विश्व

नवाज शरिफको मुटुको सफल शल्यक्रियाका लागि मोदीले दिए शुभकामना

२०७३ जेठ १६ आइतबार, नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफको यही मे ३१ मा हुने ओपन हार्ट सर्जरीको सफलताका लागि शुभकामना दिएका छन्  ।    शनिबार ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानी प्रधानमन्त्री शरिफ बेलायत मुटुको उपचारको सफलता एवम् शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएका हुन् । पाकिस्तानी रक्षामन्त्री ख्वाजा असिफले शुक्रबार प्रधानमन्त्री शरिफको आगामी मङ्गलबार बेलायतमा ओपन हार्ट सर्जरी गरि ... बाँकी अंश»

नेतन्याहुको ‘अतिवादी सरकार’ का वातावरणमन्त्रीको राजीनामा

२०७३ जेठ १५ शनिबार, जेरुसेलम । इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतन्याहुको अतिवादी सरकारका वातावरणमन्त्रीले राजीनामा दिएका छन् ।    नेतन्याहु सरकारमा एक कट्टरपन्थी राष्ट्रवादी समूहको सदस्यको नियुक्तिलाई लिएर वातावरणमन्त्री अभी गाब्वेले शुक्रबार राजिनामा दिनुभएको हो । सरकारका अर्का एक मन्त्रीले पनि एक हप्ता अगाडि राजिनामा दिनुभएको थियो ।    मन्त्री गाब्वेले प्रधानमन्त्री नेतान्याहुमाथि देशलाई विनासतिर धकेल्ने बाटो लिएको भन्दै जारी गरेको विज्ञप ... बाँकी अंश»

किम जोङको धम्कीले हामि डराउँदैनौँ : दक्षिण कोरियाली राष्ट्रपति पार्क

२०७३ जेठ १४ शुक्रबार, सोल । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाली सरकार प्रमुख किम जोङले पछिल्लो समयमा दिने गरेको आणविक परीक्षणको धम्कीले नडराउने बताएकी छन् ।    उनले शुक्रबार भनिन् , यस्तो धम्कीले हामी कुनै पनि हालतमा डराउँदैनौँ, हामीलाई यस्ता आणविक परीक्षणका विगतका धम्कीहरुले पनि केही गर्न सकेको छैन ।    आणविक परीक्षणको शृंखला नै चलाएको उत्तर कोरियाले पछिल्लो समयमा दक्षिण कोरियालाई चीसो पस्ने गरेको छ । उत्तरको आणविक परीक्षणका कारण यी ... बाँकी अंश»

रनवेमा रहेको कोरियन एयरमा लाग्यो आगो, ३०० यात्रुको उद्वार

२०७३ जेठ १४ शुक्रबार, टोकियो । जापानबाट कोरियाका लागि उड्ने तयारी गरिरहेको कोरियन एयरको इन्जिनमा आगो लागेपछि त्यसमा रहेका चालक दलका सदस्य र सबै जना यात्रुको उद्वार गरिएको छ ।    जापानको हानेदा विमानस्थलमा सो विमानबाट १७ जना उड्डयन सदस्यसहित ३०० जनाको उद्वार गरिएको हो ।    हानेदा विमानस्थलबाट कोरियाका लागि उड्ने तयरी गरिरहेको सो विमानको एउटा इन्जिनमा आगो लागेको थियो । त्यसपछि उक्त विमानबाट यात्रुको तत्कालै उद्वार गरी बाहिर निकालिएको थियो ।    बोइङ ७७७ ... बाँकी अंश»

राष्ट्रपति ओबामा हिरोसिमा जाने, हिरोसिमाको भ्रमण गर्ने ओबामा पहिलो अमेरिकी राष्ट्रपति

२०७३ जेठ १४ शुक्रबार, हिरोसिमा। अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा सहर पुग्नुहुने भएको समाचार छ।   उनले शुक्रबार हिरोसिमाको भ्रमण गर्न लाग्नुभएको प्राप्त समाचारमा जनाइएको छ। अमेरिकी राष्ट्रपतिको हैसियतमा हिरोसिमाको भ्रमण गर्ने उनी नै पहिलो राष्ट्रपति हुनुहुने पनि समाचारमा जनाइएको छ।   हिरोसिमा सहर दोस्रो विश्वयुद्धका क्रममा जापानमाथि अमेरिकाले गरेको क्रुर हमलाको एक उदाहरण हो।   दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को अगष्ट ६ मा अमेरिकी ... बाँकी अंश»

