा मारिएको समाचारको अमेरिकी राष्ट्रपति बाराक ओबामाले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति ओबामाले मन्सुर मारिएको समाचारको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।    साथै ओबामाले मुल्लाहको मृत्यु अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको टिप्पणी पनि गरेको अर्काो एक समाचारमा जनाइएको छ ।    राष्ट्रपति ओबामाले ... बाँकी अंश»

भारत खाडी मुलुकसँग व्यापार तथा ऊर्जा क्षेत्रमा लगानी गर्न तयारः प्रधानमन्त्री मोदी

२०७३ जेठ १० सोमबार, तेहरान (इरान) । इरानमाथि लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दी फुकुवा भएपछि इरानको आर्थिक विकासका लागि बाटो खुलेको र भारतले पर्सियाली खाडी मुलुकसँग व्यापार, निर्माण तथा ऊर्जा क्षेत्रमा लगानी गरी अगाडि बढ्न चाहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुईदिने भ्रमणका क्रममा बताएका छन् ।    भारत तथा इरानबीचको सम्बन्ध थप प्रगाढ बनाउन दुवै देशबीच सहकार्य भइरहेको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले “भारत इरानसँग कठीन घडीमा समेते सहकार्य ... बाँकी अंश»

टर्कीको नयाँ प्रधानमन्त्रीमा विनाली इल्दिरिम, राष्ट्रपतिय शासन व्यवस्थाको पक्षमा

२०७३ जेठ ९ आइतबार, अङ्करा (टर्की) । टर्कीले विनाली इल्दिरिमलाई आइतबार नयाँ प्रधानमन्त्रीमा छान्ने भएपछि इल्दिरिमले पनि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले लागू गर्न लागु गर्न लागेका विवादित राष्ट्रपतिय शासन व्यवस्थालाई समर्थन गर्ने बताएका छन्  ।    टर्कीको वर्तमान संविधानले राष्ट्रपतिलाई कम शक्ति दिएको भए पनि राष्ट्रपति एर्डोगान देशमा राष्ट्रपतीय शासन व्यवस्थाको पक्षमा छन् ।    आइतबार प्रधानमन्त्रीमा छानिने लगभग पक्का भएपछि टर्कीका नेता इल् ... बाँकी अंश»

अमेरिकी राष्ट्रपति ओबामा एसिया भ्रमणका लागि प्रस्थान

२०७३ जेठ ९ आइतबार, वासिङ्टन (संयुक्त राज्य अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो साताव्यापी एसिया भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन् ।    अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो भ्रमण सुरक्षा तथा अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न प्रयोग गर्नुहुने बताइएको छ ।    ओबामा पहिलो तीन दिन भियतनाम रहने कार्यक्रम रहेको छ । त्यहाँ रहँदा भियतनामी उच्च नेतृत्वसँग भेट गर्नुका साथै अमेरिका–भियतनाम सम्बन्धबारे सम्बोधन गर्नेछन् । भियतनाममा रहँदा ओबामाले ... बाँकी अंश»

सिरियाली सरकारी जेलमा सन् २०१० पछि साठी हजार नागरिकको मृत्यु

२०७३ जेठ ९ आइतबार, बेरुत (लेवनान)। सिरियामा जारी द्वन्द्वका क्रममा करिब ६० हजार बन्दीको सरकारी जेलमा मृत्यु भएको सिरियाली मानवअधिकार पर्यवेक्षक समूहले शनिबार बताएको छ ।    समूहका प्रमुख रमी अब्देल रहमानले जेलमा मृत्यु भएका बन्दीको सङ्ख्या सरकारी अधिकारीबाट सङ्कलन गरेको बताए ।    सन् २०११ को मार्चपछि औषधि तथा खाद्यान्नको अभाव, यातनालगायतका डरलाग्दा घटनाबाट उनीहरुको मृत्यु भएको अब्देलले बताए ।    द्वन्द्वका क्रममा सबैभन्दा बढी कैदीबन्दीको मृत्यु ... बाँकी अंश»