कोरियन एयरकाको इन्जिनमा आगोलागेपछि ३ सय यात्रुको उद्वार

२०७३ जेठ १४ शुक्रबार, टोकियो। जापानबाट कोरियाका लागि उड्ने तयारी गरिरहेको एक विमानको इन्जिनमा आगो लागेपछि त्यसमा रहेका चालक दलका सदस्य र सबै जना यात्रुको उद्वार गरिएको छ ।   जापानको हानेदा विमानस्थलमा सो विमानबाट १७ जना उड्डयन सदस्यसहित ३०० जनाको उद्वार गरिएको हो ।   हानेदा विमानस्थलबाट कोरियाका लागि उड्ने तयरी गरिरहेको सो विमानको एउटा इन्जिनमा आगो लागेको थियो । त्यसपछि उक्त विमानबाट यात्रुको तत्कालै उद्वार गरी बाहिर निकालिएको थियो ।   बोइङ ७७७ विमानको ए ... बाँकी अंश»

जि ७ को सम्मेलन जापानी सांस्कृतिक सहरमा सुरु

२०७३ जेठ १३ बिहिबार, इजे (जापान) । विश्वका औद्योगिक राष्ट्रहरुको संयुक्त संगठन जि७ को सम्मेलन जापानी पुरानो सहर इसेमा बिहीबार सुरु भएको छ । जापानको सांस्कृतिक एवम् पुरानो सहर इसेमा बिहीबार सुरु भएको सो बैठकमा वर्तमान विश्व आर्थिक नीति र जापानको ओकिनवामा रहेका अमेरिकी सेनाको बारेमा केन्द्रित हुने बताइएको छ ।    जापानी संस्कृतिको उद्गम स्थल मानिने सो सहरमा जापानको पुरानो परम्पराको पहिचान गराउन नेताहरुलाई सो संस्कृति देखाउनका लागि सो स्थानमा उक्त सम्मेलनको आयोज ... बाँकी अंश»

उत्तर कोरियाका अजंगका संरचनाहरु

२०७३ जेठ १३ बिहिबार, एजेन्सी। उत्र कोरियाले ठुला ठूला संरचनामा लगानी गर्न शुरु गरेको छ। कम्युनिष्ट सासन भएको उत्तर कोरिया विश्वकालागि बन्द देश रहेको छ। त्यहाँ शासन सत्ता संचालन कम्युनिष्ट नियम अनुसार हुन्छ भन्ने कुरा विश्वलाई थाहा छ तर विाकसकालागि के गर्दैछ भन्ने कुरा खासै बाहिर आउँदैन्। टेक ईनसाईडरले उत्तर कोरियाका ठूला-ठुला संरचना का तस्विरहरु सार्वजनिक गरेको छ।  ... बाँकी अंश»

लिबियामा पानी जहाज दुर्घटना सातको मृत्यु पाँच सय व्यक्तिको उद्धार – इटालीयन नौसेना

२०७३ जेठ १३ बिहिबार, रोम । इटालीयन नौ सेनाले बुधबार करिब पाँच सय आप्रवासीको उद्धार गरेको छ ।   लिबियाको तटीय क्षेत्रमा आप्रवासीहरू सवार रहेका एक पानी जहाज दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच सयलाई भने उद्धार गरिएको छ ।    सो पानी जहाजले आफ्नो यात्रा सुरु गरेको केही समयपछाडि नै सो जहाज दुर्घटनाग्रस्त भएको बताइएको छ ।    यसमा क्षमताभन्दा बढी व्यक्ति सवार हुनु नै दुर्घटनाको कारण भएको नौ सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।    ... बाँकी अंश»

चट्याङ र आँधीबाट उत्तरी भारतमा २३ को मृत्यु

२०७३ जेठ १३ बिहिबार, नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आँधीबेरी र चट्याङ्का कारण कम्तीमा २३ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्. ।    उत्तर प्रदेशको पश्चिम र मध्यभागहरूमा गत सोमबार साँझबाट सुरु भएको चट्याङ र आँधीबेरीका कारण ती व्यक्तिहरूको् मृत्यु भएको बताइएको छ ।    उत्तर प्रदेशको ६ वटा जिल्लामा चट्याङ पर्नुका साथै आँधीबेरीबाट २३ व्यक्तिको मृत्यु भएको सो राज्यका एक अधिकारीले जानकारी दिएका छन् ।    सो प्रकोपका ... बाँकी अंश»

अखुन्जादा आतङ्ककारी संगठन तालिवानको प्रमुखमा नियुक्त

२०७३ जेठ १२ बुधबार, काबुल । अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुरमा मारिएपछि सो संगठनले नयाँ प्रमुख नियुक्त गरेको समाचार छ ।    उक्त संगठनले बुधबारै नेता मुल्लाहको निधनको पुष्टि गरेको थियो । उक्त समाचारको तालिवान संगठनले पुष्टि गरेसँगै उनको स्थानमा नयाँ नेता पनि नियुक्त गरिएको समाचारमा जनाइएको छ ।    मौलाबि हैबतुल्लाह अखुन्जादालाई सो आतङ्ककारी संगठनको नयाँ नेताका रुपमा चयन गरिएको समाचार सो संगठनले दिएको छ ।  ... बाँकी अंश»

मुल्लाहको मृत्युसँगै उनको उत्तराधिकारी खोज्दै अफगान तालिवान सुमूह

२०७३ जेठ १२ बुधबार, काबुल । अफगान तालिवान समूह तालिवानका नेता मुल्लाह अख्तर मन्सुरका उत्तराधिकारी खोज्न सङ्घर्षरत् रहेका आतङ्ककारी स्रोतले मङ्गलबार एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।    मन्सुर गत शनिबार पाकिस्तानमा भएको अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए । त्यसपछि उनको अनुयायी खोज्नमा तालिवान व्यस्त रहेका हुन् ।    उनी मारिएपछि उनको स्थान लिनको लागि तालिवान संस्थापकका छोरा मुल्लाह याकोउब र मन्सुरकै सहायक सिराजुद्दीन हक्कानी दुई जनाको नाम आएको थ ... बाँकी अंश»

सिरियामा आइएसको आक्रमणबाट १४८ को मृत्यु

२०७३ जेठ ११ मंगलबार, बेरुत । सिरियाली राष्ट्रपति बसर अल असदका समर्थक एवम् सरकारको हालसम्मको बलियो उपस्थिति मानिएका दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा पनि १४८ जनाको ज्यान गएको समाचार छ । आतङ्कवादी संस्था इस्लामिक स्टेट (आईएस) द्वारा गराइएका ती विस्फोटमा परी कम्तिमा पनि १४८ जनाको मृत्यु भएको समाचारमा जनाइएको हो ।    सो घटनामा सयौँको सङ्ख्यामा घाइते भएका छन् । उक्त समाचार सिरियाली राजधानी दमासकसबाट विभिन्न अन्तर्राष्ट्रिय समाचा ... बाँकी अंश»

उत्तरी भारतमा पहिरोबाट दशको मृत्यु

२०७३ जेठ ११ मंगलबार, नयाँ दिल्ली । भारतको उत्तराखण्डमा आइतबार गएको पहिरोमा परी १० जनाको ज्यान गएको यहाँको प्रहरीले बताएको छ । पहिरोका कारण कैयौँ घाइते भएका प्राप्त समाचारमा उल्लेख गरिएको छ ।    उत्तराखण्डको प्रान्तीय राजधानी देहरादूनको चक्रता क्षेत्रमा काम गरिरहेका श्रमिक अकस्मात आएको पहिरोपछि त्यहाँ थुनिएपछि नजिकैको सुरक्षितस्थलमा झुपडी बनाई बसेको स्थानीय प्रहरीले बताएको छ ।    दुई बालबालिकासहित उनीहरु सरकारी सडक योजनाअन्तर्गत निर्माण गरिँदै गरेको ... बाँकी अंश»

भारत , अफगानिस्तान र इरानद्वारा त्रिपक्षीय पारबहन सन्धिमा हस्ताक्षर

२०७३ जेठ ११ मंगलबार, तेहरान (इरान) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी , अफगानी राष्ट्रपति असरफ घानी तथा इरानी राष्ट्रपति हसन रौहानीले सोमबार इरानको दक्षिणी चावहर बन्दरगाह सञ्चालनार्थ पारबहन सम्झौता गरेका छन् ।    चावहर बन्दरगाह सञ्चालनसँगै इरानलाई भारत र अफगानिस्तानसँग जोड्दै मध्यएसियामा यी देशबीचको व्यापारिक तथा अन्य गतिविधि पुर्‍याउन महत्वपूर्ण मौका मिल्ने, इरानका राष्ट्रपतिको कार्यालयले आफ्नो वेबसाइटमा जनाएको छ ।    यसैबीच भारत र इरानबीच अतिवाद ... बाँकी अंश»