दुर्घटनापूर्व विमानको अगाडिको भागबाट धुवाँको मुस्लो आएको अनुसन्धानमा टोलीको दाबि

२०७३ जेठ ८ शनिबार, काएरो (इजिप्ट)। इजिप्ट एअरको विमान समुद्रमा खस्नुपूर्व विमानको अगाडिको भागबाट धुवाँको मुस्लो आएको विमान दुर्घटनाबारे अनुसन्धानमा संलग्न टोलीले शनिबार बताएको छ ।    अनुसन्धान टोलीले विमान दुर्घटनापूर्व अगाडिको भागबाट आगो निस्केको बताए पनि विमान दुर्घटनाको बारेमा केही बताएका छैनन् ।    बिहीबार पेरिसबाट काएरोका लागि उडेको इजिप्ट एअर कम्पनीको एअर बस ए–३२० आफ्नो लक्ष्यबाट सुरुमा नब्बे डिग्री बनाई फर्किएको तर पछि पूर्ण वृत्त बनाउने गर ... बाँकी अंश»

भारतको हिमाञ्चल प्रदेशमा सडक दुर्घटनामा ३० को मृत्यु

२०७३ जेठ ८ शनिबार, नयाँ दिल्ली । भारतको उत्तरी क्षेत्रमा अवस्थित हिमाञ्चल प्रदेशमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको समाचार छ ।    प्राप्त पछिल्लो समाचारअनुसार ती दुर्घटना हिमाञ्चल प्रदेशको किनाउर र चाम्बा जिल्लामा भएका हुन् । शनिबार बिहान किनाउर जिल्लामा एक जिप सडकबाट ३०४ मिटर तल खस्दा त्यसमा रहेका १३ जना यात्रुको ज्यान गएको छ ।    मारिनेमा दश जना एकै गाउका नागरिक रहेका छन् । स्थानीय प्रहरी अधिकारी सुरिन्दर मोहनले त्यस दुर्घटनामा प ... बाँकी अंश»

मोदी–ओबामाबीच जुन ७ मा भेटवार्ता हुने

२०७३ जेठ ८ शनिबार, वासिङटन । अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ह्वाइट हाउसमा आगामी जुन ७ मा भेटवार्ता हुनेभएको ह्वाइट हाउसका प्रेस सचिव जोस अर्नेस्टले शुक्रबार बताएका छन् ।    भारतीय प्रधानमन्त्री मोदीलाई अमेरिकी कँग्रेसको जुन ८ मा हुने संयुक्त बैठकमा सम्बोधनका लागि यसअघि नै निमन्त्रणा पठाइएको थियो ।    प्रेस सचिव अर्नेस्टले जारी गरेको वक्तव्यमा भारतीय प्रधानमन्त्री मोदीको अमेरिकी भ्रमणका क्रममा अमेरिकी राष्ट् ... बाँकी अंश»

लन्डनमा चार महिलामाथि साङ्घातिक हमला

२०७३ जेठ ८ शनिबार, लन्डन । बेलायतको राजधानी सहर लन्डनको पश्चिममा अवस्थित एक सुपरमार्केटको कार पार्किङमा धारिलो हतियारको प्रयोग गरी चार महिलामाथि साङ्घातिक हमला भएको स्थानीय सञ्चारमाध्यमले बताइएका छन् ।    घटनामा एक जना महिला गम्भीर घाइते भएकी छन् भने अन्य तीन जना सामान्य घाइते भएको बीबीसीले बताएको छ । उनीहरूलाई हत्या गर्ने उद्देश्यले आक्रमण गरेको आशङ्कामा एक ६० वर्षीय व्यक्तिलाई पक्राउ गरिसकिएको लन्डन प्रहरीले बताएको छ ।    उनीहरूमाथि आक्रमण भएपछि स् ... बाँकी अंश»