मुल्लाह मारिएको अमेरिकी राष्ट्रपति ओबामाद्वारा पुष्टि

२०७३ जेठ १० सोमबार, हनोई । अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिवानका नेता मुल्लाह अख्तर मन्सुरमा मारिएको समाचारको अमेरिकी राष्ट्रपति बाराक ओबामाले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति ओबामाले मन्सुर मारिएको समाचारको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।    साथै ओबामाले मुल्लाहको मृत्यु अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको टिप्पणी पनि गरेको अर्काो एक समाचारमा जनाइएको छ ।    राष्ट्रपति ओबामाले ... बाँकी अंश»

भारत खाडी मुलुकसँग व्यापार तथा ऊर्जा क्षेत्रमा लगानी गर्न तयारः प्रधानमन्त्री मोदी

२०७३ जेठ १० सोमबार, तेहरान (इरान) । इरानमाथि लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दी फुकुवा भएपछि इरानको आर्थिक विकासका लागि बाटो खुलेको र भारतले पर्सियाली खाडी मुलुकसँग व्यापार, निर्माण तथा ऊर्जा क्षेत्रमा लगानी गरी अगाडि बढ्न चाहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुईदिने भ्रमणका क्रममा बताएका छन् ।    भारत तथा इरानबीचको सम्बन्ध थप प्रगाढ बनाउन दुवै देशबीच सहकार्य भइरहेको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले “भारत इरानसँग कठीन घडीमा समेते सहकार्य ... बाँकी अंश»

टर्कीको नयाँ प्रधानमन्त्रीमा विनाली इल्दिरिम, राष्ट्रपतिय शासन व्यवस्थाको पक्षमा

२०७३ जेठ ९ आइतबार, अङ्करा (टर्की) । टर्कीले विनाली इल्दिरिमलाई आइतबार नयाँ प्रधानमन्त्रीमा छान्ने भएपछि इल्दिरिमले पनि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले लागू गर्न लागु गर्न लागेका विवादित राष्ट्रपतिय शासन व्यवस्थालाई समर्थन गर्ने बताएका छन्  ।    टर्कीको वर्तमान संविधानले राष्ट्रपतिलाई कम शक्ति दिएको भए पनि राष्ट्रपति एर्डोगान देशमा राष्ट्रपतीय शासन व्यवस्थाको पक्षमा छन् ।    आइतबार प्रधानमन्त्रीमा छानिने लगभग पक्का भएपछि टर्कीका नेता इल् ... बाँकी अंश»

अमेरिकी राष्ट्रपति ओबामा एसिया भ्रमणका लागि प्रस्थान

२०७३ जेठ ९ आइतबार, वासिङ्टन (संयुक्त राज्य अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो साताव्यापी एसिया भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन् ।    अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो भ्रमण सुरक्षा तथा अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न प्रयोग गर्नुहुने बताइएको छ ।    ओबामा पहिलो तीन दिन भियतनाम रहने कार्यक्रम रहेको छ । त्यहाँ रहँदा भियतनामी उच्च नेतृत्वसँग भेट गर्नुका साथै अमेरिका–भियतनाम सम्बन्धबारे सम्बोधन गर्नेछन् । भियतनाममा रहँदा ओबामाले ... बाँकी अंश»

सिरियाली सरकारी जेलमा सन् २०१० पछि साठी हजार नागरिकको मृत्यु

२०७३ जेठ ९ आइतबार, बेरुत (लेवनान)। सिरियामा जारी द्वन्द्वका क्रममा करिब ६० हजार बन्दीको सरकारी जेलमा मृत्यु भएको सिरियाली मानवअधिकार पर्यवेक्षक समूहले शनिबार बताएको छ ।    समूहका प्रमुख रमी अब्देल रहमानले जेलमा मृत्यु भएका बन्दीको सङ्ख्या सरकारी अधिकारीबाट सङ्कलन गरेको बताए ।    सन् २०११ को मार्चपछि औषधि तथा खाद्यान्नको अभाव, यातनालगायतका डरलाग्दा घटनाबाट उनीहरुको मृत्यु भएको अब्देलले बताए ।    द्वन्द्वका क्रममा सबैभन्दा बढी कैदीबन्दीको मृत्यु ... बाँकी अंश»

नयाँ