इजिप्ट एयर विमानको भग्नावशेष अलेक्जेन्ड्रिया नजिकै भेटिएको इजिप्टको दाबि

२०७३ जेठ ७ शुक्रबार, कायरो (इजिप्ट) । बिहीबार फ्रान्सको राजधानी पेरिसबाट कायरोका लागि उडेको दुर्घटनाग्रस्त विमानको भग्नावशेष अलेक्जेन्ड्रियाको नजिकै फेला परेको इजिप्टको सेनाले शुक्रबार जनाएको छ ।    विमानमा ६६ जना यात्रु र चालक दलका सदस्यसहित पेरिसबाट कायरोका लागि उडेको इजिप्ट एयरको एयरबस ३२० को फ्लाइट नं ८०४ को भग्नावशेष र यात्रुका सामानहरु अलेक्जेन्ड्रिया नजिकैको भूमध्यसागरीय इलाकामा फेला परेको इजिप्टको सेना तथा ग्रीसका रक्षामन्त्रीले बताएका छन् ।  &nbs ... बाँकी अंश»

इजिप्ट एयरको विमानमा आतङ्कवादी हमलाको सम्भावना

२०७३ जेठ ७ शुक्रबार, कायरो । ग्रिसको सैनिक स्रोतको अनुसार इजिप्टको हराएको विमानको भग्नावशेषको आंशिक खण्ड फेला परेको भन्ने हल्ला चलेता पनि त्यसको कतैबाट पुष्टि भएको छैन । यस विमानको व्यापक खोजी भईरहेको इजिप्टका नागरिक उड्ययन मन्त्री सरिफ फाथेले बताएका छन् । हालसम्म विमानको भग्नावशेष फेला नपरेको बताइएको छ ।    फाथेका अनुसार इजिप्टएयरको विमान वेपत्ता हुनुमा प्राविधिक भन्दा आतङ्ककारी हमला गरी दुर्घटना गराएका हुनु पर्ने बताए । उनले आतङ्ककारीहरुले सो विमानमा बम व ... बाँकी अंश»

श्रीलङ्कामा बाढी पहिरोबाट ६३ को मृत्यु सयौँ बेपत्ता, चार लाख पचास हजार भन्दा बढी व्यक्ति प्रभावित

२०७३ जेठ ७ शुक्रबार, कोलोम्बो । श्रीलङ्काको कैयौ जिल्लामा जारी भारी बर्षा र त्यसका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६३ पुगेको छ ।    श्रीलङ्काली सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार यस पहिरोमा परी ६३ को मृत्यु हुनुको साथै सयौँ व्यक्ति बेपत्ता भएका छन् ।    शुक्रबार श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार उक्त बाढीका कारण चार लाख ५० हजार भन्दा बढी व्यक्ति नराम्ररी प्रभावित भएका छन् । यीमध्ये कैयौँ ... बाँकी अंश»

इजिप्ट एयरको विमान दुर्घटना भएको पुष्टी, विमानमा तीन बच्चा पनि

२०७३ जेठ ६ बिहिबार, एजेन्सी । यात्रुसहित बेपत्ता भएको इजिप्ट एयरको विमान दुर्घटना भएको पुष्टी भएको छ  । विमान इजिप्ट पुग्नुअघि १० माइल अघि नै समुद्री क्षेत्रमा खसेको फ्रेन्च राष्ट्रपति फ्रास्वाँ अाेलाण्डले पुष्टी गरेका हुन् । ग्रीसको हवाईक्षेत्र कट्नेवित्तिकै दुर्घटना भएको अन्तर्राष्ट्रिस संचारमाध्यमले जनाएका छन् । मूख्य खोज एवं उद्धार टोलीका अनुसार मूमध्य सागरमा खसेको भन्दै खोजी तिब्र पारिएको छ । विमानमा तीन बच्चा सहित ५६ यात्रु रहेको र सात जना चालक दलका ... बाँकी अंश»

नयाँ